16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत राजु “हिमांशु” January 21, 2023, 4:30 am
राजु “हिमांशु”
राजु “हिमांशु”

मायाको रङ्ग त एउटै हुन्छ
विचारको रङ्ग बेग्लै किन
धोकाको रङ्ग बेरङ्ग हुन्छ
मायाको रङ्गलाई चिन

अँगालिएको हात छुटिनु कहाँ हुन्छ र
खाएको कसम रेटिनु कहाँ हुन्छ र
आँधी,हुरी,बतास चल्छन्
लाएको माया मेटिनु कहाँ हुन्छ र

मायाको रङ्ग त एउटै हुन्छ
विचारको रङ्ग बेग्लै किन
धोकाको रङ्ग बेरङ्ग हुन्छ
मायाको रङ्गलाई चिन

सँगालिएको मन लुटिनु कहाँ हुन्छ र
पाएको साइनो फाटिनु कहाँ हुन्छ र
कुराकानी,चर्चा चल्छन्
चाहेको माया साटिनु कहाँ हुन्छ र

मायाको रङ्ग त एउटै हुन्छ
विचारको रङ्ग बेग्लै किन
धोकाको रङ्ग बेरङ्ग हुन्छ
मायाको रङ्गलाई चिन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।