17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गति मुक्ति

लघुकथा पुष्पा सायरा April 16, 2023, 5:23 pm
पुष्पा सायरा
पुष्पा सायरा

मसङ्ग केही थान पुस्तक थिए त्यो दिन् पनि । पुस्तक आमा नजिक राखेँ र ढोग भेट गरेँ । गर्मी थियो पानी पिएँ ।
आमाले एउटा पुस्तक लिनु भो र पढ्न थाल्नु भो । चस्मा बिना नै पढ्दा अक्षर फुटाउन गारो हुँदै थियो । कविताको किताब थियो । अषार पन्द्र शीर्षक रहेको थियो । आमा अषार पन्ध्रमा पुरै डुब्नु भएको थियो ।

दही चिउराको टीका लगाइ दिएर बुवाले आमा लाई आमाले रोपाहारलाइ पहिलो गब आमाले गाढेपछि सुरु गरिदिएको घर मुनिको ठूलो खेतको रोपाईँ ।
पढिसकेर किताव राख्नु भो आमाको अनुहारका चाउरिमा बिहानको मधुरो घाम कुदिरहेथ्यो शरीरमा अहिलेको पिडा गायब झै थियो । आफुले पनि छुनुमुने बाल्यवयको त्यो दिन स्मरन गरे र बालखै भएँ।

स्मृतिमा पुग्दा आँफू त्यही समयको हुइने रहेछ । आमा थिग्रीएर उभिन नसक्ने स्थितिमा हुनुहुन्छ घुडाको दुखाइले र साना तिना रोगहरुले तर ।

सारमा भन्नू भो अबेला हुन्छ पढ्न आफ्नो किताब पनि पढ । श्री राजजी पढ । देवता पनि पढ । गतिमुक्ति त्यही हो ।

अनि हेरेँ पुजा कोठामा औपचारिक शिक्षा पनि नलिएकी मेरी आमाले सकि नसकि सत्र पल्ट पढिसक्नु भएको रहेछ । श्रीमद तारतम वाणीको किताब
सजाएर माला मुकुट पहिराएर राखेको थियाो।

देख्दा मेरो पनि आमाको जस्तै घाँटीको मालाले गिज्यायो मलाई ।

विराटनगर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।