करोडौँ विचार माथमा,
पोकोपन्तरो हातमा,
मैलो मन साथमा,
हिँडाइ मध्यरातमा ।
औँसीको जस्तो अन्धकार,
लडिने, ठोक्किने बारम्बार,
चिन्ताहरू हजारौँहजार
आएर कोर्छन् मेरो निधार ।
तैपनि मन छ लिप्त र मस्त,
वासनाग्रस्त, भोग्नमै व्यस्त,
कहिल्यै अघाएन हरे ! यो दुष्ट,
पार्यो जिन्दगी अस्तव्यस्त ।
अमेरिका