हर दिन आखिरको ठान्दै जाऊँ
त्यै भावमा राति सुत्न जाऊँ
बिहान बिउँझेमा टाउको झुकाऊँ
अर्को दिन पाएछु भन्दै जाऊँ |
आफूलाई यस्तरी तयार बनाऊँ
समय आएपछि सजिलै जाऊँ
पाकेको फलको गुण पाऊँ
बोटबाट छुट्टिंदा नछटपटाऊँ |
जीवन र मरणमा विरोध नल्याऊँ
दुई पक्ष्य सत्यका भनी अपनाऊँ
हालको यात्रा हाँसेर सिध्याऊँ
नयाँ यात्रामा उत्साहले जाऊँ |
अन्तिम पलालाई शत्रु नबनाऊँ
तर्सेर उसको सौन्दर्य नगुमाऊँ
ऊ आउने बेलामा ढोकामा जाऊँ
हात मिलाई सँगै निस्केर जाऊँ |