देश दर्शनका क्रममा जिल्ला भ्रमण गर्ने इच्छाले म जिल्ला जिल्ला पुगेको छु । गाउँ र समाजका व्यक्ति भेटेको छु । जिल्ला अधिकृत, नगरपालिकाका मेयर, नगरपालिकाका अधिकृत, वडा कार्यालय र विद्यालयबाट शुभकामना पाएको छु । सबै जिल्लाका सबै सदरमुकाम जान सकिनँ । डोटी, संखुवासभा, सोलुखुम्बु, भोजपुरका सदरमुकाम पुगेर जिल्ला यात्राका समय जिल्ला प्रमुखज्यु, सहप्रमुखज्युसम्म पुगेको र माननीयज्युबाट शुभकामना प्राप्त गर्दै आएको हो । सिद्धिचरण नगरपालिका ओखलढुङ्गा, काभ्रेपलानचोकको देउपुर नगरपालिका, काठमाण्डौं महानगरपालिका, दार्चुलाको महाकाली नगरपालिकाले स्वागत गर्दै शुभकामना दिएको थियो । त्यस्तै सुर्खेत, खोटाङ, भोजपुर, बाजुरा, सिन्थुपाल्चोक, बारा, लगायतका धेरै जिल्लाका विभिन्न वडाहरूमा पुगियो । बझाङको खप्तड मावि, सिन्धुलीको कुशेश्वर माविले मुरीमुरी शुभकामना प्रदान गरेको भुल्न सकिन्न ।
यि सबै भ्रमणहरू विभिन्न ठाउँबाट विभिन्न समयमा गरिएका थिए । भिजिट नेपाल २०२०को सुरुका दिन देखि कोविड-१९ को लकडाउलाई छाडेर बाँकीरहेका दिनहरू प्राय पैदल यात्रा गर्दै खोटाङको हलेसी दर्शन गर्न पुगेको छु ३१ दिसम्बर बेलुका । भिजिट नेपाल २०२० घोषणा पछि लकडाउन सुरु भए तापनि मेची-महाकाली यात्रा गर्दै भ्रमणमा हलेसीको मान्यता अनुसार हलेसी दर्शन जुरेकोले यात्राको महत्व समेत वृद्धि गराएको थियो । भिजिट नेपाल २०२० यात्रा पनि सफल नभएको होइन ।
मान्छेलाई जति भए पनि नपुग्दो रहेछ । आखिर मान्छे आफ्नै मनले चल्ने हो । मान्छे आरिसे पनि हुन्छन् । २०७९ साल फागुन लाग्दा नलाग्दासम्ममा रहेका पाँचवटा जिल्ला, जुन जिल्लाहरू सुदूर पश्चिमका तीनवटा र कर्णालीका दुईवटा गरी पाँचवटा जिल्लाको यात्रा गर्न सके राष्ट्रका सबै जिल्लाको भ्रमण सकिने थियो । यी पाँचजिल्ला भ्रमण सक्न पाए जिवन धन्यहुने औडाहाले तीब्ररुप लिइरहेको थियो । रहेका सबै जिल्लाहरू उच्च हिमाली थिए । जोखिम पूर्णयात्राहुन्छ भन्ने अघिल्ला यात्राहरूले भनिरहेका थिए । कसो गर्ने त ॽ आफु एक्लो यात्री । सल्लाह गर्ने ठाउँ पनि थिएन । चाहिने सामासरदाम र रुपैयाँ पनि आवश्यकता अनुसार थिएन । यता यो यात्रा गर्न नसके पछि क्याहो क्याहो । ७७ जिल्ला भ्रमण अधुरै रहला भन्ने मनको शंकाले पिरोल्न थाल्यो । यात्रा सफल गर्न सके आफु ७७ जिल्ला भ्रमण सफल गरेको यात्रीका हिसापले चिनिने र निक्कै ठूलो काम गरेको प्रशंसा र शुभकामना पाउने मनको वहले छोप्यो ।
काठमाण्डौं गोठाटारका रुद्रप्रसाद चापागाईंलाई कोशी प्रदेशको झापा जाने भनेर काठमाण्डौंबाट बाटो लागेको थिएँ । झापा बुधबारेका अर्का रुद्रप्रसाद चापागाईंको घरमा केहि दिन बस्नु पर्ने भयो । प्रदेश १ कोशीप्रदेशको नयाँ सरकारमा दुर्गाप्रसाद चापागाईं मंत्री बनिनु भएको छ । झापाका बन्धुले उहाँको र प्रमुख सचिव मोहन चापागाईंको सम्मानमा कोटीहोम झापामा एक कार्यक्रमको आयोजना गर्ने भएछ र सो कार्यक्रममा बस्नु पर्ने भयो ।
यो यात्रा जिल्ला भ्रमणको शेष यात्रा कल्पिएको छु । जसैतसै यात्रा सफल गर्छु भन्ने छ । किनकि जिल्ला यात्रा गरेको विगतका केहि वर्षहरूको राम्रो अनुभव बटुलेको छ । कुन यात्रा कसरी गर्ने ॽ कुन ठाउँ कसरी जाने ॽ यस्ता प्रश्नहरूको जवाफ अनुभवले दिने गर्छ यदि यात्रुले अघि पछि यस्ता यत्रा गरेको छ भने । अघिल्ला यात्राका अनुभव बोकेर सबै जिल्ला भ्रमण सकेर मात्रै आउँछु भन्दै संकल्प गरेर काँकरभिट्टा पुगेँ ।
काँकरभिट्टाको मेची खोलाको पुल । समय बेलुका घाम अस्ताईरहेका । अठोट संकल्प छ मनमा, जसरी भए पनि रहेका पाँचवटा जिल्ला दार्चुला, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्ला टेकेरै छाडछु । म मान्छे जिद्दीवाल हूँ । सबैभन्दा शक्तिशाली नक्षत्र मूलनक्षत्र हो र म जन्मिदा मूलको पनि चारैपाउ टेकेको भनेर हजुरबाका मुखले भनेको थियो । मूलहरू जिद्दीवालहुन्छन् र कुनै काम गर्छु भने पछि पुर्याएरै छाडछन् । यदि त्यो काम अर्काको हुकुमले चल्ने होइन भने ।
यस यात्रालाई मेची महाकाली यात्रा नाम राखेर बाटबाटै जसलाई भेट्यो मेची देखि महाकाली यात्रा सुरु गरेँ भन्न थाले छु । सम्पूर्ण जिल्ला भ्रमण गर्ने उत्सुकताले होस नै गायव भै सकेछ । नाकाका प्रहरीलाई सुनाएँ, बाटामा भेटेका यात्रुलाई भनेँ, पसलका पसले, जो भेट्यो मेची देखि महाकाली यात्रा सुरु गरेको कुरा गर्दै कहिँ पैदल, कहिँ सवारीमा चडदै केहि दिन पछि दार्चुला जिल्लाको खलङ्गा पुगिसकेको रहेछु । १३ फागुन राती ९ बजि खलङ्गा पुगेर भोलि पल्ट बिहान मेची महाकाली यात्रा २०७९ फागुन १४ गतेका दिन स्थानीय प्रशासन र वरिष्ठ व्यक्तित्वहरूसँग भेट गरी समापन गरिएको थियो । खलङ्गाका सुकदेव निरौलाले खलङ्गाको महाकाली नगरपालिकासम्म लिएर जानु भएको थियो । महाकाली नगरपालिकाका मेयर नर सिंह चैसिर, अधिकृत नर सिंह बडालज्यु सहित अन्य धेरै वरिष्ट व्यक्तित्वसँगको भेटघाटले यात्रा आनन्ददायक र रमाईलो मात्रै होइन अर्थपूर्ण पनि बन्यो । सुकदेव निरौलाले भारतको धार्चुलासम्म घुमाउन लानु भयो । महाकालीको वाढीले बगाएको नेपाली भूमिका ठाउँहरू देखाउनु भयो । खुसी त त्यतिबेला लाग्यो जहिले लिपुलेक जानेबाटोसम्म लिएर जानुभयो । लिपुलेक भनेको मानसरोबरको बाटोमा रहेछ । मानसरोबरको बाटो खोज्दै हिँडेको यात्रीलाई कुनै बाटो भेट्दा मात्र पनि खुसीलाग्नु स्वभाविकहुन्छ । यस्तै भयो । यसरी मेची देखि महाकाली यात्रा सफल गरेको थिएँ भने जिल्ला यात्रा चाहिँ दार्चुला जोडिए पछि ७३ पुर्याएको थिएँ ।
काठमाण्डौं