18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत राजु “हिमांशु” December 28, 2022, 12:23 pm
राजु “हिमांशु”
राजु “हिमांशु”

बेशृङ्गार भएरै बस्छु
बेशृङ्गार भएरै बस्छु बरु
चोब्दिनँ कूची रङ्गमा अरू
बेघर भएरै बस्छु बरु
बगाउँदिनँ रगत आफ्नै अरू

सहदिनँ म त आघात सहदिनँ
मनसित गाँसिएको माया लुछिएको
बनाउँदिनँ म त घर बनाउँदिनँ
बालुवासित आफ्नै रगत मुछिएको

बेशृङ्गार भएरै बस्छु बरु
चोब्दिनँ कूची रङ्गमा अरू
बेघर भएरै बस्छु बरु
बगाउँदिनँ रगत आफ्नै अरू

चाहिएन साथ यहाँ चाहिएन
छातीभित्र-भित्रै दुश्मनी खोपिएको
चाहिएन माया पनि चाहिएन
साइनोभित्र-भित्रै स्वार्थ रोपिएको

बेशृङ्गार भएरै बस्छु बरु
चोब्दिनँ कूची रङ्गमा अरू
बेघर भएरै बस्छु बरु
बगाउँदिनँ रगत आफ्नै अरू

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।