19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

छोरी

कविता अनिता बजगाईं December 28, 2022, 5:32 am
अनिता बजगाईं
अनिता बजगाईं

दुःखलाई आँसुले मेट्न सकिन्न
जिन्दगीको बाटो कहीँ भेट्न सकिन्न
मनको तिर्सना मेट्न सकिन्न
आफ्नो अस्तित्व भेट्न सकिन्न
फूल बनी फुल्न मन के गर्नु र
यहाँ छोरीलाई आफ्नै हो भनेर देखिन्न ।

रहर मनमा धेरै मारेँ
कैयौं पटक आफैलाइ अलपत्र पारे
खै कस्तो आफ्नो हो यो
बुहारीलाई आफ्नो भन्न सकिन्न
कति अभागी हामी छोरी
आफ्नो अस्तित्व कहीँ भेट्न सकिन्न ।

जात फेरियो
गोत्र फेरियो
धर्म फेरियो
ढोका फेरियो
रुपरंग सबै फेरिन्छ
यो छोरीको रगतको चिनारी कहाँ छ ?
छोरी आफ्नै हो भन्ने मर्म फेरिएन
कसलाई आफ्नो भनौं यहाँ
सबैसँग स्वार्थ जोडिएको छ
छोरीको अस्तित्व पराईसँग जोडिदिएको छ ।

रोएको देखे
आफ्नो माइतीको ढोका बन्द हुन्छ हाम्रो
पराईको हात समाए पनि
जन्म र रगत त त्यही त हो नि
दुःखमा कोही हुन्नन्
बोलाउँछन् सुखमा रमाएपछि
कहिले तिनै आफ्ना
कहिले कोही हुन्नन् मनमा
अरुको आशा भरोसा बाँच्नु पर्ने
कस्तो छोरीको जन्म ?

हाम्रो मायाको कहीँ कदर भएन
हाम्रो माया यहाँ सदर भएन
छोरी भएर अर्को जुनि जन्मिनु नपरोस्
जन्मिए पनि कसैको अन्याय सहन नपरोस्
सबैलाई समान बनाइदिनु है भगवान
छोरीको छुट्टै अस्तित्व बनाइदिनु है भगवान ।

जय नेपाल ल फर्म,बबरमहल, काठमाडौं

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।