निचोरेर फ्याकिएको निबुवा पनि कसैको बाच्ने आहरा बन्नसक्छ।
भुसुना, कीरा र किटाणुको ठूलो आसरा बन्नसक्छ।
"म",
उनीहरू बाट हेपिएर,दलिएर,निर्धात कुटिएर मरणासन्न, जसोतसो बाँचेको,
कुनैदिन उनीहरूकै प्राण बचाउने
ठूलो कारक बन्नसक्छु ??
"म" बाँच्नुको सार्थकता तब हुन्छ,
मानव हुनुको महानता तब हुन्छ,
जब दुष्टहरूको क्रुरता पतन भएर,
पश्चातापको प्रायचित्तमा जलेर,
उनीहरू पिरोलिएको देख्छु,
लज्जा र ग्लानीभावले रङ्ग उडेको,
मलिन अनुहार देख्छु,
पीर बोकेका अश्रुशिक्त आँखामा
मद्दतको कातर पुकार देख्छु,
मेरो सन्तप्त मनमा शीतलता छाउछ,
मेरो अन्तरमन अनायास मुस्कुराउँछ।
युद्धमा विजयी भएर हैन, कार्यमा सफलता प्राप्तिको उल्लास जस्तै।
मेरो अन्तरमनको मुस्कानबाट निस्केको
यही सुखद अनुभुतिनै
दुष्टहरू माथि मेरो अस्तित्वको
ठूलो बिजय हुनेछ।
निचोरेर फ्याकिएको निबुवा र मरणासन्न फ्याकिएको "म",
सार्थकता बाच्नुको साथै सत्यको,
कसै न कसैको प्राण रक्षामा काम आयौं।
कसै न कसैको हित साध्नमा काम आयौं।
यही नै होला हाम्रो आवश्यकता,
बदला को विपरीत हाम्रो सौहार्द्यता,
हिंसा विपरीत हाम्रो मानवता।।
भोलाझार, आसाम, भारत।