19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

तिमी, तिमी, तिमी, तिमी

कविता प्रा. डा. मोहन प्रसाद जोशी September 30, 2023, 9:10 pm
प्रा. डा. मोहन प्रसाद जोशी
प्रा. डा. मोहन प्रसाद जोशी

जलमा, थलमा, नील नभमा
ताल तरङ्गमा, भावमा, भवमा
बादलमा, बालुवामा, वन-बिरुवामा
कपासमा, बतासमा, महाकाशमा
तिम्रै अनन्त बहाव म देख्छु
तिम्रै झमझम झङ्कार सुन्छु
तिम्रै नृत्य म नित्य हेर्छु
तिम्रै रङ्गीन रञ्जन देख्छु,
बाहिर मात्र भिन्नभिन्न देख्छु
भित्र निहार्दा अभिन्न देख्छु,
जेजति देख्छु तिमी नै देख्छु
तिम्रै छाया र माया देख्छु ।
तिम्रै रीत, तिम्रै प्रीत
तिम्रै रूप, तिम्रै रङ्ग
तिम्रै सँग, तिमीसँगै दङ्ग ।
मेरो मनमा केवल तिमी
तिमी, तिमी, तिमी, तिमी ।

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।