19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बाँकी जीवन यसै गरी बिताउँछु

कविता प्रा. डा. मोहन प्रसाद जोशी March 3, 2023, 6:46 am
प्रा. डा. मोहन प्रसाद जोशी
प्रा. डा. मोहन प्रसाद जोशी

म तिम्रै गीत गुनगुनाऊँछु
गाएर धेरै आनन्द पाउँछु |

म तिम्रै काखमा पल्टिन आउँछु
पल्टेर सबै थकाइ मेटाऊँछु |

म मनमा तिम्रो ध्यान लगाउँछु
मग्न भएर शान्ति पाउँछु |

म तिम्रै चरणमा पर्न आउँछु
समर्पित भई आफैँ हराउँछु |

म मनमनै तिम्रो पूजा लगाउँछु
फूल भई आफैँलाई चढाऊँछु |

म जेमा पनि तिमीलाई नै पाउँछु
अनेकताको भाव त्यसरी मेटाऊँछु |

म बाँकी जीवन यसै गरी बिताउँछु
तिमीबाट आएँ, तिमीमै बिलाउँछु |

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।