मलम पट्टी लाउँछौ भन्थेँ दुखीरहेको घाउमा
व्यर्थै किन बदनाम गर्यौ दुःखीयाको नाउँमा ?
अभाव र खडेरीमा बाँचेको थेँ अहिलेसम्म
किन आयौ आगो लाउन मेरो सानो गाउँमा ?
ऋणी तिम्रो भएँ भनि खुबै नक्कल पार्थौ क्यारे
ब्याज दिने आश देखाई झेल गर्यौ साउँमा
यात्रा हो यो जीन्दगीको अनवरत बढ्छ भन्थ्यौ
आफूले शिखर चुमी हाल्यौ जंजीर मेरो पाउमा
यसैगरि तरिन्छ त जीन्दगीको हाम्रो यात्रा
हेलाएर सागर बिच प्वाल पारि नाउमा ?