भारतीय नेपाली साहित्यकी एक प्रतिष्ठित साहित्यकार कमला आँसुलाई मूलत कथाकारको रूपमा हामी जान्दछौं। कथाकार कमला आँसु नेपाली साहित्य क्षेत्रकी एक सशक्त कथाकारको रूपमा परिचित नाम हो। सन् 1998-मा तादोङ डाँडागाउँस्थित उहाँको वासस्थानमा मेरो पहिलो भेट भएको थियो। दिदी मीनु खड्काले पहिलो परिचय गराउनु भएको हो। त्यसै वर्ष उहाँका श्रीमान विजय बान्तवाद्वारा सम्पादित पत्रिका ‘हिमगिरी’ साप्ताहिकमा मेरा दुई कविता ‘साथी’ र ‘जीवनमा’ पहिलोपल्ट प्रकाशित भएको थियो।
23 मई, 1955-मा जन्मनुभएकी कथाकार कमला आँसुले 1970-मा आठौं श्रेणीकी छात्रा छँदा ‘मेरो नासो’ शीर्षक कथा लेख्नुभएको भन्ने उहाँ स्वयंले बताउनुभएको थियो। त्यही कथालाई उहाँको साहित्य क्षेत्रको प्रवेश विन्दु मान्नसकिन्छ। धेरैजसो नारी कलम आफ्नो वैवाहिक जीवन शुरू भएपछि लेखन क्षेत्रमा हराउने गर्छन्। यद्यपि, साहित्यकार कमला आँसु त्यस्ता लेखिका हुनुहुन्थ्यो, जसले वैवाहिक जीवनपछि नै अझ धेरै सक्रिय बन्नुभएको थियो। यसबाट एउटा कुरा के स्पष्ट हुन्छ भने स्वयं साहित्यमा दह्रिलो कलम चलाउनुहुने उहाँका पति श्री विजय बान्तवाले उहाँलाई जीवन साथीको रूपमा पनि होइन तर साहित्यिक क्षेत्रमा पनि उत्तिकै साथ दिनुभएको थियो। उहाँका कृतिहरू पनि वैवाहिक जीवनपछि मात्रै प्रकाशित भएका थिए भने लेख-रचनाहरू भने विद्यार्थीकालदेखि नै प्रकाशनमा आउन छालेका हुन्। सन् 1995-मा प्रकाशित ‘सेतो गुलाङ्ग’ एउटै मात्र कथा सङ्ग्रह थियो भने त्यसको चार वर्षपछि सन् 1999-मा दोस्रो कथा सङ्ग्रह प्रकाशित भयो ‘ममताको छालभित्र’। लगत्तै वर्ष 2000-मा तेस्रो कथा सङ्ग्रह ‘आफ्नो माटोको सुगन्ध’ प्रकाशित भयो। उहाँको अन्तिम कथा सङ्ग्रह ‘मीमांसा’ प्रकाशित हुनलागेको शुभखबर वर्ष 2005 तिरै होला दिनुभएको थियो। तर समय बिस्तारै लम्बिएर गयो। यसैबीच एकपल्ट म पुगेको बेला अलिकति अस्वस्थ रहेको बताउनुभएको थियो। यद्यपि, आङ्गैमा स्वस्थ हुँदैआएको बताउनु भएकोले त्यस कुरालाई मैले उति गम्भीरतापूर्वक लिएको थिइन सायद। अन्ततः 11 मार्च, 2006-मा यस संसारबाट विदा लिनुभयो कमला आँसुले। उहाँको मृत्युले नेपाली साहित्य जगतमा शून्याभाष भयो, ठूलो क्षति भयो। त्यसै वर्ष बजारमा आँसुको अर्को कथा सङ्ग्रह आयो ‘मीमांसा’।
भारतीय कथा साहित्यलाई एकैक्षण पर सारेर सिक्किमेली नेपाली कथाको सन्दर्भमा कुरा गर्नुपर्दा कथाकार कमला आँसुले 1947-मा ‘अपतन’ साहित्य परिषदबाट शुरू भएको साहित्येतिहासमा ठूलो योगदान पुर्याउनुभएको छ। सिक्किमेली नेपाली कथा विधाले अगावै विकास गरिसकेको पाइए तापनि यहाँ सशक्त र लगनशील नारी कलमको अभाव देखिएको समय चार-चारवटा कथा सङ्ग्रहका साथमा अनेकन ङ्गुटकर लेखद्वारा आफ्नो छुट्टै परिचय बनाउन सङ्गल कथाकार कमला आँसुले सिक्किमेली मात्र नभएर भारतीय नेपाली कथा साहित्यलाई नै समृद्ध तुल्याउने ठूलो योगदान दिनुभएको छ। नारी, नारी समाज, नारी समस्या, उत्पीडन, अन्याय अत्यचार अनि आदर्श र सङ्घर्ष जस्ता विषयहरूलाई टिपेर कथा रचना गर्नुहुने कथाकार कमला आँसुलाई सृजन समय-2009-मा डा. शान्ति छेत्रीले सन् 1980-90 को दशकयता मुखरित नारी कलमहरू कमला खप्तावली, इन्दिरा राई, सुधा राई, वीणाश्री खरेल, भक्ति बस्नेत, मीना छेत्री, वसन्ती शर्मा, डा. पुष्पा शर्मा, गीता निरौला, मीना सुब्बा, दीपा राई आदिलाई एउटै झुण्डमा राख्नुभएको पाइन्छ।
यसरी नै ‘समकालीन साहित्य लेखनमा सिक्किमेली नारीहरूको सहभागिता’ नामक लेखमा बलराम पाण्डे लेख्नुहुन्छ- आदर्शका कुरा अनि नारीहरूका जीवनमा हुने समस्या र सङ्घर्ष नै यिनका धैरैजसो कथाका विषय हुन्, जसलाई सरल भाषामा भनिएको छ। साथै जातीय चिन्हारीको भाव पनि यिनमा पाइन्छ। नारी र समाज यिनका कथाका विषय वस्तु हुन्। कमला आँसुको परिचय दिँदै कवयित्री वीणाश्री खरेल 19 मार्च, 2006-को सुनचरी दैनिकमा प्रकाशित आफ्नो लेखमा यसो भन्नुहुन्छ- ‘कहिल्यै पनि मैले उसलाई आक्रोशित देखिन, त्याग र धैर्यको प्रतिरूप थिइन्। उनी नारीहरूको पक्षमा बोल्थिन्। नैतिकता र आध्यात्मिक लेखहरूप्रति झुकाउ थियो। खोजपूर्ण लेखहरूले समाजलाई झकझकाइरहिन्। लेखनको निरन्तरता बनाइराख्न सक्षम कमला आँसु बिर्सन नसक्ने अध्याय हुन्।’
नारी समाजले झेलेकै कुरा एउटी नारीले देखेको, अनुभव गरेको कुराहरू कथाकार आँसुका प्रत्येक कथामा पाइन्छन्। हाम्रो समाजमा हामीले देखेका, हाम्रै चेलीहरूले झेलेका कुराहरू-समस्याहरू, स-साना घरेलू हिंसाका विषयलाई पनि कथाकारले टिपेर अघि बढेको पाउन सकिन्छ। हामीले देखेर पनि ख्यालै नगरेका तर महत्वपूर्ण कुराहरू पनि कथामा उन्न खप्पिस थिइन् कमला आँसु। आफ्नो पहिलो कथा सङ्ग्रह ‘सेतो गुलाङ्ग’-मा आफ्नो कुरामा आँसु भन्नु हुन्छ-‘भावनाको पखेटामा उड्नलाई नारीहरूलाई विशाल आकाश अनि त्यस्तै परिवेश चाहिन्छ।’ यो भनाइबाट कथाकारले आफ्नो कथामा भावनालाई प्रदानता दिएको बुझिए पनि समाजको यथार्थ चित्रण उहाँका कथाहरूमा पाइन्छन्। ‘सेतो गुलाङ्ग’ कथाबाटै कथा सङ्ग्रहको नाम दिएर ‘सेतो गुलाङ्ग’ भनी नारीलाई अङ्कित गरिएको भए पनि उहाँले आङ्गूभित्र रहेको नारी वेदनालाई अझ आमाको वेदना भन्न रूचाउनु हुन्छ। त्यसैमा आफ्नो सङ्गलता पनि ठान्नुहुन्छ,।अतः उहाँका कथाहरूमा पनि नारी जीवनका विभिन्न पाटालाई विषय-वस्तुको रूपमा प्रस्तुत गरिएको पाउन सकिन्छ। अझ भनौं, नारी जीवन नै उहाँका कथा विषय हुन्।
उहाँको अन्तिम कथा सङ्ग्रह ‘मीमांसा’ लगायतका चारवटै सङ्ग्रह नारीहरूलाई समर्पित छन्। उहाँको पहिलो कथासङ्ग्रह ‘सेतो गुलाङ्ग’ आफ्नी आमा र सासूआमालाई समर्पित गरिएको छ भने अन्तिम कथासङ्ग्रह ‘मीमांसा’ म्यानमारको विपक्षी पार्टी नेशनल फर डेमोक्रेसीको नेत्री, प्रजातन्त्रकी पक्षधर, प्रजातन्त्रवादी योद्धा आङसाङ सूकी, नोबेल शान्ति पुरस्कार विजेताप्रति समर्पित छ। उहाँको पहिलो कथासंग्रहमा जम्मा 25 वटा कथाहरू समावेश छन् भने निर्माण प्रकाशन, घुर्पिसे, नाम्ची, दक्षिण सिक्किमद्वारा प्रकाशित उहाँको चौथो तथा अन्तिम कथासंग्रह ‘मीमांसा’-मा 34 वटा कथाहरू रहेका छन्।
नेपाली साहित्य परिषद, गान्तोककी आजीवन सदस्यता लिनुभएकी उहाँलाई सिङ्ताम, पूर्व सिक्किममा भानु-रत्न पुरस्कारले सम्मान जनाइएको थियो। भानु-रत्न साहित्य पुरस्कार गुठी, सिङ्ताम, पूर्व सिक्किमद्वारा भानु जयन्ती, 2001-मा उहाँलाई यो पुरस्कार नेपाली भाषा र साहित्यको समृद्धिमा अविरल योगदान पुर्याएवापद प्रदान गरिएको थियो। यसका साथै हिमाली प्रकाशन, देन्तान सिक्किम; सिक्किम साहित्य परिषद (20 अगस्त 2000); नेपाली साहित्य परिषद, सिक्किम; मिरिक नारी सेवा समिति (8 मार्च 2001), गरिमा क्लब, मिरिक; नारी कल्याण समिति, रिनाक (13 जुलाई 2002); सिक्किम महिला पत्रकार संघ, सिक्किम आदि विभिन्न संघ-संस्थाहरूले उहाँलाई जीवितावस्था मै सम्मान तथा अभिनन्दन जनाइसकेको थियो। हिमगिरि साप्ताहिक नेपाली साथै सिलगढीबाट प्रकाशित हुने त्यस समयको लोकप्रिय दैनिक ‘सुनचरी समाचार’-मा नियमित रूपले हजार अधिक लेखहरू प्रकाशित गर्नुहुने स्व. कमला आँसुका लेखहरू निर्माण, अर्चना, गरिमा, उदय, सयपत्री, बैसालु, हिमाली बेला लगायक धेरै पत्र-पत्रिकाहरूले उहाँका लेखहरू प्रकाशित छन्। यसबाहेक आकाशवाणी गान्तोक रेडियोमार्फत पनि धेरैवटा कथा र लेखहरू प्रशारण भएका थिए।
साहित्यकार कमला आँसु र उहाँका पति श्री विजय बान्तवा दुवै सरकारी जागिर गर्नुहुने भए पनि पछिबाट निजी व्यावसायमा लाग्नुभएको थियो। वकालति गर्नुभएका श्री विजय बान्तवा र साहित्यकार कमला आँसुले ‘हिमगिरि’ साप्ताहिक प्रकाशन शुरू गर्नुभएको थियो। स्वयं एक असल साहित्यक श्री विजय बान्तवाहिमगिरिका सम्पादक तथा प्रकाशक हुनुहुन्थ्यो अनि हुनुन्छ। यद्यपि, वरिष्ठ साहित्यकार महानन्द पौड्यालले श्री विजय बान्तवा र साहित्यकार कमला आँसुलाई ‘हिमगिरि’-का दुईपाङ्ग्रा मान्नुभएको थियो।
23 माई 1955-मा जन्मनु भएकी कमला आँसुले 11 मार्च 2006-मा देहत्याग गर्नुभयो। उहाँसितको मेरो अन्तिम भेट कहिले अथवा कुन दिन भएको थियो, त्यो अहिले सम्झन सकिरहेको छुइन। यद्यपि, 2006-कै फरवरी अन्तिम सातातिर हुनुपर्छ तादोङ डाँडागाउँस्थित उहाँहरूको निवासस्थानमै भेटेको थिएँ। अन्तिम भेटको समय उहाँलाई थोरौ अस्वस्थ भेटेको हुँ। त्यो दिन पनि म उहाँसित धेरैबेर बसेको थिएँ। धेरै कुराहरू गर्नुभएको थियो। अँ, एउटा कुरा अहिले सम्झँदै छु। त्यो के भने 2003-मा टीएनएसएस स्कूलको अध्ययन पूरा गरेर म तादोङ सरकारी महाविद्यालय (हाल- नरबहादुर भण्डारी कलेज)-मा भर्ना लिनुपर्ने। मलाई सधैं उहाँले राम्रा-राम्रा ज्ञानका कुराहरू गरिरहनु हुने। राम्रा-राम्रा पुस्तकहरू दिइरहनुहुने। एकपटक अक्सफर्डको नयाँ शब्दकोश निस्किएको थियो, त्यो पनि किनेर राखिदिनुभएको रहेछ। साहित्यका राम्रा-राम्रा पुस्तकहरू दिनुहुन्थ्यो। ‘धेरै पढ़नु, राम्रो पढ़नु, कुनै समस्या भए आमा सम्झेर मलाई भन्नु, म सहयोग गर्छु’ भन्नुहुन्थ्यो। म सानैदेखिको स्वावलम्बी मिजासको। त्योभन्दा पनि धेरै आत्मनिर्भर भएरै यहाँसम्मको शिक्षार्जन गर्दै आएको थिएँ। कलेज भर्ना लिनेबेला मेरो समस्या बुझेरै मलाई ‘कलेज भर्ना गर्दा धेरै खर्च हुन्छ, स्कूल जस्तो होइन। जसरी भए पनि कलेज जोइन गर्नु है..’ भनेर एकहजार रुपियाँ दिनुभएको थियो। त्यतिबेला मैले अस्वीकार गर्नै पाइनँ। ‘होइन, राख। मलाई थाहा छ, कलेजमा धेरै खर्च हुन्छ। तिमीलाई आशीर्वाद भनेर पो दिएको त...’ भन्नुभएको थियो। पछि बुझ्दा, शिक्षार्जन गर्न चाहनेहरू म जस्ता अरुलाई पनि सहयोग गर्नुहुन्थ्यो। त्यो रुपियाँ उहाँले आकाशवाणी गान्तोक रेडियोमा विशेष कथा वाचनबाट प्राप्त गर्नुभएको राशि थिएछ। युवा साहित्य प्रतिष्ठान, सिक्किमको ‘परालुबलि’ (राङ्का) शाखा गठन भएपछि पहिलोपल्ट 8 मार्च 2000-मा अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम आयोजन गरिएको थियो राङ्का उच्चमाध्यमिक विद्यालयमा। कार्यक्रममा विद्यार्थीतहमा राखिएको कविता प्रतियोगितामा मैले उहाँकै हातबाट प्रथम पुरस्कार थापेको पनि अहिले सम्झना आइरहेको छ।
11 मार्च, 2006-मा साहित्यकार कमला आँसु बित्नु भयो। उहाँ बित्नु भनेको भारतेली नेपाली साहित्य जगतलाई नै क्षति पुग्नु हो। त्योभन्दा पनि सिक्किमेली नेपाली साहित्य जगतमा त अझ ठूलो खाडलै पर्नु हो। पर्यो। किनभने, साहित्यकार कमला आँसुले जसरी निरन्तर कलम चलाइरहनु भएको थियो, जसरी नारी उत्थान र नारी शक्तिका आवाजहरूको उठान गरिरहनु भएको थियो आफ्नो लेखनमार्फत, त्यसरी अरु कसैले पनि अहिलेसम्म निरन्तरता दिनसकिरहेको जस्तो लाग्दैन। पुरुषहरूको तुलनमा नारी कलमको संख्या थोरै अवश्य छ। साथमा निरन्तरताको सन्दर्भमा पनि उहाँको स्थान कसैले लिन सकिरहेको देखिन्न, खासगरि सिक्किमेली फाँटबाट।
भनिन्छ, एकजना पुरुषको सफलताको पछि नारीको हात हुन्छ। तर, साहित्यकार कमला आँसुको सफलताको पछि मलाई लागेको उहाँका पति श्री विजय बान्तवाको उत्तिकै हात रहेको छ। अहिले पनि श्री विजय बान्तवा भन्ने गर्नुहुन्छ- ‘हामी प्रत्येक दिन आज के गर्ने, के लेख्ने, के पढ्ने, के के काम गर्ने भन्ने विषयमा चर्चा गर्थ्यौं।’ बिहान-बेलुकाको समयबाहेक म पुगेको कुनै पनि दिन साहित्यकार कमला आँसु धेरैजसो कि त पुस्तक अध्ययन गरिरहनुभएको, कि त केही लेखिरहनुभएको, कि त पाहुनाहरूसित कुरा गरिरहनुभएको देख्थेँ। उहाँ बितेर गइसक्नुभएपछि पनि श्री विजय बान्तवाले आफ्नी धर्मपत्नीलाई सधैंभरि बँचाइराख्ने काम गर्नुभयो ‘साहित्यकार कमला आँसु’ स्मृति ग्रन्थ प्रकाशित गरेर। कमला आँसुको 57औं जन्म जयन्तीको अवसर पारेर लोकार्पित यो स्मृति ग्रन्थमा जम्मा 85 वटा लेख-रचनाहरू परेका छन्। यस स्मृति ग्रन्थमा इन्द्रबहादुर राई, डा. कमला सांस्कृत्यायन, डा, लक्खीदेवी सुन्दास, डा. राजेन्द्र भण्डारी, लीला लुइटेल, डा. जस योञ्जन प्यासी, शरद् छेत्री, समीरण छेत्री प्रियदर्शी, महानन्द पौड्याल आदि भारत तथा नेपालका सिद्धहस्त व्यक्तित्वहरूसितै युवा साहित्यकारहरूको स्व. कमला आँसुप्रतिको विचार र दृष्टलाई समेटिएका छन्। यतिमात्रै होइन स्व. कमला आँसुका लेख र कथाहरू, उहाँलाई प्राप्त प्रमाण-पत्रहरू अनि उहाँका संक्षप्ति परिचय पनि यहाँ समावेश गरिएका छन्। यसका साथै श्री विजय बान्तवाले ‘साहित्यकार कमला आँसु स्मृति प्रतिष्ठान’-को पनि गठन गर्नुभएको थियो, जसमा यो कलमकारको पनि संलग्नता रहेको थियो। सन् 2008-9 तिर अप्रेल-मईमा अक्षय त्रितीयाको दिन स्थापित यो प्रतिष्ठान साहित्यकार प्रधुम्न श्रेष्ठको अध्यक्षता रहेको थियो। एकवर्ष पछिदेखि स्वयं विजय बान्तवाले अध्यक्षको भार सम्हाल्नु भएको थियो। प्रतिष्ठानले पहिलोपल्टको कार्यक्रममा नारी हस्ताक्षरहरू श्रीमती विणाश्री खरेल र डा. कविता लामालाई ‘साहित्यकार कमला आँसु स्मृति पुरस्कार’-ले अलंकृत गरिएको थियो भने साथमा सुश्री कविता सुब्बा, श्रीमती मीना सुब्बा र सुश्री लीनु खालिङलाई सम्मान जनाइएको थियो। 2012-मा आएर द्रौपति घिमिरेलाई पनि सम्मान जनाएको थियो, जसलाई यसै वर्षमात्र राष्ट्रिय पुरस्कार प्राप्त भएको छ। यसरी नै 2013-मा गोवाहटी, असमस्थित ‘सिक्किम हाउस’-मा हिमगिरि प्रकाशन र ‘साहित्यकार कमला आँसु स्मृति प्रतिष्ठान’-को संयुक्त तत्वावधानमा ‘साहित्य मिलन’ कार्यक्रम आयोजन गरिएको थियो भने 2014-मा नेपाली साहित्य सम्मेलन, दार्जीलिङमा पनि ‘साहित्य मिलन’ आयोजन गरिएको थियो। दार्जीलिङको कार्यक्रममा ‘साहित्यकार कमला आँसु’ स्मृति ग्रन्थ लोकार्पण गरिएको थियो। यसका साथै साहित्यकार कमला आँसुमाथि राजकुमार छेत्रीले वार्ता प्रस्तुत गर्नुभएको थियो भने कवि गोष्ठि पनि राखिएको थियो। यसरी नै 2014-15-मा नेपाली साहित्य परिषद, गान्तोकमा पनि प्रतिष्ठानले कार्यक्रम आयोजन गरेको थियो। त्यसपछि भने ‘साहित्यकार कमला आँसु स्मृति प्रतिष्ठान’ सुचारु रहन अथवा राख्न सकिएन। यद्यपि, प्रतिष्ठानका संस्थापक एवं अध्यक्ष श्री विजय बान्तवाले यसलाई अहिले नै विगठन नगरिएको र भविष्यमा निरन्तरता दिने वचन दिनुभएको छ।