“चौबिस, पच्चिस वर्षको उमेरको थियो। अमेरिकाको कुनै विश्व विद्यालयबाट पीयचडी गर्दै थियो। हो, त्यही पीयचडीको कामले छ महिना नेपाल बस्न आएको थियो, सौम्य।”
अपराजीताले थपिन, “अति मेहनती र भद्र स्वभावको थियो। मेरो घरलाई डेरा जस्तो कहिले पनि ठानेन, उसले। आफ्नो घर जस्तो नै गरेर बस्यो। परिवारको सदस्य जस्तो भएर। मेरा दुबै छोराहरू उसँग रमाएर खेल्थे। छोराहरूलाई स्कूलको होमवर्क गर्न पनि सघाउथ्यो, माया पनि उत्तिकै गर्थ्यो। छोराहरूले अंकल भन्थे, सौम्यलाई। हामी चार जना एउटै परिवार झै भएर बसेका थियौ।”
“त्येति घनिष्ट भएर बसेको थियो? अनि किन...............?” मैले प्रश्न गरे।
“उ मेरो जीवनमा दोस्रो सार्थक भएर आएको थियो। मेरो यो विधुवा जीवन फेरि एक पटक गुलजार भएको थियो। उसँग बितेका समयहरू अहेल स्मरण गर्दा पनि मन रोमांचित र पुल्कित हुन्छ।” तर यो अति गोप्य कुरा कसैलाई न भन्नु नि। अपराजीताले मलाई संचेत पनि पारिन।
“यति गंभिर र यति भित्री कुरा म संसारलाई भन्दै हिंडौला त? म माथि विश्वास छैन साथी?” मैले विश्वस्त पारे।
अपराजीताले भनिन, “एक पटक मैले उसलाई भनेकी थिएँ- सौम्य, तिमी र म बीच उमेरमा ठूलो अन्तर छ। म झन्डै तिमी भन्दा दस वर्षले जेठी छु। यो स्थितिमा, हामीलाई केही गर्न देला त, हाम्रो उमेरको यो पर्खालले। के साँच्चै तिमी उमेरको पर्खाल नाघ्न सक्छौ। छ तिमीमा त्येति आँट र साहस? म त आँट पनि गरौला। के तिमी सक्छौ? एक कलिलो युवक...............साँच्चै भन त, सौम्य नढाटेर।”
मैले आश्चर्य मान्दै प्रश्न गरे, “अनि सौम्यले के भन्यो त? भन त, अपराजीता।”
“सौम्यले भन्यो- नेपालमा यस्ता झिन मसिना पारिवारिक कुराहरूलाई पनि मान्छेहरूले माइक्रोस्कोपिक भ्युले हेर्छन। अरूको निजि जीवनमा चाहिनेभन्दा बढ्ता चाँसो राख्छन यहाँ। हामी अमेरिका बस्ने हो। विदेशमा यस्तो कुराले कुनै ठूलो महत्व राख्दैन। अमेरिकामा त झन राख्दैनन। व्यक्तिगत स्वतन्त्रताको देश.................अमेरिका। विदेशमा कसैको निजी जीवनमा बढी चाँसो राख्नु राम्रो मानिदैन पनि।” अपराजीताले प्रष्ट पारिन।
“सौम्यको कुराले म उत्साहित भएँ। मेरो जीवनमा आउने परिवर्तनले मलाई लोभ्यायो पनि, बेस्सरी। सौम्य जस्तो इमान्दार व्यक्तिको कुरामा कसरी अविश्वास गर्ने? उसको निर्भिकतामा कसले शंका गर्ने? उसको व्यवहार आम युवक जस्तो थिएन पनि। एकदम अटल पहरा जस्तो, आफ्नो विश्वासमा अडिग हुने।”
“सौम्य नेपालमा हुँदा, मेरो घरमा बस्दा, हरेक दिन विशेष दिनमा परिणत हुन्थे। दिन दिवस हुन्थ्यो, उत्सव महोत्सव भए झै। अरूको मन पढ्ने, अरूको भावनाको कदर गर्ने जस्ता गुणहरूमा सौम्यलाई कसेल जित्न सक्ने? तिमीलाई थाहा छ, सुगन्धा, हाम्रो देशमा यो समाजले विधुवाको जीवनलाई कति कष्टकर तुल्याएको छ? विधुवाको जीवनलाई कति अपमान गरेको छ? हो कि होइन, ल भन त? पत्नीको मृत्यु भएको एक वर्ष पनि बित्न नपाउँदै पतिले अर्को विहे गर्न पाउने तर पत्नीले भने पतिको मृत्यु भएमा पतिव्रता भएर आजीवन विधुवा भएर बस्नु पर्ने। विधुवाले आफूखुसी लुगा लगान नपाउने, आफू खुसी घुम्न नापउने, आफू खुसी खान समेत पनि नपाउने? इतिहास हेर्ने हो भने हजारौं महिलाहरुलाई पतिको चितामा जल्न बाध्य पारिएको पढ्न सकिन्छ। त्यसरी जल्ने महिलाहरूलाई अर्थ न बर्थ को सतीको पदमी दिइएको सुन्न पाइन्छ। पत्नीको मृत्युमा कुनै पति सद् पति भएर पत्नीको चितासँगै जलेको छ? कति ठूलो भेदभाव महिला पुरूष बीचमा?”
अपराजीताले भन्ने क्रमलाई जारि नै राखिन।
“सौम्य दिनभरि पढाइमा व्यस्त भएता पनि साँझमा भने नियमित रूपले न्युरोड जान रुचाउँथ्यो। त्यहाँ पुगेर रेष्टुरेन्टमा चिया खानु उसको ‘हबी’ जस्तो थियो। र साँझमा मलाई पनि न्युरोडतिर घुम्न जान आग्रह गर्थ्यो। घरमा धेरै काम परेर नजान सकेको अवस्थामा बाहेक म हरेक दिन उसँग न्युरोड जान्थे। हरेक शनिवार प्राय: हामी रेष्टुरेन्टमा नै खाने गर्थौ। मेरा छोराहरू पनि बाहिर जान पाएकोमा रमाउथें।
“सौम्य गएको चार महिना भयो। गएको छ महिना पछि अमेरिकाबाट काठमाडौ आउने कुरा गरेको थियो। अमेरिकाको ओक्लहामा सिटीमा घर पनि किनिसकेको कुरा गरेको थियो। नेपाल आएको एक महिना पछि अदालतमा गएर बिहे गर्ने कुरा गरेको थियो। मैले छोराहरूलागि पनि नेपालमा बस्ने राम्रो व्यवस्था मिलाइ सकेको थिए। तर ............?”
अपराजीताको यो भनाइमा मैले प्रश्न गरे, “तर, के तर, खुलस्त पार न।”
“मैले मेरो पति भन्दा पनि उसलाई धेरै प्रेम गरेकी थिएँ। सार्थक मेरो पहिलो पति भएता पनि सौम्य मेरो पहिलो पति हुन पुगेको थियो। सार्थकमा धेरै अबगुणहरू थिए। ऊ सम्पत्तिका लागि जे पनि गर्न पछि नपर्ने मान्छे थियो। सम्पत्तिका लागि जे पनि विर्सन सक्ने, नैतिकता, आफ्न्त, इष्ट मित्र सबै। अनि घमण्डि पनि उत्तिकै थियो। तर सौम्य, ठ्याक्कै विपरित। उत्तरी र दक्षिणी ध्रुव जस्तो। सौम्ममा मैले पूर्ण पतिको रुप देखेकी थिएँ।” यति भनेर अपराजीता एक छिन मौन बसिन्।
“प्रस्ट गरि भन, के भयो?” मलै अपराजीताको मौनता भंग गर्ने प्रयास गरे।
अपराजीताले भनिन्, “मेरो घरका मानिसहरूलाई मेरो र सौम्य बीचको सम्बन्ध बारे थाहा थिएन। माइतीतिर पनि कसैले चाल पाउन सकेका थिएन। उनीहरूको नजरमा सफल र मेरो बीचरको सम्बन्ध केवल एक घर मालिक र डेरामा बस्ने भन्दा बढी केही पनि थिएन।”
“होइन के भयो त्यो कुरा प्रष्ट गरी भन न। सौम्यले के भन्यो? के त्यस्तो नौलो कुरा भयो जसले गर्दा तिमीमले यत्रो वृतान्त सुनाइ रहेकी छौ।” मलै आफूलाई रोक्न सकिन, सोधें।
अपराजीताले भनिन, “हिजो अमेरिकाबाट आएको एक जनाले मलाई सौम्यले पठाएको एउटा बैग दिएर गयो। त्यो बैगमा हिराको हार थियो। हिराको हार मलाई अति मन पर्छ भन्ने कुरा सौम्यलाई राम्रो गरी थाहा थियो। हारको डिजाइन पनि मैले भने अनुसारको थियो। विहेको दिन मैले त्यस्तै हार लगाउने आफ्नो इच्छा रहेको भनी सौम्यलाई भनेकी थिएँ पनि। तर बैगमा एउटा अर्को कुरा पनि थियो।”
“के थियो त्यस्तो अर्को कुरा, त्यो बैग भित्र?” मैले आफूलाई रोक्न नसकेर प्रश्न गरे।
“त्यो बैगमा एउट विहेको कार्ड थियो।”
“तिम्रो र सौम्यको बिहेको कार्ड थियो?” मैले खुसी हुँदै प्रश्न गरे।
“होइन, सौम्य र रोजिनाको बिहेको कार्ड थियो। बिहे अमेरिकामा हुने रे, एक महिना पछि।”
अपराजीताको उत्तरले मलाई रन्थ्न्यायो। म स्तब्ध भएँ। आफू आकासबाट खसे जस्तो लग्यो।
“सौम्य त सौम्य होइन रहेछ, ढुंगा रहेछ।” मैले प्रतिक्रिया व्यक्त गरे।
मैले प्रश्न गरे, “अपराजीता, त्यस्तो ढोंगी सँग त्यस्तो सेक्सुअल सम्बन्ध भएकोमा तिमीलाई अहिले पश्चाताप भइ रहेको छैन, त?”
“दु:ख त लागेको छ तर पश्चाताप भने पटक्कै छैन। अँ हँ, रत्तिभर पनि पश्चाताप छैन।”
“किन नि।” मैले प्रश्न तेरछ्याइ हाले।
“उराठ जीवनका छ महिनाहरू राम्रो गरी बिते। छ महिना भए पनि सौम्यले नया जीवन दिएर गयो।” अपराजीताले हाँस्दै भनिन्। अपराजिताले थपिन, “छ महिनाको लागि भएता पनि बैबाहिक जीवन बिताएँ। मैले दोस्रो विहे गरें मैले नै डिभोर्स गरें। यस्तो अनुभव भइ रहेको छ।”
मैले पनि भने, “तिम्रो विचारमा मेरो पूर्ण सहमति रह्यो, अपराजीता। अब हामीले भोगाइ र जीवनप्रतिको हाम्रो पुरातन दृष्टिकोण फेर्नु पर्छ। खास गरी विधुवा र यौनको बारेमा।”
अमेरिका