18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मन

कविता शेखर ढुंगेल October 31, 2008, 1:49 pm

इच्छा अनि अनिच्छाका

सागरमा

बादलमुनिको तुवाँलोले ढाकेका

रहरहरु ओछ्याउँदै

सुस्ताइरहेको छ, विक्षिप्त यो मन

उकाली-ओरालीको गोरेटोमा

अनपेक्षित झरी खेप्दा

मनको धाँजा फाटेका छन्

नौलो विहानीको आशा बोकी

पिल्सिएको घाउ सुकाउँदै

नंग्राहरु घिसार्दै छ, यो मन

जँघार यो जिन्दगीको

खहरेहरुमा

असीमित लाप्पा खेल्दै

गति र अगतिको कसीमा

निचोरिंदै

कदम-कदममा रापको

खरानी बनी

आज कतै

भैतारिएको छ, यो मन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।