१
पाखाका पहरा अनेक छहरा खोला र नालाहरू
बग्छन् कल्कल जो मिठास स्वरमा नौला सुनौला अरू
हाम्रा स्वच्छ हिमाल हाँसिरहने नाँच्छन् त डाँफेहरू
पूmल्छन् पूmल सदा पहाड वनमा गाए त क्वैलीहरू
२
मेरो आँगन बोट वृक्षहरूका वास्ना चले हर्हरी
मेरो भाव र भावनासँग रहे त्यै गाउँका सुन्दरी
भाषा भेष कला छ संस्कृति अझै साहित्य मार्गहरू
बोक्दैनौ धनमान, शान जुन हो वोकिन्न दौलत्हरू ।
३
पर्दा सूर्य र चन्द्रका किरण यी बाटो उजेलिन्छ रे
मान्छेका छल दुष्ट औ कपटले बाटो अँधेरिन्छ रे
के कस्तो मन हो बिषाक्त धनले कुण्ठा सँधै बढ्छ रे
लोभै–पाप बढे अझै हृदयमा मै शून्यतामा छु रे
४
कोदो फापर लौ त धान गहतै झुल्ने त खेतै गरा
मान्छेका पसिना बगे त पहिले ऐले परत्रै बरा
बग्दैछन् कतिका त हाड खिइए तङ्रिन्न कैलै पनि
के पो राष्ट्रियता भयो नि अहिले मान्छे भगायौँ अनि ।
५
हाम्रा ती इतिहासका धरहरु सद्धभाव छाइरहोस्
मेची पश्चिममा छ साँध रसिलो मुस्कान पाइरहोस्
मेरो अन्तिम सास यै जगतमा हाँसेर मस्कि रहोस
यो मेरो देश हो अनन्त जुग यो साँचेर बाचिरहोस्
(छन्दः शार्दुलविक्रीडित)
निब्वाबोट, आँधीखोला गाउँपालिका ,स्याङ्जा जिल्ला, हाल कठमाण्डौं ।