16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

"मेराे बालापन" कविता सङ्ग्रहमा एक नजर

कृति/समीक्षा गाेपालप्रसाद दाहाल August 17, 2023, 11:38 pm
गाेपालप्रसाद दाहाल
गाेपालप्रसाद दाहाल

जलपाईगुडी,खाेलाचन्द फाप्री निवासी कवियत्री नगिता लेप्चा राईकाे मई २०२३मा प्रकाशित "मेराे बालापन"कविता सङ्ग्रह मुक्त छन्दका कविताहरुकाे सँगालाे हाे ।यसमा ४३ ओटा लामा छाेटा कविताहरु रहेका छन् ।उनकाे याे पहिलाे पुस्तकाकार कृति हाे । यसकाे बाहिरी आवरणमा कवियत्रीकाे तस्वीर रहेकाे छ भने पछाडिकाे भागमा प्रकाशक किशन लेप्चा र कवियत्रीकै केही गम्भीर मुद्राकाे तस्वीर तथा उनकाे कार्यक्षेत्रकाे संस्थाकाे नाम उल्लेख गरिएकाे पाइन्छ । आवरण चित्र हेर्दा कवियत्रीकाे फुङ्ङ केश छरिएकाे र।आँखामा लगाउने चस्मा निधारमाथि टाउकाेमा राखेकाे देख्दा उनमा साँच्चिकै बालापनकै उत्ताउलाेपन झल्किएकाले कृतिकाे नाम मेराे बालापनसँग ठ्याक्कै मेल खाएकाे देखिन्छ ।तर कवि लेखकहरु समाजका पथ प्रदर्शकहरु हुने भएकाले लाेकार्पण मा राखिने यस्ता कृतिहरुका तस्वीर राख्दा भने विशेष हाेशियारी अपनाउँनु पर्ने आवश्यकता देखिन्छ ।याे कविता सङ्ग्रह ९६ पेजमा रहेकाे पाइन्छ ।
यस सङ्ग्रहभित्र रहेका ४३ ओटा कविताहरु मध्ये १६ ओटा कविताहरु नारीवादी भाव बाेकेका पाइन्छन्।हाम्राे समाजमा नारीलाई कुनै न कुनै परिवेशमा हेला,भेदभाव गरिने,छाेरा सरह नठान्ने र पितृसत्तात्मक चलनभित्र हातपाउ र वाक्स्वतन्त्रता समेतलाई बाँधेर राखी नारीलाई तड्पिएर बाँच्न बाध्य पारिएकाे सन्दर्भ र उनीहरुकाे आवाज सुनिदिने काेही नभएकाे हुनाले बेसहारा रहेकाे कुरालाई कविताले बाेलेकाे पाइन्छ ।बरु ढुङ्गा माटाे सिमेन्टले बनाइएका प्रतीमारुपी लक्ष्मी,सरस्वती,दुर्गा काली आदिलाई पुजिन्छ तर साक्षात नारीलाई हेलाभावले व्यवहार गरिने भएकाले नारीकाे मन सधैं राेइरहेकाे सन्दर्भ उठाएर भावुक बन्दै कवियत्रीले यथार्थवादी भावधाराकाे प्रस्फुटन गरेकाे देखिन्छ ।
नारीहरु मायाका खानी हुन्छन् तर उनीहरु नै माया पाउँनबाट बञ्चित रहेकाे यथार्थता पनि कवियत्रीले ऊजागर गरेकीछिन् ।नारीहरुले न राेजेर पाउँछन् न त खाेजेकै पाउँछन्।उनीहरुकाे जीवनलाई कवियत्रीले सुन्तलाकाे बाेटसँग दाँजेर मार्मिक ढङ्गले भनेकीछिन्-व्यापारीले सुन्तलाका दानालाई माेल माेलाई गरि गरी किने झैं नारीकाे जीवन पनि खरिद बिक्री भइरहेकाे हुन्छ।तर उसकाे प्रतिकार गर्ने शक्तिमाथि अङ्कूश लगाइएकाे हुनाले उसले केही गर्न सक्दिन ।त्यसैले पितृसत्ताकाे अन्त्य गरेर नारी पुरुष समानता काे युग स्थापित गर्नका लागि अब पाेथीहरुले पनि बास्नुपर्छ ।बाेल्नु पर्छ,संघर्ष गर्नुपर्छ ।सधैं चुप लागेर जुम्साे बनेर वा सहेर मात्र हक अधिकार पाईदैन ।हक अधिकार खाेसेर लिने तत्परता पनि देखाउँनु पर्छ ।दारिद्रय गाएर मात्र समानता प्राप्ति हुदैन भन्ने भाव यी १६ ओटा नारीवादी कविताहरुले एकसाथ बाेलेकाे पाइन्छ ।कवियत्री आफू नारी भएर पनि हाेला यस कविता सङ्ग्रहभित्र एक तिहाई भन्दा बढी कविताहरु नारीवादी नै रहेका पाइन्छन् ।
विद्युतिय साधनकाे मानव दास भएकाे प्रसङ्ग"हरियाे बत्ती"नामक कविताले उठाएकाे छ ।विशेष गरी माेवायल,ल्यापटप,कम्प्युटर र टि.भी.आदिलाई उचित प्रयाेग गर्नसके राम्राे तर दुरुपयाेग गरेमा यिनीहरुले हाम्राे जीवनलाई धरापमा पार्नसक्ने सन्दर्भ पनि उठाएर नयाँ पीँढीलाई सचेत गराएकाे देखिन्छ ।धनी र गरिब बिचकाे बढ्दाे दूरी र गरिबहरु प्रति गरिने छुद्र व्यवहार,गरिबका इच्छा चाहना तथा उद्देश्यहरु प्रकट गर्ने कविताहरु पनि यस संग्रहभित्र रहेका छन्।मानिस शक्तिकाे पूजा गर्छ,शक्तिहीनकाे गर्दैन भन्ने सन्दर्भ निभेकाे ठुटाे कविताका माध्यमले कवियत्री नगिताले कुशल प्रस्तुति गरेकीछिन् ।गुरुबिना चेला उत्पादन नहुने,गुरुहरु हेर्दा छुचा जस्ता देखिए पनि मन र साेचका धनी हुने भएकाले उनीहरुले कसैलाई नराम्राे शिक्षा दिँदैनन् भन्दै गुरु महिमा र भक्ति गाइएका कविता पनि सङ्ग्रहभित्र रहेका छन्।वर्तमान युग अस्वस्थ प्रतिस्पर्धातिर धकेलिदै गएकाे सन्दर्भमा आफ्नै आफन्तजन पनि खराब हुनसक्ने भएकाले सचेत बनेर व्यवहार गर्नुपर्ने सुझाव मूलक कविताले हामीलाई झकझक्याएकाे देखिन्छ।असल मानिसलाई जीवितैमा कदर गर्नुपर्छ ।मरेपछि जतिसुकै गुणगान र खर्च गरे पनि त्याे अर्थ विहीन हुने प्रसङ्गका कविताले आजकाे समाज र संघसंस्था लाई सचेत गराएकाे देखिन्छ ।
खराब हाे याे नराम्राे छ भनेर जान्दा जान्दै त्यसलाई गिजाेल्न थालियाे भने त्यसले आफैंलाई नाेक्सान गर्नसक्छ ।त्यसकारण हिलाे चलाउनु भन्दा त्याे हिलाेभित्र कमलकाे फूल बनेर फुल्न सक्नुपर्छ भन्ने सल्लाह कवियत्रीले दिएकीछिन्।उमेरमै ओइलाएकाे पात जस्ताे जीवन जिउने हाेइन।तीन दशक नाघेकै उमेर भए पनि राेमाण्टिक तरिकाले सक्रिय जीवन जिउने उत्प्रेरणा जगाइदिने कविताहरु पनि यस सङ्ग्रहभित्रै रहेकाले कवियत्री एउटा उत्प्रेरणाकाे स्राेत रहेकाे समेत पुष्टि हुन्छ।जे भइसक्याे त्यसमा धेरै साेचेर दुख पीर मान्नु हुदैन भन्ने आग्रह पनि कविता मार्फत कवियत्रीले गरेकाे देखिन्छ ।
देश हाँक्ने नेतृत्व वर्ग स्वार्थमा लिप्त बन्दै गएर देश प्रेम हराएकाे र जनताले दिएकाे मतकाे दुरुपयाेग गर्ने र गाउँ सहर नै भुल्दै गएकाे सन्दर्भ तथा त्यसाे नगर्न आग्रह गर्नुका साथै मन्त्री आउँदा मात्र गरिने मौसमी विकास निर्माणले मात्र देश बन्दैन ।जनता खुशी हुदैनन् ।अर्कातिर जनताले पनि पैसामा खरिदबिक्री भएर कहिल्यै सुख शान्ति नपाइने भाव बाेक्ने कविता पनि यस सङ्ग्रहभित्र पाइएकाले कवियत्री देशकाे वर्तमान परिस्थितिबाट चिन्तित रहेकाे कुरा बुझ्न सकिन्छ ।
आफ्नाे अस्तित्व रक्षाकालागि भेषवूषा ,संस्कार, संस्कृति जाेगाउनु पर्ने र त्यसकालागि असल चरित्रकाे विकास गर्नुपर्ने भन्दै देश पाउने माटाे पाउने नागरिककाे सपनालाई कुठाराघात गरी दौलतमा नरमाउँन अगुवालाई सुझाव र सहिदहरुप्रति सम्मान गर्न आग्रहकाे भाव बाेकेका कविताहरु पनि सङ्ग्रहमा रहेका छन्।भत्काउँन मात्र हाेइन निर्माणमा पनि जुट्न जान्नुपर्छ ।मनुष्य जीवन फेरि पाइने नपाइने थाहा नभएकाले एकफेरा पाएकाे याे जीवन नशामा डुबेर लट्ठ मट्ठ भई कुकुरसँग नसुतौं।मानिसले आफ्नाे धरातल बिर्सिएर उद्देश्य विहीन बन्नु हुदैन ।मानव सेवामा रमाउँन जान्याे भने ऊ मर्दा पनि श्रध्दाञ्जली अर्पण गर्नेकाे भीड लाग्छ भन्ने भाव बाेकेका रचनाहरु पनि यस सङ्ग्रहभित्र पाइएकाे हुनाले कवियत्री मानव जीवन र जगतप्रति धेरै जिम्मेवार रुपमा यस कृतिमा प्रस्तुत भएकाे पाइन्छ ।बालापनमा भाेगेका तीता अनुभवबाट पाठ सिक्दै जीवनमा संघर्ष गरेर अघि बढ्न सके मात्र जीवन सफल हुने र मानव चाेलाकाे अर्थ साकार हुने कुरा बालापन कविताले सन्देश प्रवाह गरेकाे छ ।याे कविता कवियत्रीकाे जीवनकाे प्रतिनिधि कविताकाे रुपमा पनि रहेकाे पाइन्छ ।
यस कविता सङ्ग्रहभित्र रहेकाे समसामयिक र सशक्त कविता"सामान्य सुझाव तिमीलाई "रहेकाे छ।प्रस्तुत कविताले नक्कली साहित्यकारहरुलाई सुझाव दिएकाे छ ।विभिन्न ठाउँमा हुने साहित्य सभामा जाने,खाने र जाेडी बाँधिएर तमासा देखाउँदै हिड्ने अनि आयाेजकलाई खर्च बढाइदिने तर आफू साहित्य सिर्जना पटक्कै नगर्ने नक्कली साहित्यकार भई विकृति फैलाउनेहरुलाई कवियत्रीले राम्राे झापड यस कविता मार्फत हानेकाे देखिन्छ ।
अन्त्यमा,कवियत्री नगिता लेप्चा राईले आवश्यकता अनुसारले बिम्व,प्रतीक र अलङ्कारहरुकाे समेत सरल,सहज र बाेधगम्य तवरले प्रयाेग गरी "मेराे बालापन" कविता सङ्ग्रह सिर्जना गरेका कारण उनकाे साहित्यिक कला,शिल्प प्रखर रहेकाे देखिन्छ ।कतिपय ठाउँमा भाषिक त्रुटि र पुनरावृत्ति रहेकाले शुध्दाशुध्दि र वाक्य गठनमा ध्यान पुर्याउँनुपर्ने आवश्यकता चाहिँ खट्केकाे देखिन्छ ।ती सामान्य त्रुटिलाई बिर्सिदिँदै आगामी दिनमा सच्चिएर कवियत्री नगिताकाे कलम नेपाली भाषा साहित्यमा ज्याेति बनेर चम्किरहाेस् ।उनी यस कविता सङ्ग्रहमा जीवन जगत र मानवीय गतिविधिहरुका सूक्ष्म पक्षहरुकाे अध्येता,पर्यवेक्षक र समीक्षकका रुपमा समेत प्रकट भएकाे पाइएकाले उनी साँच्चिकै एउटा असल स्रष्टा भएकाे यथार्थता पनि पाइयाे ।उनमा कवित्व निपुणता असामान्य देखिएकाले उनकाे दाेस्राे कृति पनि छिट्टै लाेकले पाओस् भन्ने शुभकामनाका साथमा याे छाेटाे कृति समीक्षा यहीँ अन्त्य गर्दछु।जय साहित्य।धन्यवाद।

दमक न.पा. वडा न.-५, झापा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।