19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल सूर्यराज गिरी October 27, 2008, 2:28 am

बेइमानीको दुनियाँमा इमान्दारीको शहर मिलेन

आफ्नै मान्छे शत्रु बने बाँच्ने अब रहर मिलेन

बैगुनीलाई मार्नुपर्छ गुणले भनि सिकाउँथी

साँचो झुठो के बोलेकी केही कुराको ठहर मिलेन

फुटिगयो मनको बाँध रोकिएन अश्रुधारा

समाहा राखी छोडौँ भने भरपर्दो नहर मिलेन

पलपलमा घोचिरह्यो निष्ठूरीको सम्झनाले

एकै खेपमा याद मेट्ने कतै पनि जहर मिलेन

तड्पीएर बिछोडमा एउटा गजल लेख्न खोजेँ

सोच्नु सोचे एकान्तमा अझै पनि बहर मिलेन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।