१. प्रारम्भः
कृष्ण बजगाईँ (२०२४)लघुकथामा मात्र होइन नियात्रामा स्थापित लेखक निबन्धकार, कथाकार र हाइकुमा कलम चलेका स्रष्टाले प्रवासमा बसेर नेपाली साहित्य, समाज नेताको अनुगमन गरिरहेको भैmँ लाग्छ र सरकारका साना ठुला गतिविधि नजिकबाट हेरिरहने चनाखो आँखा भएका नव सिर्जना रूचाउने युवकले ‘संवैधानिक पत्नी’ (२०७७) लेखन गरी प्रकाशनको जिम्मा विवेक सिर्जनशील प्रकाशन प्रा.लि.लाई दिएका छन् । उनका ‘यन्त्रवत्’ (२०६४), ‘रोडम्याप’ (२०६६), ‘कमरेड भाउजू’ (कथासङ्ग्रह), ‘भायासाव्रmा’ (नियात्रा), युरेसियाको स्पर्श (नियात्रा) आदि रुचि बढाउने र कृति समाजले पाएको छ ।
नेपाली लघुकथा र कथाकारहरू (२०७८)मा परशुराम रोका, पूर्णप्रसाद ब्राह्मण, जयनारायण गिरी, जगदिश नेपाली, शरद् क्षेत्री, रमेश नेपाली, भागीरथी श्रेष्ट जस्ता पुराना लघुकथाकारको योगदानको चर्चा प्रा.डा.दयाराम श्रेष्ठबाठ भएको छ । यसै व्रmममा बाउन्न कथाकारभित्र पैतिसौँ स्थानमा कृष्ण बजगाईँ समाविष्ट छन् । यहाँ पनि बजगाईँ ‘आत्महत्या’, ‘बलात्कार’, ‘दर्शन’, ‘सोम शर्माको सपना’, ‘छेपारे रङ’, ‘तीन बाँदर’, ‘लिफ्ट’, ‘गोजी नभएको सुट’ आदि कथाले समीक्षा पाएका छन् । घुस खाने, काम ठग्ने, कालो व्यापार गर्ने पात्रमाथि यिनका कथाले घोचेका छन् (श्रेष्ठ;२०७८ः ३५९–३६९)। बजगाईँका लघुकथाले नेता, पार्टी, मन्त्री र बलियाहरू, आइएनजिओ र एनजिओहरूका दोष देखाएका छन् । प्रा.डा.दयाराम श्रेष्ठको लेखाइमा उनका लघुकथा र कथाकारलाई चिनाउने प्रसङ्गमा टिप्पणी–समीक्षा र मूल्याङ्कन गर्दै लेखिएको छ– “प्रतीकविधानका लागि कृष्ण बजगाईँको कथाकारितामा प्रशंसा गर्नैपर्छ । उनले अन्योक्तिमूलक शैलीमा देखाएको अभिरूचि पनि स्तुत्य नै छ । व्यङ्यविधान त झन् उनको कथाकारिताको शक्ति नै हो ।” पचासभन्दा बढी लघुकथाकारको परिचय, विशेषता र प्रतिनिधि लघुकथा समीक्षा भएको पुस्तक ‘नेपाली लघुकथा र कथाकारहरू’ जस्तो विशेष ग्रन्थमा बजगाईँको स्थान सुरक्षित रहनु उनको राम्रो उचाइ बनेको अवस्था पनि हो । बजगाईँ मानिसभित्रका कलुषित भावना, दुराशय र नकारात्मक सोचलाई खुलासा गर्ने संवेदनशील कथा–स्रष्टा हुन् भनिएको छ ।
२. बजगाईँका केही लघुकथा
कमरेडमा घोचपेच र व्यङ्ग्यवाण प्रयोग भएको लघुकथा ‘कमरेडको अन्तर्वार्ता’ प्रारम्भको पाठ हो । यस लघुकथामा राम्रो अन्तर्वार्ताको शैली प्रयुक्त छ । प्रश्नकर्ता पत्रकारसँग उत्तरुदाता पात्रले लज्जा बोध गर्नुपर्ने हो; आपूm धर्म नमान्ने ठहरमा उभिएका कम्युनिस्टहरूले धर्मको अवलम्बन गर्न थालेपछि सबैलाई अचम्म लाग्ला तर यहाँ त पत्रकार भएर अन्तर्वार्ता लिने पात्र सम्पादकको कुर्सीमा पुग्दा कमरेडको धारणा रूपान्तरण भएको समाचार सम्पादकका टेबुलमा देखेर उनी ढले भन्ने निचोड छ । त्यसरी ढलिहाल्नु नपर्ने हो, अचम्म मानेर एक घण्टा मूर्तिवत् भए भन्न सुहाउनेमा कुर्सीबाटै ढले भनिदिएर कथाको समापन गरिएको छ । कोही ठुलो पुरस्कार पाएर ढल्छन्, कोही नपाएर ढल्छन् भने कोही धेरै खाएर ढल्छन् । कोही ठुलो घोटाला गरेको पोल बाहिर आएपछि ढल्छन्; जे भएपनि नेपालमा अफाबसिद्ध हुँदै गएको राजनीतिमाथि व्याजस्तुति गरिरहेका कथाकारले पत्रकारलाई ढलेको देखे । कुनै समयमा शक्ति पूजा पाएका पात्रहरू विदेशी नेताले भैmँ हाम्रो पोसाकमाथि हेयदृष्टि राख्छन्, यो यथार्थ सत्यलाई बजगाईँको कथाले केन्द्रमा पारेको छ । बजगाईँका कथामा अनौठो र भ्रमात्मक प्रसङ्गले पनि ठाउँ पाउनेछन्, अर्थ र शब्दमा भ्रम जन्मन्छ । यसको उदाहरणमा ‘महँगीको हत्या’ एक लघुकथा हो, हत्या मात्र भनिएपछि प्रहरी सतर्क हुने, महँगीकै हत्या हुने भए व्यापारी र उपभोक्ताले ठाडा कान लगाउने भए । सबै कुराको हत्यासँग कारक–विभक्ति जोड्न मिलेको हुँदैन । त्यस्तै ‘अभियुक्त सङ्घ’ घोचपेचमा लागिरहन्छ, उक्त लघुकथाको भावना सत्ताधारी भनेकै अभियुक्त सङ्घको संरचना हो, उनका मन्त्री, प्रहरी, न्यायधीश, व्यापारी र कर्मचारीहरू सदस्य भएर घुस खाने खुवाउने काम गरे भने त्यही कारणले यी सबै मिलेर चलिरहेको सङ्गठन नै अभियुक्त सङ्घ हो । नीति बनाएर निर्णय गरेर अपराध गर्नेहरू बसेको नेपालजस्तो देशको सरकार हाक्का हाक्की कमिसन खान्छ, आफ्नो पार्टीको ज्यानमारा जेलबाट छुटाउँछ, खुल्लेआम कुटपिटका लागि गुन्डा पाल्छ भन्ने दोष लागेको सरकार नै अभियुक्तहरूको सङ्गठन हो । संवाद र समाख्यान मिसाएर हाकिम र निवेदक आपसमा धम्कीघुर्कीका संवादमा आबद्ध क्षणको स्वाद ‘अपराधी प्रशिक्षण केन्द्र’ शीर्षकले दिलाउने छ । दर्ता गर्ने मागवाला र दर्ता गरिदिने जिल्लाको हाकिम दुवैलाई यस्तो सङ्ठन ज्ञातमा भूगित छ, औपचारिक रूपमा आएको छैन । अपराधीमाथि लगानी सरकारको पनि छ, किनकि उसको सरकार टिकाउन र अपराधको विरोधमा उत्रनेलाई ठेगानमा ल्याउन त्यस्तै गोप्य शक्ति चाहिन्छ । चुनाउ जित्न, जितेपछि टिकेर राज्यको ढुकुटी दोहन गर्न पनि त्यस्तो शक्ति भूमिगत छ; त्यसैलाई व्यङ्ग्य गर्न दर्ता गरे पनि भयो भन्ने घोषणा खोजिएको प्रसङ्ग हो । यसमा राज्यका प्रसिद्ध नेताहरूले नाफाखोर संस्थाहरू, व्यापारिक केन्द्रहरू र शिक्षण संस्थामा आर्थिक लगानी गरेको पोल खुल्ने भएको छ ।
राजनैतिक व्रिmयाकलापमाथि व्यङ्ग्य गर्ने सिलसिलामा ‘कुकुर–क’ लघुकथा प्रस्तुत हुन्छ । आफ्नै ठाउँमा सदरमुकाम राख्नेहरू, आफ्नै नामसँग जोडेर प्रदेशको नाम तोक्नेहरू त्यसरी नै झगडा गर्दै वर्ष बिताउँदै छन् जसरी ‘क’बाट कसैको नाम र प्रतीक सराबरी गर्नेको झगडा कुनै बैठकमा भएको कल्पना गरिएको छ । नेपालको पूर्वाञ्चलको नाम प्रदेश नं.१ को नामकरण अभैm नहुने स्थिति यसको उदाहरण हो । कसैले किरात प्रदेश, कसैले कोसी प्रदेश, कसैले लिम्बुवान भन्दाभन्दै समयले ती नेताको एक चुनाउ विजयको समयले डाँडो काट्यो, माझीको बैठक गर्दागर्दै नौ गाउँ डुबे भन्ने उखान चलिरहेछ ।
यसरी हेर्दा बजगाईँका लघुकथाका विषयलाई वर्गीकरण गरेर हेर्न सकिने स्थिति जन्मन्छः क) राजनीतिमाथि घोचपेचका लघु कथाहरू ख) सामाजिक विकृति माथि घोचपेचका लघुकथा र ग) विविध सन्दर्भका लघुकथाहरू
नेपालमा राजनीतिको वातावरण घमिलो भएको परिदेशमा यसलाई झटारो हानेर सचेतना भर्ने अभिप्रायले लघुकथा लेखिएका छन् । त्यस्ता विषयमा बजगाईँले घुस खानेहरू, दिनेहरू, हेप्नेहरू, हेपिएर समयको प्रतीक्षा गर्नेहरूको स्थितिको प्रतिबिम्ब कोरेका हुन् । नेपालको राजनीतिले आफ्ना कार्यकर्तालाई एनजिओ र आइएनजिओ खोलिदिने र परावलम्बी बनाउने दोष गरिरहेको छ, यसको कथामा आलोचना हुनु अति आवश्यक विषय हो । बजगाईँका कथाहरूमा यस्ता विषयले स्थान जमाएका छन्, उदाहरणका लागि ‘पत्नीपूजा’, ‘संवैधानिक पत्नी’, ‘धर्मपत्नी’ जस्ता कथालाई लिन सकिन्छ । एनजिओका कारणले चलेका गोष्ठी समयको बर्बादीका कारण मात्र हुन्; नारीले गोष्ठीमा भाग लिँदा मागेको स्वतन्त्रता उच्छृङ्खलताको नमुना मात्रै हो भन्ने विषयमा ‘महिला राज्य’ आबद्ध हुन गएको पाइन्छ । त्यस्तै राज्य र देशमा महाधनीहरू, महान्यायपिताहरूका व्रिmयाकलापकै बारेमा लेखिएको लघुकथा ‘नक्कली’ निकै छुने कथा हो, नक्कली कुरा गर्ने देशका नेता र प्रशासकले नक्कली नक्सा राखेर देशको अपमान गर्छन्, यसैमा पेचिलो व्यङ्ग्य छ । यो व्रmम चलिरहेको छ । स्वदेशका उपमा, विदेशका विषयमा व्यङ्ग्य पूर्ण वा व्याजस्तुति गरिएका विषयले तृप्त भएपछि स्वर्गतिरका घटना उल्लेख गरिन्छन्, सहरतिर मोजको र भोजको संसार भोग्नेहरू स्वर्गमा गएछन् भने सहिद हूँ भनेर नाम दर्ता गराएछन् । इन्द्रले अर्कै उपाधि र पगरीका लुर्काफुर्का झुन्ड्याइदिएपछि समस्याले निकास पाएको बताइएको छ । ‘म पनि महिला सहिद हुन पाऊँ’ भन्ने महिलालाई इन्द्रले गुलियो चटाए छन् जसरी आन्दोलनकर्तामा नेता प्रकारका पात्रलाई एउटा पदमा राखिदिने र चुपचाप बस्ने बनाउने नीतिमा नेपाल अग्रगति लिँदै पनि छ । जसरी होस्, आफ्नो कार्यकालमा झुलाउन पाएपछि राष्ट्रपति वा प्रधानमन्त्रीको दायित्व समाप्तत भएको बुझिन्थ्यो । यस प्रसङ्गलाई ‘स्वर्गमा महिला सहिद’ कथामा जोडिएको छ । सरकारी सम्पत्ति बेच्ने नेताहरूको नाम ‘स्वर्गमा किनबेच’ ले समेट्छ । चुनाउको विषयमा राजनीतिको गलत उपयोग भएको दुःखको कुरामा ‘यातना प्रेम’को प्रवेश पाएको छ । पद र प्रतिष्ठा आर्जनको गलत उपायको विषयमाथि टिप्पणीगत आलोचना गर्ने प्रसङ्ग ‘कुर्सी उद्योग’मा जोडिन्छ । गोप्य नाम मात्रको हुने देखाउने प्रसङ्ग गोप्य शीर्षकमा अटाइएको बुझिन्छ । लोकतन्त्र ‘जोकतन्त्र’ अर्को कथा हो जसको छेउभित्तो जोक भनेर हँसाउने नेतातिर जान्छ ।
ख) सामाजिक विकृतिमाथि घोचपेचका लघुकथा
नेपाली समाजमा आर्थिक स्थिति गिरेको, महँगी बढेको, चर्को भाषणले एन्जिओका कारणले नागरिकको श्रम गर्ने बानी बिग्रिएको वा भनाइका केही अघुकथा समेटिएका छन् । यस्ता प्रकारका लघुकथामा ‘ई–भिक्षा’ एक उदाहरण हो । यसमा पात्रले बाहिरी मुलुकमा श्रम बेचेर स्वदेश फर्किएपछि प्रशस्त अनुभूति सञ्चय गरेको छ; ठाउँ कुठाउँ ढगिएको बुझिन्छ, त्यस्तैमा भिक्षा माग्ने भिखारीसम्मले इमेलबाट खातामा जाने गरी पैसा देऊ भनिरहन्छ । यति धेरै अग्रगतिको प्रविधि आएको मुहूर्त (ःयmभलत) सं.२०७० पछिको समयमा गरिने ठगी कार्यका प्रतिबिम्ब कोरिएर आएको छ । ‘म माग्नेहरूको राष्ट्रिय सदस्य हुँ । अलिकति भिक्षादान गरिदिनू न हजुर’ उसले भन्यो । यहाँ तिखो व्यङ्ग्य सङ्गठनधारी सदस्यहरूमाथि भएको छ । हरेक प्रकारका काममा सङ्गठनको नाम जोडिन्छ । नेपालमा नेपाली भन्ने पैचान हराएर बाहुनको सङ्गठनका सदस्य, क्षत्रीको सङ्गठनका सदस्य, कर्मचारीको सङ्गठनका सदस्य मात्र भएको देशमा बाँच्न अब कठिन भएको छ, जसले सोझो जीवन बिताउन चाहन्छ, उसले सास्ती पाउँछ भन्ने अर्थ प्रबल रहन्छ । सामाजिक खराबीमाथि दृष्टि पुगेको कथामा ‘पत्नी पुराण’ पनि हो, यसमा सौताको मामिला, पुरुषले दुई–तीन पत्नी विवाह गर्ने चलनको छेउ खोतलिएको छ ।
यसै उपशीर्षकलाई अति नजिकबाट हेरिएको अवैध सम्बन्धमा अल्मलिएका दुई पात्रमा नारी र पुरुषको संवाद रहन्छ; नारी पतिलाई छलेर परपुरुषसँग लाडिन खोज्छे तर नारीका कुटिल चालासँग डराएको पुरुषले भने निकै सतर्क भएर अस्विकार गर्दा ‘नामर्द’ शीर्षकको लघुकथा रचिन्छ । नामर्द त्यसै पनि सोचनशील र विनयी छ भने अवैध सम्बन्धका माध्यमले प्रेम गरेर फसाई आफ्नो पति त्यागेर अर्को लक्का जवान रोज्न खोज्ने नारी ‘अन्धवेग’मा भैmँ व्रिmयाकलाप अघि सार्दछे । समाजमा पुरुष र नारीका विषय छन्, लघुकथा समाजको पूmलबारीमा फुलेको एक पुरुष भएकाले नारी वा पुरुष आलोचित रहने गरेर कथा बनेका हुन्छन् । जोगी बनेका पात्रका बिचमा भएको संवादले बनेको कथा ‘सन्नाटा’ हो । “म पनि तिमीजस्तै सोझो थिएँ, श्रीमतीकै कारण जोगी बन्न पुगेँ” भन्दै अलख निरन्जनले श्रीमतीबाट पीडित एक मानिसलाई खरानीको टीका लगाइदिए । सोझो नबने, विवेक र बद्धिले काम गर्ने सल्लाह दिने कथा ‘सन्नाटा–१’ मा महिला चरित्र आलोचित छ, जुन महिला परसंस्कृतिबाट प्रशिक्षित छन् तिनको स्वभाव त्यस्तो देखिन सक्छ; तर यो सन्दर्भ सबैमा लागू हँुदैन । हाम्रो समाजमा ससुरालीबाट ल्याएको दाइजोले निर्वाह गर्ने महापुरुषको प्रतिशत गणना गरेमा मनग्गे गतिलो सङ्ख्या निस्कन्छ । त्यस्तै ‘सन्नाया–२’ उपशीर्षकमा प्रेम विवाह गर्ने, जे मागे पनि दिने युवा पुस्ताको विषयले ठाउँ पाएको छ; मृगौला, रगत, घर आदि दिएर आफ्नी प्यारी बनाएका पुरुषले पत्नीबाट घर निकालाको सजायँ पाएपछि पत्नीको हत्या गरेको हो । यसमा दिने कुरा दिएँ दिएँ र अन्त्यमा ‘एक थोक लिएँ’ त्यो उनको ज्यान हो भन्दा निकै चस्स घोच्छ । लघुकथामा लुकाएर राखिएको एक प्रसङ्ग उघार्दा सननन मुटुमा सुस्तसुस्त घोचाइ पुग्ने धर्म हुन्छ । सामाजिक कमजोरीलाई केन्द्रमा पार्दै नारी–पुरुषको कथा लेख्ने व्रmममा बजगाईँले ‘पुरुष भाग्य’ शीर्षकमा गतिलो व्यङ्य गरेका छन्; उच्च ओहोदामा पुगेका पुरुष बलात्कारी छन्, तिनलाई सजायँ दिन भेला भएका भीडमा जो जो पुरुष उपस्थित छन्’ तिनभित्र पनि एक बलात्कारी अर्की महिलाबाट पव्रmाउ पर्छ । बलात्कारका विषयको यो जालो माकुराको जालोभैmँ फन्फनी घुम्छ र हामीमा कोही चोखो छैन । यो शारीरिक मामला भनेको पुरुष र नारीका बिचको सम्झौता मामला हो, मन परुन्जेल दुवैको आवश्यकता, कुरा तलमाथि भएपछि बलात्कारको ज्वालो भएको बताउने लघुकथा ‘पुरुष भाग्य’ पनि एक हो ।
महिलाको चरित्र पखाल्न लेखिएको कथा ‘अतिरिक्त आम्दानी’ भित्र अलिकति स्वेच्छाचारी भएका महिलामाथि विषय लाघिएको ठहर्छ । महिलाको बढी स्वतन्त्रता अशोभनीय देखिन्छ । ‘कुचो’ को प्रसङ्ग कुचैसँग छ, कुचो बिहान र बेलुका लगाउनुपर्छ तर मध्य दिनको प्रचण्ड गर्मीमा कुचो लगाउने र फोटा खिचाएर प्रचार रुचाउने समाजसेवीका गृहिणीले अब घरमा सुख पाउने भए, पनि परमेश्वरले नै कुचो लगाएर सहयोग गरेको विषयमा कतै आपैmँ परिनेछ । दाइजो माइतीको सम्पति भौतिक रूपमा नल्याउने तर आफ्नो जातको पोल खोल्ने बुहारी र छोरो पटक पटक महाभारतको जस्तै युद्धरत रहेको स्थिति छ, कारण अन्तरजातको प्रेम विवाह गतिलो स्रोत हुन्छ । आजको सन्दर्भ भ्रूण परीक्षण र छोरी जन्मने भएमा गर्भ पतनका घटनामहरू देखिएका कारणले सामाजिक चिन्ता बढेको छ, पछि गएर कन्याको अभाव हुने भए वंशवृद्धिमा नै समस्या आउने हालको परिवेशलाई ध्यानमा राखेर चिन्तन भएको, छोरी उद्योग, कथा हो । यसमा चिल्ला गाडी र बैठक चलाई दोहनको उपाय रहेको सत्य घटना हो । छोरीको अपमानमा भलाई छैन भन्ने भावको यो लघुकथामा प्रविधिको अनावश्यक उपयोगले पनि आलोचना भोगिरहेको छ । एनजिओ–आइएनजिओको आलोचनार्थ लेखिएको लघुकथा ‘पुरुष सत्ता’ भने अतिरञ्जनाभैmँ लाग्दै जान्छ, विवाहित महिलाले पोते, सिन्दुरजस्ता सांस्कृतिक प्रतीक त्याग गरे पनि यसमा द्वन्द्व चर्किने, चर्काउने अविवाहितहरू त्यति अघि बढेका छैनन् ।
ग) केही ससाना अनुहारहरूः
लघुकथा विषय साना छन्, क्षेत्र पनि सानो छ,जस्तो लाग्ने लघुकथाहरू प्रशस्त उपस्थित भएर जुम्ल्याहा–तिम्ल्याहा भाइबहिनीजस्ततै पारेर उभ्याउने विषय बजगाईँमा घुमिरहन्छ । ‘बेबकुफतन्त्र’ भ्रष्टाचारी नेताको कुरा, ‘गोप्य’ गोपनीयता उनै बडाको कुरो, ‘कुर्सी उद्योग’ उनै नेताको चलाखी, ‘यातना प्रेम’ उनै महाजनको व्याजस्तुति, ‘स्वर्गमा किनबेच’ जग्गा हिनामिनामा संलग्न महाजनको पराव्रmम, ‘नक्कली’ उनै उच्च स्तरका मानिएका मान्यजनको नाटकसँग विषय जोडिनु यस रचनाका सीमा हुन् ।
घ) अन्तरङ्गः
‘भद्र सहमती’ लघुकथा भद्रपुर नामक राज्यको लाखौँ लाख जनताको चालामालाको प्रसङ्गले हामीमा रहेको ऋषिमुनिपना माथि एक टिप्पणी गर्दै उठाइएको प्रस्तावले देश भित्रका परस्पर विरोधीमा हुने भद्र सहमतीले आलोचित हुनु परेन, किनभने नेपाली जनतालाई नारा, जुलुस, चक्काजाम र ढुङ्गामुढा हानेर कुनै फाइदा छैन भन्ने बुद्धिले सहयोग गरोस् र ऋषिमुनिको भूमिमा विरोधको खेती नगरौँ भन्ने दीक्षा प्राप्त भएपछि सबैले चुपचाप सहन गर्न सिकेका हौँ; हाम्रो चरित्र शान्त तलाउ जस्तै बनोस्ः रूस र युव्रmेन नहोस् । प्रसङ्ग जनताको र सरकार जोडिएको लघुकथा ‘असन्नतोषी जनता’मा उघारिन्छ; सरकारले छुट दिएकै होः– अपराधी नै पनि जेल जानै नपर्ने छुट, लागु औषध बेच्ने र सेवन गर्नेलाई छुट सरकारले दिएकै ठहरिने अवस्थामा पनि जनता भने कहिल्यै सन्तोषी बनेनन्, उनीहरू अभैm सरकारले दिएन भन्दै नारावाजी गर्छन् भन्ने नेताका अगाडि उपस्थितहरू ताली पिट्छन्, किनकि यस्तो सबै कुरा दिने उदार सरकारका बारे पत्रकारहरू जथाभावी आलोचना गर्दैछन् । यसमा मिठो चड्कन किन छ भने सरकार कसैलाई केही गर्दैन । ऊ पार्टीका नेता, व्यापारी, गुन्डा, तस्कर, कालो बजारवालासँग डराएर पिल्पिल रूँदै छ । त्यस्तो अवस्था नेपाली समाजमा लागु हुन्छ । जनता र सरकार सम्बद्ध कथा ‘धन्दा’मा नेता र जनताको टिकाटिप्पणी गरिन्छ; जनताभित्रका नाममा भत्ता र कमिसन खाएकै हुन् र मन थाम्न नसक्नेहरू विदेश पलायन भएका कारणले गोला चरित्रका ढब्बू दिमागका हामी प्रौढ एवम् युवक र युवतीले देशको रमिता हेरिरहेको स्थिति बोध; त्यस गाइडले ती पर्यटकलाई बताएको हो । ‘यस्तो आराम जीवन्त होस्’ भन्ने पर्यटक भित्रभित्र कति चकित भयो होला; एउटा नयाँ कुरा अन्त्यमा आउनुपर्छ भन्ने लघुकथाको सूत्रअनुसार यहाँ ‘आशीर्वाद प्राप्त भयो’ भनिएको प्रसङ्गले लघुकथाको पूर्णतता झल्कन्छ । एउटै विषय सरासरी गएर टुङ्गियो भने झस्का पस्दैन र लघुकथाको धर्म फस्टाउँदैन ।
‘सहिद मन्त्रालय’ एक सुन्दर लघुकथा जस्तो छ, किनभने यसमा घटना वर्णनन छ, केही कुरा लुकाइएको छ र अन्त्यको वाक्यमा खुलाइएको पनि छ । सहिदहरू थपिँदै गए, मन्त्रालयको माग भयो, जो जे कारणले मरे पनि सहिद घोषणा भएपछि कर्मचारीको गुनासो सुरू भयो । यहाँ गुलियो चाट्न नपाइने स्थिति बुझेका कर्मचारी आशाहीन थिए तर सहिदका सालिक निर्माण गरिने भए भन्ने सूचना हाकिमको मुखबाट सुन्न पाउँदा कर्मचारीका अनुहारमा कान्ति देखियो । भनिन्छ मन्त्रीलाई घुस खान सिकाउने यिनै कर्मचारी महाजनहरू नै हुन्, आशीर्वचन पाऊन् । बजगाईँका लघुकथामा राजनीतिका कमजोरीको सजिलो–असजिलो, दोष र पक्ष खोज्दै लाने गरिएको छ; त्यसका उदाहरणमा ‘सहिद मन्त्रालय’, ‘धन्दा’, ‘राजनीतिक सुप’, ‘समाजवादको म्युजियम’ जस्ता लघुकथालाई लिन सकिन्छ । दलहरूका कमजोरीमाथि व्यङ्ग्य गरिएको सङ्ग्रहालयको कल्पना गरिएको ‘म्युजियम’ लघुकथा, प्रतीकहरूका माध्यमले चर्चामा आएको राजनीतिका विषयको ‘राजनीतिक सुप’, लघुकथा, कर्मचारीले निर्माणका नाममा कमिसन भोग्ने ‘सहिद मन्त्रालय’ लघुकथा यही समाज र यही क्षेत्रका साझा कुरा इङ्गित गर्छन् । यस्ता कथाले ग्रामीण परिवेश र सर्वसाधारणभन्दा चल्तीका मनमोजी सन्दर्भ र पात्रलाई समाउँछन् । अनुदानको दुरुपयोग भयो; सडक, खानेपानी, सिंचाईमा खर्च गर्नुपर्ने स्थितिमा मेयर साहेबहरूले ‘भ्यु टावर’ बनाएर ठाउँ ठाउँमा पराव्रmम देखाएका घटनालाई सन्दर्भ बनाई ‘भ्यु टावर’ लघुकथा लेखिँदा कथाकार गाउँ र टोलसम्म पुगेका छन् । राजधानी, केन्द्रीय कार्यालय, सचिवालय, सिंहदरबारसम्म मात्र पुगेका भनिएका सन्दर्भ छिर्दै गएर भित्रभित्र, अभैm भित्र गाउँगाउँ पुग्ने विश्वासमा ‘भ्यु टावर’ लघुकथाभैmँ अन्य कथाहरू पछिका पृष्ठमा आउने अभिलाषा बढ्दै जान्छ । खानलाई अन्न छैन लगाउन कपडा छैन, पानीको पाइप र टङ्की छैन भने भ्यु टावर एक बिघा जमिन भएका चौधरीलाई राजाले हात्ती उपहार दिएभैmँ हुँदै जाने ‘भ्यु टावर’ देखियो । बजगाईँका लघुकथाका प्रसङ्गमा प्रतीकात्मक नामको प्रयोग एउटा नवीन प्रयोग हो । त्यस्ता विशेषण र विशेष्य हेरौँः– यहाँ प्रेम नगर, द्वन्द्व पुर, राम राज्य, सहिद मन्त्रालय, राजनीतिक सुप, विचित्र पुर, भद्रपुर, चुट्किला मन्त्री, बेबकुफ तन्त्र, गोप्य महासङ्घ, कुर्सी उद्योग, महिला महासङ्घ, नक्कल पुर, महिला राज्य, पत्नी पुराण, अभियुक्त सङ्घ यस्ता पदावली हुन् जसलाई घुमाएर अनेक अर्थ दिन सकिन्छ । यस प्रकारका शब्दबाट अभिघा र लक्षणाका शक्ति दुवै सव्रिmय हुने भएपछि लघुकथामा रस भरिन्छ, अब के आउँछ भन्ने जिज्ञासा थपिन्छ र लघुकथाको मर्म अर्थपूर्ण हुने गर्छ । मानिसको स्वभाव बाहिर बाहिर हँसमुख रहने र भित्रभित्र ईष्र्या पाल्ने किसिमको हुन्छ, कुनै साथीले प्रगति ग¥यो भने ‘बधाई’ भनिन्छ तर भित्र भने अर्कै भावना हुन्छ । त्यसलाई लोभ भनिन्छ जसको जन्म हाम्रो गर्भमा छँदा नै हुन्छ । त्यसले लखेटी लखेटी मृत्युश्य्यामा पु¥याउँछ, अन्तिम इच्छाका केही पात्रहरू त्यही रोगले ग्रसित हुन्छन् र मर्ने बेलामा पनि एक शान्त पात्रको जीवन शैलीमा ईष्र्या गर्छन् । “फकिरको आनन्ददायी जीवनलाई बुझेका ती चारै जना लोभीहरूले एकाएक प्रायश्चित्त त्योगछन् र ईष्र्या उमारेछन् ।” केही कुरा लुकेको भनिएको यही टुइँक्क बटारिने स्थिति हो । कुनै घटना एक व्यक्तिको जीवनमा मात्र घट्छ भन्न सकिँदैन, धेरैका जीवनमा समान घटना घट्छन् । पतिले पत्नीलाई दाइजो नल्याएका कारणले सकसमा पारेका घटना धेरैजसो मध्यम वर्गको जीवन शैली यापन गरिरहेका पात्रमा घट्छन् । पत्नीले परास्त गरेर सताएका घटना पनि शिक्षित परिवारमा नघटेका होइनन् । अभियुक्त र न्यायाधीशका जीवनमा समान घटना हुन सक्छन् भन्ने साधारण मानिसको लघुकथा ‘परास्त’ शीर्षकमा आएको बुझिन्छ । सर्वसाधरणको कथा नै जस्तै गरेर आएको कथा ‘विवाहपछिको प्रेम’ले आजको समय, छिप्पिएका युवक युवती, धेरै वर्ष स्वच्छाचारी बनेपछि बल्ल होस आएका पात्रलाई घोच्दछ । नेपाली समाजमा कुनै प्रकारले महिला वर्ग शिक्षित भए भने वरपर हेर्न थाले, बुझेर कुरा गर्न थाले । पितृभक्त–पतिभक्त समाजमा सोचेर बोल्ने समय थियो र आज खुकुलो भएको छ । त्यस्तै प्रसङ्गमा ‘महिला क्लब’मा फरक सोचाइका महिलाहरू गफ गर्दै छन् । यहाँ साधारण गृहिणी, जागिरे नारी, धर्ममा आबद्ध नारी, एन्जिओबाट प्रशिक्षित नारी ठुलो आवाजले बोल्दै छन् भन्ने कुरामा नाटकीय ढङ्गले पुरुषको विषय आउनु लघुकथाको धर्म हो । नारीको चर्को आवाज सुनेर पुरुषको समाज जुरुक्कै उठ्यो भनिएको सन्दर्भ सुखी संसारभित्र दुःखको बीज रोपियो भन्ने हो । “आख्यान रूपमा सारवस्तु प्रच्छन्न रहन्छ भन्ने सर्वमान्य मान्यता छ ।
३. निष्कर्षः
व्यङ्ग्य र तिखा भालाबाट विषयलाई चर्को अचार बनाउँदै लघुकथाहरू लेख्ने बजगाईका धेरै लघुकथामा नेता र राज्य माथि घोचपेच हुने गरेको छ । कम्युनिस्टहरूमाथि प्रहार भएको ‘कमरेडको पेट’, कपडाभन्दा चरित्र ठुलो हुने भनिएको ‘अन्तरङ्ग’, चप्पलको प्रयोगकर्तामाथि वर्गीकरणको मापदण्ड भएको ‘चप्पल’, बाठाले लाटालाई भारी बोकाउने तरिकामाथि प्रहार भएको ‘मूर्ख सङ्घ’, लाज पचेका तन्नममाथि नेताको बिल्ला भिराएको ‘थुक’, फोहोर डम्पिङ साइटसँग तुलना हुने चरित्रका नेताको विषय भएको ‘ऊर्जा’, महिला र पुरुषमा देखिने द्वन्द्वको एक पाटो खुलेको ‘पीडित पति’, पात्रमाथि लेखकले गर्ने थिचोमिचो र पात्र रूष्ट हुने अवस्थाको पात्रहरूको मर्का बोध हुने कथा ‘पात्रहरू’ सासू र बुहारीमा जीवन्त कलुषका बारेको ‘आँखाको नानी’, आपूm जे गल्तीमा फसे पनि परिवेशलाई ढाल बनाउनेहरूमागि बज्रिएको थप्पडको स्वरूप देखाउने ‘ग्लोबल वार्मिङ, नास्तिक भए पनि आस्तिक भए पनि एउटा सञ्चारका माध्यममा उभिएर सफाइदिने नेपाली समाजका नेताको चरित्रमाथि प्रहार भएको ‘धर्मसंकट’, स्थानीय सरकारमाथि प्रहार भएको ‘गँवार’ महिलाका गफमाथि दृष्टि पुगेको ‘महिला क्लब’, परपुरूष र पर नारीमा अनुराग राख्नेमा गरिएको टिप्पणीको विषयको ‘विवाहपछिको प्रेम’ र पति एवम् पत्नीमा रहने भित्री इगोमाथि समीक्षा भएको ‘परास्त’ जस्ता धेरै लघुकथाहरू सङ्कलन हुँदा चउन्नवटा लघुकथाको सङ्ग्रह संवैधानिक पत्नी हाम्रो समाजमा आएको छ ।
यस सङ्ग्रहमा कमरेडहरूका व्यवहारमाथि व्यङ्ग्य गरिएको लघुकथाको रुप ‘कमरेडको अन्तर्वार्ता, देखिन्छ । त्यसभन्दा बढी नेताहरूमाथि प्रहार भएका र एनजिओका सन्दर्भका लघुकथाहरू धेरै सङ्ख्यामा छन्; ‘अभियुक्त सङ्घ’, ‘अपराधी प्रशिक्षण केन्द्र’, ‘कुकुर–क’ ‘पत्नीपूजा’, ‘संवैैधानिक पत्नी’, ‘धर्मपत्नी’, ‘यातना प्रेम’, ‘कुर्सी उद्योग’, ‘बेबकुफतन्त्र’, ‘पुरुष सत्ता’, ‘भद्र सहमति’, ‘असन्तोषी जनता’, ‘धन्दा’, ‘राजनीतिक सुप’, ‘समाजवादको म्युजियम’, ‘धर्मसङ्कट’, ‘ऊर्जा’, ‘थुक’, ‘कमरेडको पेट’ जस्ता सङ्ख्यामा धेरै देखिने लघुकथा आउँदा तिनको व्याजस्तुति गरिएको अर्थले तिन नेता, त्यो सरकार र त्यस्तता दलको आलोचना नभएर प्रशंसामा रूपान्तरण भएको अर्थ लाग्छ । दल र नेताबाट फरक विषयका केही लघुकथा रमाइला छन्; ‘ई–भिक्षा’, ‘सम्बन्ध मर्मत’, ‘पत्नी पुराण’, ‘महिला राज्य’, ‘नामर्द’ ‘सन्नाटा’–१ र २, ‘पुरुष भाग्य’, ‘अतिरित्त आम्दानी’, ‘गोप्य’ जस्ता लघुकथामा स्वस्थ्य मनोरञ्जन पाइने छ । ‘जोकतन्त्र’ कुनै एउटै महान् कार्य गरेको घमण्ड बोक्ने नेपालका एक कुटिल पुरुषलाई केन्द्रमा पारेर लेखिएको लघुकथा हो भने ‘कुचो’ देखावटी काममाथि हानिएको हतौडा हो । संस्कारको द्वन्द्वमा हाम्रो समाज फसेको देखाउने लघुकथा ‘दाइजो’, भ्रूणहत्याको युगमा हामी पुगेको देखाउने ‘छोरी उद्योग’, कर्मचारीको लप्लपाउने जिब्रोका बारेको ‘सहिद मन्त्रालय’, गृहयुद्धका विषयमा आबद्ध ‘प्रेमिल सपना’ आदि लघुकथामा सम्पन्न हास्यरमरम र व्यङ्ग्यचेत पाइएका छन्; लेखकले अन्याय गरेका पात्रले लेखकलाई भेटेका खण्डमा निकै सकस पर्ने हो, बरालपुत्रीले रुद्रराज पाण्डेलाई भेटिन् भने ‘ए बाजे! भन्दै सूरु गरिएका संवादमा कडा कडा शब्दपछि पाण्डेजीले हात जोडेर “नानी मैले माफ मागेँ” भन्ने स्थिति आउनेछ । ‘पात्रहरू’ शीर्षक भएको लघुकथाजस्तै अरू विषयमा लघुकथा आएका भए यो कृतिको मान उच्च हुने भन्ने एउटा दृष्टिकोण हो । औषधिका क्षेत्र, कृषिका क्षेत्र, चलचित्रका क्षेत्र, बोर्डिङ स्कुलका विषय, सरकारी स्कुलमा ठगेर खाने गुरुजीहरूका विषय, एकलद महिला र विधुरका विषय, लेखक भएँ भनेर अर्काका पुस्तक पल्टाई बठ्याइँ बमन गर्ने हामीभैmँ भएका समालोचकका साथै पुस्तक छपाउँछु पाण्डुलिपी लिएर आऊ भन्ने पण्डाका विषयमा कुनै लघुकथा आएजस्तो लागेको छैन ।
कृष्ण बजगाईँका लघुकथामा प्रस्तुत विषय र पच्छन्न विषय अर्थात् नेपथ्यमा राखिएको विषयमा सन्तुलित स्थिति छ । अपराधी प्रशिक्षण केन्द्र लघुकथामा शिक्षण प्रशिक्षण गराउने संस्थाको सिलसिलामा भूमिगत रूपमा रहेका आपराधिक व्रिmयाकलाप नेपथ्यमा रहेको ‘पत्नीपूजा’ लघुकथामा पत्नीको प्रशंसा हुँदाहुँदै एन्जिओका दोष नेपथ्यमा स्थापित, ‘संवैधानिक पत्नी’ लघुकथामा पतिपत्नीको विषयमा छलफल हुँदाहुँदै एनजिओबाट हुने खराबीको प्रभाव पच्छन्न रूपमा रहेको, ‘पत्नी पुराण’ लघुकथामा पुराणको सिलसिलाभित्र पुरुषले सौता हालिदिने नेपथ्य प्रसङ्ग अन्त्यमा खुलेको, ‘पुरुष भाग्य’ लघुकथामा बलात्कारीको घर घेर्न गएका मानिसको भीडमा अर्को नखुलेको बलात्कारीको परिचय खुल्नु रचना सौष्ठव हो । त्यस्तै ‘आँखाको नानी’ लघुकथामा आँखाको सिलसिलामा नेपथ्य प्रच्छन्न विषय प्यारो छोरो बुहारीले भड्काएको सासूबुहारी प्रकरण, ‘पात्रहरू’ लघुकथामा पात्रको संवादभित्रै लेखकले पात्रमाथि न्याय गर्न नसक्ने प्रच्छन्न सन्दर्भ, ऊर्जा’ लघुकथामा ऊर्जाको स्रोतको सन्दर्भमा नेतालाई फोहोका रूपमा हेरिएको, ‘चप्पल’ लघुकथामा चप्पलको गुनासोभित्र पहिले चप्पलमा भर पर्ने नेताले अहिले प्रयोग गर्ने साधन मिलेको रचना सौष्ठवबाट पाठकलाई धित मर्छ ।
सन्दर्भ सामग्री सूची
१) बजगाईँ, कृष्ण (२०७७), संवैधानिक पत्नी ललितपुरः विवेक सिर्जनशील प्रकाशन प्रा.लि.।
२) श्रेष्ठ, दयाराम (२०७८) नेपाली लघुकथा र कथाकार काठमाडौँः नेपाल प्रज्ञा प्रतिष्ठान