माकुराको जालले भरिएको कोठा
जस्तै जीवन मेरो
जालहरूमा अलझिएर
तड्पिरहेका छन अधुरा सपनाहरू मेरो।
ति जालहरूलाई सफा गर्छु म घरि घरि
सफा हुन्छ एक पट्टि जाल पर्छ अर्को पट्टि घरि घरि।
ति जालहरुका तुना सँगै आफनो सपनाहरू बुन्छु म
ति जालहरुमा मेरा कैयौं सपनाहरू अलझेका छन्।
कैयौं चोटि ति जालहरू
भित्र आफ्नो चोट बेदनाहरू
लुकाउने प्रयास गँरे
चोट र बेदनाले भरिएको
जीवनलाई माकुराको
जालले पनि न छेक्दो रहेछ।
आज भोलि ति माकुराका
जालका तुनाहरू जस्तै
मेरा जीवनका
तिता मीठा
पलहरू छरपस्ट छरिएका छ्न ।
जमिन बन्जर भए पछि मरुभूमिको राज चल्छ
एक्लो कोठा भएपछि साङ्लिहरूको रगरगी बडछ
ति बन्जर जमिनमा हरियाली सजाउने रहर न भएको कँहा होर ।
ति कोठाका साङगलिहरू हटाएर रंगीन जीवन जिउने रहर न भएको कँहा होर ।
माकुराको जाल जस्तै
अलपत्र छ मेरो जीवन
कहिले त आउँला
जालहरू तोडेर मेरो सपनाको जीवन।
राङका, बलिमान,पूर्व सिक्किम