जिन्दगीका उकाली–ओराली, भञ्ज्याङ अनि देउरालीमा अनगिन्ती मानिस भेटिन्छन् । अनेक प्रकारका घटना घट्छन् । तर ती सबै मानिस र घटना हाम्रो सम्झनामा रहिरहँदैनन् । कुनै क्षणभरमै बिर्सिएर जान्छन्, कुनै महिना वर्षमा बिर्सिइन्छन् । तर कुनै व्यतिm वा घटना भने यस्ता हुन्छन् कि हाम्रो मानसपटलमा कहिल्यै नमेटिने ढुङ्गाका अक्षरजस्ता अमिट रहन्छन्, अविस्मरण्ीय हुन्छन् । तिनै अविस्मरणीय व्यक्तिमध्ये मेरो स्मृति विम्बमा सधैँ रहिरहने व्यक्ति हुनुहुन्छ बरिष्ठ साहित्यकार एवम् पत्रकार, बहुमुखी प्रतिभाका धनी, स्रष्टा–द्रष्टा आदरणीय विनय कसजू सर ।
वि.सं. २००४ भदौ २५ गते गुल्मी जिल्लाको रिडीबजारमा जन्मनु भएका उहाँ स्कुल जीवनदेखि नै साहित्यिक किताबहरू पढ्ने र लेख्ने गर्नुहुन्थ्यो । उहाँका रचना २०२० असोज–कात्तिकमै गोरखापत्रमा छापिएका थिए । २०२२ सालमा कुखुराका चल्लाहरू देखेर शीर्षकको बालकविता लेखेर बालसाहित्यमा प्रवेश गर्नुभएको कसजू सरले केही वर्षको अन्तरालमै बालसाहित्यका क्षेत्रमा थुप्रै पुस्तक लेखेर मात्र होइन, आपूmले जानेको ज्ञान र सीप मलगायत अरू पनि धेरै जना लेखकलाई सिकाएर यस क्षेत्रमै विशिष्ट योगदान पु¥याउनु भयो । नेपालकै परिप्रेक्षमा किशोरसाहित्यको अभाव भएको बेला त्यससम्बन्धी तालिम दिएर किशोरसाहित्यका किताबहरू प्रकाशित गर्न योगदान दिनुभयो ।
सादा जीवन उच्च विचारका कुवेर, नेपाली भाषा–साहित्यका उज्ज्वल नक्षत्र विनय कसजू सर सशरीर अहिले हाम्रोसामु हुनुहुन्न । तर हामीलाई दिनुभएको ज्ञान, सीप र स्नेहका कारण उहाँ सधैँ हाम्रो हृदयमा बास गरिरहनु हुनेछ । अहिले म उहाँसँगको अनुभूतिलाई लिपिबद्ध गर्ने प्रयासमा छु । तर लेख्न अत्यन्त कठिन भइरहेको छ । सम्झिन खोज्यो कि अनायासै भावविह्वल हुन पुग्छु । मन थाम्नै सक्तिनँ । अक्षरहरू भिजेर विलाई दिनाले यतिखेर म शब्दविहीन भएकी छु ।
अहिले म विनय कसजू सरसँगको पहिलो भेट सम्झने प्रयास गरिरहेछु । नेपाली भाषा–साहित्यको क्षेत्रमा विनय कसजूको नाम नसुनेका अझ भनौ बालसाहित्यमा उहाँलाई नचिनेका कोही छैनन् होला । म पनि साहित्यमा रुचि राख्ने भएकाले उहाँको नाम धेरै अघि सुन्दै आएकी थिएँँ । उहाँले लेख्नु भएका बालकथाका किताबहरू पढेकी थिएँ । १०१ ओटा बालकथाहरूको एउटै सँगालो भएको पुस्तक किनेर घरमा राखेकी पनि थिएँ । किताबभित्रका सन्देशमूलक, छोटा मिठा रमाइला बालमनोविज्ञानमा आधारित बालमैत्री उहाँका रचनाहरू पढेर भर्खर बालकथा लेख्दै गरेकी मैले थप ऊर्जा पाएकी थिएँ । उहाँको बालकथा लेखन नामक व्यावहारिक ज्ञान दिने किताबबाट बालकथा लेखन सीप सिकेकी थिएँ मैले । त्यसकारण मनभित्रैदेखि उहाँलाई म गुरु मान्दथेँ । भेट्न भने इच्छा भएर पनि समयचाहिँ मिलिरहेको थिएन ।
यसैबिच साझा शिक्षा ई पाटी (ण्भि ल्भउब)ि नामको गैरसरकारी संस्थाले नेपालकै साहित्यिक इतिहासमा पहिलोपल्ट २०६७ माघ २१ देखि २३ गतेसम्म किशोरसाहित्य लेखनसम्बन्धी तीनदिने कार्यशालाको आयोजना गरेको थियो । नगरकोटमा आयोजित उक्त कार्यशालामा सहभागी हुन मसहित २१ जना एउटै गाडीमा जाँदा विनय कसजू सरसँग परिचय हुने अवसर जुरेको थियो । सरको किताबमा फोटोमात्रै देखेकी मैले त्यतिबेला प्रत्यक्ष देख्न पाउँदा अत्यन्तै हर्ष लागेको थियो । कार्यक्रममा डा. चूडामणि बन्धु, डा. महादेव अवस्थी र विनय कसजू सर प्रशिक्षकको भूमिकामा हुनुहुन्थ्यो । कसजू सरले अन्य देशमा किशोरसाहित्यको अवस्था कस्तो छ ? यो कसरी लेख्नु पर्छ ? भन्ने विषयमा केही देशका उदाहरण भिडियोबाट प्रस्तुत गर्नुभएको थियो । त्यो प्रस्तुतिले कार्यशालामा सहभागी हामी प्रशिक्षार्थीहरूलाई परम्परागत लेखनबाट आधुनिक लेखनतर्पm लाग्न उत्प्रेरित गरेको मैले महसुस गरेकी थिएँ ।
विनय कसजू सरको स्वभाव नामजस्तै विनयशील पाएँ मैले । उहाँको सरल व्यवहार, मधुर वाणी, भद्र अनि शालिन व्यक्तित्व, नहडबडाई विस्तारै बुझाएर पढाउने शैलीले गर्दा सरको कक्षा समय कहिल्यै लामो लागेन । अभैm सुनौँ सुनौँ लाग्दै गर्दा एक घण्टाको प्रशिक्षण समय सकिएको पत्तो पाइँदैनथ्यो ।
विनय सरलाई दोस्रो पटक २०६७ फागुन १३ गते पाल्पामा नेपाल बालसाहित्य समाजद्वारा आयोजित बालसाहित्य सम्मेलनमा भेटेकी थिएँ । त्यसबेला सरसँगै उहाँकी धर्मपत्नी गङ्गा कसजू पनि हुनुहुन्थ्यो । विनय कसजू सर र गङ्गा म्यामको जोडी अत्यन्त सुन्दर लाग्यो मलाई । जति सुन्दर जोडी उति नै सुन्दर कर्म पनि देखेँ मैले । उहाँहरूले नेपालकै ऐतिहासिक नगरी पाल्पामा अवस्थित देशकै पुरानो पुस्तकालयमध्येको एक धवल पुस्तकालयमा बालकक्षको स्थापना गर्नुभएको रहेछ । कार्पेट ओछ्याइएको भुइँमाथि बस्नलाई चकटी, पढ्नलाई ¥याकभरि बालसाहित्यका किताब अनि खेलौनासहितको चिटिक्क परेको बालकक्ष साँच्चिकै लोभलाग्दो थियो । बालबालिकाप्रतिको स्नेह र कर्तव्य एवम् पठन संस्कृतिको विकासमा उहाँहरूले पु¥याउनुभएको योगदान सबैका लागि उदाहरणीय एवम् अनुकरणीय लाग्यो । त्यसपछिका दिनहरूमा विनय सर र गङ्गा म्यामलाई बालसाहित्यका कार्यक््रmमहरूमा प्रायः सँगै देख्थेँ म । जहाँ भेट्दा पनि सर म्याम मसँग बोल्नु हुन्थ्यो । सरजस्तै म्यामको पनि शालिन व्यक्तित्व, सरल व्यवहार र मधुरवाणी पाउँदा मनमनै कस्तो भाग्यमानी जोडी भन्थेँ । सबैसँग समान ब्यवहार गर्ने सबैको भलो चिताउने, भरोसालाग्दो उहाँहरूको जोडीलाई भेट्दा मलाई मेरा साख्खै पर्ने कोही आफन्ती भेटेको अनुभूति हुन्थ्यो ।
वास्तवमा विनय कसजू सर उदार दिलको हुनुहुन्थ्यो । आपूmले जानेका कुरा अरूलाई सिकाउन रुचाउनुहुन्थ्यो । अहिलेको जमानामा आपैm खाऊँ, आपैm लाऊँ, दुईचार जना मान्छेको अगाडि आपैm जान्ने–सुन्ने बनूँ भन्ने खालका स्वार्थी मानिसहरू धेरै भेटिन्छन् तर त्यसको ठीक विपरित सबैले जानू्न् बुभूmन्, सबै सक्षम होऊन् भन्ने असल मानवीय गुण भएको विद्वान् हुनुहुन्थ्यो विनय कसजू सर । त्यसैले त बालसाहित्यमा कलम चलाउने धेरै जनालाई प्रशिक्षण दिनुभयो । विनय सरबाट प्रशिक्षित एक दर्जनभन्दा बढी प्रशिक्षार्थी आपैm प्रशिक्षक भई अहिले देशका विभिन्न ठाउँका स्कुलमा गएर विद्यार्थीलगायत त्यहाँका शिक्षकहरूलाई बाल तथा किशोर कथा लेख्न तालिम दिने गरेका छन् । नेपाली बाल÷किशोर साहित्य लेखनमा यो अत्यन्त महŒवपूर्ण एवम् उपलब्धिपूर्ण कार्य हो भन्ने मलाई लाग्छ । किनभने सैद्धान्तिक ज्ञानको अभावमा सर्जकहरूले आपूmखुसी लेखेका सिर्जनाहरूभन्दा प्रशिक्षणपछि लेखिएका रचनाहरू बढी गुणस्तरीय, शिल्पयुक्त र बाल÷किशोरमैत्री भएको मैले पाएको छु ।
म सम्झन्छु विनय कसजू सरले बेलाबेलामा भन्ने गर्नुहुन्थ्यो ः बालसाहित्य बालबालिकालाई असल र योग्य मानिस बनाउने सबैभन्दा प्रभावकारी साधन हो । बाल साहित्य लेख्नु भनेको राष्ट्रलाई ऋण तिर्नु हो । विनय कसजू सर बालसाहित्यमा धेरै नारी स्रष्टाहरू आउनु पर्छ । किनभने बच्चाहरू बाबुसँग भन्दा आमासँग बढी नजिक हुने हुँदा पुरुषले भन्दा नारीहरूले बालबालिकाको मनोविज्ञान बुभ्mन सक्दछन् भनेर हाम्रो हौसला बढाइरहनु हुन्थ्यो । केही साहित्यकारहरूले अभैm पनि बालसाहित्यलाई कम महŒव दिने गरेका छन् । नारी स्रष्टाको सिर्जनालाई हलुका रूपले हेर्ने र सतही मूल्याङ्कन गर्ने गरेका छन् । यो भनाइ उनीहरूका लागि राम्रो शिक्षा भएको मैले महसुस गरेकी छु ।
शारीरिक रूपमा कमजोर भए पनि विनय कसजू सर र गङ्गा म्यामले मलाई आपूmहरूसँगै फिल्डमा लगेर धेरै महŒवपूर्ण उपलब्धिमूलक कार्यशालाहरूमा सहभागी गराएर मलाई कहिले नबिर्सने गुन लगाउनु भएको छ । यस्ता कार्यशाला निकै छन् ः
१. सीप र रोजगारी प्रवद्र्धन कथालेखन (पुस ११–१३, २०७१/पातले बन)
२. मुटुसम्बन्धी बालकथा लेखन (फागुन १४–१६, २०७२/खहरे, टौदह, कीर्तिपुर)
३. सूचना सञ्चार प्रविधिसम्बन्धी बालकथा लेखन (चैत १२–१४, २०७२/लप्सेफेदी)
४. भुइँचालोसम्बन्धी बालकथा लेखन (जेठ ३०–३२, २०७२, काठमाडौँ)
५. बाल÷किशोर साहित्य लेखन (फागुन १९–२२, २०७४/धुलिखेल । भारतीय बालसाहित्यकार मनोरमा जफासमेतको उपस्थिति)
६. किशोर कथालेखनसम्बन्धी तीनदिने पहिलो (असोज २०७४/खहरे, टौदह, ललितपुर)
७. किशोर कथालेखनसम्बन्धी दोस्रो (पुस १५ र १६, २०७४/खहरे, टौदह, ललितपुर)
८. किशोरी कथा भाग १ र २ लेखन (भदौ ११–१३, २०७५/पनौती, नौविसेफाँट)
९. संस्मरण लेखन एकदिने (२०७५/सानेपा, ललितपुर)
१०. चरासम्बन्धी बालकथा लेखन एकदिने (जेठ २२, २०७६/सानेपा, ललितपुर)
११. लघुकथा लेखन (कात्तिक ८–१०, २०७६/कीर्तिपुर)
त्यसरी देशको विभिन्न ठाउँमा गई कथालेखन कार्यशालामा जीवनको अन्तिम अवस्थासम्म पनि विनय कसजू सरले आपूmले जानेको सीप र आर्जेको ज्ञान दोस्रो पुस्तामा हस्तान्तरण गरी नेपाली भाषा–साहित्यको क्षेत्रमा बाल÷किशोरसाहित्यको श्रीवृद्धिमा अतुलनीय योगदान पु¥याउनु भएको थियो ।
विनय सर भन्नुहुन्थ्यो ः बालसाहित्य सिर्जना मेरोलागि समाज र राष्ट्रलाई आवश्यक पर्ने योग्य र असल नागरिक तयार पार्ने अभियान हो । नेपाली बालसाहित्यलाई सार्थक र उद्देश्यमूलक बनाउन र विश्व स्तरमा पु¥याउनका लागि धेरै काम गर्न बाँकी छ । नेपाली भाषा–साहित्यको अरू विधामा पनि कलम चलाएर ख्यातिप्राप्त गरिसकेका विनय सर पछिल्लो समयमा बालसाहित्यलाई नै मूल विषय बनाई किताब लेखेर, अरू लेखकलाई प्रशिक्षण दिएर अनि बालवाङ्मय तथा अनुसन्धान केन्द्रजस्तो बालहितकारी संस्था स्थापना गरेर बालसाहित्यको विकास र प्रवद्र्धनमा निरन्तर समर्पित हुनुहुन्थ्यो ।
हामी पनि विस्तारै उहाँकै पाइला पछ्याउँदै थियौँ । गन्तब्य पुग्न बाँकी छँदै यति छिटो हामीलाई छोडेर यो संसारबाट बिदा लिनु होलाजस्तो लागेको थिएन । उहाँको निधनबाट नेपाली भाषा–साहित्यको क्षेत्रमा अपुरणीय क्षति त पुगेकै छ, राष्ट्रले पनि एउटा असल, इमानदार र नेपाली बाल÷किशोरसाहित्यको उन्नयनका लागि समर्पित विद्वान् अनि ओजस्वी स्रष्टा गुमाएको छ । हामी भने उहाँ नहुँदा रानो हराएको माहुरीको गोलोजस्तो भएका छौँ ।
(मण्डिखाटार, काठमाडौँ)