19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

“उमिहोतारु” : बडो चतुर्य शैलीमा आवरणको छनोट

कृति/समीक्षा पिमला न्यौपाने December 28, 2022, 4:51 am
पिमला न्यौपाने
पिमला न्यौपाने

आफ्नो यात्रालाई यात्रामा मात्र सिमित नगरी वैदेशिक भूमिमा रहेका ऐतिहासिक र साहित्यिक महत्वका विभिन्न स्थलहरुको भ्रमण अनुभवलाई नियात्राको सँगालोमा रोचक तरिकाले प्रस्तुत गरेका नियात्राकार कृष्ण बजगाईँको “उमिहोतारु”बजारमा उपलब्ध छ । भुँडीपुराण प्रकाशनले २०७९ सालमा प्रकाशन गरेको उक्त पुस्तकको शिर्षक झट्ट हेर्दा अपरिचित विषय जस्तै लागेता पनि यसको शिर्षकदेखि सम्पूर्ण विषयवस्तुहरु सामाजिक, मनोवैज्ञानिक, प्राकृतिक, साहित्यिक, काल्पनिक तथा विभिन्न तवरले बलिया देखिन्छन् ।

साहित्यका शिक्षक तथा विद्यार्थीदेखि साहित्यमा रुची राख्ने सबैलाई सन्देशमूलक रहेको यस कृतिमा अमेरिका, जापान, बेलायत लगायतका देशहरुको ऐतिहासिकर साहित्यिक विषयहरुको अनुभूति तथा उक्त स्थानहरुमा पाठकहरुलाई स्वयं यात्रा गरेको भान हुन्छ । नियात्राकारले भ्रमणकै क्रममा भर्जिनिया उल्फ, डी एच लरेन्स, सिग्मन्ड फ्रायड, विलियम वर्डस्वर्थ लगायतका अन्य साहित्यिक धरोहरहरुको म्युजियममा अवलोकन गरी उनीहरुको देनलाई यथार्थपरक ढंगबाट जिवन्तता दिने प्रयत्न गरेका छन् । यसका साथै प्राकृतिक र मनोवैज्ञानिक रुपमा मानिसका दैनिकीहरुमा सरोकार राख्ने मानविय सम्वाहकहरुलाई पनि भिन्न तरिकाले पस्केका छन् ।

साहित्यका अन्य विधाहरुमा पनि रामै्र दखल पुर्याएका बजगाईँको नेपाली साहित्य मात्र हैन कि शैक्षिक जगतमा पनि भूमिका रहेको छ । उनीद्धारा लिखित साहित्यिक प्रस्तुती विद्यालय तथा विश्वविद्यालयका पाठ्यव्रक्रमममा समावेश भई अध्ययन तथा अध्यापन कार्य गरिएको छ ।

नेपाली साहित्यिक जगतमा नियात्राले लामो इतिहास बोकेको नपाइएता पनि नियात्राकारले यस नियात्रामा विषयबस्तुको गहिरो प्रस्तुती दिँदै नियात्रालाई आममानिसको रोजाईको विधा बनाउन सफल भएका छन् । ‘उमिहोतारु’ शिर्षकको यस कृतिमा बडो चतुर्य शैलीमा आवरणको छनोट गरिएको छ जसले पाठकमा कौतुहलता जगाई विषयबस्तुतर्फ डोर्याउन प्रेरित समेत गरेको छ भने विषयबस्तुहरु विस्तृत रुपमा पस्किएको छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।