18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत गोविन्द राज ओझा 'राजन' July 6, 2023, 8:52 pm
गोविन्द राज ओझा 'राजन'
गोविन्द राज ओझा 'राजन'

पर्खी बस है म आउने छु
एकछिनपछि मैले उनलाई भेट्ने छु
अँध्यारो रात हराउँछ दिनको सुरुवात भएपछि
मनबाट आशा गर भेट भएपछि

पाइला जब चल्छ पुग्ने छु आशा छ
वसन्त ऋतुमा प्रकृति सुन्दर देखिन्छ
आशाहरू मार्नु हुन्न पुरा हुन सक्छन्
आएर बस है सबै कुरा थाहा पाउन

तिमीसँग जीवन जिउन सजिलो छ
खुसी मन भएपछि हाँस्न मन लाग्छ
आफ्नो भन्ने तिमी हौ समिपमा आउँ
सत्य कुरा सत्य नै हुन्छ बहाना नबनाऊ

दिपायल, सिलगढी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।