१
आज उसलाई अन्जनाले गरेको ब्यबहार अनौठो लाग्यो । उसलाई आफनो भाईबुहारीको अगाडि अपमानित भएको महसुस भयोे । उस्लाई सारहै नमिठो लाग्यो । भाईबुहारीेको नाताले पनि त्यस महिलाले अजयलाई त्यस्तो ब्यबहार गर्नु हुन्नथ्यो । अजयलाई लागेको थियो— “उनीहरुको पुरानो इतिहास चिहानमा बिलाई सकेको होला । तर बिलाएको रहेनछ । उ यस्तै उस्तै सोचेर उ बसेको ठाउँबाट जुरुक्क उठयो । ढोका बाहिर सडकमा निस्क्यो र एकहोरो टोलाएर उभिरह्यो ।
उ अन्जना गएकोबाटो तिर निकैबेर नियालेर बसिरह्यो । गाडि नदेखिने गरी बेपत्ता भैसकेको थियो ।
उ एकोहोरो भएर उभिरहेको ठाउँमा एकजना केटो आयो । त्यो केटोले एउटा मोटोखाम दिदै भन्यो “अंकल यो खाम तपाईलाई दिनु भनेर अघि यहाँबाट जाने अन्टिले दिनुभएको हो, लिनु होश ।” उस्ले त्यो खाम लियो । उस्ले त्यो खाम लिएर सरासर आफूबसेको कोठामा गयो । त्यो गहकिलो खाम बसेर खोल्न थाल्यो र बिस्तारै पढन थाल्यो ।
२
मिस्टर अजय,
आज मैले घरबाट निस्कँदा अवस्य पनि तिमीसित भेट हुन्छ होला भन्ने सोचेकि थिएँ । हाम्रो देखादेख त भयो । हाम्रो बोलिचाली भएन । त्यो हाम्रो पहिलेदेखिको मौनताको निरन्तरता थियो । मेरो जीबनभरमा मेरोमनमा तिमीप्रति धेरै बर्षदेखि दबेर बसेको भावनाको अतृप्त आकांक्षाको तुसलाई तिमीलाई कसैले चाल नपाउने गरी ब्यबहारबाट देखाउनेछु भन्ने सोचेर म तिम्रो भतिजोको बिबाहमा पुगेकि थिएँ । तिमीलाई कहिले पनि नबिर्सने गरी प्रतिशोधको ब्यबहार तिमीमाथि मैले जानाजानि गर्छु भनेर मैले जे शोचेर गएकि थिए, आज त्यहि ब्यबहार मैले तिमी प्रति गरँे । तिमीलाई थाहा छ कि छैन तिम्रो बुहारी सित मेरो माईतिको नजिकको नाता सम्बन्ध पर्छ । त्यहि नाताले आज म आउन पाएको हो र तिमीसित मौनबार्ता गर्न पाएँ ।
तिमीलाई मैले आज जुन ब्यबहार गरे, त्यो ब्यबहारले तिमी छक्क परेकोे होला । छक्क पर्नु पर्देन । मैले त्यस्तो ब्यबहार सोचि बिचारी नियतपुर्बक गरेको ब्यबहार हो त्यो । तिम्रो मनमा भित्रसम्म चोट पर्ने गरी, तिमीलाई बेस्सरी चित्त दुख्ने गरी, सबैको सामुन्ने अपमान हुनेगरी गरेको मेरो ब्यबहार हो त्यो । मेरो मनभित्र दबिएर रहेको तुसको बिस्फोटन हो त्यो । मैले तिमीसित गरेको अपेक्षा पुरा नभएको बिरोधमा पोखिएको आक्रोश हो त्यो । तिमीप्रतिको असन्तुष्टिले मेरो मनमा सानैदेखि लुकेर बसेको तुसको अभिब्यक्ति हो त्यो । तिमी म सित बेस्सरी रिसावोस भनेर मैले तिमी प्रति गरेको नियोजित सोच र ब्यबहार हो त्यो ।
तिमीलाई मैले त्यस्तो ब्यबहार किन गर्रे ? तिमीलाई थाहाछ ? अबस्य पनि थाहाछैन । पुरुष भन्दा महिला कति श्रद्धालु र कहिलेकाहि कति ईखालु हुन्छ भन्ने कुरा तिमी पुरुषहरु कमैलाई थाहा होला । भनाई पनि छ नि “परेको बेलामा फुल भन्दा नरम र कुनैबेला दुङ्घा भन्दा कठोर ।”
रिस उठेको बेलामा नारी कस्तो रणचण्डि हुन्छन् भन्नेकुरा तिमीलाई थाहा छ कि छैन ? नारीहरु जतिबढि सहनशील हुन्छन् त्यतिनै कोही कोही आफनो आक्रोश, को्रध, असन्तोष र अतृप्तिलाई प्रतक्ष्यरुपमा र कोही अप्रतक्ष्यरुपमा प्रकट गर्छन । कोही त्यस्ता बिषयलाई जबरजस्तरुपमा दबाएर राख्छन् । त्यस्ता सरदर नारीमा म पनि पर्दछु । बेला आएपछि कुनै पनि नारीले त्यस्लाई पोख्ने पनि गर्दछ । मैले पनि आज तिमीप्रति अलिकति भएपनि ब्यबहारबाट मौनक्रोध र आक्रोस पोखेँ । मनको असन्तुष्टिलाई उजागर गरेँ ।
३
तिमीलाई सम्झना छ कि छैन ? तिमी त्यतिबेला आफनो गाउँबाट तनहँु जिल्लाको तत्कालिन सदरमुकाम बन्दिपुरमा पढ्न आएका थियौ । हामीले पढने गरेको हाम्रो भानु हाई स्कुुल त्यतिखेर टुडिखेलनेर थियो । हामीहरुले पढिरहेको कक्षा ४ मा तिमी पनि भर्ना भएका थियौ । पहिलोपटक मैले तिमीलाई त्यहाँ देखेँ । तिमीसित साथसंगत बोलिचाली हुन थाल्यो । तिम्रो सबै शोचाई र बोलि ब्यबहार मैले थाहा पाएँ । तिमीलाई नजिकबाट नियाल्न थालेँ । तिम्रो सिधासाधा स्वभाब देखेँ । तिमीलाई देख्नासाथ अचम्मसित म तिमीसित आकर्षित हुन थालेँ । म सहरबजारमा बस्ने केटी, अनि तिमी गाउँबाट बजारमा बसेर पढ्न आएका केटो । यहाँ बजारमा भएका केटाहरु भन्दा तिमी गाउबाट आएका केटा मेरोलागि सबभन्दा राम्रा, शिष्ट, ईमान्दार र असल तथा सरल केटा थियौ । हाम्रो कक्षा ४ मा हामी जम्मा जम्मी ३५ जना (छात्र छात्रा )बिद्यार्थीहरु थियौ । ती ३५ जना बिद्यार्थीहरु मध्यमा मेरो आँखा तिमीमा गहिरोसँग पस्यो । सायद तिमीलाई थाहा थिएन । नपत्याउने गरी म तिमी सित नजिक हुन, लहसिन खोजे । तर म भित्रको मेरो आँट प्रकटहुन सकेको थिएन ।
कक्ष ४ मा पहिलेदेखि पढने धेरै(छात्र छात्राहरु )बिद्यार्थिहरु थिए । तिमी हाम्रो कक्षामा भर्ना भएको एक महिना पनि भएको थिएन । हाम्रा सरहरुले तिमीलाई हाम्रो कक्षाको मोनिटरको पदमा मनोनित गर्नु भएको थियो । त्यसमा हामी सबैको सहमति थियो र खुशियालीमा हामी सबैले तिम्रो सर्मथनमा जोडदार तालिबजाएर तिमीलाई मोनिटर मानेका थियैो । त्यो मेरोलागि निकै खुसियालीको क्षण थियो । तिमी हाम्रो कक्षाको मोनिटर भएकोमा म लगायत मेरा धेरै साथीहरु असाध्यै खुसी भएका थियौ ।
तिम्रो अगुवाई हाम्रो कक्षा राम्रोसँग चलिरहेको थियो र साथीहरु सबैले तिमीलाई सहयोग गरेका थिए । सरहरु पनि तिम्रो शोच र ब्यबहारले सन्तुष्ट हुनु हुन्थ्यो ।
एकदिन हाम्रा कक्षाका एकजना खराब स्वभाबका छात्रले तिम्रो बिरोधमा अनाबश्यक कुरा गरेका रहेछ । उसले तिमीलाई तानाशाह, निरंकुश भयो बनेर कुरा गरेर हिडेको रहेछ । सायद उस्लाई मोनिटर हुन नपाएकोमा, उसको मनमा सन्तोष लागेन होला । गाउँबाट आएका तिमी जस्ताले त्यो पद पाएकोमा उस्लाई रीस उठेको थियो होला ।
आफनो काममा कसैलाइ पनि चित्त बुझेन भने र कसैले बिरोध जनायो भने त्यस्मा तिमी निकै शंवेदनशील हुन्थ्यौ । साथीहरु मध्य कसैलाई पनि आफूप्रति असहमति भयो भने अथवा सर्वसम्मत भएन भने पनि त्यस्ता पदमा नबस्ने तिम्रो स्वाभिमानी स्वभाबले गर्दा त्यस्मा तिमी बस्न चाहेनौ । उ जस्ता निकृष्ट ब्यक्तिको छोटा बचनले तिमीले चित्त दुखायौ । त्यत्तिकैमा तिमीले राजिनामा गर्यौ ।
हामीलाई दुःख लाग्यो । हामीहरु तिमी नजिक गएर सम्झाउन गयौ र भन्यौ “किन राजिनामा गरेको ?हामीले गतिलो सक्षम मोनिटर साथी पाएका छौ । त्यो एकजना फटाहाले भनेर हुन्छ ? उस्को पक्षमा कोही पनि छैनन । हामी सबैले तिम्रो सर्मथन गर्छाै । राजिनामा फिर्ता गर ।” तर तिमीले राजिनामा फिर्ता गरेनौ ।
हामी त्यतिबेला बालकै थियौ । यस्तो अबस्थामा पनि बालसुलभ शोच, खै कताबाट आयो खोई ? भाग्यबिधाताले हामीलाई यो संसारमा मन मिल्ने गरी बस्न पठाएको हो कि क्या हो ? मैले तिमीलाई मेरो मन भित्र बलियोसँग राख्न पो थालेछु । चिन्नु न जान्नु सित नपत्याउने गरी मैले तिमीलाई मनपराउन थालेछु ।
४
केही समय तिमी आफनो गाउमा फर्कियौ । करिब २ बर्षपछि तिमी फेरी हाम्रो स्कुलमा भर्ना हुन आयौ । त्यतिबेला हामी कक्षा ६ मा पुगेका थियौ । सरहरुको मुल्यांकनको आधारमा होला तिमी एकैपटक कक्षा ८ मा भर्ना भयौ । पहिले एउटै कक्षामा पढेको जस्तो हाम्रो भेटघाट भएन । तर पनि पर परबाट हाम्रो देखादेख र भेटघाट हुने गरेको थियो ।
त्यतिबेला हाम्रो बजारमा नाटक मँचन हुन थाल्यो । बजारका एकजना अर्को बालकलाकार र तिमी मिलेर बालकलाकारको भुमिका निर्बाह गर्न थाल्यौ । नाटकमा बालकलाकारको भुमिकामा तिमीले मन्चन गरेको धेरैले मनपराए । मलाई मन नपर्ने त कुरा भएन । तिम्रो साथी र तिमीले भोटेबच्चा बालकलाकार भएर नाच गर्दा “ओम मानेपेमे होमे भन्दै, छुक छुक” गर्दै नाचेको मलाई हिजो अस्ति जस्तैलाग्छ । तिमी नाचेको बेलामा मानिसहरुको हुल छिचोल्दै म पनि रमाएर, खुसी हुदै तिमीहरु नाचेको नजिक पुग्ने गर्थे । तिम्रो त्यो प्रतिभा देखेर म त नतमस्तक हुन्थे । त्यतिबेला तिमीलाई देख्दा मात्र पनि मेरोमन आनन्दले गदगद हुन्थ्यो । त्यतिखेर केटाकेटीको बुद्धि न हो तिमीलाई भेटेर बोल्ने केहि आँट हुदैनथ्यो र पछि नपत्याउने गरी तिम्रो पछि पछि लाग्न मन लाग्थ्यो । तिमी कता छौ होला भनेर तिमीलाई खोज्न मलाई मनलाग्थ्यो र कसैले थाहा नपाउने गरी म तिमीलाई खोज्न हिडथे पनि ।
त्यतिबेला तिमी स्कुलबाट फर्केपछि एउटा बिद्यार्थी संगठनको कार्यालय सचिब भएर कामगर्ने गर्दथ्यो । म पनि स्कुलबाट घर फर्केर जानेबेलामा मेरो बहिनी र म तिम्रो कार्यालयमा गएर तिमीलाई जिस्क्याउने गथ्र्याै । तिमीले भोटे बच्चा भएर गाएको गीत तिमीलाईनै सुनाउने गरेर तिमीलाइर्ख हैरान पार्ने गथ्र्यौ । तिमी चुप लागेर आफनो काममा ब्यस्त हुन्थ्यौ । हामीले तिमीलाई जिस्काउँदा पनि तिमी हाँसेरमात्र बस्थ्यौ । तिम्रो मुस्कान पाएपछि बल्ल हामी आफ्नो बाटो लाग्थ्यौ ।
५
हाम्रौ उमेर पनि सायद बिस्तारै युवा चुलितिर उकालो लाग्दै थियो अर्थात युवास्थामा प्रवेश गर्दै थियो । यस्तो बेलामा हाम्रो मनोदशा,मनोविज्ञानमा र शारिरिक बनौटमा परिबर्तन आउनु स्वभाविकै थियो । तिमी कक्षा १०मा पढदै थियौ र म कक्षा ८ मा पढदै थिएँ । मैले तिमी सित खुलेर कुरागर्ने बाताबरण थिएन । तिमीले मलाई नजिकबाट केही कुरा गर्छौ कि जस्तो मनमा लागि रहन्थ्यो । म त आईमाई केटीमान्छे, तिमी सित खुलेर कुरा गर्न कहाँ सक्थेँ र ? त्यस्तो आँट पनि हुन्नथ्यो । अहिले भएको भए मैले तिमीलाई जानेको थिएँ । मिठो बोलेर, धम्काएर, घुर्कि देखाएर, रोएर तिम्रो मन जित्ने थिएँ । तर त्यतिबेलाको वाताबरण र चलन अनुसार केहीपनि गर्न सकिने अबस्था थिएन । तिमीलाई म मनपराउँछु, माया गर्छु भन्ने आँट पनि आउन्नथ्यो । पुरुष भएको हिसाबले तिमी म प्रति आक्रामक भएर बोलिदिए पनि हुने थियो भन्ने मनमा लागि रहने गर्दथ्यो । तर त्यस्तो केही पनि भएन । कता कता यो मेरो एकोहोरो माया पे्रम पो हो कि जस्तो लाग्न थाल्यो । मेरो घरमा नपत्याउने गरी मेरो उमेर अनुसार मेरो बिबाहको कुरा चल्न थाल्यो ।
मलाई एउटा आशा थियो यस्तो बेलामा तिमीले आफनो घरमा कुरा गर्नेछौ र मलाई माग्न आउनेछौ । तर त्यस्तो केही भएन । त्यो त मेरो एउटा सपना न हो । मैले कल्पना गरेजस्तो, कल्पना गरेजस्तो कहाँ हुनेरहेछ र ? मेरो एकतर्फी मायाले के पो हुने रहेछ र ?
मेरो काका जसबहादुर र तिमी एउटै कक्षामा पढने साथी थियौ । तिमी र काका मिलेर नाटक खेलेको, घनिष्ठ साथी भएकोले तिम्रो र मेरो सम्बन्धकोबारेमा केही थाहा पाएको रहेछ । उहाँले मलाई एकदिन भन्नु भयो “ए अन्जना, तिमी अब विबहा गर्न योग्य उमेरमा पुगेकि छौ । तिम्रो मनपर्ने कोही केटो साथाी छ ? भन म कुरा चलाउँछु ।“
काकाको कुरासुनेर म त छक्क परेँ । कसरी भाग्यबिधाताले मेरो मनको कुरा सुनेछ । कसरी मेरो कल्पना साकार हुने बाताबरण बन्न थालेछ । त्यसदिन म मुस्कुराएँ मात्रै । म केही पनि बोलिन । मेरो काका जसबहादुरलाई हाम्रो सम्बन्धको बारेमा केही थाहा रहेछ ।
भोलिपल्ट हामी स्कुलमा भेट भयो र भन्नु भयो “अन्जना, मलाई तिमीहरुको माया पे्रमको सम्बन्धको बारेमा राम्रो सित थाहा छ । म तिम्रो मनपर्ने साथी अजय सित म कुरा गरौं है, हुन्छ ?
मैले स्विकृति जनाएँ । काकाले तिमी सित कुरा राख्नुभएछ । तिमीले भनेछौ —“म गाउँको किसानको छोरा, अन्जना धनी ब्यापारीको छोरी, कसरी मिल्ला र ?”
“हामी एउटै कक्षामा पढने साथी । हाम्रो कुरा मिल्छ । तिमी हुन्छ मात्र भन न म सब कुरा मिलाउछु ।“ काकाले जोड दिएर भन्नु भएछ , तिमीले आँट गरेनछौ । यो कुरा तिम्रो फुुपुकहाँ पनि पुगेको रहेछ । त्यहाँ पनि तिमीले आँट गरेर कुरा गरेनछौ ।
तिमीले यस एल सी टेष्ट पास गरेर फाइनल जाँच दिने भनेर पोखरा जानको लागि आफनो गाउँमा फर्केर गयौ । तिमी पोखरामा एस एल सी फाईनल दिन गएको र जाँच सकिए पछि सदरमुकाममा तिमी आउनेछौ भन्ने लागेको थियो । तर तिमी आएनौ ।
६
तिमीले त्यसबेलाको एस एल सी परीक्षा फष्ट डिभिजनमा पास गरेको खवर मैले पनि सुनेँ ।मलाई असाध्यै खुुसी लाग्यो । मेरो मनममा हर्षको सीमा रहेन । एस एल सी परीक्षा पास गरेपछि तिमीले आफनो गाउको स्कूलमा पढाउन थालेकाछो रे भन्ने खवर पनि सुने । तिमी जहाँगए पनि,जहाँबसे पनि मलाई तिम्रोबारेमा चासो हुने गर्दथ्यो ।
एकदिन संयोगबस तिम्रो फुपुकहाँ पुगेकीे थिएँ ।त्यस्को भित्रि उद्देश्य त मलाई तिम्रोबारेमा बुझनु थियो । फुपुसित कुरा भैरहेको थियो । फुपुबाट मलाई थाहा भयो “तिम्रो बिबाह त्यतैगाउँको एकजना धनिमानीको छोरीसित हुने भएछ ।“ त्यो खबर सुनेर मेरोमनमा ठुलो चडकन परेजस्तो भयो । मेरोमनमा अशान्तिको बाढी उर्लियो । तिम्रो त्यो नरमाईलो खवर सुनेपछि त्यहाँ मलाई एकछिन पनि बस्न मन लागेन । फुपुसित बिदा भएर म घरमा पर्केर आएँ । कोठामा बसेर एकोहोरो टोलाएर बसे । त्यस दिनभरी मलाई नरमाईलो लागिरहेको थियो । बेलुका आमाले खाना खान बोलाउनु भयो । खाना खान मन छैन आमा भनेर टारिदिएँ ।
राति सुत्नेबेलामा मेरो अगाडि तिम्रो मात्र अनुहार नाँचिरह्यो । तिमीसित हाँसेको खेलेको र दगुरेको सम्झना भैरह्यो । तिमीले नाटकमा गरेको रमाईलो प्रहसनको याद आईरह्यो । तिम्रो स्वभाब, मैलेजतिसुकै गाली गरे पनि, जतिसुकै जिस्काए पनि नरिसाउने बानी सम्झि रहेँ । म रातभरी निदाउन सकिन । त्यसबेला मलाई एउटा कलाकारले गाएको गीत याद आयो ।
“उस्लाई मेरो माया नै ला छैन ।
म लाटीलाई त्यति नै था छैन ।
रोएको देख्ने आकासमा जुनछ ।
त्यो मायाले तडपाउने था छ ।“
मेरो आँखाभरि आँसुको धारा उर्लिरहेकोे थियो । रुँदा रुँदा कुनबेला निदाएछु पत्ता भएन । सिरानी भने आँसुले लपक्क भिजेको पाएँ ।
भाग्यबिधाताको खेलहोकि केहो थाहाछैन । मैले तिमीलाई मनमनै आफनो पतिकोे रुपमा स्वीकारगरी सकेकि थिएँ । आदिमकालमा एकजना महिलाले धेरै पुरुषहरुसित यौन समागम गर्नसक्ने स्वतन्त्रता थियो रे । पछि महिलाहरुको यो स्वछन्दता, स्वतन्त्रतामा नियन्त्रण भयो । एकल महिला र एकल पुरुषको परिवार प्रणालि चलेको रे भन्ने सुने । पतिब्रता महिला भएर जीबन चलाउनु पर्ने बारेमा सुने । एकनारी ब्रम्हचारी बारेमा सुने । त्यहि भएर म पनि तिम्रो एकमात्र पतिब्रता पत्नि भएर बाँच्ने कल्पना गरे । तिमीले त्यो मेरो कथाको ब्यथालाई बुझेनौ । तिमीले मलाई चिनेनौ । तर पनि मेरो मनमा गहिरोसित बसेको तिमीप्रतिको पे्रम र आशक्तिलाई मैले मेरो मनबाट फाल्न सकिन । तिमीलाई मैले बिर्सनै सकिन ।त्याग्न सकिन ।
तिमीलाई यो कुरा सम्झना छ कि छैन? तिमीले आफनो बिवाहमा सामेल हुन तिमीले आफनो फुपुलाई लिन आएका थियौ २ दिनको बाटो हिँडेर । तर तिम्रो फुपु तिम्रो बिबाहमा सामेल हुन जानु भएन । बहाना बनाएर अन्तै जानु भयो । त्यस्को कारण थाहा छ ? त्यो मेरो कारणले थियो । तिमीले आफनो फपुले भनेको मानेनौ । मलाई तिमीले बिबाह गरेनौ भनेर उहाँले बेस्सरी चित्त दृखाउनुु भएको थियो । त्यो तिम्रो बिबाहमा उहाँ अनुपस्थित उहाँ बिरोध हो र म प्रतिको सहानुभुति हो ।हामी सँगै बसेर रोएको मलाई यादछ । तिमीले हाम्रो कम्ति चित्त दुखाएनौ, त्यतिबेला मिष्टर अजय ।
तिमी आफनो बिबाह पछि फुपुकहाँ आएका थियौ । त्यतिबेला तिमीलाई फुुपले भन्नुभएको रहेछ “ए भदा बाब ुतिम्रो बिबाहमा तिमी सन्तुष्ट छौ कि छैनौ ? छैनो भने अर्को बिबाह गर ।म अहिलेनै तिमीलाई मिलाइृ दिन्छु आँट गर ।“
तिमीले फेरिपनि आँट गरेनौ । केही प्रतिकृया जनाएनौ । तिमी चुपचाप घर फर्कियौ ।त्यसपछि मलाई झन नमज्जा लाग्यो । नरमाईलो लाग्यो । तिमी सित बेस्सरी रीस उठयो । रीस उठेर मैले के पो गर्न सक्थे र तिमीलेनै वास्ता नगरेपछि ?
तिम्रो बिबाह भएको केही महिनापछि मेरो पनि बिबाहको कुरा चल्यो । मेरो बिवाहको बारेमा बा आमा,काका काकी सबैले मेरो मनसायको बारेमा सोध्नु भयो । मलाई रुन मनलाग्यो । आँखाभरि आँसुलिएर टाउको हल्लाएर स्विकृति जनाएँ ।
धुमधामसँग मेरो शुभबिबाह सम्पन्न भयो । बिबाहको जन्तिको बिचमा नयाँ दुलहासित म उसको घर पोखरामा दुलही भएर प्रबेश गरेँ । जीबनमा पहिलोपटक बिल्कुलै नयाँ ब्यक्तिसित मैले आफनो जीबन सर्मपण गर्दैछु भन्ने लाग्यो । दुलहाको घरमा पुगेपछि मैले उस्को अनुहार नियालँे ।उस्को अनुहार त तिम्रो अनुहार जस्तै रातोपिरो रहेछ । मलाई त्यस्तो लाग्यो । उस्को अनुहारमा तिम्रो अनुहार देखेँ । बिवाहापछिको सुहागरातमा उसलाई तिमीनै सम्झेर आफूलाई उसैलाई सर्मपण गरीदिएँ । उसलाई तिमीनै सम्झेर त्यो लोग्नेलाई अपनाएँ ।
माया प्रेम भन्नु र बासना भन्नु अलग भन्थे । हो रहेछ । मायाप्रेम बिनाको लोग्ने स्वास्नीको सम्बन्धमा महिला भनेको सन्तान उत्पादन गर्ने मेसिन हो भन्थे । मलाई हो जस्तो पो लाग्यो । मेरो लोग्नेसित मेरो बिबाह त भयो । तर एकपटक मनमा गहिरोसित गाडिएको माया प्रेमको जरा त्यसै उखेलिने रहेनछ । मैले उसलााई अपनाएँ । उसँग भएको मेरो शारिरिक सम्पर्क र समागममा मैले तिमीलाईनै सम्झेर उ सित समागम गरेँ । सन्तान उत्पादन गरेँ । छोरा छोरीहरु भए । अहिले त नाति नातिनीहरु पनि भएकाछन् ।जे जस्तो भएको भएता पनि मेरो मनको गहिराईबाट तिमी हट्न सकेनौ ।मैले तिमीलाई मानसिकरुपमा त्याग्न सकिन । यसो भनेर मैने नारीजातिको बेइज्जत गरेको होइन । यो मेरो मनको यर्थाथ ब्यथा बिना कुनै ढाकछोप ईमान्दारिताकासाथ पोखिएको हो ।
कहिलेकाँही यसो बिचारगर्छु “तिमीले मलाई वास्ता गरेनौ । मेरोमात्र एक तर्फिमात्र माया पे्रम पो भएछ कि सायद ? अहिले मैले तिमीले मलाई धोखा दिएको महसुस गरेकोछु । त्यसैले मैले तिमीलाई माया पे्रम गर्दा गर्दै घृणा गर्न लागेको छु । तिमीले मलाई वास्ता नगरेको, नअपनाएको र जीवन भरिको साथी बन्न बिबाह गर्ने आँट नगरेकोमा मेरो मनभित्र तिमी प्रति ठुलो ईख छ । मन भित्र माया प्रितिको तुस हटेको छैन । त्यस तुसमा तुसारो परेकोछ र त्यस तुसारोले त्यसलाई छोपेकोछ । त्यसले मलाई तिमी बिनाको जीवन कृतिम जस्तो लागिरहन्छ र त्यहि कृतिमतामा बाँच्न विवस छु ।
मेर जतिसुकै भएपनि चट्टानको बिचमा परेको पिपलको बिउ बिचमा उमे्रजस्तै मायापिरतिको बिउको जराको तुस हटेको हुने रहेनछ । अहिले हाम्रो जीबनको बाटो दुई भँगालो भएर अलग भएकोछ । हाम्रो आआफनो घर परिवार अलग छ । तर तिमीले एकजना स्वाभिमानी महिलाको मनको कुरा नबुझेकोमा, मलाई स्वीकार नगरेकोमा म तिमीलाई घृणापनि गर्न पनि सक्दिन । गाली पनि गर्न सक्दिन तिमीलाई । तर तिमी प्रति ईख छ, ईश्र्या छ । त्यसैको तुस मनभित्र छ । तुसाउन सकेको छैन ।
मेरो परिवार छ । तिम्रो परिवार छ । हामी आआफनो भँगालाका बगिरहेका छौ । तिम्रो र मेरो माया पे्रमको कुरा कसैले थाहा पायो भने मेरो लोग्नेले के भन्ला ?अरु परिवार र समाजले के भन्ला ? तिमीले त आफनो मनको कुरालाई के कसरी दबाएर राखेका छौ कुन्नि ? मेले त जबरजस्ति दबाएर राखेकि छु ।
आज तिम्रो भतिजाको बिबाहमा तिम्रो बुहारीको माईति तिरको नाताले मैले त्यस बिबाहको कार्यक्रममा भाग लिन गएको थिएँ । पुरानो कुरा सब बिर्सेर तिम्रो भाई बुहारीको नाताले हाम्रो परम्परा र संस्कृति अनुसार मैले तिमीलाई पनि ढोग्नु पथ्र्यो । तर मैले तिमीलाई जानाजानी ढोगिन । एक मनले त लागेको थियो एकपटक पतिको कल्पना गरेर मन सुम्पि सकेकोलाई खुटटामा ढोगे पनि हुने भन्ने मनमा उट्पट्याङ बिचार पनि नआएको होईन । तर त्यसो गर्नु भनेको आत्माघाति र पागलपन हुने देखिने थियो । झण्डै म जोगिए । तिमीलाई ढोगिन । टाउको निहुराईन । त्यस्को लागि म पहिले देखिनै मानसिकरुपले जवाफको तयारी गरेको थिएँ “त्यो के भने कसैले मैले तिमीलाई कि नढोगेको भनेर कसैले सोधेमा म भन्नेछु । उ र म त एउटै कक्षामा पढेको साथीहो, त्यसैले मैले उस्लाई ढोगिन । सँयोगनै मान्नुपर्छ कसैले मलाई सोध्ने आँट पनि गरेन । म गजबले जोगिएँ । तर तिम्रो बुहारीले तिमीलाई नढोकोमा स्पष्टिकरण सोधिन । मैले जे शोचेर गएको थिएँ उन्लाई मैले त्यहि जवाफ दिएकि थिएँ । बिचरा तिम्रो बुहारीलाई हामी बिचको कुरा के थाहा ?
यसरी मैले जानाजानी तिमीलाई अपमान गरेँ । मनको तुस देखाएँ । तिमीले मलाई पुलुक्क हेरयौ । मैले पनि तिमीलाई अघाउन्जेल हेरेँ । सरासर बाहिर निस्केर पोखरा जाने आफनो बाटो लागेँ । बाटोलाग्नु अघि एकजना केटोलाई यो पत्र दिनको लागि ब्यबस्था मिलाएको थिएँ र तिमीलाई दिनु भनेर छोडेर म आफनो बाटो लागेँ ।
मिष्टर अजय, तिमीलाई यस्तो ब्यबहार किन गरेको होला भनेर मनमा लागेको होला । तिम्रो मनमा मैले गरेको ब्यबहार तिमीले कहिले पनि नबिर्सियोस भनेर अथवा तिम्रो मनको भित्रि भागसम्म जमेर बसोस् भनेरनै मैले त्यो ब्यबहार गरेकोहो । यसलाई तिमी जे सुके भन म वास्ता गर्दिन ।
तिमी मलाई घमण्डी, सन्कि जेसुकै भन, तिमीलाई मेरो स्वभाव थाहा छँदैछ । तिम्रो मनको भित्रसम्म गएर तिमीलाई चिमोट्न पाएकोमा मलाई असाध्यै खुसी र सन्तोष लागेको छ । यस्कोलागि म तिमी सित माफी पनि माग्दिन । अब त मेरो कुरा तिमीले बुझयौ होला नि मेरो बिर्सि नसकिने निर्दयी साथी ।
ल बिदा ।
उहि अभागी अन्जना ।
उ त्यो लामो पत्र पत्र पढेर लामो स्वास तान्यो । खातमा डङरङ्ग पल्टियो र मनमन भन्यो “मैले तिम्रो तिब्र ईच्छा पुरा गर्न सकिन अन्जना, मलाई माफ गर । उसलाई फेरि लाग्यो “यो महिलालाई आफनो ईच्छा पुरा नभएकोमा कस्तो ईख राखेको रहेछ । बिगतका क्षणहरु बिर्से पनि हुने । कस्तो नबिर्सि बसेको होला ?उनले लेखेका सबै घटना वास्तविकतामा आधारित थियो । अन्जनाले सबै घटनाहरु ईमानदारिताका साथ राखेकोमा उसलाई उनको प्रशंसा गर्न मन लाग्यो । तर के गर्नू ? कसैलाई भन्ने कुरा पनि भएन । उ दिन भरी कोठामा एक्लै चुपचाप बसिरह्यो । कसै सँग बोलेन । भोलिपल्ट बिहानै नारायणगढ घरमा सपरिवार फर्किए ।
७
समय सँधै कहाँ एकनास हुन्छ र ? समय र सँसारको प्रकृति परिबर्तनशील भन्ने सिद्धान्त बाहेक हरेक कुरा परिबर्तनशील छ भन्ने भनाई जो कोहिमा पनि लागु हुन्छ । हुनेरहेछ । अजयको जीबनमा पनि यो लागु भयो । उस्लाई हिजोआज पहिले देखिको प्रचलित उखानहरुको याद हुन थालेकोछ ।
“ बारह छोरा तेह्र नाती,बुढाको धोक्रो काँधैमाथि ।”
त्यस्तै “आमा बाउको मन छोराछोरी माथि, छोराछोरीको मन ढुँगामुढा माथि ।” र “सानो छँदा मर्ला भन्ने पीर,ठुलो भएपछि मार्ला भन्ने पीर ।“ ईत्यादि ।
उसलाई धेरैवर्ष पछि ती उखानहरुको अर्थ लागेको जस्तो भनेको जस्तो पो लाग्न थालेकोछ । उसले शोचे अनुसार भने अनुसार घरब्यबहार चलेको छैन । सबै आआफनो सुरमा छन । उसको केही सोध खोज छैन । सरसल्लाह, बिचार बिमर्श छैन । आफूलाई सबैबाट बेवास्ता गरिएको, कसैलाई केही सोधखोज गरेमा बेवास्ता गर्ने, झंझट मान्ने, अपमान गर्ने, बेलामौकामा दुरब्यबहार गर्ने गरेको पनि उसले ब्यहोर्नु पर्ने भयो । यसप्रकारले उसकोमनमा एक प्रकारले बैराग्य उत्पन्न भयो । पहिलेका मानिसहरु घरब्यबहारको जीवन पछि वनमा तपस्या गर्न जान्थे रे । त्यहीँ देहत्याग गर्थे रे । आफू त्यस्तोमा पनि परिएन । यो चितवन, नवलपरासीमा तपस्या गर्ने ठाउँ पनि कहाँछ र ?
घरमा मनको कुरा मिल्ने बुढीमाउ पनि छैन । मलाई छोडेर गएको पनि निकै भै सक्योै । त्यसैले भनेकोहोला “बच्चाको आमा नपर्नु , बुढाको बुढी नमर्नु । बास्तबमा म उनी बिना टुहुरा पो भएकोछु । मेरो त यो आफनो अबस्था ठीकछ । हरिभक्त काका जस्तो भएर बस्नु पर्याे भने बाँचेको पनि के सार जस्तो पो लाग्छ मलाई । काकालाई त तल कोठामा एक्लै राखेकोछ, कोही सोधखोज गर्न आउन्न । एकजनाले खाना ल्याई दिन्छन र जान्छन । खाए खा नखाए घिच जस्तो ब्यबहार गर्दोरहेछ । उहा कहाँ एकजना सहयोगी महिला राखेको थियो । उनी छँदा हेरबिचार राम्रो थियो । पछि उनलाई पनि के के आरोप लगाएर काकालाई थाहै नदिएर लखेटेर पठाएछन् । अहिले उहाँलाई स्याहार सुसार गर्ने कोही छैनन । बिचरा काकाको हाल बेहाल छ । मैले त त्यसरी बस्नु परेमा मन असह्य हुनेछ । त्यसैले बेलामा नै कसैलाई थाहा नदिएर नारायणी नदिको पुलबाट नदिमा हाम्फालेर आफूलाई समाप्त पार्छु । यो सबभन्दा उत्तम उपाय हो । उ एकोहोरोसित यस बारेका मग्न भयो ।
घाम पश्चिमतिर लाग्दै थियो । उसले के के शोचेर बसेको ठाउँबाट जुरुक्क उठ्यो । आफ्नो के मिलाउनु पर्ने काम मिलायो । एउटा सानो झोला भिर्याे ।कसैलाई थाहै नदिएर उ कोठाबाट बाहिरियो । फटाफट हिडेर उ पुलचौकमा पुग्यो । त्यहाँ मानिसहरुको होहल्ला थियो । गाडीहरुको आवत जावत बाक्लो थियो । त्यो होहल्लामा उ एकसुरले हिडिरहेको थियो । नारायणीको पुलमा पुग्यो । पुलबाट कसरी अरुले नदेख्ने गरी हामफाल्ने भनेर उ हेर्दे थियो । बिचार गर्दे थियो । गाडिको ओहार दोहर बाहेक त्यहाँ मानिसहरुको त्यति बाक्लो उपस्थिति थिएन । उस्ले यताउति हेर्यो । केही पर एकजना महिला पनि घर परिवारबाट दिक्क भएर, बैरागिएर पुलबाट कसरी हाम्फाल्न भनेर बिचार गर्दे थिइन् । पुलबाट तलतिर नियाल्दै थियो । अजयलाई लाग्यो यो पनि म जस्तै हामफाल्न लागेको होला । को रहेछ भनेर उनको नजिक गयो । उसले सजिलै थाहापायो । तिनी त उसलाई अपमान गर्ने, पुरानो तुस पाल्ने, अन्जना पो रहेछ । अहिलेसम्म खुलेर नबोलेका अजयले अनयास बोल्यो
“ए के भयो अन्जना !
“खै के भनु ? यो जीवन पनि के हो ? के हो ? आज छ भोलि छैन । यस्तै बेलामा मलाई तिमीसित भेटन लेखेको रहेछ कि के हो ?”
“म त जीबन देखि बैरागिए बैरागिए ।तिमी किन बैरागिएको हो ?”
“खै के भनु मिष्टर अज , घरमा सबैको बन्दोबस्त भएको हो । लोग्ने भनाउदोले पनि मलाई धोकादिएर बुटवल तिर गएर बसेकोछ । मलाई जान दिएन ।त्यहाँ उस्को पहिले देखिको रखौटी रहेछ । घर नफर्कने भनेर खबर पठायो । छोराबुहारीहरुको आफनै धुन छ । सुर छ । मेरो कुनै मान्यता छैन । मलाई तिनीहरु सबले हेला गर्छन् । अपमान गर्छन् । भन्छन “एउटा बुढोलाई पनि सम्हालेर नराख्ने, खुसी नपार्ने, झगडा गर्ने भनेर मलाई दोष दिन्छन् ।“
“के तिमी साँच्चीनै नाराययणीमा यो पुलबाट हामफाल्न पोखरादेखि किन आएको त ? त्यहीँ सेती नदी छँदै थियो नि ।“
“मन बैरागिएको बेलामा माईतीमा केही मनमा सान्त्वना होलाकि भनेर आएको हो । बाउ आमा नभएको माईती पनि त्यस्तै रहेछ । कसले सुनि दिने र मनको बह । त्यसैले “मनको बह कसैलाई नकह“ भने जस्तै कसैलाई केही नभनेर कसैलाई थाहा नदिएर पुलबाट हाम्फाल्न आएको हो मिष्टर अजय म त ।“
“अहा कस्तो हाम्रो कुरा मिलेको ? म पनि यो जीबनदेखि बैरागिएर यो पुलबाट हामफाल्न आएको हो, कसैलाइ थाहा नदिएर ।“
“ल उसो भए मिष्टर अजय हामीले जीवनभर गर्न नपाएका कुरा गरौ र सँगै हाम्फालेर मरौ हन्छ ?”
घाम डुबेर साँझ पर्लापर्ला जस्तो थियो, तिनीहरु दुबैजना पुल पारी गैडाकोट तिर घुम्न तिर लागे । दुबैजना हर्ष बिभोर थिए । अन्जनाले हिँड्दा हिँड्दै अजयलाई सानोमा जिस्काएको भोटे नाचको “छिक छिक“ शब्द उच्चारण गरेर अजयलाई छकक पारिन् ।
“ए पगली ! तिमीले अझ पनि त्यो बिर्सेकि छैनौ ?”
“छैन मिष्टरअजय तिमी जतिसुकै टाढा होउ । म तिमीनेर छु ,सदा सदा । मेरो मनमा बसेको तुस हराएको छैन । यस्मा तुसारो परेको हो । अब त्यो तुस तिमी भेटेर मेरो मनमा टुसो पलाएको छ । आज म तिमीलाई भेटेर संसार जितेको महशुस गरेकि छु । तिमीलाई कस्तो लाग्यो मेरो कुरा मिष्टर अजय ?”
“के हामीलाई साँच्ची नै मिलन गराएको हो भाग्यबिधाताले ?“
“हो अजय,पहिले हामी बन्धनमा थियौ । अहिले हामी बन्धनमा छैनौ । हामी बिच अब केही अबरोधहरु छैनन् । हामी अब स्वतन्त्र छौ ।“
तिनीहरु यस्तै उस्तै कुरा गर्देै केही पर एकान्त चौरमा पुगे । झमक्क साँझ परिरहेको थियो । तिनीहरु आनन्दले निस्फिक्री कुरा गरे । अन्जना भावुक भईन् । आँखाभरि आँसु पारेर क्वाँ क्वाँ आवाज निकालेर रोईन । अजयले उनलाई सान्त्वना दिएर आफनो काखमा राखे । दबैजना भावविभोर भएर रोए । दुई भँगालाहरु आपसमा आगालोमा बेरिएर बग्न थाले । जीवन भरको तिर्र्खाको उत्कर्षको प्यास मेटे । आफूहरुको जीवनमा रहेको माया प्रेमको तुसमा तुसारोले छोपिएको तुसारो पन्साए । त्यसैबाट टुसो पलाएको महशुस गरे तिनीहरुले ।
भोलि बिहानै लंकुबाट छुटने माइक्रो बसमा बसेर काठमाडौ जाने निधो गरेर फोनबाट टिकट निधो गरे र त्यहाँबाट तिनीहरु छुट्टिए ।
८
बिहान ५ बजे अजय लंकुको माईक्रो बसमा बसे । पुलचौक नारायणगढबाट अन्जना त्यही बसमा पसे र उनीहरु सँगैको सिटमा बसे । यात्रुहरु आउनुपर्नेहरु आएपछि माईक्रो बस नारायणगढ बजारलाई पछाडि पारेर रामनगर तिर भएर मुग्लिन तिर सरर बग्न थाले ।
अजयले भने, “अँजना ! तिमी त्रिशुली र म मस्र्याङदी भएर हामी मुग्लिनमा मिसिएका छौ । मस्र्याङदी र त्रिशुली मिलेर नारायणीमा मिसिन तलतिर दगुरिरहेको छ । हामी भने त्रिशुलीकोे किनारै किनार काठमाडौ पुग्न उकालो लागिरहेका छौ । हाम्रो मिलन उल्टो भयो कि सुल्टो भयो ?”
गम्भिर रुपमा चुपचाप बसेकि अन्जना बिस्तारै बोलिन, “हामीहरु नारायणी नदीमा हामफालेर मर्न भनेर भनेर निस्केका थियौ । हामीलाई फेरि पनि बाँच्न मन लाग्यो , हाम्रो भेट भएपछि । हामीहरु घनघोर बिध्न बाधाबाट उम्किएका छौ । खुल्ला आकाशमा उन्मुक्त भएर उँडिरहेका चखेवाका जोडि भएका छोै । अब हामीलाई कुनै प्रकारको अबरोधको पर्खालले हामीलाई छेक्ने छैन । हामी स्वतन्त्रछौ ।“
तिनीहरु काठमाडौ पुगे । सुरक्षित बसे ।
तिनीहरु काठमाडौ पुगेको पर्सिपल्ट अजयले पत्रिका पसलबाट एउटा पत्रिका किनेर ल्याए । अजय र अन्जनाले पत्रिका पढे । त्यस्मा २ वटा अलग अलग सुचना थियो फोटो सहितको ।
महिला हराएको सुचना
र पुरुष हराएको सुचना ।
दुबैजनाले पत्रिकामा सुचना पढे । एकले अर्कोको अनुहार हेर्दै । के के भएको जस्तो गर्दै,पत्रिका हेर्दै फेरि आपसमा अनुहार हेर्दै गरे, “जीबनभर उनीहरुलाई पहिले कसैले खोजेनन् । अहिले खोजेको देखेर छक्क पर्दै । उत्सुकता छर्दै गरे ।”
कुलेश्वर आबास ब्लक ए, नयाँ बस्ती, काठमाडौं