हाइ काढेर उठ्छु
कति तानिन्छ, आङ तान्छु
साह्रै अल्छे भएको छु
ट्रेडवील की ट्रेडमिल भन्नेमा
भाइ कुदेको कुदै छ
अघि उठेर।
दाँत मोल्छु
त्यो सबै गर्छु
जो जो आवश्यक छ
एकसौ साइज पनि गर्नु मन लाग्दैन बिहानै त
कोही साथीले सुन्यो भने जिस्काउँछ फेरि
गर्भवती भइस् ?
कहाँ हौ !
मनको रिस् फेर्नु परयो कि
कुरा त लगेर स्त्रीमै जोड्छन् मोराहरू ।
आफैंलाई भन्छन् - 'छोराहरू।'
थाङ्ना जस्तो सम्झिन्छ स्त्रीलाई।
स्त्री आफैं खुसी छ त
मलाई पनि कोही बेला
ए स्त्री !
भन्न मन लाग्छ।
विचरी मेरी आमा ।
जिउ पढकाउँछु ।
नानी केटाकेटी
बाहिर हल्ला गरिरहेछन् ।
हन ! मेला छ
भन्यो भने त के छिटो उठ्छन् यिनीहरू।
अस्ती नाटकमा
साथीको रोल भएर खेलेको थियो एकजना,
अहिले उही छ,
जोगीको झोला तान्दै छ, पक्रेर कुनामा।
छोरी बोल्दै छे चहकिलो
मलाई मन पर्छ, ऊ बोलेको।
मनमनमा सम्झिन्छु
सबैलाई प्रेम !
तर भन्न पनि गाह्रो छ
सुन्यो भने कोही दुच्छडले
'ए बाजे आयो' - पो भन्छ त मच्छडले ।
हातभरि कोही बेला गोबर गिजोल्छ,
गरिखावोस्
अथवा
खाएर गरोस् ।
हा...ई आउँछ फेरि हेर न।
कुनै चिकित्सकलाई देखायो भने
कुन रोगसित लगेर जोडदिन्छन् फेरि
बाख्रा पालेको जस्तो
रोग पालेको भनिदिन्छन् नहेरी ।
जे भन्यो सही -
तर मेरो रोगै हो भने पनि
तिनलाई किन सोधुँ ?
मेरो दाँत चिलाउँदैछ किन ?
किन भनुँ ?
जाडोको मौसम छ
घाँस काट्ने बेलाको
सम्झन्छु मजस्तै गाईलाई
ऊ गोठको, म संसारको।
गाई त्यो जसमा
ईश्वरको निवास छ।
विचरा घाँस खान्छ।
संवेदना हुन पनि गाह्रो हो
नकाट न मलाई भन्छ स्यालफोेस्रेले
नकाट न मलाई भन्छ खस्रेले
चिसेनीको गगलातोमा गाई रमाउँछ
मलातो,
ए मलातो खाँदैन, मलातो बाँच्छ ।
आहार चक्रमा संसार छ
के गर्नु, उम्रिन्छ त्यो पनि
बाँच्नु परयो गाई पनि ।
देख्छु, सिधा अघि एउटा फीला
बोर्डमा।
कुखुराको जस्तो लेगपिस
बनाएर खिचिएको
लिङ्गलाई टेन्सन हुन्छ बिहानै।
मन स्थीर छ
एक्लै टाङ्छ तम्बु नै।
सम्झन्छु -
मनोरञ्जनको लागि पोर्न हेर्छन्
साथीभाइ
हेरेको कुरो भन्छन् - शब्द बनाई बनाई।
बुझ्दैन काईँली फेरि
पोर्न भनेको के भनी अस्ती।
पोर्न भनेको सम्भोग हो
जसमा दुईजना, समूहमा पनि कोही बेला
नाङ्गानाङ्गै खप्टिन्छन्
अनि गर्छन् उनीहरूको काम्
एकअर्कालाई।
हुन्छन् स्याँस्याँ नपुगी कतै।
यो मात्र यस्तो कला हो
जुन कला
सिकाउनु पर्दैन, जान्दछन् भई बेफिक्री
उफ्रिने भएपछि आफैं -
चढ्न र हल्लन खोज्छन्, पाठा पठेक्री।
अब त्यहाँ देखाउँछ योनी
योनी भनेको के हो, बुझ्यो नि ?
योनी भनेको
संसार चिहाउने पहिलो झ्याल
त्यहीलाई दरभाउ गरेर बजारूहरू भन्छन्
स्त्रीलाई माल।
योनीलाई छोइरहँदा
महजस्तो जुन अलिकति
मानेको पातमा टल्केको शीतजस्तो
रस आउँछ नि
ढुङ्गा रसिएजस्तो थोपा थोपा
दुध सिँचिन्छ नि
त्यसैमा मरेका छन्
धेरै भाले मान्छेहरू पखेटा चोबेर।
मरेको झण्डी फर्फराएको छ
उसैको अग्लो लिङ्गमा हल्लिएर।
हेर त तिम्रो आँखाले
योनी चारतिर छ
जे हेरयो त्यसमा योनी छ
गुलाबको कोपिलामा बिचको भाग
अथवा स्ट्रबेरीको आधाभाग
सृष्टिले साह्रै मनोयोग दिएर बनाएको
फलमासु र छालाको हीरा।
८४ लाख योनीको
एउटा अर्थ
त्यो पनि हो।
नत्र त के आकाशबाट झर्छौ तिमी ?
त्यही योनीको मासु च्यात्तिन्छ
'सम्भोगको पश्चताप'
जुन दुखाइ सहन्छे स्त्री।
मैले सम्झाइदिएको सम्झेको नि
बिहानै।
मैले भनेको थिएँ -
बुझ्यौ काइँली
तिम्रो खाल्डोको आधा मासु मेरोमा छ
भनेर लिङ्ग पनि हल्लाइदिएँको थिएँ ।
अब यो खाल्डो भरपाईको कुरो
केवल काइँलासितको।
मैले भनेको उसबेला
तिमीले जो पाए त्योसित
योनी/ कोनीको कुरा नगर्नू ल !
साथीहरू फूटबल खेलौँ भन्दैछन्
के खेल्नु फूटबल ?
मलाई क्रिकेट मन पर्छ।
एउटा टोपी जस्तो विचराले !
लगाउँदैछ अघिदेखि पलिस्!
मेरा प्रियजनलाई
लेख्नै छ चिट्ठी
भन्दैथिए - तैंले हाम्रो मन दुखाइस् ।
गरिरहँदा नगर्नु पर्नेहरू पनि गरिस्।
हो म मापाको छु
दुई चार शब्द बोलिहाल्छु
तर के गर्नु प्रभो!
म पनि त मान्छे हुँ।
गठबन्धनजस्तो मैले परिवार
बिस्तार गर्नै जानिन।
आफ्नो हो भने त
माफी माग्न आवश्यक पनि ठान्दिनँ।
हाई आउँछ फेरि
थउट् ....