16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मुक्तककार तेजनाथ घिमिरेका प्रवृत्ति

कृति/समीक्षा नारायण मरासिनी August 20, 2023, 4:42 am
नारायण मरासिनी
नारायण मरासिनी

१. पृष्ठाधार
पोखरामा बसेर काव्यसाधना गरेका कवि तेजनाथ घिमिरे (वि.सं. १९९६–२०७९) लामो समयसम्म शिक्षण पेशा अँगालेका शैक्षिक व्यक्तित्व पनि हुन् । घिमिरेका रचनाहरू विभिन्न पत्रपत्रिकाका माध्यमद्वारा २०१७ सालदेखि नै प्रकाशित हुन थालेका हुन् । २०१७ सालको गोरखापत्रमा प्रकाशित ‘सन्ध्या’ शीर्षकको कविता नै घिमिरेको पहिलो प्रकाशित रचना हो । घिमिरेका हालसम्म पाँचवटा काव्यकृति प्रकाशित छन् । ‘अनावरण’ मुक्तकमाला– २०५४, ‘देशकाल’ कोशकाव्य– २०६०, ‘सेती गण्डकी’– २०६५, ‘कालचक्र’– २०६६, ‘तेजनाथ घिमिरेका कविता’– २०८० उनका प्रकाशित कृतिहरु हुन् । वेणी, हिमदूत, सारस्वत, भूपी स्मृतिग्रन्थलगायत पोखरेली परिवेशका साहित्यिक पत्रिका तथा विभिन्न स्मृतिग्रन्थहरूको सम्पादनमा संलग्न रहेका घिमिरे ‘पोखरेली युवा सांस्कृतिक परिवार’मा आबद्ध कवि हुन् । गद्दी आरोहण रजत महोत्सव– २०५३ र प्रबल गोरखा दक्षिण बाहु– २०५५ द्वारा विभूषित घिमिरेले अवलोकन प्रतिभा पुरस्कार २०६०, शिरोमणि पुरस्कार– २०६२, राष्ट्रिय मुक्तक पुरस्कार– २०७६ जस्ता पुरस्कारहरू पनि प्राप्त गरेका छन् । यिनका अतिरिक्त घिमिरेले लेखनाथ साहित्य प्रतिष्ठान, नेपाली लेखक सङ्घलगायत अन्य केही सङ्घसंस्थाहरूबाट पनि कदर तथा सम्मान प्राप्त गरेको देखिन्छ । गद्य र पद्य दुवैमा कलम चलाएका भए पनि घिमिरे विशेषतः छन्दवादी कविकै रूपमा परिचित छन् ।
२. मुक्तककार घिमिरे
संस्कृतको ‘मुच्’ धातुमा ‘त’ प्रत्यय लागेर ‘मुक्त’ शब्द बन्छ । यही ‘मुक्त’ शब्दमा ‘क’ प्रत्यय गाँसिएर मुक्तक शब्दको निर्माण हुन्छ । मुक्तकलाई स्वतन्त्र र सहज विषय भनेर अथ्र्याउन सकिन्छ । लघु आकारको आफैमा पूर्ण काव्यात्मक अभिव्यक्तिलाई मुक्तक भनेर चिनाउन सकिन्छ । मुक्तक कविता विधाको लघुतम रूप हो, यसमा लघुताको आभास हुनुपर्छ । सामाजिक तथा अन्य विकृति एवम् विसङ्गतिमाथिको तीव्र व्यङ्ग्यप्रहार नै यसको मूल मर्म हो । मुक्तकमा जीवन अनुभूतिको एक झिल्को रहेको हुन्छ । पहिलो, दोस्रो र चौथो पाउमा अनुप्रास मिल्नु, तेस्रो पाउले भन्न खोजेको कुरालाई सङ्केत गर्दै चौथो पाउले पूरा गर्नु फारसी–उर्दू रूबाइको विशेषता हो । यही कला हिन्दी भाषा हुँदै नेपालीमा भित्रिएको हो । एउटा मुक्तकमा एउटा भाव स्पष्ट रूपमा उत्रनुपर्ने हुनाले वर्तमानमा नेपाली भाषाका मुक्तककारहरूले आफ्ना मुक्तकमा संरचनालाई भन्दा पनि भावलाई बढी महत्व दिएको पाइन्छ । हरफ गन्नुको सट्टा स्पष्ट तथा प्रभावकारी रूपमा भाव प्रक्षेपण गर्न सक्नु सफल मुक्तककारको विशेषता पनि हो । नेपाली भाषामा लेखिएका अधिकांश मुक्तकहरूले फारसी–उर्दूको सायरी परम्पराबाट प्रभाव ग्रहण गरेको देखिन्छ । नेपालीमा रूबाईबाट प्रभावित मुक्तक लेखनको शुरूवातको श्रेय भीमदर्शन रोकालाई जान्छ भने यसलाई मलजल पु¥्याउने काम भूपी शेरचन, हरिभक्त कटुवाल लगायतबाट भएको देखिन्छ ।
पोखराका सन्दर्भमा कुरा गर्नुपर्दा यहाँ मुक्तक लेख्ने तथा सुनाउने परिपाटी २०३० को दशकपछि भ्याङ्गिएको हो । मुक्तकका लागि पोखरा उर्वर थलो पनि हो । पोखराबाट प्रकाशित मुस्कान, प्रयोग, माछापुच्छे लगायतका केही पत्रपत्रिकाहरूले विगतमा मुक्तकका विशेषांक पनि निकालेका थिए । पोखरेली परिवेशमा मुक्तकहरू मात्रै समावेश गरेर मुक्तकसङ्ग्रह प्रकाशनको शुरूवात सरूभक्तबाट भएको हो । सरूभक्तको ‘बन्द खामभित्र’ (२०३५), दीलिप दोषीको ‘अर्को सगरमाथा’ (२०४५), सुकुमको ‘अमिला अणु’ (२०४८), ज्यालादारीको ‘रगतका छिर्का’ (२०४९), रूद्रबहादुर थापाको ‘नाङ्गै उभिएको समय’ (२०४९), कृष्ण तामाङ ‘उदासी’ को ‘घायल’ (२०४९), विश्व शाक्यको ‘पुड्का मान्छेका पुड्का कविताहरू’ (२०५०), नारायण मरासिनीको ‘समयका धब्बाहरू’ (२०५१), कृष्णप्रसाद बाँस्तोलाको ‘मुक्तक बत्तिसा’ (२०५२) जस्ता मुक्तककारहरूका मुक्तकका सङ्ग्रहहरू प्रकाशन भएपछि २०५४ सालमा ‘अनावरण’ मुक्तकमाला मार्फत् कृतिकारका रूपमा मुक्तककार तेजनाथ घिमिरे सार्वजनिक भएका हुन् । २०५४ सालपछि आजसम्म पोखरेली परिवेशमा दर्जनौं मुक्तककारहरुका नयाँनयाँ मुक्तकसङ्ग्रहहरु प्रकाशित भइसकेका छन् र मुक्तककै उत्थानका लागि विभिन्न सङ्घसंस्थाहरु पनि स्थापित र क्रियाशील छन् । घिमिरेले पोखरामै रहेर मुक्तक लेख्ने र सुनाउने काम भने कृति सार्वजनिक हुनुभन्दा लगभग तिन दशक पहिलेदेखिबाटै गर्दै आएका हुन् । उनको ‘अनावरण’मा १५० वटा र ‘देशकाल’मा २०० गरी यी दुई सङ्ग्रहमा जम्मा ३५० वटा मुक्तक सङ्गृहीत छन् । घिमिरेको अनावरणमा सङ्कलित कतिपय मुक्तकहरू चार हरफमा लेखिएका छन्, संरचनाका दृष्टिमा केही मुक्तकहरू फारसी–उर्दूको रूबाईबाट प्रभावित पनि छन् तर कोशकाव्यमा सङ्कलित रचनाहरू भने चार हरफमा लेखिए पनि रूबाईको संरचनाभन्दा पृथक छन् र यी संस्कृत काव्य परम्पराका श्लोक तथा चतुष्पदी हुन् । यिनै दुई कृतिभित्रका मुक्तकका साथै अन्य पत्रपत्रिकामा प्रकाशित केही कविताका आधारमा यस लेखमा तेजनाथ घिमिरेको मुक्तक लेखनगत प्रवृत्तिमाथि विश्लेषण गरिएको छ ।
३. घिमिरेका मुक्तक लेखनगत प्रवृत्ति
३.१. विभिन्न किसिमका विकृति र विसङ्गतिको चित्रण
तेजनाथ घिमिरेका कतिपय मुक्तकहरूले समाजमा देखापरेका विकृति तथा विसङ्गतिमाथि तीव्र व्यङ्ग्य प्रहार गरेका छन् । उनका केही मुक्तकहरू समाजसापेक्ष छन् र ती मुक्तकहरूले समाजसुधारको सङ्केत पनि गरेका छन् । सामाजिक जनजीवनमा देखापरेका अन्याय, अत्याचार, व्यभिचार, हत्याहिंसा तथा शोषणका विरूद्धमा उनका केही मुक्तकहरू सशक्त देखिन्छन् । आर्थिक विषमता तथा गरिबीको चित्र उतारिएका उनका मुक्तकहरूमा भाव प्रभावकारी बनेर आएको देखिन्छ भने व्यङ्ग्य पनि निकै कसिलो देखिन्छ । तुलनात्मक रुपमा ‘देशकाल’मा सङ्गृहीत मुक्तकहरुभन्दा ‘अनावरण’मा सङ्गृहीत मुक्तकहरुले सामाजिक पक्षको वकालत गरेका छन् । समाजमा हुनेखाने भनाउँदाहरूले निम्न वर्गका गरिबनिमुखाहरूलाई हेप्ने प्रवृत्तिको चित्र उनले आफ्ना केही मुक्तकहरूमा उतारेका छन् । अहिले पैसा कमाउने होडबाजीमा केही टाठाबाठा भनाउँदाहरूले विभिन्न एनजिओ तथा बोर्डिङ स्कूल खोलेर अभिभावकहरूलाई ठग्ने कार्य बढिरहेको छ । यो घृणित कार्य शैक्षिक क्षेत्रको मात्रै नभएर सामाजिक क्षेत्रको पनि विकृति हो । यस कुसंस्कृतिलाई मुक्तककार घिमिरेले आफ्नो ‘अभिभावक’ शीर्षकको मुक्तकमा यसरी व्यङ्ग्य गरेका छन्–
सर ! सर !
यी केटाकेटीलाई तपाईंले
आफ्नै ठानेर पढाउनुहोला भन्ने
मैले ठानेको छु
“हो, तपाईंका केटाकेटी मात्र हैन
श्रीसम्पति, घरपरिवार सबै
मैले आफ्नै मानेको छु ।”
(अनावरण– पृ.३६)
प्रशासनिक संयन्त्र जबसम्म पारदर्शी हुँदैन तबसम्म देशले गति लिन सक्दैन । राजनेताहरू स्वच्छ छविका नभएकाले राष्ट्रनिर्माणको कार्य अगाडि बढ्न नसकेको हो । यहाँका महापुरूष भनाउँदाहरू कतिसम्म नीच व्यवहार देखाउँछन् भन्ने कुराको तस्बिर खिच्न पनि मुक्तककार घिमिरेले बिर्सेका छैनन् । भ्रष्टाचारी नेता तथा घुस्याहा कर्मचारीहरू सबैको उनले उछित्तो काढेका छन् । यस देशको मुहार फेर्नका लागि पदमा पुगेकाहरूप्रति उनले ‘को के खान्छ ?’ शीर्षकमा यसरी लेखेका छन्–
पशुहरू भूस खान्छन्
शिशुहरू जूस खान्छन्
यो देशका महापुरूषहरू
पाएसम्म घूस खान्छन् ।
(अनावरण– पृ.२८)
‘काङ्ग्रेस चिरिएको छ धाँजा फाटेर चर्चरी भन्दै’ ‘काङ्ग्रेस’ शीर्षकको रचनामा घिमिरे काङ्ग्रेसको विभाजन भएकामा चिन्तित देखिन्छन् । पार्टीभित्रको गुट–उपगुट उनका लागि सह्य छैन । २०४६ सालपश्चात् राजनीतिक दलहरूमा देखिएको सत्ताप्रतिको मोह अर्थात् पदलोलुपताप्रति पनि उनले व्यङ्ग्य गरेका छन् । उनका मुक्तकमा राजनेताहरूमा आफ्नो दायित्वलाई बिर्सने प्रवृत्ति र व्यक्तिगत स्वार्थ हावि हुँदै जानुजस्ता विकृतिहरूमाथिको प्रहार पनि कम चोटिलो छैन । ‘शासन’ शीर्षकमा उनको व्यङ्ग्य यस्तो छ–
विलासी सुविधाभोगी कुर्सीमा छन् स्वसिद्ध छ
राष्ट्रनिर्माणको काम चौतर्फ अवरूद्ध छ
जो माथि छन् तिनै लाग्छन् प्रशस्त सुविधा लिन
तलका थिचिएका छन्, यसरी चल्छ शासन ?
(देशकाल– पृ.४६)
धेरै पहिलेको समयदेखि चल्दै आएको चाकडी प्रथाले अहिलेसम्म पनि हाम्रो समाजमा जरो गाडिरहेको छ । कतिपय पढालेखाहरुमा पनि स्वाभिमानीपन देखिँदैन, तिनीहरुसमेत चाकडीको घोडेजात्रामा दौडधूप गरिरहेका हुन्छन् । यही संस्कृति झ्याङ्गिएका कारण योग्य मान्छेहरू पछाडि परेका छन् । चाकरीबाजहरु कुर्सीमा बसेकाले नै देशले गति लिन नसकेको हो भन्ने कुराको ठहर मुक्तककार घिमिरेले गरेका छन् । ‘चाकडी’ शीर्षकको उनको रचनामा यही कुरा अभिव्यञ्जित छ –
भयो शिखरमा पुग्ने चाकडी एउटै कडी
नतमस्तक देखिन्छन् घुमाएपछि त्यो छडी
योग्यता पनि चाहिन्न दैव नै दाहिना भए
दक्ष कर्मठ मान्छे त माथि पुग्दै पुगेन ए !
(देशकाल– ३०)
३.२. जनयुद्धप्रतिको आक्रोश
नेपालमा २०४६ सालमा पञ्चायती व्यवस्थाको विरूद्धमा जनआन्दोलन भयो र त्यस आन्दोलनबाट जनताले सीमित अधिकार पनि पाए । सत्ताको स्वाद चाख्न लालायित केही नेताहरूले क्रान्ति पूर्ण रूपमा सफल भएको घोषणा गरे । तत्कालीन श्री ५ महाराजधिराजको जयजयकार गर्दै उनीहरू सत्तामा पनि पुगे । सत्तामा पुगेपछि उनीहरूले सहिदको रगतलाई कुल्चँदै जनआन्दोलनको भावनाविपरीत क्रियाकलाप गर्न थाले । अन्याय, अत्याचार, भ्रष्टाचार र कुशासनका कारण जनता झन् आहत हुँदै गए । तत्कालीन संसदमा रहेको एउटा दल संयुक्त जनमोर्चा नेपालले देश र जनतासँग सरोकार रहेका ४० सूत्रीय माग सरकारसमक्ष राख्दा त्यसलाई रद्दीको टोकरीमा फालिएपछि उनीहरूले नेकपा माओवादीको नाउँबाट सशस्त्र जनयुद्धको थालनी गरे । त्यसले सामन्तवाद तथा साम्राज्यवादका विरुद्धमा जनयुद्ध छेडेको थियो । त्यही जनयुद्ध लड्ने मोर्चा नेकपा माओवादीलाई आतङ्ककारी घोषणा गरेर तत्कालीन सरकारले माओवादीका नेताहरूका सके ज्यूँदा र नसके काटेरै भए पनि टाउका ल्याउनका लागि आदेश दियो । टाउका ल्याउनेलाई ठूलो धनराशिको पुरस्कारको समेत घोषणा ग¥यो । यही परिवेशमा मुक्तककार तेजनाथ घिमिरेले पनि आफ्ना मुक्तकमा त्यस समयको सरकारको स्वरमा स्वर मिलाउँदै माओवादीका नेताहरूप्रति ‘आतङ्ककारी जत्थाका नाइके बेइमान छन्’ भनी विषबमन गर्न पुगेको देखिन्छ ।
राष्ट्रमा आमूल परिवर्तनका लागि प्राणोत्सर्ग गर्न नहिच्किचाउने योद्धाहरूलाई कवि घिमिरेले सम्मान गर्न नसक्नु स्वाभाविक पनि हो । किनभने उनीभित्रको चिन्तन वर्गसङ्घर्षबाट प्रेरित होइन । उनी त परम्परागत सामन्ती संस्कारका उपज तथा आदर्शवादी धारबाट प्रेरित कवि हुन् । हजारौं निर्दोष गाउँलेहरू राज्यआतङ्कको शिकार बन्दा ‘तिम्रा लागि कठै भन्ने को छ तिम्रो समूहमा’ भन्दै कवि घिमिरेले यो जनविद्रोहको लक्ष्य नै छैन भन्ने कुराको सङ्केत आफ्नो देशकालमा सङ्कलित ‘किन लड्छौं ?’ शीर्षकको मुक्तकमा गरेका छन् । ‘सङ्कटकाल’ शीर्षकको मुक्तकमा उनले सङ्कटकाललाई लम्ब्याउनु राष्ट्रका लागि रहर होइन बाध्यता हो भनेका छन् । ‘यी घुर्दछन्’ शीर्षकमा घिमिरेले आतङ्ककारी दलका नेताले गरिबनिमुखाका छोराछोरीलाई युद्धमा होमेका छन्, भोका र नाङ्गाहरूलाई लडाउँदै आफूहरू मोजमस्तीका साथ हसुर्दै छन् भन्ने कुरातर्फ इङ्गित गरेका छन् । आतङ्ककारीका विषाक्त दाँतले जनता डसिरहेको अनुभव गर्ने घिमिरेले माओवादीलाई विषाक्त सर्प (तक्षक) को संज्ञा दिएका छन् । दलित, जनजाति तथा पिछडिएका वर्गले आफ्नो हकहित र मुक्तिका लागि गरेको सङ्घर्षका विरूद्ध लेख्नु भनेको क्रान्ति र मुक्तिको विरोध गर्नु हो । यो जनयुद्धका क्रममा मारिएका देशभक्त सपूतहरूप्रतिको पनि अपमान हो र सामन्ती सत्ताप्रतिको मोह हो । घिमिरेका यी केही मुक्तकको अध्ययन गर्दा ग्रामीण वर्गसङ्घर्ष र जनयुद्धमा उर्लिएको जनताको शक्तिलाई अविश्वास गर्ने प्रवृत्तिका कारण उनको चिन्तन अग्रगमनकारी र प्रगतिशील नभई यथास्थितिवादी रहेको देखिन्छ ।
यस पंक्तिकारले जनयुद्धका क्रममा माओवादीद्वारा गरिएका सबै क्रियाकलापको खुला हृदयले प्रशंसा गर्नुपर्छ भन्ने आग्रह राखेको होइन । जनयुद्धका क्रममा माओवादीहरूले पनि कतिपय गलत कार्य गरेका हुन सक्छन् त्यस्तो गलत कार्यको विरोध गर्नु स्वाभाविक छ । उसका सबै गतिविधि तथा क्रियाकलापको आँखा चिम्लेर समर्थन गर्नुपर्छ भन्न खोजेको पनि होइन । तर नेपाली जनताको मुक्ति, सबै किसिमका निरङ्कुशताको अन्त्य र गणतन्त्रको स्थापना गर्ने उद्देश्य लिएर त्याग र बलिदानका साथ अगाडि बढेको समूहलाई एउटा सचेत स्रष्टाले देशद्रोही भनेर गाली गर्न सक्दैन । कुनै मुक्तकमा घिमिरेले माओवादीहरूलाई राक्षसको संज्ञा दिएका छन् भने कुनैमा चाहिँ जनताको विपना खोस्ने लुटाहाका रूपमा समेत चित्रण गरेका छन् । यस प्रकृतिका मुक्तकहरू ‘अनावरण’को तुलनामा ‘देशकाल’मा बढी नै मात्रामा देखापर्छन् । माओवादी जनयुद्धको विरूद्धमा उनको ‘किन पछि सर्छन् ?’ मुक्तक यस्तो छ–
तथाकथित माओका अनुयायी समान छन्
आतङ्ककारी जत्थाका नाइके बेइमान छन्
आफै आफ्नो कुरो काट्छन् विश्वासघात गर्दछन्
आस्थानिष्ठा हराएको हुनाले पछि सर्दछन् ।
(देशकाल– पृ. ८)
३.३. राजसंस्थाप्रतिको मोह
अझै पनि कतिपय हिन्दु धर्मावलम्बीहरु राजालाई भगवान् विष्णुको अवतार मानिरहेका छन् । कतिपयले महाराजको पूजा गरिरहेका छन् भने कतिपयले आफ्नो सिङ्गो जिन्दगानी नै महाराजको यशोगानमा खर्च गरिरहेका छन् । राजारानीका जन्मोत्सवमा चिरायुका लागि गीत–कविता लेख्ने परम्परा तथा संस्कारबाट पनि तेजनाथ घिमिरे पृथक रहन सकेका छैनन् । राजा भनेका जनताका आशा तथा भरोसाका केन्द्र हुन् भन्ने मान्यता बोकेका घिमिरेले राजसंस्थाको गौरवलाई उच्च महिमाका साथ प्रस्तुत गरेका छन् । राष्ट्रका लागि राजसंस्था अनिवार्य छ, प्रजातन्त्र जोगाउनका लागि पनि राजसंस्था बचाउनुपर्छ अर्थात् राजसंस्था रह्यो भने मात्रै राष्ट्रियता बँच्छ भन्ने कुराको वकालत गर्ने घिमिरे आफ्ना कतिपय मुक्तकमा सामन्तवादलाई पृष्ठपोषण गर्ने मुक्तककारका रूपमा देखिएका छन् । सामन्तवादका नायकको प्रशस्ति गाउनु भनेको सामन्तवादलाई स्वीकार गर्नु हो । सामन्तवादलाई स्वीकार गर्ने स्रष्टाहरू प्रगतिशील र जनपक्षीय हुन सक्दैनन् । यस देशमा राजसंस्था सक्रिय रहेकै कारणले थुप्रै निर्दोषहरू मारिएका छन् भने त्यस्तो निरङ्कुश राजा र राजसंस्थाप्रति सद्भाव राख्नु भनेको सामन्तवादलाई निरन्तरता दिनु हो, अग्रगमनको विरोध गर्नु हो र जनचाहनामाथि कुठाराघात गर्नु पनि हो । घिमिरेका कतिपय मुक्तकमा राजालाई संवैधानिक मर्यादाभित्र रहन आग्रह गरिएको अभिव्यक्ति पनि भेटिन्छ ।
राजसंस्थालाई निरन्तरता दिन चाहने घिमिरेको यो मोह सामन्ती संस्कारको उपज हो । राष्ट्रलाई यथास्थितिमा राख्नु, परम्परागत थोत्रो संस्कारलाई गति दिनु, राष्ट्रलाई अनिर्णयको बन्दी बनाउनु तथा बहुसङ्ख्यक जनताको आकाङ्क्षाविपरीत सिर्जना गर्नुले पनि मुक्तककार घिमिरेको प्रगतिशीलतामाथि प्रश्नचिन्ह खडा भएको छ । काव्यसाहित्यलाई मार्गदर्शनको स्रोत मान्ने घिमिरेको आफ्नो यही विचारलाई पनि कतिपय मुक्तकहरूले खण्डन गरेका छन् । घिमिरले ‘अनावरण’भित्र ‘आफ्नो कुरो’ शीर्षकको भूमिकामा लेखेका छन्– ‘काव्यसाहित्य मनोरञ्जनात्मक मार्गदर्शनको प्रमुख स्रोत हो । काव्यसाहित्यमा मनोरञ्जन रोज्ने र मार्गदर्शन खोज्ने दुवै पक्षलाई समयसापेक्ष एवं सामाजिक चेतनाअनुकूल साहित्य रचनाको खाँचो भइरहन्छ । ......... वर्तमानलाई छुँदै नछुने रचनाले भविष्य कति प्रभावित हुन्छ ? म भन्न सक्दिन ।’ उनका रचनाहरू मार्गदर्शनको स्रोत बनेका छन् वा छैनन्, उनका रचनाले वर्तमानलाई कतिसम्म छोएका छन् ? तलको ‘गौरव’ शीर्षकको अनुष्टुप् छन्दमा संरचित रचना हेर्दा स्वतः स्पष्ट हुन्छ– यो राष्ट्र, राजसंस्था र प्रजातन्त्र बचाउन
छातीमा हात राखेर लागौं गल्ती सच्याउन
राजा र जननेताले सोच्नुबुझ्नु प¥यो अब
धमिल्याउन पाइन्न ऐतिहासिक गौरव ।
(देशकाल– ४५)
जनता एकुट भई सामन्ती राजसंस्थाका विरुद्धमा सडकमा ओर्लिएको समयमा मुक्तककार घिमिरेले ऐतिहासिक गौरव बोकेको राजसंस्थालाई धमिल्याउन पाइन्न भन्नु विडम्बनापूर्ण अभिव्यक्ति नै मान्नुपर्छ ।
३.४. अन्य विविध पक्ष
तेजनाथ घिमिरेको जन्मथलो र कर्मथलो पनि पोखरा भएको हुँदा उनले सेती नदी, माछापुच्छ«े हिमाल र पोखराजस्ता स्थान विशेषका बिम्बहरूलाई पनि आफ्ना रचनामा प्रयोग गरेका छन् । भानुभक्त आचार्य, लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, विश्वेश्वरप्रसाद कोइरालाजस्ता स्रष्टाहरूको प्रशस्तिमा पनि उनका रचनाहरू देखापर्दछन् । उनले आफ्ना कतिपय मुक्तकहरूमा बालअधिकारको खोजी पनि गरेका छन् । जस्तै– ‘बालअधिकार घोषणा’ शीर्षकको रचना हेरौं–
घोषणापत्र जारी छ त्यो बालअधिकारको
ठूलो आँधी हुरी आयो विश्वव्यापी प्रचारको
छापा कागजमा आयो, आएन व्यवहारमा
देखिएन गरिबीले चुसको अनुहारमा ।
(देशकाल– पृ. ३)
‘हाम्रो साख रहिरहोस्’ शीर्षकको कवितामा सामन्तवादलाई शिरोधार्य गर्न पुगेका कविप्रति घिमिरेको अनौठो विचार देखिन्छ । उक्त कविता ‘तनहुँ सम्पर्क समाज’को मुखपत्र ‘तनहुँ सङ्गम’मा प्रकाशित छ । उनले यस कवितामा राजाको टीका थापेर तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका उपकुलपति बन्न पुगेका कविलाई सङ्केत गर्दै लेखेका छन्–
परीक्षाको घडी हो यो त्रिपाठी वासुदेवको
गर्न सक्छन् कि सक्दैनन् ? उपयोग विवेकको ।
जनताको कित्ताबाट बाहिर गई दरबार पसेर महाराजको टीका थाप्नेहरूले जनसाहित्य र जनपक्षीय स्रष्टाहरूको पक्षमा वकालत गर्न सक्दैनन् । जनपक्षीय चिन्तन नभएको कारण नै उनीहरू टीका थाप्न दरबार पसेका हुन् । त्यस्ता दरबारपरस्त स्रष्टाले जनताको हित हुने कुनै पनि काम गर्दैनन् । उनीहरू महाराज र महाराजकै आसेपासेहरूको संरक्षणमा आफ्नो विवेकको उपयोग तथा प्रयोग गर्छन् । विवेक नै नभएको व्यक्तिबाट पनि विवेकको अपेक्षा गर्नु भनेको मूर्खता हो । यही निरर्थक अपेक्षा वासुदेव त्रिपाठीबाट कवि घिमिरेले गरेका छन् । दरबार पस्नेहरूले दरबारकै भलो चिताउँछन, जनताको कल्याण गर्दैनन् । यहाँ कवि घिमिरेले त्रिपाठीको परीक्षा लिनुको कुनै औचित्य नै रहँदैन । पोखराबाट प्रकाशित ‘हिमदूत’ साप्ताहिकको वर्ष ४७, अङ्क १ मा २०६२-०६३ सालको जनआन्दोलन तथा दस वर्षे जनयुद्धबाट केही उपलब्धी हासिल भएपछि घिमिरेको एउटा कविता प्रकाशित छ । ‘अधिनायकको जरा उखेलौं’ शीर्षकको उक्त कवितामा कवि घिमिरेले
उखेलौ सब सामन्ती अधिनायकका जरा
जरा रहेमा उम्रन्छन्, थलो बाँकी छ उर्बरा
भन्दै सामन्ती अधिनायकका विरुद्धमा निकै चर्को आवाज निकालेका छन् । यसरी पछिल्लो समयमा आएर उनले केही प्रगतिशील चिन्तनअनुरूपका रचनाहरू पनि सिर्जना गरेका छन् । पोखरामा चलाइएका प्रतिगमन विरूद्धको आन्दोलनमा पनि उनले सडकमा ओलेर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आफ्ना रचनामार्पmत महत्वपूर्ण योगदान दिएको देखिन्छ । २०६२-०६३ को जनआन्दोलनका समयमा आफ्नो हकअधिकारका निम्ति सङ्घर्ष गर्नुपर्छ भन्दै उनले पोखरेली परिवेशका देशभक्त जनतालाई सामन्तवादको प्रतिरोधमा उत्रन समेत आव्हान गरेका छन् । यसबाट के स्पष्ट हुन्छ भने कवि घिमिरेको चिन्तनमा एकरूपता छैन । उनको सिर्जनपद्धतिमा ढुलमुले चिन्तन देखिन्छ यद्यपि पछिल्लो समयका उनका रचनाहरू पढ्दा उनी ढुलमुले प्रवृत्तिबाट क्रमशः प्रगतिशील चिन्तनतर्फ उन्मुख हुन खोजेको आभास भने मिल्दछ । आध्यात्मिक भावना, भाग्यवादी तथा निराशावादी चिन्तनलाई पनि उनका कतिपय रचनाहरूले प्रश्रय दिएका छन् । प्रेमससम्बन्धी मुक्तकहरू पनि घिमिरेले रचना गरेका छन् । प्रेमसम्बन्धी विषयवस्तु अँगालिएका उनका मुक्तकहरू सामान्य स्तरका छन् । यिनमा जीवनको शाश्वत् प्रेमको भावभन्दा बढी शृङ्गारिकता पाइन्छ तर द्वन्द्वग्रस्त वर्तमानलाई विषयवस्तु बनाइएका केही मुक्तक भने उत्कृष्ट नै देखापर्छन् ।
३.५. शिल्पसंरचना तथा भाषाशैलीगत प्रवृत्ति
तेजनाथ घिमिरेको ‘अनावरण’ मुक्तकमालामा सङ्गृहीत १५० मुक्तकहरू आयामका दृष्टिले घटीमा तीन पंक्तिदेखि बढीमा दश पंक्तिसम्मका छन् । १४२ वटा मुक्तकहरू गद्यलयमा संरचित छन् भने आठवटा मुक्तक शास्त्रीय छन्दमा रचिएका छन् । लयविधानका दृष्टिले यस सङ्ग्रहमा गद्य लयको बाहुल्य छ । गद्यलयका मुक्तकहरूमा अन्तर्लयको सिर्जना गरिएको छ । कतिपय मुक्तकहरूमा अन्त्यानुप्रास नमिलेका पंक्तिहरू पनि देखिन्छन् । अनुष्टुप, मालिनी, शार्दूलविक्रीडित, मन्दाक्रान्ता गरी चार प्रकारका वर्णमात्रिक छन्दमा उनका आठवटा श्लोकहरू छन् । यी श्लोकहरू संस्कृत काव्यशास्त्रीय ढाँचाबाट प्रभावित छन् । यस सङ्ग्रहमा सङ्गृहीत कतिपय मुक्तकहरूमा शब्दालङ्कार र अर्थालङ्कारको पनि उचित प्रयोग देखिन्छ । शब्दालङ्कारतर्फ छेकानुप्रास, वृत्यानुप्रास, अन्त्यानुप्रास, यमक, श्लेष आदि रूपक, दृष्टान्तजस्ता अर्थालङ्कारको पनि प्रयोग भएको देखिन्छ । समाजमा देखिएका विविध विकृत पक्षको चित्रण गर्ने क्रममा विभिन्न किसिमका बिम्ब तथा प्रतीकको प्रयोग पनि मुक्तककारबाट भएको छ । यद्यपि धेरैजसो मुक्तकहरु भने अभिधात्मक शैलीमा नै लेखिएका छन् । भाषिक प्रयोगका हिसाबमा यस कृतिलाई सरल शब्दशय्याको अभिधात्मक मुक्तकसङ्ग्रह मान्न सकिन्छ ।
घिमिरेको अर्को कृति ‘देशकाल’ शीर्षकको मुक्तकसङ्ग्रह हो । मुक्तककार स्वयम्ले यसलाई ‘कोशकाव्य’ को संज्ञा दिएका छन् । यसमा एक ÷ एक श्लोकका २०० वटा मुक्तकहरू सङ्कलित छन् । यहाँका सबै मुक्तकहरू चार÷चार पंक्तिमा संरचित छन् । यी २०० वटा मुक्तकहरूमध्ये १९७ वटा अनुष्टुप् छन्दमा, दुईवटा शार्दूलविक्रीडित छन्दमा र एउटा उपजाति छन्दमा रचिएको छ । छन्दविधानमा कहींकहीं त्रुटि देखिए पनि यस सङ्ग्रहका चतुष्पदीहरू गेयात्मक तथा लयात्मकताका दृष्टिले भने उत्कृष्ट छन् । ‘पाके – का – फल टिप्ने हो, झरे – का – फल छोडियो ।’ (वरमाला ४÷१२ ) जस्तो श्लेष अलङ्कार अनि ‘बदल्न सक्छन् नेताजी छेपाराले सरी रंग’ (काङ्ग्रेस– २९) जस्तो उपमा अलङ्कारलगायत अन्य केही शब्दालङ्कार तथा अर्थालङ्कारको प्रयोग पनि यस कृतिमा समुचित नै देखिन्छ ।
‘अनावरण’ र ‘देशकाल’ दुई मुक्तकसङ्ग्रहको समग्र अध्ययनका क्रममा मुक्तककारले कला तथा शैलीशिल्पमा त्यति बढी ध्यान दिन नसकेको महसुस हुन्छ । यी दुई कृतिबाहेक अन्य पत्रपत्रिकामा प्रकाशित उनका मुक्तक तथा फुटकर कविताहरू पनि प्राय वर्णमात्रिक छन्दमा रचना भएका देखिन्छन् । यसबाट उनी पोखरेली परिवेशमा रहेर कलम चलाउने छन्दवादी हुन् भन्ने कुरा स्पष्ट हुन्छ ।
४. निष्कर्ष
तेजनाथ घिमिरे मोफसलमै बसेर काव्यसाधनामा तल्लीन रहेका साधक हुन् । ‘अनावरण’ र ‘देशकाल’मा सङ्कलित मुक्तकीय रचनाहरूको अध्ययन तथा विश्लेषण गर्दा स्रष्टा घिमिरेले समाजसापेक्ष रचना गर्न खोज्दाखोज्दै पनि आभिजात्यवादी दम्भलाई त्याग्न सकेका छैनन् । दलित, जनजाति तथा पिछडिएको वर्गले सुरू गरेको वर्गसङ्घर्ष अर्थात् नेपालमा तत्कालीन नेकपा माओवादीले सुरू गरेर उत्कर्षमा पु¥याउँदै गरेको जनयुद्धलाई उनले ललकारेका छन् । उनको यो ललकाराइ उनीभित्र रहेको सामन्ती चिन्तनको उपज हो । यो चुनौती जनयुद्धका क्रममा वीरगति प्राप्त गर्ने हजारौं सपूतहरूप्रतिको अपमान पनि हो । राजसंस्था रहनुपर्छ, महाराज संवैधानिक मर्यादामा बस्नुपर्छ भन्ने जस्ता आशय पनि उनका कतिपय मुक्तकमा अन्तर्वस्तु बनेर आएका छन् । महाराजको यशोगान गरिएका उनका कतिपय रचनाका आधारमा उनलाई सामन्ती संस्कारका जालोमा अल्झिरहेका कविका रूपमा पनि लिन सकिन्छ यद्यपि उनका रचनाहरूमा सामाजिकताको पुट अर्थात् जनपक्षीय चिन्तन कत्ति पनि छैन भनेर भनिहाल्न चाहिँ मिल्दैन । यिनै दुई प्रवृत्ति बीचको चिन्तन नै मुक्तककार घिमिरेको जीवनदर्शन हो । सामाजिक, प्रशासनिक तथा राजनीतिक क्षेत्रमा देखापरेका विकृतिहरूको उनले पर्दाफास गरेका छन् । कतिपय मुक्तकहरूमा उनले कुसंस्कारको विरोध गर्दै सभ्य समाजको चाहना पनि राखेका छन् । यसका साथै ठूलाबडा भनाउँदाहरूप्रतिको व्यङ्ग्य, भ्रष्टाचारी तथा घुस्याहा नेता एवं कर्मचारीहरूमाथिको प्रहार भने उनका मुक्तकमा पाइने विषयवस्तुका उल्लेखनीय पक्ष हुन् ।
सन्दर्भसूची
१. खनाल, कुलप्रसाद (सम्पा. संयोजक). (२०६२ ). तनहुँ सङ्गम. अङ्क– २. पोखराः तनहुँ सम्पर्क समाज ।
२. घिमिरे, तेजनाथ (२०५४). अनावरण (मुक्तकमाला). पोखराः पो.यु.सां.प. पोखरा ।
३. घिमिरे, तेजनाथ (२०६०). देशकाल (कोशकाव्य). पोखराः फेवा प्रकाशन प्रा. लि. ।
४. ढकाल, घनश्याम (संपा. २०६२. यथार्थवादी नेपाली समालोचना. पोखराः गण्डकी साहित्य सङ्गम ।
५. प्रतीक, बद्रीविनोद (सम्पा. २०६३). हिमदूत. अङ्क– १. वर्ष– ४७, पोखरा ।
६. रेग्मी, सनसमीक्षा

६. रेग्मी, सनत (प्रधान सम्पा.) (२०५७). समकालीन साहित्य. पूर्णाङ्क– ३८, काठमाडौंः ने.रा.प्र.प्र. ।
७. लम्साल, रामचन्द्र (२०६२). स्नातकोत्तर शोधपत्र. तेजनाथ घिमिरेको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन. पोखराः पृ.ना. क्याम्पस ।
८. शर्मा, गोविन्दप्रसाद. (सम्पा. २०५०). प्रयोग, पूर्णाङ्क– ६. पोखराः प्रयोग समूह ।

ज्याग्दीखोला, स्याङ्जा, हालः पोखरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।