17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आठ मार्च

लघुकथा नन्दलाल आचार्य March 8, 2023, 11:57 pm
नन्दलाल आचार्य
नन्दलाल आचार्य

"तिमी मेरा लागि अहिले मात्रै हैन जहिल्यै प्रिय छा‌ै ।" पतिकाे यस्तो वाणी सुनेर उषाले मन्द मुस्कानका साथ फराकिलो मन पारिन् ।

पतिको मुखबाट मीठामसिना कुरा नसुनेको महिनौं वितेको थियोे । आज एकाविहानै यस्ता समझदारपूर्ण कुराले उनलाई आनन्दसँगै आशंकाको पोखरीमा हेलायो ।

"तिमी ब्रह्माकै सृष्टिकी अनमोल रत्न हौ । तिमी स्वयं महासृष्टि हौ । यसमा कसैको विमति हुनै सक्तैन ।" पतिकाे यस्तो भाषा लम्बिद‌ै जाँदा उषाले मुस्कुराउँदै भनिन्; "हैन, हजुरले रातभरि सपना देख्नुभयाे कि कसो ?"

"हरेककाे मनमा बस्ने भाषणको प्राक्टिस गरेको !" पतिको कुरा टुङ्गिन नपाउँदै उषाका आँखा झुन्डिरहेको क्यालेन्डरमा पर्न गयो जहाँ राता अक्षरमा ८ मार्च टल्किरहेको थियोे ।

रूपनगर, कञ्चनरूप-१२, सप्तरी ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।