“उसले पटक पटक मेरो रेप गर्यो। धैरे पटक आफ्नो घरमा लगेर गर्यो। केही पटक मेरो घरमा। अनि होटलमा पनि।”
रिनाको भनाइले मेरो ध्यान गम्भीर किसिमले आकृष्ट गर्यो। उनको मुहारमा आश्चर्यचकित भावले हेर्ये। अनि प्रश्न गरें, “कसरी?”
“कहिले फकाएर कहिले तर्साएर। कहिले बिहे गर्छु भनेर कहिले मेरो र उसको नग्न तस्वीहरू सोसल मेडियामा पोस्ट गरि दिन्छु भनेर। तर अहिले आएर बिहे गर्दिन भन्छ। यस्तो गर्नु रेप नै हो। होइन त?”
रिनाको यो भनाइले मलाई झनै क्रुद्ध तुल्यायो।
“के कुरा गरेको रिना, कहिले फकिएर अनि कहिले तर्सिएर त्यस्तो गर्न दिन हुन्छ? तिमी माथि कसैले गरेको यो एक गम्भीर अपराध हो। अनि अपराध सहन गर्नु पनि एक किसिमको अपराध हो।”
मैले थपें, “जाउ प्रहरीमा उजुरी गर। यो पूर्णतया बलत्कार हो। बिना कुनै संका।”
“प्रहरीमा जाने हिम्मत गर्न सकिरहेको छैन। परिवारको र मेरो इज्जत जाने भयले आँट आउन सकिरहेको छैन।”
“तिम्रो बलत्कार भयो। तिमी पिडीत हौ। जसले बलत्कार गर्यो त्यो पीडक हो। त्यसकारण पिडकको इज्जत जान्छ र जाने हो। तिम्रो होइन। तिम्रो इज्जत जाने भन्ने पुरातन मान्यता हो। समाजले वलपूर्वक महिलाहरू माथि थोपेको अति घृणित र भेदभावपूर्ण मान्यता हो, र बोझ पनि।”
‘मेरो रेप भयो भनेर मैले प्रहरीमा उजुरी गर्दैमा, मेरो यो एकल कार्यले के समाजको त्यो पुरातन र ढोंगी सोंचमा परिवर्तन आउँछ? बलत्कारमा पर्ने होइन, बलत्कारीको इज्जत जान्छ भनेर विश्वास गर्ने छन्, मान्छेहरूले? उल्टो मेरो बलत्कार भएको छ, जुन अहिले गोप्य छ, त्यो धेरैले थाहा पाउने छन्। बाँकि रहेको इज्जत पनि जानेछ। मेरो बिहे हुने छैन। जीवन नै बरवाद हुने छ। परिवारको बदनामीमाथि बाट।”
“अनि के त्यो अपराधी, जसले तिम्रो बलत्कार गर्यो, लाई त्येति कै उन्मुक्ति दिने? तिम्रो यस्तो मौनताले थप बलत्कार गर्न उसलाई उत्प्रेरित गर्दैन?”
“त्येही त। म कुनै एक निर्णय लिन सकि रहेको छैन। बलत्कार भयो। तर यो कुराको उजृरी गरेमा मेरो इज्जत जाने हो भनेर चुप लागेर बस्ने हो कि? होइन, बलत्कारको अपराध गर्ने त्यस दुष्टलाई सजाएँ दिलाउने कि? यी प्रश्नहरूले मेरो मनमा द्वन्द चलाइ रहेका छन्। म सन्तुलित मनस्थितिमा रहन सकि रहेको छैन। कुनै काममा मन लाग्दैन। जहिले पनि यही चिन्तामा चिन्तित रहन्छु। यो चिन्ताबाट छुटकारा पाउन सकि रहेको छैन। होइन, म के गरौं, लौन भन सरिता। कहिले त आत्म हत्या गरौ झै लाग्छ। खै के गरौं?”
“यो द्वन्दको स्थितिबाट तिमी बाहिर त आउनै पर्छ। यो विचार धेरै अवधिसम्म तिम्रो मस्तिष्कमा चलिरह्यो भने तिमी पोस्ट ट्रोमेटिक स्ट्रेस डिसअर्डरको शिकार हुन सक्छौ। त्यसकारण त्यो स्थितिबाट तिमी बाहिर त आउनै पर्छ। तिमी सन्तुलित मनस्थितिमा फर्किनै पर्छ।”
“तर म कुनै एक ठोस निर्णय लिन सक्ने स्थितिमा पुगिरहेको छैन। अनिर्णायक स्थितिले झन अर्को चिन्ता सृजना गरि दिएको छ। म झन झन भय र चिंताको दलदलमा भास्सिदै गएको छु।”
हामी बिच यस्तो कुराकानी भइरह्यो। धेरै बेरसम्म नै।
मैले भने, “रिना, बलत्कारप्रतिको हाम्रो धारणा परम्परागत छ। यो धारणामा परिवर्तन गर्नु पर्छ। बलत्कार भए पछि इज्जत जाने र इज्जत यहाँ हुन्छ भन्ने धारण पनि परिवर्तन गर्नु पर्छ।”
“तिमी एक वयस्कय महिला भएको भएकोले तिमीले यस विषयलाई गम्भीरतापूर्वक लिनु पर्छ।” मैले रिनालाई सचेत पनि गराएँ।
मैल भने, “बलत्कारलाई केवल एक दूर्घटना मान्नु पर्छ। कुनै सबारी चढ्दा दुर्घटना भए झै जीवन जिउँदा बलत्कारको दुर्घटनामा, जो कोही पनि पर्न सक्छ। कसैको योनीको बलपूर्वक प्रयोग भयो भन्दैंमा उसको इज्जत गयो भन्ने धारणा गलत हो। यो गलत धारणा समाजले बनाइ दिएको हो। समाजले बनाइ दिएको यो धारणले तिमीले बलत्कारलाई हरिरहेको छौ। बलत्कार प्रतिको तिम्रो आफ्नो धारणा खोइ? इज्जत योनीमा हुँदैन। इज्जत त व्यक्तिको व्यवहारमा हुन्छ। व्यक्तित्वमा हुन्छ। राम्रो काम गरे भने कसैले इज्जत पाउने हो, नराम्रो काम गरेमा उसको बेइज्जत हुने हो। योनीलाई इज्जतसँग जोड्नु सर्वथा गलत हो, सर्वकालिक गलत हो। शरीरको कुनै एक भागको पनि इज्जत र बेइज्जत हुन्छ त?”
मैले भन्ने क्रम जारि नै राखे, “हामी महिलालाई सानै देखि के सिकाइएको हुन्छ भने इज्जत हातमा हुन्छ त्यसकारण कुनै पुरुषसँग हात मिलाउन हुँदैन। इज्जत वक्षमा हुन्छ त्यसकारण जान वा अन्जानमा पनि कोही पुरुषसँग वक्ष स्पर्स हुन दिनु हुँदैन। इज्जत योनीमा हुन्छ, त्यसकारण यसको प्रयोग बलपूर्वक कसैद्वारा भएमा इज्जत जान्छ। यी सबै फाल्तु कुरा हो। आदिम युगको कुरा हो। पाषाण युगको कुरा हो। इज्जत शरीरमा हुँदैन। इज्जत विचार अर्थात कसैको व्यवहारमा हुन्छ। डकैती गरेमा बेइज्जती हुन्छ किनभने त्यस्तो काम गर्नु खराब व्यवहार गर्नु हो।”
वातावरण एक छिन शान्त रह्यो। हामी बिच कुराकानी भएन।
केही समयदेखिको कायम रहेको मौनतालाई तोड्दै रिनाले प्रश्न गरिन, “सरिता, यदि तिमीमाथि यस किसिमको घटना भएको भए साँच्चै तिमी प्रहरी समक्ष उजुरी गर्न पुग्ने थियौ?”
मैले रत्ति पनि विलम्ब नगरेर भने, “अवश्य।”
“तर मैले दोस्रो विकल्प पनि रोज्ने थिएँ।” मैले थपे पनि।
“तिम्रो अर्को विकल्प के हुने थियो?” रिनाले प्रश्न गरिन्।
मैले भने, “मेरो दोस्रो विकल्प के हुनेछ तिमीलाई भन्नु भन्दा पहिले म तिमीलाई केही थप कुरा भन्न चाहन्छु।”
“भन, म सुन्न तयार छु।”
“रिनाको उत्तरबाट म उत्साहित भए। मैले भने, “तिम्रो बलत्कार हुँदा तिमी माथि हिंसा भएको थियो? कुटपिट भएको थियो? तिम्रो हात खुट्टा भाँच्चिएको थियो।”
“त्यस्तो केही पनि भएको थिएन।“
“केवल उसले तिमीलाई कहिले फकायो। कहिले ब्लेकमेलिंग गर्यो। अनि यौन सम्पर्क गर्यो। यत्ति नै होइन त?”
“हो।“
“यत्ति नै हो”
“हो। यत्ति हो।”
हाम्रो यो छोटो सम्वाद पछि मलै भने, “मेरो दोस्रो विकल्प हुनेछ चुप लागेर बस्ने, त्यो बलत्कारी विश्वलाई केही पनि नगर्ने। केवल भविष्यमा उसँग कुनै पनि किसिमको सम्बन्ध न राख्ने। बिर्सेर पनि……, कहिले उसको मुख नहेर्ने। उसँग कुनै पनि स्थानमा एकसाथ नहुने। सामाजिक समारोह वा सडकमा हिंड्दा पनि।”
“त्यो बलत्कारी विश्वलाई केही पनि नगर्ने त?” रिनाले आश्चर्य मान्दै प्रश्न गरिन। मुहार क्रोधको आँधी ल्याइन पनि।
“हो।”
मैले थपे पनि, “हो केही पनि गर्ने।“
किन? रिनाले क्रुद्ध हुँदै प्रश्न गरिन।
मैले भने, “त्यो वा ती बलत्कारका घटनाहरूमा जसरी त्यो बलत्कारीले तिमीलाई बलत्कार गर्दा आनन्द पाएको अनुभूति गर्यो त्यसैगरी तिमीले पनि आनन्द पाएको अनुभूति गर्ने। हेर रिना, घटना एउटै छ। बलत्कार भएको छ। तर एउटाले, त्यो विश्वले, आनन्द पाएको अनुभूत गर्ने। बहादुरी गरेको अनुभूत गर्ने। युद्ध जितेको ठान्ने। तर त्यो विश्वले आफ्नो इज्जत गएको महसुस नगर्ने। उल्टो बहादुरी गरें भन्दै सुनाउँदै हिंड्ने। तर त्येही घटनामा अर्कोले, अर्थात तिमीले, दु:ख पाएको अनुभूत गर्ने। इज्जत गएको ठान्ने। कायर भएको महसुस गर्ने। यस्तो पनि हुन्छ? यस्तो हुनै सक्तैन। समान प्रकृतिको एउटै घटनामा दुई व्यक्तिहरूको दुई किसिमको अनुभूति कसरी हुन सक्छ? सहमतिमा भएको सहबासमा पनि त तीनै यौनाङ्गहरूको प्रयोग भएको हुन्छ। कि हुँदैन?”
मैले पुरक प्रश्न राखे, “रिना, तिमी माथि बलत्कार हुँदा तिम्रो कुनै अंगभंग भएको छ? शरीरमा कुनै ठूलो आघात पुगेको छ?”
“त्यस्तो त कहिले पनि भएन।” रिनाले प्रस्ट पारिन।
मैले भने, “तिमीलाई कुनै चोटपटक लागेको छैन भने त्यो घटनालाई तिमीले चटक्कै बिर्सी देऊ। बलत्कार हुँदा प्राकृतिक रूपमा पाउने आनन्द त तिमीले पनि त पाएको हो। फरक यति मात्र छ, तिमीले पाएको त्यो आनन्द झूठो थियो। मात्र फरक यत्ति हो। तर आनन्द त तिमीले पनि पाएको हो। कि होइन? त्यसकारण तिमीमाथि भएका ती बलत्कारका श्रृंखलाहरू चट्क्कै बिर्सिदेउ। यस्तो गर्नु नै मेरो विचारमा यो घटनाको लागि उत्तम निर्णय हो।”
“मेलै थपें, “तिमीले प्रहरीमा गएर उजूरी गर्ने त्यो विकल्प भने संधै तिम्रो साथमा छ।”
रिनाले भनिन्, “सरिता तिम्रो यो दोस्रो विकल्प व्यवहारिक त लागेन नै, बरू अति नै उटपट्यांग लाग्यो।”
xxx xxx xxx xxx
छौ महिना पछि रिनासँग रत्नपार्कमा अचानक भेट भयो। उनको साथमा एक युवक पनि थियो। मैले केवल आँखाको इशाराद्वारा तिम्रो साथमा रहेको यो युवक को हो भन्ने भावमा रिनालाई प्रश्न गरें।
रिनाले हाँस्दै आफ्नो मुहारमा यस्तो भाव ल्याइन जसले गर्दा त्यो युवक उनको प्रेमी रहेको बुझन मलाई गार्हो परेन। रिनाको बडी लैंग्वेजले पनि मेरो त्यो बुझाइलाई सत्य प्रमाणित गरि रहेको थियो।
लामो कुरा गरेर रिनाको त्यो रंगिन समय बर्वाद गर्न मलाई मन लागेन। तर पनि मनलाई रोक्न सकिन। उनको छेउ पुगें। उनको कानमा आफ्नो मुख पुर्याएर मन्द आवाजमा प्रश्न गरे, “रिना, त्यो बलत्कारको घटना बिर्सन तिमीले मद्वारा सुझाइएको दोस्रो विकल्प रोजे जस्तो छ। हो।”
रिनाले मेरो प्रश्नको उत्तर दिनको साटो केवल हाँसिन मात्र।
तर रिनाले ज्यादै छोटो परिचय गराइन। यसरी, “यिनी विनोद हुन, मेरो ब्याए फ्रेण्ड। अनि उनी सरिता, मेरो ज्यादै घनिष्ठ मित्र।”