पारिजात हाम्रो गुरु हो
ब्राम्हमुहूर्तमा फुल्दछ,
दौडीदौडी पूजामा पुग्न
बिहानबिहानै खस्दछ,
बिनाघाउ फिर्ता हुन
आफसेआफ झर्दछ |
कमल अर्को गुरु हो
जीवन बाँच्न सिकाउँछ,
हिलोबाटै फुलेर पनि
सफासुग्घर फुल्दछ,
पानीमै बसेर पनि
नाभिजीकन बस्दछ |
त्यस्तै दूबो पनि हाम्रो गुरु हो
भुइँमै झुकेर बस्दछ,
हर याममा, हर ठाममा
आफूलाई बचाई बस्दछ,
दिर्घायुको सङ्केत बोकी
भाइटीकाको माला बन्दछ |
रूख पनि त हाम्रो गुरु नै हो
उभिएर अर्चना गर्दछ,
सँधै तिम्रै खोजी गर्दै
आकाशतिर बढ्दछ,
हजार हात फैलाएर
अभिनन्दन गर्दछ |