एक पटक तिम्रो मुहार हेर्न पाए हुन्थ्यो प्रिय !
नभागेर टाढा टाढा नजिक आए हुन्थ्यो प्रिय ।
पर पर किन भाग्छौ दिलैदेखि चाहन्छु म
चोखो छ कि छैन माया कसि लाए हुन्थ्यो प्रिय ।
मैले कति गुणगान तिम्रो गाएँ साध्य छैन
हाम्रो पुनर्मिलनको गीत गाए हुन्थ्यो प्रिय ।
चस्स छाती दुख्छ मेरो तिमी टाढा हुन खोज्दा
सधैभरि मेरो आँखाअघि छाए हुन्थ्यो प्रिय ।
कैयौँ पटक खाएँ मैले चुम्बन तिम्रो अधरको
नबिर्साउने गरि मेरो म्वाइ खाए हुन्थ्यो प्रिय !!
फोक्सिङ, गुल्मी