16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बालुवाको घर

कथा कृष्ण प्रर्साई October 31, 2008, 1:57 pm

नीलिमा ! र्सवप्रथम मैले तिमीलाई बालुवाको घर बनाएर अरु स्थानीय आदिवासी केटाकेटीहरुसँग खेल्दै गरेको देखेको थिएँ । त्यसबेला तिमीले धेरै पुरानो र फाट्न लागेको पानबुट्टे भोटो लगाएकी थियौँ । कम्मरभन्दा तल भने तिमी निर्वस्त्र थियौ । उदाङै थियौ । नाङगै भएकाले नै तिमी ज्यादा शोभायुक्त देखिएकी थियौँ । अझ भनौँ शरीरमा लुगाको प्रयोग जाडोबाट बच्नभन्दा पनि लाज ढाक्नका लागि गरिन्छ भन्ने कुराको ज्ञान तिमीमा रत्तिभर थिएन । त्यसो नहुनुमा नै आनन्द थियो होला । तेसैले तिमी आफैमा आनन्द खोजेर, आनन्द भेट्टाएर र अरु साथीहरुलाई पनि आनन्द बाँडेर बालुवाको घर उठाइरहेकी थियौ । मैले त्यसैताका देखेको थिएँ, तिमीले आफ्ना सम्पूर्ण आनन्द अर्पेर उठाएको त्यो घर बारम्बार लडिरहेको थियो ।

तिमीलाई थाहा हुनुपर्छ, तिम्रो वासस्थानको नजिकै घरमा पाहाडबाट बसाइँ सरेर हामीले भरखरै आश्रय लिएका थियौँ । अथावा त्यसताका थाहा भएर पनि अहिले तिम्रो सम्झनाबाट हराएर हुनसक्छ, हामीले बसाइँ सरेका घरमा तिम्रा अरु पनि मिल्ने साथीहरु थिए । जसमाथि थपिएको मेरो भाइ पनि तिम्रो लागि अर्को सहयोगी बनेको थियो । त्यतिमात्र होइन हाम्रो बर्साईँ सर्राईले प्रथमपटक तिम्रो गाउँमा पाइताला टेकेको दिन तिम्रा घरका अधिकांश सदस्यहरु साँझपख हामीले बिसाएको भारी र थकाई सँगैको सुस्केरा बिरानो नहुँदै हामी आश्रति घरमा हाम्रा नयाँ अनुहारहरु हेर्न आएका थिए । तिमीलाई चैँ मैले त्यतिखेर त्यो जमातमा देखेको थिइनँ । हुनसक्छ त्यो दिन पनि तिमीले बालुवाको घर बनाइ खेलेकी थियौ होला र दिनभरी बनाएको बालुवाको घरले थकाएर तिमीलाई मीठो न्रि्रामा सुताउको थियो होला । त्यो समय जाडोको महिना परेको थियो । जाडामा केटाकेटीहरु चाँडै सुत्ने गर्दछन् । फेरि तिमी जस्तो सानै उमेरका केटाकेटीहरु त्यति ठूलो साँझ परेपछि बाहिर निस्कने कुरा पनि त भएननी, होइन त ?

छिमेकी घरमा आफू समानका मान्छे को को छन् र तिनीहरु कति मिलनसार छन् भन्ने कुरा त्यस उमेरमै राम्ररी जान्न सकिन्छ जुन उमेर तिमीले त्यतिखेर बोकेकी थियौ । केही दिनमै मेरो भाई तिम्रो अभिन्न साथी भइसकेको थियो । तिमीहरु पहिला जसरी नै बालुवाका घरहरु बनाई खेल्ने गरेका थियौ । गाउँमा भाँडाकुटी खेल्ने चलन त्यस समय पुगिसकेको थिएन । मैले पनि भाँडाकुटी भन्ने सब्द शहरमा आएर मात्र सुनेको हुँ । त्यतिमात्र होइन शहरमा त त्यतिखेर देखिने तिमीहरुको उमेर तापेका केटाकेटीहरुक लागि भाँडाकुटीबाहेक खेल्ने र चढ्ने साथीहरु पनि अहिलेको विज्ञानले प्रशस्त छाडेको छ । विज्ञान हाँसेको ठाउँमा गाउँ जस्तो सस्तो रुपमा बालुवा र ढुङ्गाहरु कहाँ पाइँदा रहेछन् र !

हामी बर्साई सरेको दुई वर्षपनि राम्ररी वित्न नपाई तिमीसँग खेल्ने मेरो भाइ एकै हप्ताको ज्वरोले बितेको पनि तिमीलाई थाहा हुनुपर्छ । त्यो समय हाम्री आमा अचाक्ली रुनु भएको थियो । आफ्नो सन्तानको मृत्यु आमाका लागि आफ्नै मृत्यु समान लाग्छ रे आमाले त्यही समय रुँदै भन्नु भएको थियो । फेरि भाइ जन्मने वर्षआमालाई धेरै दुःखहरुको प्रतिकार गर्नु परेको थियो रे । त्यसताका हामीलाई गरीबीले किनेको थियो रे । भाइको न्वारान गर्दा समेत चामल नपाएर कनिकाको सिधा राख्नु परेको थियो रे । त्यतिखेरको सुत्केरी अवस्थामा राम्रो खान नपाएर छिनेको आमाको जीउ पछिसम्म तङग्रेको थिएन । मेरी आमाको कुरापछि त्रि्री आमाले भन्नु हुन्थ्यो तिमी माथिका दुइ पनि त्यसरी नै मधेशको ज्वरोले बितेका थिए रे । झन्डै उसको उमेरको थियो भनेर त्रि्री आमाले मलाई संकेत गरेर औल्याउँदै देखाउँदा त्यसबेला म समेत झसङ्ग भएको थिएँ । मेरो झण्डै सातो गएको थियो । म हत्त न पत्त तर्से मेरी आमा छेउ पुगेको थिएँ । किन हो कुन्नी त्यो दिन मलाई त्रि्री आमासँग सानातिनो घृणा पलाएको थियो । म निकै तेस्रो रहेछु क्यारे, रातभर ज्वरो पनि आयो । आमा झन धेरै अत्तालिनु भएको थियो । तर म भोलिपल्ट नै जाती भएँ । त्यसपछि मैले तिमीलाई मेरो भाई बितेको दिनदेखि दश पन्ध्र दिन पछिसम्म तिम्रो घरमा देखेको थिइन । पछि बुझदा सँगै खेल्ने साथीको हंशले सातो लान्छ भनेर बिर्सनका लागि तिमीलाई केही दिनको लागि त्रि्री फुपू कहाँ पठाइएको रहेछ । त्यहाँ पनि तिमी राति धेरै पटक तर्से थियौ रे । धाइजनको धामीले तिम्रो सातो बोलाउन ढ्याङग्रो ठोके पछि मात्र तिमी सन्चो भएर घर फर्केकी थियौ रे, त्रि्री आमा त्यसै भन्नु हुन्थ्यो ।

त्यसपछि तिमी क्रमशैः बढेकी थियौ । तिमीले लगाउने भोटाहरु साँघुरिएर तिनीहरुको ठाउँ जामाहरुले लिइसकेका थिए । तिमी भित्रको लाज जाग्राम भएर देखिन लागेको थियो । तिमीले बलुवाका घरहरु बनाई खेल्ने ठाउँमा हामीले एउटा घर उभ्याएका थियौँ । थाहा छ तिमीलाई ? त्यसबेला तिमी मसँग हल्का भएपनि संकोच लिन थालिसकेकी थियौ । तिम्रो निर्दाष र चञ्चल व्यावहारहरु त्यतिबेलासम्म पनि हटिसकेका थिएनन् । त्यति खेरै हो जस्तो लाग्छ, हाम्रा घरबाट पूर्वतिर रहेको चुवाको बुढो रुख पत्याइनसक्नु पाराले फुल्ने गर्दथ्यो । चुवाको फूल भने पछि हुरुक्कै हुने तिम्रो बानीसँगै मैले हिड्नु पर्दा एक दिन धेरै नराम्ररी कुटाइ पनि खाएको थिएँ । थाहा छ, त्यो कुटाइ मेरा बाको थियो । देवीको मन्दिर क्षेत्रभित्र फुल्ने रुखमा चढ्यो भने देवी रिसाउँछिन र घरमा अपसकुन फैलिन्छ भनेर बाले मलाई बेस्कन पिट्नु भएको थियो । तिमी पनि त चुवाको फुल टिप्न त्यसै रुखमा चढेकी थियौ नी । चढ्नु मात्रै होइन चुवाको त्यो कमलो हाँगो भाच्चिएर छेवैबाट भूइँमा लडेकी पनि थियौ । चुवाको हाँगोले दर्खर्याएको पाखुरामा मैले कसरी धुलो माटो लगाएर हल्का आउँदै गरेको रगतलाई थामिदिएको थिएँ, हैन र?

मैले गाउँको स्कूलमा पढ्न थालेपछि तिम्रा संकोचहरु केही कम हुन थालेका थिए । फलस्वरुप हामी एक अर्काका साथी जस्तै थियौँ । हामीले गरेको एउटा गतिलो चर्तिकला बिर्सेर छैनौ भने थाहै होला । साँच्चै त्यो दिन मलाई त्यो चिमरिया सरले कसरी झुण्ड्याएर पिटेको थियो - त्यतिखेर मैले गोदाइ सहन नसकेर हाफ्प्याण्टभरी, पिसाव फेरेको थिएँ । त्यो अपराधका लागि तिमी पनि त दोषी थियौ नी । मैले भनेको मान्नै पर्छ भन्ने तिम्रा लागि जरुरी पनि त थिएन । मैले भनेको तिमीले सहर्षमान्यौ । तिमीले नै अन्त्यमा मेरो पोल समेत खुलायौ । परिणाम मैले झुण्ड्याइएर पिटाइ खानु पर्यो । तिमीले यस अर्थमा परेन कि तिमी मभन्दा सानी थियौ ।

अँ कसरी पर्न गएछ हगी त्यो एउटै भुरो माछो हाम्रो दुध रहेको बाल्टीनभित्र ? दुई महिनासम्म होइन, हामीले त्यही खोलाको किनारमा गएर गुपचुप गुपचुप त्यसरी नै गरी तिमीले बेच्न ल्याएको दुई लिटर दुधलाई पाँच अन्जुली पानी मिलाउँदै तीन लिटर दुध बनाएर पसले साहुनीलाई दिने गरेको र? खोलाको पानी थपे जत्ति दुधबाट आएको रुपैयाँलाई हामीले बराबरी बाँडेर गोजी खर्च चलाउने गरेका पनि त थियौँ । दुई महिनासम्म चै हाम्रो चलाकी थाहा पाउन नसक्नु र त्यही दिन चैँ किन होला पसले साहुनीले पनि दुध छान्ने जालीमा त्यही माछाको सानो पिउसो अड्केको पाउनु ! कस्तो दर्ुभाग्य थियो त्यो ।

स्कुल पुग्ने हतारमा हामीले हाम्रो अन्जुलीको पानीमा त्यति सानो भूरो माछा पसेको देख्तै देखेनछौँ हैन ? नत्र हामी पक्राइमा मर्ने नै थिएनौँ । हाम्रो गोजी खर्च त्यति चाँडै हरण हुने नै थिएन । हामीले त्यति ठूलो व्यइजती पनि सहनु पर्ने थिएन । पसले साहुनीले हाम्रा बाहरु र चिमरिया सरलाई हाम्रा करतुतहरु पोलेर मैले त्यो दुर्दशा भोग्नु नै पर्ने थिएन ।

थाहा छ तिमीलाई, हामीले पानी हाले बराबरको दुइ महिनाको क्षति पुर्ति रकम पछि मेरा बाले छन्छनी गनेर पसले साहुनीलाई चुकाउनु भएको थियो । त्यसबेला मैले स्कुले जीवनबाट सधैका लागि छुट्टी पाउँछु होला जस्तो लागेको थियो तर दैव संयोग त्यस्तो भएन । त्यतिखेर नै हैन तिम्रो फुलवासा खोलामा नुहाउन जाँदा तीन दिन अघि आमाले किनिदिएको नयाँ जामा हराएको पनि र? जामा हराएको डरले तिमी पनि त रातभर तिम्रा हजुरबको पसलमुनि इटाको सिरानी लगाएर आधा रातसम्म सुतेकी थियौ रे नी । त्यसपछि तिम्रो खोजखबर गरेर तिमीलाई त्यस्तो अवस्थामा भेट्टाउँदा तिमी डरले धामी कामे झैँ कामेकी थियौ रे ।

त्यसताका हामी धेरै बदमास थियौँ हगी ? हाम्रा बदमासीहरुले त्यो दिन त झन् नराम्ररी बा आमाको सहने सीमालाई अतिक्रमण गरेको थियो जतिखेर तिम्रा घरका सबै सदस्यहरु खेतमा काम गर्न गएको मौका छोपेर हामीले त्यति धेरै नौनी घ्यूलाई चामलमा मिसाएर फाका मार्दै तिम्रा घरमा रहेको एक हर्पे घ्यू सबै रित्याएका थियौँ । त्यसदिन पनि त हामी दुवैले हातैहातमा कुटाइ खाएका थियौँ । त्यस दिनको चोरीले गर्दा मैले मेरा घरमा दुई दिनसम्म खानबाट वंचित हुनुपरेको थियो । त्यति नै बेला हो, भोकको पिडा सहन नसकेर मैले हाम्रो सिलिङमा राखेको एक काँइयो केरा बोक्रैसँग खाएर पेट उकासेको थिएँ । साँची त्यही घ्यू खाएको काण्डमा होइन, तिमीले रिस थाम्न नसकेर त्रि्री आमालाई र्टच लाइटका पुरानो भैसकेको बेट्रीले हिर्काएर कपालमा टुटुल्को उठाइ दिएकी ? कि त्यो घटना पनि सम्झनाबाट ओझल भइसक्यो हँ ?

समय एकाएक वित्दै गयो । तिमी अझ राम्री हुँदै गयौ । एक प्रकारले त्यतिन्जेल सम्ममा हामी धेरै आत्मीयतामा बाँधिसकेका थियौँ । हामीमा बढ्दै गएको आत्मीयतालाई एकाघ्र मान्छेहरुले कुरा काट्न समेत थालेका थिए । हुन पनि त म त्यतिन्जेल सम्ममा निकै ठूलो भइसकेको थिएँ । तर अहिले सम्झँदा त्यतिखेरसम्म मेरो व्यवहारमा केटाकेटीको मानसिकताले छोडेको रहेनछ । त्यति भएर पनि हर्ुकदै गएको म भित्रको मान्छेले भने सधैँ तिमीमा एकाग्र भएर तिम्रा आनीबानीहरुलाई नियाल्ने गरेको थियो । अन्यथा मान्दिनौ भने त्यो मैले तिमीलाई गर्ने गरेको प्रेम थिएन, बरु तिम्रो बाहृय आकर्षाले मलाई गरेको अदृश्य र अचेत प्रेम थियो त्यो । मलाई लाग्छ त्यतिखेर तिमीले ओढेको लालिमाले जस्तोसुकै सौर्न्दर्य बोकेको वस्तुलाई पनि झुकाउने गरेको थियो ।

यसपछि नै होला कहिलेकाही स्कुल छुट्टी भएको बेला हामी हाम्रा गोठाला गएका दाइहरुसँग गोठालो जाने गथ्यौँ । भोगटेका काँचा फलहरु र फाटेका कपडाका झुत्राहरुको फुटवल बनाएर अरु साना गोठालाहरुसँग खेल्न झन कत्ति मजा आउँथ्यो हैन ? म गोलकिपर रहेको बेला तिमी गोलपोष्ट छेउमा बसेर हेरिरहेको हुन्थ्यौँ । एक दिन त फुटवल खेल्दा खेल्दै हाम्रा गाइबस्तुले तेली बुढाको धानवाली सखाप पार्दा सबैले काजीहाउसभित्र छिर्नु परेको थियो । तिम्रा दुई चारवटा बाख्राहरु पनि थिए क्यारे । तिम्रो त्यो मिर्गी बाख्रो कति चोर थियो हगी? हाम्रो मैने गोरु पनि त त्यतिकै खप्पिस थियो नी ।

हाम्रा दाइहरुले हामीलाई कति नराम्ररी हेपेका थिए । सधैँ हामीहरुलाई नै गाईबस्तु फर्काउन लगाएर आफूहरु चैँ डण्डी बियोमा जुटेका हुन्थे।एकदिन तिमीलाई हाम्रो गाजले गोरुले हान्न खोज्दा तिमी कसरी चिच्याएर रोएकी थियौ ! यो पनि सम्झनु पर्ने हो तिमीेले, हामीले गाइबस्तु चराउने डिपु डाँडाको खोलापट्टी छेउमा धेरै आदिवासीहरुका पुराना र आला चिहानहरु थिए ।चिहानको माथि निडर भएर मैले उफ्रेको दिनकै राति त हो, मलाई नराम्रो गरी ऐठन भएको थियो । त्यतिमात्र होइन, हामीले गाइबस्तु चराउने डिपुडाँडाको पुछारतिर पर्ने विरान झोडाको खोल्सामा एउटा लड्न लागेको सालको रुख पनि थियो । त्यो रुखको ओडारबाट एकदिन हामीले ठूल्ठूला काँसका झर्के थालहरु, साना र ठूला घण्टीहरु र चाँदीका पैसाहरु पनि भेटेका थियौँ । अहिले पनि मेरो हजुरबाले पुजा गर्दा हल्लाउने पित्तलको घण्टी त्यही ओडारबाट निकालेका घण्टीहरु मध्येको एउटा हो । हामीले त्यो ओडारबाट निकालेका सम्पूर्ण तिमीलाई थाहै होला त्यो सामान भेट्टाएको हप्ता दिन पनि बित्न नपाई मसँगै हाम्रो स्कूलमा पढ्ने गोठाले साथी नीरकुमार एकै दिनको मुटु पोल्ने व्यथा लागेर मरेको थियो । स्कूलमा पढ्ने कुनै विद्यार्थीको मृत्यु हुँदा स्कूल छुट्टी हुँदो रहेछ भनेर मैले त्यसै दिन जानेको थिएँ । हामीले ओडारमा पाएका सामानहरु लिनमा सहभागी हुने नीर कुमारको त्यसरी मृत्यु भएपछि म त मनमनै डराएको पनि थिएँ । त्यसपछि म कहिल्यै गोठालो हुन गएको मलाई सम्झना छैन ।

त्यसपछि त तिम्रो र मेरो जीवनमा एक किसिमको भूँइचालो नै गयो । थाहा छ त्यही दिन नै तिम्रो र मेरो भेटघाट र देखादेखको अन्तिम दिन थियो, जुन दिन तिम्रो घरमा अगलागी भएर सम्पूर्ण गाउँलेहरु पानी सहितका बाल्टिन, गाग्रो र डबकाहरुमा आगो निभाउन जुटेका थिए । जेठको गर्मी साँझ तिम्रो घरमा भएको आगलागीको पीडाले म एक्लै गाई गोठको पछिल्तिर बसेर तिम्रो सम्पूर्ण घर जलिरहेको दृश्यसँग आँखा जुधाउदै रोइरहेको थिएँ । आगो घरलाई भोजन बनाउँदै प्रचण्ड दन्किरहेको थियो । गाउँलेहरुको केही सीप चलिरहेको थिएन । यतिकैमा एकास्सी पछिल्तिर आवाज सुनिएकोले कोही आए झैँ लागेर हेर्दा त्यो अनुहारमा तिमी हाँसेकी थियौ । कस्तो निष्ठुर देखिएकी थियौ त्यो समय तिमी । त्यहाँ तिम्रा आँखा र अनुहारमा विस्मातका कुनै संकेतहरु छचल्किएका थिएनन् । तिम्रो घरमा उचालिएको आगोको उज्यालोले तिम्रो अनुहार धपक्क बलेझैँ देखिएको थियो । नढाँटी भन्ने हो भने त्यो दिन जति राम्रो त्यसअघि कहिल्यै मैले तिमीलाई देखेको थिइनँ । त्यतिखेर मैले तिमीलाई भोलिदेखि कहाँ बस्छ्यौ ? भन्दा तिमीले झस्किदै आँखा रसाइकी थियौ ।

त्यसपछि म महिना दिन जत्तिका लागि आमासँग मामाघर गएँ । मामाघरबाट र्फकदा तिमीहरु कोही पनि त्यहाँ थिएनौँ । बा भन्नु हुन्थ्यो, त्यसबेला झरेको एउटा वषर्ाले तिमीहरुले बनाएको अस्थाई कटेरालाई धेरै नराम्ररी भिजाएर रुवाएको थियो रे । त्यो अस्थायी कटेरोलाई अर्को दिनको हुण्डरी सहितको वषर्ाले बडो निर्मम तरिकाले भत्काएर रुझाएको थियो रे । र त्यसपछि तिमीहरु सबै सधैका लागि त्यो गाउँलाई छोडेर अन्त कतै बसाइँ सरेछौ ।

तिमीहरु बसाइँ सरेको केही महिनामै म पनि शिक्षाको खोजीमा शहरतिर पसेँ । शहर पसेका पनि अहिले धेरै वर्षरु वितिसकेका छन् । अहिले सम्मका दिनहरुमा मेरा अवन्नति र उन्नतिका बारेमा मलाई केही थाहा छैन । तर यति चँै थाहा छ, मैले गाउँको झैँ निष्फिक्रि रमेर हिँड्ने अवसरहरु निर्वाद रुपमा गुमाएको छु । मेरा सहजता र स्वाभाविकताहरुलाई शहरले चोरेर खोसेको छ । यस शहरको आकाशमा पूणिर्माको जुनलाई खुलेर हेर्न नपाएका धेरै वर्षरु भैसकेका छन् । संयमपुर्ण खानु पर्ने रे तौलेर बोल्नु पर्ने कानूनका परिधिहरुमा म पनि अरु शहरीयाहरु झैँ बाँधिएको छु । मेरो गाउँको सयौँ मन अन्न अट्ने ढिकुटी अहिले खस्केर थुङ्गा र झोलाहरुमा झरेको छ । र मेरो एउटै छिँडी कोठा मेरालागि खेल्ने मैदान, भात पकाउने कोठा र सुत्ने शैयामा परिणत भएको छ ।

नीलिमा ! तिमी अहिले कहाँ छ्यौ ? त्यो मलाई थाहा छैन । म पनि कहाँको बासिन्दा भएको छु भन्ने तिमीलाई थाहा नहोला । तर जहाँ रहे पनि तिम्रा यादहरुले मलाई यतिखेर झन अचाक्ली सताउने गरेका छन् । ननिको मान्दिनौँ भने फेरि पनि अन्यथा नसम्झ म तिमीलाई अझपनि माया गर्ने गर्छु गरिरहेको छु । मलाई तिम्रो झझल्को आउने बित्तिकै आफै पनि तिमीलाई प्रथमपटक देख्दा तिमीले बनाउँदै गरेको त्यही आस्थायी घरको सम्झना हुन्छ, जुन बारम्बार बिग्रिरहने गरेको थियो । साँच्चै भन्ने हो भने म भित्रको घर पनि तिमीले सानो छँदा बनाउँदै गरेको उही पुरानो बालुवाको घर जस्तै भएको छ । जसलाई जतिपटक चुल्याउन खोजे पनि प्रत्येक प्रयासहरुमा म आफैँ ढलिरहने र भत्किरहने गरेको छु ।

समाप्त

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।