फूलै फूलले अथितिलाई, स्वागत हामी गर्छौँ
ठूलै दिलले अथितिलाई, स्वागत हामी गर्छौँ ।
स्वागतम ! स्वागतम ! जोडी दुई हात
अघि बढ्छौंँ सत्कर्ममा हामी लिई साथ ।
वागमती भई बगेको बाघमुखाकृतिको जल
छङछङ गरी बगेको छ गीत गाउँदै सलल ।
मन मन्दिरको इश्वरलाई स्वागत हामी गर्छौँ
सुवास फूलको वासना हामी संसार भरी छर्छौँ ।
नेपालीको पहिचान दौरा–सुरुवाल, साडी–चोली
मुस्कान छरी स्वागत गर्छौँ हृदयका ढोका खोली ।
शिवपुरी–पशुपतीमा शिरमा जल वागमतीको
पुजारी भई स्वागत गर्छौँ भक्त हौँ सरस्वतीको ।।
मेलम्ची २, सिन्धुपाल्चोक ।