16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

समयको प्रतिबिम्ब

कथा छत्रमान सुब्बा September 4, 2023, 10:56 am
छत्रमान सुब्बा
छत्रमान सुब्बा

वीरकुमार एकदिन बाटोको दुबैपटि ख्यालठट्टा गर्दै खुसीमा एकअर्कासँग माया साटासाट गर्दै हावामा नाचिरहेका बोट-बिरूवालाई ख्याल गर्दै कार्यालयबाट घर फर्कियो ।मूलसडकको दाहिनेपट्टी एउटा वरको अर्को पिपलको जस्ता बुढा रूखहरू देख्यो ।यिनीहरू एकले अर्काको जरामा यसरी अङ्गालो हालेर कसिएका छन् मानौ उनीहरू युगौंदेखि नछुटिने बाचा बाधेका हुन अथवा हामी एकअर्काको परिपुर्ति हौँ भन्ने सन्देश दि रहेका छन्।नजिकै बाट ख्यालगर्दा उनीहरूका अाङभरि चरा,मुसा,कमिलादेखि लिएर अनेक किसिमका साना-ठूला प्राणीको एउटा सुन्दर संसार देखिन्छ ।हेर्दा यस्तो अनुभव हुन्छकि यो एउटा प्राणीविश्व नै हो जहन सबै थरिका सबै थरिका प्राणी कुल शान्तिसँग वर्षाैंदेखि मिलेर बसेका छन् ।त्यहाँ कतै सानो -ठूलो ,सेतो-कालो ,धनी -गरिब र देशीविदेशीको रेखा कोरिएको छैन ।तर मानिसले आफैलाई जीवश्रेष्ठ भन्दै रङ्गभेद र देशी-विदेशीको शब्दले आफैलाई धुदै मान्छेलाई अत्यचार गरेको देखेर ऊ आश्चर्य मान्छ ।
वीरकुमार अमेरिका गएर पाँच वर्ष पछि आमासँग फोनमा बोलेको थियो आअज पहिलोपल्ट ।किनहोला आमाको बोली सुनेर वीरकुमार आवेगिक भएको थिएन जति आमाको बोलिमा आत्मियता थियोे ।एकमात्र छोरा कमाउनु गएर पहिलोपटक बोलेको बोलिमा आमाले पूर्णरूपमा पुत्रस्नेह बगाई दिएकी थिइन ।छोराले भने उपचारिकता मात्र निभाएको थियोे । किनभने साइबर संस्कृतिको चरम चुलिमा लम्किदै गरेको भूमिमा टेकेर तकनिकी विकासमा पुरिएको वीरेले आफू जन्मेको गाउँ ठाउँ लाई अब ओडार जस्तो मात्र सम्झिन थालेको थियोे । तर उसको त्यो सानो गाउँमा आमाको जति जति कष्ट र श्रमले शरीर सुक्दै गएको थियोे उति उति छोरालाई उचालेर मेचिगन विश्वविद्यालयमा अध्यापक बन्न पुर्यायो।अनि ऊ अमेरिका पुगेपछि इटलीकी युनालाई जीवनसङ्गिनी बनाएपछि जन्मेको देशलाई भुल्दै गइरहेको थियोे ।उनीहरूको युग्म जीवनको दुई वर्ष पछि एउटा सन्तान आधार बनेर आएको छ। त्यो सन्तानले पनि त्यही सुन्दर भविष्य निर्माण गरोस् भन्ने चाहान्छन उनीहरू। आफूपनि त्यहीँ जीवन बिताउने सपना देख्न थालेका पनि निकै वर्ष भयो । वीरकुमारले त्यहाँ पाचवर्ष युनासँग बिताएपछि आमालाई सम्झिएर घरमा फोन गरेको थियोे ।
तर अमेरिकाको गत पच्चीस मईको घटनापछि वीरकुमार दोधारमा परेकोछ। किङकर्तव्यविमूड भएकोछ।अफ्रिकी मूलको अमेरिकी नागरिक जर्ज फ्लडलाई पुलिसले गलाघोटेर निर्मम हत्या गरेको खबरले ऊ झस्किन्छ। बराक ओबामा अमेरिकी राष्ट्रपति भएपछि त्यहाँ रङभेद मेटियो होला भन्ने उसले जुन धारणा गरेको थियोे त्यो ईतिहास फेरि एकपल्ट दोहोरिदा वीरकुमारको मन मूलभूमिपटि फर्किन खोज्छ।त्यसबेला उसलाई डा० अनुजकृपालनि जस्ता महान विज्ञानी अमेरिकाको ऐश्वर्य त्यागेर भारत फर्केको अर्थपूर्ण लाग्न थालेको छ।
अमेरिकी- अफ्रिकी सम्बन्ध त छ:सयवर्ष पुरानो होत।अफ्रिकी मूलकी अमेरिकी नागरिक भएर टोनि मरिससले( 1993)नोबेल पुरस्कार विजयी गरिसक्दा पनि वर्णभेद नमेटिदा उसको अन्तर मन एक किसिमले हाहाकार गर्नु पुग्छ।
त्यसकारण वीरकुमारले पहिलोपल्ट युनाले बनाएको खीरमा आमाको अनुहार देख्यो ।प्लेटमा सजायको सबैथोकमा स्वदेशको सुवास भेट्यो। अनि सधैकोभन्दा भिन्दै स्वादमा अाज उसले खाना खायो ।
अवश्य कहिलेकाही आमालाई अमेरिका लाने कुरा उसले नसोचेको पनि होइन,तर अामा मान्दिनन ।उसले एकपल्ट निकै ढिपी गर्दा अामाले भनिन-छोरा,मलाई तिमीसँग त्यहाँ जान त मन लाग्छ तर त्यो मेरो लागि विदेश हो छोरा।म त्यहाँ तिम्रा बाबुको केही चीजबीज देख्न पाउदिन।बाबुसँग बिताएका मेरा केही पलहरू केही बसन्तहरू म यहीँ गाउमा भेटि रहन्छु,देखि रहन्छु। आँखाले नदेखे पनि यो मनले तिनै कुरा खोजी रहन्छन्। बाबु पच्चीस वर्ष नपुग्दै बित्नु भयो।अाज उनी भएका भए लगभग साठी वर्षका हुने थिए।परन्तु म उनीलाई आज पनि पच्चीस वर्षको देखि रहन्छु ,छोरा ।
बारीको कान्लाभरि तिम्रा बाबुले रोपेका केराका बोटहरू जिउँदै छन्। बाबुको याद आउँदा म कहिलेकाहीँत्यहीँ गएर बस्ने गर्छु। केराका पातहरू हल्लिदा बाबू छेउमा बसेर मलाई पङखा घुमाएको जस्तो लाग्छ।यतिभन्दै आमा आँसु झार्छिन जो छोराले देख्न सकेन।
आमा फेरि बोल्छिन -बारीका बासघारीमा मलाई बाबुले बोलाए जस्तै भ्रम हुन्छ ।एकपल्ट म त्यहाँ गएर हेर्दा बाबुका पाखुरा जस्तै बासका बोटहरू देखे।अाँखा चिम्लेर छ्याप्प अङगालो हाले ।मैले यसरी अङगालो हाल्दा तिम्रा बुबा ले भन्दै थिए-तिमी मभाटौ छिट्टै आउने छौ, बोगी।अब यसरी एक्लै एक्लै तिमीले धेरै दिन बस्नु परदैन भनेको सुने। त्यतिभनेर उनीबाटो लागे । म पनिसँगै जान्छु भन्दै कराउदै उनको हात समाते ।मलाई जोडसँग झडकारेर अहिले जानू पर्दैन भनेर उनले कराउदा म झसङ्ग भएर, होस खुल्यो । आँखा खोलेर हेर्दा बासको टुप्पोमा बकुलाको गुड देखे। मलाई उसको बच्चा लिन आ एको सिकारी सम्झेर पो बकुलाको आमा जोडजोडसँग कराउदै गरेको रहेछ।मलाई घरिघरि यस्तो भै रहन्छ। छोरा तिमीलाई बाचुन्जेलसम्म हेरिरहनु मन लाग्छ तर भाग्यमा जुरेन । तिमी टाढा छौ।मेरो दिन धेरै छैन।अब म टाढालाई लिएर बाच्न चाहन्न । आमा फेरि एकपल्ट रसाइन।यी जम्मै कुरा अामा छोराबिच फोनबाट नै भयो ।यो फोन पनि ईश्वरको वरदान रहेछ नत्र म छोराको बोलिसम्म पनि सुन्न नपाइ मर्ने थिए होला । आमा मनमनै भगवानलाई धन्यवाद दिन्छिन।
वीरकुमारले फोन राखेपछि एकपल्ट विमल बराको कुरा सम्झिन्छ।उसले भनेको थियो -जागिर र रोजी-रोटिको खोजिमा यहाँ आए पनि मन त सधै जन्मभूमितिरै उडेर जान्छ।,,बिमल बराको घर असम बालिपडामा हो ।युवा अवस्थामा अमेरिका पुगेको कमाएर अाफ्नै देश फर्किने सपना मनबाट मेटिएको छैन ।यसरी मूलभूमिमा फर्किने सपना साचेर विदेश लागेका हजारौं मानिस उतै टासिएका छन् ,उतै गासिएका छन् र देशभन्दा भन्दै विलाएका पनि पाइन्छ ।
अमेरिकामा धेरै असमियाहरू पनि छन् । त्यहाँ असम एशोसिएशन खोलेर प्रति वर्ष असम उत्सव मनाएर आफ्नो छुट्टै परिचय कायम राखेका छन् ।त्यहाँ लाखौं भारतीयहरू पनि छन् ।ती जम्मै असमियाहरूका मन सबै भारतीय हरूका मन मेरै जस्तो अस्थिर र अशान्त भै रहन्छ कि? कसैलाई सोध्नुपनि आफै हिनतामा भोगेको महसुस गर्छ वीरकुमार। फेरि अमेरिकामा केवल भारतीयहरूमात्र होइन बेलायतका अफ्रिकी,, चिनियाँ, जापानी ,क्यूवान, मेक्सिकन, फिलिपिन्स, पर्तोगिज, स्पेनिसर अन्य जातिको मिश्रित समाज छ।यी सबैको खुन पसिनाले अमेरिका यतिमाथि पुगेको छ भन्ने उसलाई लाग्छ आजको अमेरिका बनेको छ।छि:म मात्र किन यसरी डराएर दोधारे मन भिरेर बाच्दैछु-आफैसँग गनगन गर्छ।
एशिया मा भारत ,चीन र फिलिपिन्स विश्वमा सबै भन्दा धेरै मानिस विदेश पठाउने देश हुन।त्यसमा पनि भारतदेखि मात्र अठार करोड जति नागरिक संसारका विभिन्न देशमा छरिएका छन् ।विश्वभरका मानिस यताका उता र उताका यता आ वत-जावत चलि रहन्छ ।यो गतिक्रम युगौदेखि निरन्तर रूपमा चलि रहेको छ।मानिसको विभिन्न देशमा आउने-जाने प्रक्रिया कहिले रोकिने होइन, त्यसो हुदा वीरकुमार र युनाले मात्र आआफ्नो देश भन्दै फर्किने कुरा सोच्नु उचित होला र? धेरै भारतीयहरूसँग वीरकुमारको परिचय छ। त्यसमा करूना पनि एकजना हुन।असमबाट अभियन्ताको रूपमा काम गर्न अमेरिका पुगे ।जन्मभूमिको मायाले असम फर्किए ।असम आएर पुरानो काममा फेरि देश सेवाको मनभावले लागि परे।तर जतिसुकै अमेरिकालाई भुल्ने प्रयास गर्छन उति अमेरिका प्रति नै मन तानिन्छ। कारण यहाँ उनले आफ्नो प्रतिभा र बुद्धिमत्ता सहि तरिकाले प्रयोग गर्ने अवसर नपाए पछि दोस्रोपटक अमेरिका फर्किए ।तरपनि मूलभूमि प्रतिको श्रद्धा कमेको छैन।
वीरकुमारले संसारलाई हेर्दा कुनै पनि देशका नागरिक नछरिएका, मिश्रित नभएका छैनन् ।यी सबै मानिस भय, शङका,अस्थिरता,पराइपन, उदासिनता,निराशा र द्वैध मानसिकतासँग सहवास नगरे यस युगमा कुनै निस्तार नहुने भन्ने बुझेपछि वीरकुमारले दुईवर्षे छोरालाई टाटा गर्दै कार गन्तव्य स्थानपटि्ट मोडि दिन्छन् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।