गद्यकविता शैलीमा लेखिएका आठवटा कवितासङ्ग्रह, चारवटा भाषा अनुसन्धान–ग्रन्थ, एकवटा नियात्रासम्बन्धी साहित्य समालोचना, छवटा लघुकथासङ्ग्रह प्रकाशित गरिसकेका डा.विदुर चालिसे(२०१६)को अर्को एक बृहत्तर आयामको लघुकथासङ्ग्रह हो– “लघुकथालय(लघुकथा चिन्तन, मनन र लेखन)– २०७९” । यसका साथै उनका चारवटा लघुकथासङ्ग्रह र दुईवटा गद्यकवितासङ्ग्रह समेत यसै मध्येबाट अङ्ग्रेजीमा अनुवाद गरेर डिजिटल एवम् छापामा प्रकाशित समेत भइसकेको छ । कविताबाट आफ्नो लेखनकार्य शुरू गरेका चालिसेले यतिबेला लघुकथाको चिन्तन, मनन र लेखन कार्यमा प्रचलित लघुकथासम्बन्धी सिद्धान्त र आफ्ना लघुकथाहरूलाई उक्त सिद्धान्तको कडीमा प्रयोग गरी शैलीवैज्ञानिक ढाँचामा प्रस्तुत गरिरहँदा लघुकथाको इतिहासमा एक नवीन प्रयोग र नौलो प्रस्तुतीको शिखर अरोहण गरिरहेको देखिन्छ ।
नदीनदी मिले सागर बनेझै एकप्रकारले ‘लघुकथालय– २०७९’ लघुकथाको सागर नै भएको छ । यथपि ‘आलय’ले ‘हिमालय’को सङ्केत गरेकै छ । जुन विशालताको प्रतीक हो । यस कृतिमा जम्मा २३६ वटा लघुकथाहरूलाई सङग्रहीत गरिएका छन् । सामान्यतः २०–२५ वटा लघुकथा बनेपछि एक कृतिको प्रारूप दिने प्रचलन नेपाली लघुकथा लेखनको क्षेत्रमा प्रचलन रहिआएको थियो । तर लघुकथालयमा यसका स्रष्टा चालिसेले लामो धैर्य र दीर्घ प्रयत्नबाट पौने दर्जन जति लघुकथा–कृति बन्नसक्ने लघुकथाहरूको एकमुष्ट रूपमा कृतिको संरचना तयारी गरी लघुकथासङ्ग्रहमा अधिकतम लघुकथाको समावेशितालाई ध्यान दिई बृहत्तर स्वरूपमा एकै कृतिमा समेटेर प्रकाशित गरेका छन् । सिद्धान्त र प्रयोग दुवै संयोजन गरिएको यो कृति विशद् र व्यापक पनि रहेको छ । स्वरूपको दृष्टिले नेपाली लघुकथा साहित्यमैं यो पहिलो कृतिको रूपमा देखिएको छ । धेरै लघुकथाहरू सङ्ग्रहीत भएकोले कृतिको नामकरण ‘लघुकथालय’ राखिएको छ । पुस्तकको नामाकरण निकै ओजिलो, स्तरिय र परिष्कृत देखिनुका साथै यसले लघुकथाको संख्यात्मक बहुलताको प्रयोगतर्फ सङ्केत र कृतिको स्तरियताको पक्षलाई आत्मसात् गरेको छ ।
‘लघुकथालय’को कोष्ठकभित्र लघुकथा चिन्तन, मनन र लेखन भनिएको छ । मेरा दृष्टिमा ‘लघुकथा आयामः सिद्धान्त र प्रयोग’ भनिएको भए अझै उपयुक्त हुन्थ्यो भन्ने लाग्छ । लघुकथाका बारेमा यति धेरै चिन्तन, मनन र प्रयोगका साथै यति विशाल कृतिको आयोजनाले लघुकथाकै ‘शिखर कृति’ भन्न सकिने स्पष्ट आधार यो कृतिले सावित गरिदिएको छ । लेखकका कविता र समलोचना लेखनसँग म राम्ररी परिचित हुनसकेको छैन । तर यो लघुकथालय कृतिको अध्ययनले एकै पटकमा तीब्र प्रभाव पारेको महसूस हुन्छ । कुनैबेला गजलको लहर चल्यो । अहिले पनि त्यही लहरको तीब्र्रताले निरन्तरता लिएझैं छ । गजलपछि त्यस्तै लहर अहिले लघुकथातर्फ पनि चल्न थालेको छ । यतिबेला लघुकथामा सयकडौं कृतिहरू प्रकाशित भइसकेका छन्, कति हुने व्रmममा छन् । लम्बेतान अवस्थामा वा कथाहरूको धैर्यतापूर्वक आस्वादन लिने फुर्सदको समय मानिससँग छैन । पाठकहरूको रूचि र माग एवं स्रष्टाको प्रबृति र प्रसङ्गले लघुकथाहरूलाई प्रतिस्पर्धाको बजारमा तान्दै लगिरहेको छ । व्यापक रूपमा लघुकथासहित सिद्धान्त र प्रयोगको रूपमा जोडिएर यो कृति आउनु नेपाली साहित्यमैं स्वागत योग्य कुरा हो । उत्कृष्ट साजसज्जा र पाठकमैत्री कृतिको रूपमा प्रकाशित भएको यो पुस्तक पठनीय मात्र नभई सङ्ग्रहणीय समेत छ भन्ने अवगत हुन्छ ।
स्रष्टाको चिन्तन वा सिद्धान्त पक्षमा विचार गर्दा स्रष्टाले लघुकथालाई छोटो कथासँग दाजेका छन् । मेरो विचारमा लघुकथा आफैमा ‘लघु’ हुने यथार्थ हो । तर आकारको ‘लघुता’ले मात्र यसको पहिचान बन्दैन । यसमा आफ्नै प्रकृतिको संरचनागत प्रभाव हुन्छ । जसरी छोटो कविता हुँदैमा त्यो मुक्तक हँुदैन, त्यस्तै छोटो आकारको रूप हुँदैमा त्यो लघुकथा पनि हुँदैन । यसको सैद्धान्तिक पक्षबारे रामै्र आकारका अनुसन्धानात्मक वा विवेचनात्मक कृतिहरू प्रकाशित रूपमै आइसकेका छन् । एकप्रकारले लघुकथा सिर्जनमै सिद्धान्तहरू निर्मित नै भइसकेका छन् । कवितामा जस्तै लघुकथाको उपस्थिति असैद्धान्तिक मुक्त देखिन्छन् । त्यस्तैप्रकारले कथाको उपविधाको रूपमा लघुकथालाई हेरेको पनि देखिन्छ । योभन्दा अधिक लघुकथाको उपसंरचनाको बहस गरिरहन अवश्यक पर्दैन ।
लघुकथामा अधिक भूमिका, अधिक व्याख्या, अधिक परिवेश चित्रण, अधिक वर्णन विस्तार, अधिक धारणा र भावनात्मक प्रस्तुति, अधिक दृष्टिकोण वा धारणाको समावेश गरिनु हुँदैन । जुन प्रभावले विस्फोटन गरिनु छ, त्यसैको भूमिका वा पृष्ठभूमिमा स्वरूपको कथ्यलाई उत्सुकताका साथ जागृत गराउन मै केन्द्रित गर्दै अन्तमा रहस्यको पर्दा उघारिन दिनुपर्छ । चतुष्पदी मुक्तकमा धनुकाँणबाट तीर हान्ने जे उपाय हो, त्यस्तै उपाय लघुकथामा पनि लागु गरिन्छ । त्यस्तै प्रकृति र संरचनामा आधारित हुने मात्र लघुकथाको कोटीमा देखिन्छ भन्ने अधिकांशको दृष्टिकोण छ । त्यसैमा पङक्तिकार पनि सहमत छ ।
‘लघुकथालय–२०७९)’ को प्रकाशनपूर्व एकजना साहित्यकार लक्ष्मण अर्यालले पनि ‘लघुकथा विमर्शन–(२०७८)’ नामक लघुकथाको समालोचनात्मक कृति प्रकाशित गरेका छन् । उनले यसमा लघुकथा सिद्धान्त र प्रयोगसम्बन्धी दृटिकोणहरू प्रस्तुत गरेका छन् । उनका दृष्टिमा– “लघुकथाको सिर्जना सजिलो साहित्यिक कर्म होइन । लघुकथामा तर्कको अनगिन्ती अडेसाहरू लगाएर विषयलाई उभ्याउने फुर्सद असम्भव हुन्छ । न त व्यख्या र विश्लेषणात्मक बुँदाहरूले यसलाई सजाउने समय रहन्छ । ‘छोटो लेख र पूर्ण लेख !’ यो लघुकथा लेखनको अमोघ सूत्र हो ।”
सिद्धान्तअनुसार अर्यालका लघुकथा लेखनका मुख्य तीन सूत्र देखापर्छन् । यी तीनका दुई सूत्र मिल्ने देखिन्छन् । ती हुन्– ‘छोटो लेख’– ‘पूर्ण लेख’ तर बिचको जो ‘छिटो लेख’ हो त्योचाहिँ मिल्ने देखिँदैन । त्यो के भने–, प्रभावात्मक विस्फोटनका निम्ति शैलीगत गत्यात्मक तीव्रता मैले यस ‘लघुकथा विमर्शन–(२०७८)’ कृतिमा महसुस गरेको छैन ।
लघुकथाको नाममा सिर्जिएका लघुविचार, लघुसंवाद, लघुकिस्सा, लघुप्रसङ्ग, लघुव्याख्या, लघुअबधारणा, लघुदृष्टिकोण, लघुनिबन्ध, लघुकिंवदन्ती लघुकथा हुन सक्तैनन् । ‘लघु’ भन्नाले आकारमा ‘लघु’ त भन्नैप¥यो । त्यसमा आख्यान पनि हुनैप¥यो, अर्थात् घटना र पात्र रहनैप¥यो । ‘लघुता’ र ‘आख्यान’ त्यति मात्रले पनि नभई त्यसमा कार्यकारणको शृङखला पनि चल्नप¥यो । उत्सुकता जगाउने कुनै समस्याको पृष्ठभूमिबाट शुरूवात भई शैलीशिल्पको गतिमा पनि तीव्रता हुनुप¥यो । साथै कथ्यस्थिति कसिएर तीव्र गतिवान हुनुप¥यो । संरचनाबाट कुनै अंश झिक्न मिल्ने स्थिति रहनुहुँदैन तब मात्र त्यो ‘लघुकथा’ हो भन्ने स्पष्ट हुन्छ । वास्तवमा यस्ता लघुकथा विशेष परिस्थितिबाट मात्र मिर्जित हुन्छन् । लघुकथाका बजारमा कति लघुकथा हुन्, कति होइनन्, तिनको व्यापक सैद्धान्तिक शोधखोज र समयसापेक्ष सर्बेक्षण हुनु अवश्यक छ । स्रष्टाले ‘लघुकथा’ भन्दैमा वा लघुकथाको पङ्क्तिमा समावेश हुँदैमा त्यो ‘लघुकथा’ हो भन्ने पनि स्थिति हुँदैन । आफ्नै प्रकृति, प्रभाव र संरचनाबाट लघुकथाले आफ्नो परिचय आफै दिन्छ । यस्तै लघुकथासम्बन्धी विद्धान्हरू एवम् यसका स्रष्टाहरूबाट धारणा एवम् पाठकीय प्रतिव्रिmयाहरू व्यापक रूपमा आउनुपथ्र्यो । यसबाट नै लघुकथाको सैद्धान्तिक हुनु र नहुनुको गुरूत्व र गरिमाको मूल्याङ्कन हुनुपथ्र्यो । त्यसको अभाव खडिकएको नभए पनि अझै सुनमा सुगन्ध बन्नसक्थ्यो । एकाङ्कीजस्तै लघुकथामा पनि प्रभावको ऐक्यता हुन्छ, अर्थात् लघुकथाले एउटै विशिष्ट प्रभाव छोड्नुपर्छ । जब विविध प्रभाव छोडिन्छ तब लघुकथाबाट कथाको कथागत सारमा गर्जिन्छ ।
हामी गजल शैलीमा गजल होस् भनेर लेख्छौं तर ती गजलको गुरूत्वमा नरहेर गजल शैलीका कविता अर्थात् गजल कविता बन्छन् । त्यस्तै हामी लघुकथाको रूप भनेर लेख्छौं तर लघुकथा नभएर छोटा कथा बन्छन् । लघुकथा हुँदैमा राम्रो एवम् छोटोकथा हुँदैमा नराम्रो भन्ने हुँदैन । सिद्धान्त अघि सारेर त्यसैको पूर्णअनुशासनमा कसैले रचना गरेको हुँदैन । लघुकथा यसरी लेखिनुपर्छ भनेर सिद्धान्त सामु राखेर कसैले रचना गरेको पनि हुँदैमा, सिर्जनाका सबै क्षेत्रमा यही स्थिति हुन्छ । सिद्धान्तअनुसार रचिएका रचनाभन्दा स्वतन्त्र ढङ्गले रचिएका रचना अधिक सुन्दर हुनसक्छन् । त्यसैले ‘सिद्धान्तवादी नै बनेर सिर्जनशील कार्य गर !’ भन्ने पनि होइन । अवचेतनमा हेक्का राखेर स्वतन्त्र ढङ्गले कलात्मक तबरबाट जे सिर्जना गरियो, तिनै सुन्दर र सजीव बनेर प्रस्तुत हुन्छन् । सिर्जना भन्नु नै प्रत्येकबाट भिन्न स्वयम् अस्तित्ववान् मौलिक स्वरूप हो । हर सिर्जनामा स्वत्वको प्रकटीकरण हुन्छ । यो खास ढाँचामा मिल्छ भन्ने स्थिति पनि हुँदैन । आफ्नै सामान्य सैद्धान्तिक खाकामा जति आकर्षण पैदा गर्नसक्यो, त्यसैमा सौन्दर्य निर्भर हुन्छ । उसको कसैको जस्तो सिर्जना, रचना भएन भन्दा पनि जस्ले सिर्जना गरेको छ, ऊ जस्तो किन भएन ? भनेर भन्न सकिन्छ । सबै एकै गुण र प्रकृति नभएपछि ऊ स्वयम्का गुण र प्रकृतिमा के कस्ता विशेषता छन् भनेर खोज्नु वा पर्यपेक्षण गर्नु समीक्षकीय धर्म हो । यस दृष्टिले लघुकथाकार चालिसेका ‘लघुकथालय–२०७९’ मा आफ्नै शैलीगत स्वर र स्वरूपहरू प्रकट भएका छन् । विशिष्ट सङ्केतहरूले विविध सन्देश मुखरित गरेका छन् । अहिले साहित्यकार र तिनका कृतिले साहित्यिक परिवेश जङ्गलझै नै बनेको छ । जङ्गलमा के के छन्, ती सबैको पहिचान हुन कठिन छ । जङ्गलमै जन्मियो, जङ्गलमै साहित्य लेख्यो । जङ्गलमै हरायो, धेरैको त्यै नियति बनेको छ । कृतिका गुणात्मक रचना पनि ओझेलमा परेका छन् । यसै स्थितिमा लघुकथाको यसप्रकारको विशाल कृति लिएर लघुकथाकार चालिसे ठिङ्ग उभिएर देखापरेका छन् । सामान्यबाट विशेषहुँदै विशिष्टमा स्थापित हुनपुगेका छन् । आफ्नै कृतिगत प्रकृति, प्रबृत्ति, प्रतिभा र श्रमको विशेष गुणले स्रष्टाको पहिचान प्रकाशमा आउँछ । यस कृतिबाट लघुकथाकार चालिसे लघुकथा साहित्यको प्रकाशमा मात्र छैनन् । आफ्नै साहित्यिक गुणले समेत रत्न झैं चाम्किएका छन् ।
कृति नै यति भारी निस्केको भएर पनि यसको भूमिका पनि उत्तिकै भारी हुनुपथ्र्यो भन्ने लाग्छ । यद्यपि भूमिका सारभूत र मननीय अवश्य रहेको छ । यसमा लघुकथाका आयाम भनेर शीर्षाङ्कन र आयामका आरम्भ, उत्कर्ष, निष्कर्ष, प्रकार्यात्मक आयाममा तत्वबोध र सिद्धान्तबोध आयाममा लघुकथाका तयाँ तथा पुराना प्रचलित सिद्धान्तहरू भनेर लघुकथाहरूकै शृङ्खलाहरूमा वर्गीकृत गरी राखिएको छ । यो सबै सिद्धान्त पक्ष भनेर एकै खण्डमा समावेश गरी अन्य सबै लघुकथाहरूलाई विषयगत रूपमा वर्गीकृत गरिएको भए यसको प्रभावकारिता पनि बेग्लै हुन्थ्यो कि भन्ने हो । तर जे जसरी प्रस्तुत गरिएको छ, त्यो पनि महत्वपूर्ण उपलब्धि हो भन्ने बोध हुन्छ ।
आवरण पृष्ठको परिचयमा देखेँ, लघुकथाकार चालिसेले कविता सिर्जनाबाट पो साहित्यिक यात्रा–आरम्भ भएका रहेछन् । कविता कृतिकै मात्र आधा दर्जनभन्दा बढी कृतिहरू प्रकाशित भइसकेका कृति पनि रहेछन् । कविता कै मात्र आधा दर्जन कृति प्रकाशित हुनु सामान्य कुरा होइन । सर्जक चालिसेले कवितामैं पनि एक उचाइ लिएको हुनुपर्छ । कविता सिर्जनाबाट बनेको त्यो शैलीय गुणले लघुकथा सिर्जनामा पनि काम गरेको हुनुपर्छ । उनको लघुकथाभित्र कवित्व शैलीको छनक खोज्दैजाने हो भने त्यसका अनेकौं दृष्टान्त भेटिन्छन् । कवित्वको यति समृद्ध शक्ति निहित भएपछि कवित्वमय लघुकथाको रचना गरेर ‘लघुकथालय–२०७९’ लाई कवितामय लघुकथाहरूको सँगालोको स्वरूपमा समेत प्रकट गराउनु उनको अर्को विशेषता देखिन्छ । यस्तै यसमा विचारको अद्भुत संयोजन छ भने यो आफैमा चमत्कारिक सिर्जना समेत बन्नपुगेको छ । यसका साथै अहिले लघुकथा लेखन निकै विस्तारको समय हो । लेखनको व्यापकता पनि त्यत्तिकै चलिरहेको छ । अब भने विस्तारित चमत्कारिकताका साथै गुणात्मक दिशातर्फ स्रष्टाहरू केन्द्रित हुनुपर्छ भन्ने लाग्दछ । यसै सन्दर्भमा सर्जक चालिसेको सिर्जनशील क्षमताको शैली यस्तो बनिसकेको रहेछ कि– “सामान्य विषयलाई लघुकथाको रूप दिनसक्ने रहेछन्, उनी” । ‘पारसले छोएपछि सुन बन्छ’ भने झैं सर्जक चालिसेले सोचेर लेखन शुरू गर्नथाले कि लघुकथा अर्थात् छोटाकथा बनिहाल्ने उनको सिर्जनशील क्षमताबाट हर कोही प्रभावित हुनसक्दछन् । लघुकथाका हिंसालय झैं बनेको लघुकथा चिन्तन, मनन र लेखनसम्बन्धी ‘लघुकथालय–२०७९’ कृति पाठक एवम् लघुकथा लेखनका आरोहीहरूका लागि निकै आकर्षणका रूपमा अगाडि बढ्नेछ भन्ने लाग्छ । अरूले लघुकथामा सामान्य पहाड पर्वत बनाएकोमा उनले लघुकथाको हिमालय नै बनाइदिएका छन् । आफ्नो हिमालबाट अझै कति चम्कने हुन् पर्यवेक्षकहरूले बताउँदै जालान् । तर म यो छोटाकथाको मानक कृति नै बनेकोमा विश्वस्त भएर भन्न सकिने आधार रहेको देख्छु ।
यी लघुकथा हुन् कि लघुकथाका रूपमा छोटाकथा हुन् भन्ने सन्दर्भमा– यी छोटाकथा हुन् । सामान्यतया यी सबै छोटाकथाका रूपमा लघुकथा भन्न सकिन्छ, पनि । छोटाकथा नै भएपनि यस पुस्तकमा साङ्केतिक, व्यङग्यपरक र उत्कृष्टताका पक्षहरू व्यापक छन् । सैद्धान्तिक रूपमा पेशा, कर्म र स्वभावले हामी समान उद्देश्य बोकेका सहयात्री मित्र हौं । वाह्य रूपमा उनको व्यक्तित्वबाट प्रभावित भएर पनि उनको रचना पढ्ने अवसर जुरेको थिएन । तर यो लघुकथाको ‘महाग्रन्थ’ पढेर स्रष्टाको रचनात्मक सीप सामथ्र्यसँग परिचित हुने अवसर मिल्यो । यसका लागि ‘नमस्ते आधुनिक लघुकथा मञ्च’ जस्तो लघुकथाको विकास, विस्तार र प्रकाशनमा लागेको प्रकाशक संस्थालाई धन्यवाद दिन चाहन्छु ।
अहिले छन्द कवितामा रमेश ठाकुरेल, मुकुन्द शर्मा, गोविन्दराज विनोदी र सत्यालहरू देखापरेका छन् । त्यस्तै नियात्रामा निर्योही ब्यास, प्रतीक ढकाल, कृष्ण बजगाईं र दामोदर वुडासैनीहरू देखापरेका छन् त्यस्तै गजलको चहलपहलमा बुँद राना, घनश्याम परिश्रमी, कृसु क्षेत्री र देवी पन्थीहरू देखापरेका छन् । गद्यकवितमा मनुमञ्जिल, नवराज, भूपिन र सरिताहरू देखापरेका छन् । उपन्यासमा अमर न्यौपाने, प्रभा बराल र प्रमृति देखापरेका छन् । त्यस्तै लघुकथा भन्नासाथ डा. विदुर चालिसे, लक्ष्मण अर्याल, एकदेव अधिकारीहरूको नाम लिनैपर्ने हुन्छ ।
यस कृतिमा रहेका समग्र लघुकथा र सैद्धान्तिक पाठहरू सामान्य पाठकका लागि मात्र नभएर विशिष्ट पाठकका लागि समेत प्रयोजनीय बनेका छन् । आकारगत दृष्टिले छोटा भएपनि साङ्केतिक, विम्बात्मक, व्यङग्यपरक र चेतनामूलक कथाहरू कथाकै प्रविधाका छोटाकथा प्रकारान्तरले लघुकथा भन्न सकिने कथाहरू नेपाली साहित्यका अमुल्य निधि रहेका छन् । स्रष्टालाई यस्तै उत्कृष्ट छोटाकथा रचना गर्ने प्रेरणा र जाँगर मिलिरहोस्, अस्तु ।
भरतपुर – १२, चितवन
ं