परिचय
छोरा रामचन्द्रले भनेका थिए कि बेलुका ४ बजेतिर अनेसास नेव्रास्काबाट एक जना दिदी आउँदै हूनुहुन्छ । म पनि साहित्यको विद्यार्थी भएकोले खुसी लाग्नु स्वभाविक थियो । म नेपालबाट असौज १७ गते अक्टुबर ४ गते । अमेरिका हिडेको थिएँ । यहाँको समय अनुसार अक्टुबर ५ गतेको बेलुका ६ बजेतिर ओमाहा, नेव्रास्का आइसकेको थिएँ । आउँदा केही किताव पनि बोकेर आएको थिएँ । अनेसासको गठन भएको भए पुस्तकालयलाई दिने धारणा राख्दा छोराले यहाँ गठनै भएको छैन तथा भएको भए पनि मलाई थाह छैन भन्ने जवाफ दिएपछि । म चुप लागेर बस्न पर्यो । कितापहरू थोरै ल्याएकोले राखि राख्न सकिन । क्यालिफोर्नियामा पुगेपछि पनि त्यहाँका साहित्यकारहरूलाई भेट्ने प्रयास गरे, त्यो पनि त्यति सहज भएन । त्यहाँ पुगेपछि हिमाली गुराँसका सम्पादक खिमानन्द पोखरेललाई भेटें । स्वामी आनन्द कँडेलले टक्सासको एउटा साहित्यकारसँग सम्वाद गराउँदा उहाँ मार्फत मलाई पत्ता लाग्यो कि ओमाहामा पनि हालसालेै अनेसास खुलेको छ । नाम त भन्न सकेनन् तर कडेल र एक जना महिला सक्रिय छन् भनेपछि मैले पुन छोरालाई घचघच्याएको थिएँ ।
२ डिसेम्बर २०२३का बेलुका दुर्इृजना घरमा नमस्कार भन्दै प्रवेश गरे । लोग्ने मानिसलाई चिने चिने जस्तो लाग्यो तर भन्न सकिन । महिला कवयित्री मीना शाक्य हुनुहुँदो रहेछ । पुरुष हरिॐ प्रधान हुनुहुँदो रहेछ । परिचय क्रममा आसाम डिगबोईदेखि चिरपरिचित धर्म बहादुर प्रधानका सुपुत्रको साथै वि.सं. २०२४÷०२५मा नारन माविमा अध्ययन गर्ने मेरा विद्यार्थी हुनुहुँदोरहेछ हरिॐ प्रधान । साहित्यिक मात्रै नभएर घरयासी कुरा भए । मेरो छोरा लगायत उहाँ दुबैजना बीच घरयासी सम्बन्ध कायम हुनगयो । मीना शाक्य ले “आमाको पुकार” (कविता सङ्ग्रह) र “गठे मङ्गल” (कविता सङ्ग्रह) हरिॐ प्रधानले “फाटेको टोपी” (कविता सङ्ग्रह) मलाई हस्तान्तरण गर्नु भयो र मैले पनि साहित्यकार तथा पत्रकार राम ज्ञावलीबाट लेखिएको “सदानन्दको जीवन कर्म र व्यक्तित्व,” र मद्वारा लेखिएको “अभागीका मुक्तकहरू” उहाँलाई हस्तान्तरण गरें । करिव २ घन्टा जति लामो पारिवारिक र साहित्यिक कुराकानी भए पछि ३ डिसेम्बर २०२३ का दिन दिनभरी उहाँकै घरमा आउने भन्दै २ गतेको हाम्रो साहित्यि भेटघाटबाट उहाँ दुबै विदा हुनुभयो ।
आज ४ डिसेम्बरका दिन “फाटेको टोपी” पढ्न थालेको छु । हरिॐ प्रधान पिता स्व.धर्मबहादुर प्रधान (श्रेष्ठ) र माता स्व. भीम कुमारी प्रधानको सुपुत्र हुनुहुन्छ । उहाँको जन्म पर्वत जिल्लाको सदरमुकाम कुश्मा तत्कालिन शिवालय गाविस वार्ड नं ५ तल्लो हटियामा भएको थियो । यो कृति प्रकाशनको वेला ओरल्याण्डो, भए पनि हाल अमेरिकाको ओमाहामा हुनुहुन्छ । उहाँ राजनीतिशास्त्रमा स्नातकोत्तर तह हाँसिल गर्नु भएको छ ।साहित्यिक गतिविधिमा सक्रिय व्यक्ति हुनुहुन्छ । अमेरिकाको फ्लोरिडामा भएको निबन्ध प्रतियोगितामा भाग लिएर पुरस्कार प्राप्त गर्नु भएको छ । अमेरिकाका विभिन्न स्थानमा साहित्यिक गतिविधिमा भाग लिएर पुरस्कार प्राप्त गर्नु को साथै “फाटेको टोपी” कवितासङ्ग्रह प्रकाशन गरेर कृतिकारको रूपमा आफ्नो परिचयको धुरी खाँवो खडा गनु भएको छ । मसँग भन्दै हुनुहुछ । वंशावलीमा लागेको छु । पुर्खाको इतिहासलाई जीवन्त पार्नु पनि निकै ठूलो र महत्वपूर्ण काम हो ।
कृतिको संरचना –आवरण पृष्ठ बाहेक (१६ +८२) गरी ९८ पृष्ठमा सिर्जना गरिएको यस कृति स्व. पिता धर्मबहादुर प्रधान र स्व. माता. भीम कुमारीको साथै सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीमा समर्पण गरिएको छ । २६ ओटा कविताहरू यसमा समावेश गरिएका छन् । केही कविताहरू कविताको भाव झल्कने गरी चित्रले सजायइका छन् । प्रकाशन अन्तराष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले गरेको छ । यसको मूल्य तीनरूपमा निर्धारण गरिएको छ, (व्यक्ति गत रु १५०,संस्थागत रु ३००।–, विदेशमा ५ अमेरिकी डलर) । कभर ÷ लेआउट गर्ने केदार अधिकारी हुनुहुन्छ ।मुद्रक आवृत्ति छापा खाना बागबजार ,काठमाडौ ।
कृतिप्रति साहित्यकारको धारणा– यसक कृतिको प्रकाशकीयमा अनेसास नेपालका च्याप्टर तथा अनेसास नेपालका अध्यक्ष राधेश्याम लेकालीले कृतिमा पस्किएका कविता पठनीयर प्रशंसनीय छन् भन्दै लेख्नु हुन्छ –“प्रस्तुत कृत्रिमा स्रष्टा प्रधानले प्रेम वात्सल्य, सांस्कृत चेत, समाजिक यथार्थ, प्रकृति, स्रष्टा चर्चा, जीवन, गरिबी, पहिचान,” पस्केको बताउनु भएको छ । संस्कृतिविद, बरिष्ठ वाङ्मय शताब्दी पुरुष, अजीवन सदस्य, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी प्राज्ञ सत्यमोहन जोशीले छन्दबद्ध कविता र आधुनिक गद्य कविता बीचको अन्तर सम्बन्धलाई उच्च मुल्याङ्कन गर्दै यस कृतिका कवितालाई यसरी उच्च मूल्याङकन गर्नु भएको छ – “..... नविनतम् अलग भाव विचारका थुप्रै कविताहरूले भरिएको प्रस्तुत कविता सग्रह फाटेको टोपी, अंग्रैजी भाषामा पनि अनुदित भएमा यसले अन्तराष्ट्रिय जगतमा नेपाली भाषामा अनुदित भएमा यसले अन्त राष्ट्रिय जगतमा नेपाली भाषामा नेपाली भाषामा रचित काव्यस्वादको सम्प्रेशष हुनेछ भन्ने मेरो विश्वास छ ।” देशलाई हेर्ने आँखीझ्याल – “फाटेको टोपी ” शीर्षकमा सुलोचना मानन्धर धिताल ( प्राज्ञ, नेपाल प्रज्ञा प्रतिष्ठान) लेख्नुहुन्छ – “कवि हरिॐ प्रधानका यो “फाटेको टोपी” कविता सङ्ग्रह पढिरहँदा मलाई लाग्यो देशभित्र बसेर देशलाई हेर्दै छु ।देशलाई नै पढिरहेंछु ।सिंगै देशलाई देखिरहेछु ।” यो अभिव्यक्तिले हिरॐ प्रधानका यी कवितामा देशको यथार्थतालाई समेटेको छ । चितवन साहित्य परिषद का निवर्तमान अध्यक्ष गायत्री श्रेष्ठलेलेख्नु हुन्छ – “आफ्नो जीवनको बल बैंश र जाँगर बर्षौसम्म अमेरिकाम खर्चिदै पनि आफ्नो भाषा साहित्यप्रतिको अगाध प्रेमको परिचय प्रस्तुत गर्नु भएको छ –हरिभाइले ।”
कविता भित्र घोत्लिनदा – यस कृति भित्र २६ कविता समावेश भएका छन् । यी कविताका हरेक शीर्षकमा घोत्लिनमन लाग्यो । हेरौ प्रत्येक कविताको भावसार–
आवास प्रवास पहिलो कविता हो । यस कविताले आवास र प्रवासमा रहेका व्यक्तिले भोग्नपरेका आरोह अवरोहलाई समाएको छ । आज लाखौं मानिसहरू आवासबाट प्रवास पुग्न बाध्य छन् यस सम्बन्धमा कविले भन्छन् –
आमाले त आपूmलाई सिन्दुरको रेखाले मात्र कोरेकी थिइन्
अब त मलाई देशले सीमाङ्कन गरि दिएको छ
यहींबाट सुरु हुन्छ दोस्रो परिवेश
दोस्रो पहिचान
(पृष्ठ ३)
जब देशले आफ्ना नागरिकलाई गास बास आवासको आपूपर्ति गर्न सक्दैन तब मानिस भावविहीन भावविह्वल भएर प्राण भन्दा प्यारो आफ्नो मातृभूमिलाई छाड्न बाध्य हुनुपर्छ । प्रवासी भएर पनि उसलाई कहाँ सन्तोष मिल्छ र उसको तन मन उसकै करेसा बारीमा घुमिरहेको हुन्छ । प्रवासीको विल्ला भिरेर बस्न पनि उसलाई सहज हुदैन । ऊ आवासमा फर्किन्छ । फर्कदा पनि ऊ देशको यथार्थतालाई हेरेर सन्तोष पाउन सक्दैन । उसले आमालाई हेर्छ भावनालाई यसरी पोख्छ –
मेरी आमालाई गुन्यु र बुट्टे चोलाले ढाक्न पनि सकेनछन्
चिसोले काट्ठिएका हात खुट्टाहरू पनि झार्न लागेछन्
तै पनि हानालुछीको दौडले कहिल्यै छोडेनछ
सम्मानका स्वरहरू गुमाइसकेछ
पात्र रहन्छ , अन्तर द्वन्द्व रहन्छ
अनि पर्दा झर्दछ
पृष्ठ ५
आज मानिसले भोगी रहेका आवास र प्रवासका चित्रहरू कविले उतारेका छन् । यी सबै सत्यतामा आधारित छन् । आवासको व्यवस्थापनको कमी कमजोडीले गर्दा आवास रित्तिदै छ प्रवास भरिदै छ । देशका जग्गाजमिन बाँझिदै छन्।
आमा – आमाको मायाले रंगिएको यो जीवन विश्वको जति रङ्गमन्चमा डुबुल्की मारे पनि एउटा छोरालाई आमाको काख विना जीवन अधुरो हुन्छ । जीवन पूर्णताको लागि आफ्नै आमा (मातृभूमि)को काख खोज्दै कवि यसरी भावनाहरू पोख्दछन् –
अधुरो जिन्दगीको रंग दिएर
बाँच्नुको सार खोज्नु भन्दा
पूर्ण जिन्दगीको आशामा
उदय हुन मन लागि रहेछ
जिन्दगीको पाटा पल्टाउँदै
आमा....
तिम्रो काख खोजीरहेछ एकपटक
( पृष्ठ ७ )
मेरी उनी – अटुट भावनाले बाँधिएका, मायाको डोरीले कसिएका, सँगै सँगै हुर्किका, कहिले ज्वारभाटा बन्दै कहिले कहिले इसारा गर्दै आपूmलाई सतीको सँज्ञा दिने प्रेमीकाप्रति कविले यसरी आवद्धतालाई जनाएका छन् –
त्यसैले त म
तिमीसँग बाँधिएको
एक छायाँ हुँ
एक काया हुँ
न तिमी फुकाउन सक्छौ
न डुवाउन सक्छौ
न चलाउन सक्छौ
न गलाउन सक्छौ ।
(पृष्ठ १०)
मेरो चौपारी –मेरो चौपारी देशकाो बिम्बको रूपमा आएको छ । पहिला पहिला प्रकृतिले सजाएको चौपारीको सौन्दर्य यसप्रकार थियो –
ढकमक्क फुलेको लालुपातेको आँगनीमा
वैंसले झुलेको तितेपातीका विहानीमा
सुनौलो प्रभातले अंकमाल गरेका ती सुन्दर लहरमा
पृष्ठ ११
आज सौन्र्दौयले भरिएको चौतारी सबै सात समुद्र तरेर गएकाहरूले अवलोकन गर्दा उजाड देखिन्छ । देशको अवस्थामा परिवर्तन ल्यायौं भन्नेहरूले परिवर्तनको आभाष कसैलाई दिन सकेका छैनन् । तथा पाउन सकेको देखिदैन । यथास्थितिमा भन्दा अझै देशको स्थिति खस्कदो छ । रौनक हराएको छ । अनुहारमा, परिवर्तनका रेखा खिचिन सकेका छैनन् । जताहेरो उतै सबै भताभुङ्ग भएको देखिन्छ । एक अर्कामा लुछाचुडी छ । यी सबै क्रियाकलापलाई हेर्दा कविको अन्तरात्माबाट धिकारको आवाज यसरी प्रस्फुटन हुछ –
“ धिकार छ यस्ता रखौटेहरूलाई
धिकार छ यस्ता भरौटेहरूलाई
पृष्ठ १३
लक्ष्मीप्रसाद देवकोटा – यस कवितामा कविले महाकवि लक्ष्मीप्रसाद देवकोटा यो संसार छाडेर गए । तर उनी आफ्नो भौतिक शरीरबाट सकिएर हराएर गए पनि उनका कृतिले अजर अमर छन् । उनले रोपेका बिरुवाहरू हुर्किसकेका छन् । भौतिक शरीरमा विलाए पनि सिर्जनाको शरीरबाट महाकवि विलाएका छैनन् भन्ने यथार्थता कविले यस कवितामा पस्केका छन् । उनले देशलाई दिन सकेको योगदान अझै थाती छन् । अर्थात अझै देशलाई साहित्यिक योगदानको ठूलो खाँचो भएको कवि महसुस गर्दछन् । त्यसो हुँदा आज उनका थाती राखेका काम सम्हाल्न सक्ने र साहित्यिक योगदानलाई अझै सवल बनाउन सक्ने सपुतके खोजी भै राखेको छ भन्ने धारणा कविले राखेका छन् । लोभ र स्वार्थसँग टाढा एक अनमोल कविको जन्म हुन्छ तर समय लाग्न सक्छ भन्ने कुरामा कवि ढुक्क छन् ।
आज युग बदलियो, स्वर्ण युग आया प्रकृतिले चोला फेरो र सुनौला वाहार ल्यायो भन्नेहरूको कमी छैन । यी धमारणासँग कवि सहमत छैनन् र उन्ले भन्छन् –
कुन चाहिँ आँगन मुस्कानमा बाँचेकी छे
कुन चाँहि बेँसी प्रकृतिसँग नाचेकी छे,
कहाँ रमाएका छन् लेकका प्याउलीहरू
कहाँ हाँसेका छन् फेवातालका डुङ्गाहरू
विहानीको सुनौला किरणमा
नाच्न निस्कने यार्सागुम्बालाई
चुम्न खोजेर जीवन धारमा उभिएर हिड्ने
अर्ध मानवहरू
पृष्ठ १७
यस कवितामा कविले विविधत्रतालाई समाएका छन् । कोही जिउनको लागि आहुति दिन्छन् । जीवन जुवारूपी संग्राम हो । जुवा खेल्दा कोही जित्छ कोही हार्छ । यहाँ लड्ने लडिरहेका छन् । हाँस्ने हाँसीरहेका छन् । सुरासुन्दरीमा बहन चाहनेवाला बहिरहेका छन् । कोही रिसोर्टमा हराइरहेछन् । अर्थात जस्ले जो हचाहेको छ त्यो गरिरहेको छ ।
कविको नजरमा “धर्ती चलेको छैन, ऊ मौन छ , आगन बदलिएको छैन ऊ स्थिर छ , उनै हली बाउसे छन् । काँध बदलिएको छैन दिन उसैगरी निरन्तर आउँछ, सूर्य बदलिएको छैन” यस्ता थुप्रै धारणा कविले यहाँ राख्दै पुरानो धुनमा नरमाउन र नयाँ धुनको खाँचो भको हुँदा नयाँ धुनलाई समाउन, तराइ, पहाड, कन्दार र हिमाल सबै ठाउँबाट जागेर होस्टे र हैंसे गरेर बोक आमालाई भन्दै कवि यसरी प्रस्तुत भएका छन्–
एकै आँगनका फुलबारीहरू
छर सुगन्ध देशभरि
नकाट, नबाँध यसलाई
स्वच्छ र निर्मल बनाउ यसलमाई ।
पृष्ठ १८
आकाश र धर्ती – कविले यस कवितामा नाप्न ,थाम्न, जोख्न, नसकिने अनन्त निराकारको दुई अजीव अन्तराललाई कविले यिनको भिन्नतामा भन्दा अनन्ततामा खोज्न आकाश कहाँ छौ भन्दै दूरताको देशमा पुग्छन् । कवि यो आकृति विहीन, स्वर विहीन, शब्द विहीन,रङ्ग विहीन अर्थात निराकारलाई नेत्रबाट खोज्न र बोलाउन कसरी सहज हुन्छ भन्दै कविको आफ्नो बह बुझिदिने, हिक्का छोडाइमा स्वीकारी दिने, कोही पात्रले वगेका व्यथालाई सम्हाली दिने कोही नभएको कविमा महसुस हुन्छ । मायावी संसारमा कसरी खोज्ने कविले भावना राख्छन् । शब्दमा सङ्गीत हुनुपर्छ । शब्दमा सङ्गीत छैन, अलंकार छैन भने रङ्गविहीनताका ती शब्द जोडेर के नै हुन्छ ? आकाश र धर्ती भनेर यी शब्द किन जोड्ने, विभिन्नताभित्र हराउन भन्दा आकाश र पृथ्वी भित्र कति अन्तराल छ भनेर जान्नु आवश्यक छ । दुई छुट्टै अस्तित्व भएको आकाश र धर्तीलाई नजोड, विविधता भित्र किन हराउँछौ जस्ता धारणा राख्दै कवि भन्छन् –
‘भो मलाइ यहीँभित्र नै रमाउन भन
यही भित्र नै हराउन भन ।’
पृष्ठ २२
कविले यस कवितामार्फत निराकारको सही यथार्थतालाई बुझ्नु पर्छ र निराकारमै रमाउन र हराउन तथा यिनैमा लिन हुनुपर्छ भन्ने धारणालाई पस्केका छन् ।
चिता – यस कवितामा पनि कविले धेरै कुराहरूलाई उठान गरेका छन् । मानिस जन्मन्छ हाँसो र उल्लासले उसलाई स्वागत गर्छ । नवजीवन अघि बढ्दा व्यथामा समाहित हुन्छ । यी व्यथाले जीवनको सुरुवातदेखिनै बोझ दिएको हुन्छ । जीवनमा मानिसले भोगेका भोगाई युद्धमा हुने मानवीय लगायतका क्षती प्रथम र दुतीय विश्वयुद्धमा आपूmसकिनु र अर्कालाई सक्नु जस्ता कर्ममा विश्लेषण गर्न सक्नुपथ्र्यो सकेन । हामी बुद्धको उपदेश सुनेर के काम उपदेश त आपूmमा समाहित गर्न सक्नुपर्छ । मूर्ति बोकर मन माझ्नेहरूले हरे रामको शब्द झुन्ड्याएरके गर्ने । यथार्थता हो मनभित्रको कपट र नीरसलाई त्याग्न सक्नुर्छ आदि धारणालाई केलाउँदै युद्ध समयको खेल हो भन्नेहरूसँग असहमत हुँदै कवि भन्छन् –
भन्छन् युद्ध त समयको खेल हो
समयले लिएर आउने आदेश हो
खोईत दश बर्से युद्धले के ल्यायो ?
चुलो पनि बलेन ।
पृष्ठ २४
युद्धले ठूलो धनजनको क्षति व्यहोर्दै कसैलाई जीत दिलाउला तर धैरैलाई चितामा पु¥याउँछ । कविले भन्छन् – समयले दिने आदेश अबत व्यक्तिसँग समाहित भएको छ । आज मानिस सबै चिज मसँग छ भनेर गर्व गर्छन् । उसले स्वर्ग मसँग छ नर्क मसँग छ, भन्छ तर उसले के भइरहेको छ भनेर पछिफर्केर हेर्न बानी छैन तर उसकोपछि पनि चिताको ज्वाला लिएर कोही उभिएर बसेको छ । कविले यी धारणा प्रष्ट पार्दै सबैलाई आग्रह गर्छन् –
विउँझ , फर्केर हेर
तिम्रो निभ्ने आँखामा
समय सँगसँगै धमिलो भएर जाने
ज्योतिलाई चिन
क्षणिक चमकको अर्थलाई बुझ
तिमीलाई यही शुभकामना
पृष्ठ २५
तिम्रो यादमा – आदिकवि भानुक्तको योगदान सहज रूपमा भएको हैन । उनको योगदानलाई सम्झने एक दिने कार्यमा गरिने नारा तथा टिका टिप्पणीले त्यसवेलाको असहजता, समाजको यथार्थता तथा परिवेशको ख्याल नगरी गरिएका टिका टिप्पणीले सही यथार्थता पस्किदैन । उनका कामलाई केलाउँदै उनको योगदानको सम्मानमा लाग्नको लागि कविले यसरी धारणा राखेका छन् –
म नाराबाट होइन
मौन भाषले तिम्रो कृतिलाई सम्झन्छु
हृदयभित्रबाट तिम्रो पूजा गर्छु
अन्तरआत्माभित्र समाहित गरिरहेको छु ।
पृष्ठ २८
फाटेको टोपी – कविका सबै कविता पढ्दा लाग्छ सबै हीरा मोती नै हुन् तर तिनमा कुन हीरा अब्बल हुन्छ भन्दा कोहीनूर हीरालाई अब्बल माने जस्तै उनका यी सबै कविता मद्धेबाट कविले फाटेको टोपीलाई आफ्नो कविता सङ्ग्रहको शीर्षकीकरण गरेका छन् । टोपी नेपालीको शीरको शोभा हो । यो ताजको अस्त्त्विमा नै सारा नेपालीको अस्तित्व गाँसिएको छ । कविले यस कवितामा टोपी लगाएको एउटा बृद्ध मानिसको तस्विर पनि राखेका छन् । यसले मानव जीवनका बालक युवा र अन्त्यमा बृद्धा अवस्थामा पुग्दा गरिने यथार्थ कर्मलाई कवितामा उतार्दै फाटेको टोपीमा लगेर जोडेका छन् । मानव यौवन अवस्थामा आनन्द लिन्छ कसरी ? कवि प्रस्तुत भएका छन् यसरी–
तरुल र लतिकामा हल्ली हल्ली
सालैजो र लालमायाको अङ्ग प्रत्यङ्गभित्र
कहीं बैंसमा बाँध्दै
कहीँ अङ्कमालमा हाँस्दै,
फक्रेको यो जिन्दगीभित्र
आँखा लडाउँदै
हुर्किएको यो सप्तरङ्गभित्र
आफ्नो रूपको यौवनसँगै
इन्द्रेणी खोज्दै
तिम्रो वक्षस्थलभित्र बनेको यो अङ्ग
तिमीसँगै टाँसिएर युग वितेको छ
नसा नसामा , तरल तरङ्ग बनेर
सजिएको छ ।
मानव जीवन एक नासको हुँदैन । क्रमस दिन वित्तैजान्छन् । उमेर डाँडो काट्छ । उसले प्रकृतिका उपहार भिरेर, सुस्केराका रातहरू कटाउँदै ऊ दृष्टिविहीन हुन पुग्छ । उसले गरेका हरेक परिश्रमका प्रमाणहरू उसको शरीरले प्रदर्शन गरिरहेका हुन्छन् । उसले जीवनमा आर्जेका यथार्थतालाई कविले यसरी प्रस्तुत गरिरहेका छन् –
वितेका मेरा दिन र रात
पैंचोले आर्जेको होइन
बन्दकीमा बसेको कागजको खोष्टो होइन
आफ्नाले दिने आत्मियता भन्दा
पनि गगहिरो मेरो आत्म सम्मान
प्रहार गरेर नटुटाऊ
पृष्ठ ३०
टोपी के हो त, यसको अस्तित्व कहाँसम्म पुगेको छ र यस्ले के दर्शाउँछ ?आदि धारणालाई प्रष्ट पार्दै कवि भन्दछन् –
अझ तिमी सोध्छौ भने,
हिमालयको चोखो ममतामा
डुबुल्की मार्दै उर्लेको उद्वेगभित्र
टाँसिएको छ यो मेरो टोपी
दिव्यताभित्रै नै समाहित छ
हो त राष्ट्र, राष्ट्रियतामा उच्चता बोकेको यो टोपी सबैमा टाँसिनु र दिव्यतामा समाहित हुनु स्वभाविक हो । कविले फाटेको टोपीको माध्यम बनाएर आफ्नो पहिचान गुमाउन नहुने, लज्जाविहीन आडम्बरीकोमा कथा बुनेर दुलही सजाउँदा झै सजाउन नहुन,े दिन रात रक्सिको बोत्तलभित्र रङ्गिीन साँझ बनाएर नधकेल्न र लाजलाई अट्टाहासमा नउडाउन चेतावनी दिन्छन् । अन्त्यमा कविले लाजलाग्ने काम कसैबाट गर्न हुदैन भन्ने धारणा यसरी पस्केका छन् –
मेरो लाजभित्र
तिम्रो, हाम्रो सबैको
लाज बाँधिएको छ
सिङ्गो नेपाल यसैमा गाँसिएको छ ।
पृष्ठ ३१
कृतिको नामाकरण गरिएको यस कविताले सिङ्गो नेपालको यथार्थतालाई फाटेको टोपीलाई बिम्ब बनाएर प्रस्तुत गरिएको छ । सुन्दर छ र राष्ट्रियताको भावनाबाट भरिएको छ ।
मेरी प्रिय – यस कवितामा कविले नेपालबाट विदेशमा गएकाी प्रियाको बारेमा विदेशीनको बाध्यता, यहाँको प्रकृतिक सुन्दरताले पनि रोक्न नसकेको, गरिएका बाचा बन्धनको पनि याद भएन, चन्द्र सूर्यलाई नसम्झेर हराएकोमा हराउनको कारणलाई कविले बुझे भन्दै कविले अस्मितालाई लुट्न नदेऊ, खेलवाड गर्न नदेऊ, भविष्यलाई रोक, समय आउने एक दिन सबै नष्ट हुने, मुक्तिको धुन बज्ने, चन्द्र सूर्य हाँस्ने,छन् । मृगहरू नाच्ने छन् जस्ता धारणा आएकाछन् कवितामा ।
अदृश्य आँखाका सपनाहरू– विहानीमा उदाएको बालरविको सुनौला ज्योति, चराचुरुङ्गीको चरबिर आवाज, आगनमा टल्किएका शीतका थोपा हेर्दा हेर्दै मानिस यौवनतामा पुग्छ । यो स्वभाविक हो । प्राकृतिक सौन्दर्य त्यहाँ हुने विविध क्रियाकलापमा अवलोकन गर्दा आँखा लोलाउन सक्छन् र आँसु विलाउन सक्छन् । मूक बनेर बसेका यस परिस्थितिमा हूलमा आपूm नै हराउने हो कि? आशाका क्षणहरू विलिन भएर जाने हुन् कि आदि विषयमा कवि प्रश्नवाची हुन्छन् । कविका मनमा आशा निराशा पलाउँछ अनि पश्न गर्छन् –
मरेका लासहरूमाथि
लुका चुडी गरेका कोलाहालभित्र
सपना कसरी दिगो बन्न सक्ला र ?
यस राष्ट्रिय भावनाले ओतप्रोत कवितामा कविले अदृश्य आँखाहरूबाट नेपालको आजको सदृश्य चित्रण गरेका छन् । आज नेपालका शासक वर्गको यथार्थ यही छ । देशमा भागबन्डाको राजनीतिले देश तहस नहस भएको छ । तब पनि कवि निरास छैनन् कलमका हतियार लिएर बर्साएका गोलीबाट बन्धक बनेका छातीललाई शीतलता दिन झ्यालका ढोका खोलेर उनका दौतरीहरूलाई सुनौलो विहानी भित्र्याउन आह्वान गर्दछन् –
नयाँ आँकुराहरूलाई जन्माएर
हिंस्रक गन्धहरूलाई अन्त्य गर्न
एउटा बाँचा बोकेर
अघि सरौं बन्धुहरू हो !
आमालाई बन्दकर्ताको घेराबाट मुक्त गराऔं ।
पृष्ठ ३६
त्रिपालभित्र पलाएको आशा – यस कवितामा कविले भूकम्पबाट पारेको आहातमा छटपटिएकाहरूले राहतको खोजीमा लागेको, त्रिपालभित्रको कहाली लाग्दो अवस्थाको चित्रण मार्मिक रूपमा प्रस्तुत गरेका छन् । भूकम्पले निम्त्याएको कहाली लाग्दो अवस्थालाई कविले यसरी प्रस्तुत गरेका छन् –
मन्दिर पल्टे , हिमाल भत्के,गाउँ डुबे,
लाली गुराँस झरे,डाँडा काँडा चाहर्ने
झ्याउकिरी पनि बास खोज्न
लाखापाखा लागे ।
पृष्ठ ३८
प्रकृतिले दिएको यो यातनामा के नै बाँकी रहन्छ र ? सुनौला सपना बुन्नेहरूका सबै सपना समाप्त हुन्छन् । आँगन, तुलसीको मठ,, घरगोठ आदि सबै सबै भत्किन्छन् । विवशताको अवस्थालाई कविले यसरी प्रस्तुत गरेका छन् –
किंकर्तव्यविमूढ
सुन्न सक्छु तर गर्न केही सक्दिन
आदर्श छाँट्न सक्छु
आदर्शता दिन सक्दिन
फलाक्न सक्छु
समेट्न सक्दिन
पृष्ठ ४०
भूकम्पले छिया छिया परेको शरीरमा मल्हम पट्टी लगाउनको लागि युगपुरुषका खोजी भएका कुरा आएका छन् र कविले यसरी प्रस्तुत गरेका छन् –
मलहमपट्टी बाँध्ने युग पुरुषको खोजीरहेकी छन्
मेरी आमा
अझै राहत होइन
आहतको प्रश्न तेर्साइ रहेकी छिन् ।
यो प्रश्नले कविलाई पनि पोलेको छ किनकी आमाले गरेको यो प्रश्नभित्रका उनी पनि एक सदस्य थिए र छन् पनि ।
संझनाको अँधेरीमा – यस कविताले पनि विदेशमा बसेको अवस्थामा आफ्नो मातृभूमिलाई सम्झने यादले सताएको धारणा कविले यसरी पस्केका छन् –
आज फेरि त्यहीं हराउन मन लाग्यो
सुस्केरासँग तिमीलाई अँगाल्न मन लाग्यो
वितेका दिन याद दिलाउन मन लाग्यो
आँखाभरीआँसुलाई छचल्क्याउन मन लाग्यो ।
पृष्ठ ४१
मानिस बाध्यताले आफ्नो देश छाड्छ । जहाँ जान्छ त्यहाँ पनि उसलाई कहाँ सजिलो छ र ? यहाँ परेको विविध बन्धनहरू गला पासोको रूपमा रुपान्तरण हुन्छन् ।यस्तो गला पासोले न त प्राण नै लिन्छ न त मुक्ति नै दिन्छ ।
कविले यस्तो प्रकारको बन्धनलाई यसरी प्रस्तुत गरेका छन् –
पर्दाभित्रको रङ्गीन जिन्दगी
स्वर्गको कल्पना भित्र
ताण्डव नृत्य,
सुरा सुन्दरी
आदि इत्यादि कथाहरू
यसैले त तिमीलाई सिंगारेको छ ।
पृष्ठ ४२
कता कता कविको धारणा सुनौलो संसारको ज्योतिर्मय स्वरूपमा पुग्छ । अखण्ड ज्योर्तिमय स्वरूप भनेको त साक्षात ब्रह्मको स्वरूप हो ।उनले प्रियालाई बदल्ने धारणा राख्छन् । समयले दशौं शताब्दी नाघिसकेको छ । यसैकारण गाइएका रानीवन कोठे बारी बनिसकेका होलान् ! सुनगाभाहरू, गौथलीको बास आदि आदिमा परिवर्तन भै सके होलान् ! त्यसैले अब नअल्मलियौं ज्योतिर्मय स्वरूपको चिन्तन ग¥यौं नत्र यो नै मृगतृष्ण बन्न सक्छ , यो नै श्राप बन्न सक्छ भन्ने धारणा यसरी आएका छन् –
त्यसैले प्रिया !
यो वनमाराको पुञ्जभित्र तिमीलाई नहराउँ
सुगन्धभित्र नअल्मलाऊ
कहीं यो नै मृगतृष्णा नबनोस्
कहीं यो आपूm नै श्राप नवनोस्
पृष्ठ ४३
यस कवितामा कवि प्राकृतिक सौन्दर्यको वर्णनबाट कविताको उत्थान गरी, संसारिक बन्धकका धारणालाई व्याख्या गर्दै कता कता कविको धारणा सुनौलो संसारको ज्योतिर्मय स्वरूपमा पुग्छ । यो संसाररूपी वनमाराको पुञ्जबाट पार खोज्छन् ।कविको अध्यात्मप्रति गहन चिन्तन छ ।
म मुर्झाएको छैन – यस कवितामा कविको धारणा छ कसैलाई हराएको, मुर्झाको ठान्न नहुने, उसको यथार्थतालाई जान्न,उसको अन्तरङ्गमा बहने तरङ्गगभित्र, ज्वारभाटाको तरङ्गभित्र, ओझेलीएको स्वरूपलाई, सजिवताको स्वरूपभित्रराखेर, उसको क्रन्दनलाई छिनालेर हेरेर मात्र उसलाई मुर्झाएको हो कि हैन जानकारी लिनुपर्छ । एकचोटी बोलाएर हेर्न पर्छ,, व्युझाई दिनुपर्छ, तन्द्राबाट बिउँझाइ दिनुपर्छ अनि मात्र ऊ मुर्झाएको होकी हैन भनेर जानकारी हुन्छ । कविले आपूm नहराएको, समयलाई कुरेको धारणा राख्दै भन्छन् –
म फेरि कसिंगरलाई समेटेर लैजान
एक दिन एक साँझ अवश्य नै आउने छु ।
मलाई केवल बोलाइदेऊ
तिम्रो गगनभेदी आवाजले
म फेरि ज्वाजल्यमान स्वरूपमा जाग्ने छु
तर विन्ति ....
मलाई मुर्झाएको नभन
हराएको नभन !
पृष्ठ ४६
खोइ त मेरो पहिचान ?– यो कवितामा कविले सग्लो भावना, सामाजिक र धार्मिक सहनशीलता र सद्भाव, एकताको सूत्रमा बाँधिएका नेपालीलाई जातीय विभाजनमा लगिएका धारणालाई प्रस्तुत गरेका छन् । दार्शनिक मर्यादालाई भुलेर जियजन्त मरे मलामीको जनसद्भाव आज खलबलिएको कटुसत्यलाई कवितामा प्रस्तुत गरेका छन् । , चाड पर्वमा देखिएको विभाजनमा असहमत राख्दै कविले भन्छन् –
तिजका कण्ठमुग्धबाट
सम्झने हाम्रा चेलीहरूको करुणालाई
एक चोटी त नियालेर हेर
गएका वेदनालाई त बुझेर सुन
कहाँ छौ सिङ्गो नेपाल बोक्नेहरू हो
शब्दसँग खेल्ने अजिङ्गगरहरू हो ।
पेष्ठ ४९
पूर्खाको उदाहरण दिंदै भृकुटीले देश बचाउन चिनका राजासँग विवाह गरेका कुरा इतिहासले जनाउँछ । बुद्धको मूर्ति भन्नुको अर्थ शान्तिको मूर्ति हो । आज शान्ति चोरिएको छ । देश अशान्त छ । यसमा टुलु टुलु हेनु शान्ति भङ्ग गर्नु भनेको निकम्मापन हो । एउटै भाषा भेष भित्र बाँचेका, दौरा सुरुवाल र ढाकाटोपीमा चिनिएका नेपाली र नेपाली झण्डा पनि बदल्न खोज्नु भनेका मूर्खता हो । यस्ता पटमूर्खहरू जस्ले एक सूत्रमा बाँधिएका नेपाली पहिचान खलल पु¥याउने सँग पहिचान खोज्दै आक्रोसका प्रश्नहरू यसरी पोखेका छन् कविले–
अब मेरो पहिचान के ?
भाष कुन ?
पहिरन कुन ?
र खोइ मेरो पहिचान
पेष्ठ ५०
दसै – दसै नेपालीको महान चाड हो । यस चाडलाई नयाँ नयाँ नाना लगाउने मिठो मिठो खाने, एक उमङ्गका साथ मनाइने भएको तर वर्षभरिको कमाइले थाम्न नसकेपछि ऋण धन मागेर आदि गरेर दशैं मनाउने वाध्यतालाई कविले दशैंलाई सोद्धछन् –“अब तिमीलाई सुखको प्रतिमा मानों वा दुखःको आकृति ?“ । सकोस नसकोस् घरघरमा सौलो खसी ढाल्नु,दानदक्षिणा आदीले गर्दा दशैं निकै खर्चिलो हुन्छ । कसैले भाकल गरेको भए दशैमा बलि दिने चलन छ । बलिप्रथामा पनि कविको धारणा फरक छ । “हामी उच्च श्रेणीका तथा कथित प्राणी दशैंको नाममा निमुखा राँगा, बोका बलि दिएर फेरी पनि सुख खोज्छौं ।” यसबाट प्रष्ट हुन्छ कि बलिपर्था कविलाई सहज लाग्दैन। कविले दशैलाई यसरी विदा गर्दछन् –
झिनो मसिनो आशा पालेर
ऋणको भारी बोकेर
दशैलाई विदा गर्दछौं ।
पृष्ठ ५३
धनीहरूको लागि दशै सुखद रहे पनि गरिबहरूको लागि भने दशै दशाको रूपमा रुपान्तरण हुने गरेको छ । अन्त्यमा कविले यसरी इच्छा प्रकट गर्दछन् –
निधारको रातो टीकाले मुहार प्रशन्न होउन्
शिरमा सिउरेका जमरा कहिल्यै नओइलाउन्
पृष्ठ ५३
पुरानो डायरी–डायरी भनेपछि मानिसले तयार पारेको दैनिक विवरण तथा आत्मकथा भनेर सम्झिन्छ । यो डायरीमा कविले मार्मिक धारणालाई पस्केका छन् । उनी पुरानो डायरी खोल्न चाहाँदैनन् । किनकी पुरानो घाउका औेंसाहरूले नयाँ घाउ बनाउन प्रवेश गर्न सक्छन् । पुराना दुःखद घटनालाई उजागर गरेर घाउ बल्झ्याउन चहाँदैनन् कवि । धारणालाई यसरी प्रस्तुत गरेका छन् –
हराएको त्यो कालो दिन रात
फेरि म वर्तमान बनाएर
घुम्टो ओढाएर
नवदुलही बनाई
आँसुको फोहोरा ल्याउन चाहान्नथे
पृष्ठ५६
त्यसो हुँदा कविले आपूmले पनि नफुकाएको र सबैलाई त्यो सन्दुस नखोल भन्नु, जस्को कारण अर्को ब्रजपात नपरोस् सिन्दुर नपुच्छिउन् र चुरा नफुटुन । कविले माओवादी जनयुद्धको नाम नलिइकन त्यो कहाली लाग्दो जनयुद्ध र त्यसले पारेको जन धनको क्षतीलाई प्रष्ट पारेका छन् ।
म र बोत्तल– यस कथाले सामाजिक परिवेशलाई केलाउँदै सानो उमेरमै आमाको पूजामा अण्डा र अमृतरस भेट चढाएको दिन देखि मीत बनेको भीम र सेन । खाद्यान्नको पसिना बाट चुहिएको रसको उपनाम हो भीम(रक्सी,या मदिरा) । आमा भीरबाट खसेर स्वर्गवास भएको कुरा । मीतकासाथमा रहेका थुप्रै भारदारहरू, यिनै नरपिचासहरू टेबुलको वरिपरि, रम्भा नाची रहेकी हुनु, रम्भाका अङ्ग प्रत्यंग चुमिरहेका हुनु, रम्भाको अस्मिता बेचिइ रहेको हुनु, र रम्भाबाट गंगा बनेर पाप पखाल्नु पुग्नु जस्ता रक्सीबाट निम्त्याइने विकृतिलाई कविले प्रष्ट पारेका छन् । मीत (रक्सी) पनि कति रहिरहन्छ र बोत्तलको मीत यतिवेलासम्म रित्तिन्छ । रहन्छ केवल रित्तो बोत्तल । छोटो कुरामा भन्दा कविले सुरा र सुन्दरीसँग लागेपछि मानिस रित्तिन्छ भन्ने धारणा आएको छ कवितामा ।
लुकेको माया – यस कवितामा कविले केही खोज्न र केही पाउन निस्केको बटुवा मरुभूमि स्थल पुग्छ, आफ्नो जन्मभूमि फर्कन सहज हुँदैन आफ्नो जन्म भूमि र ऊ भएको स्थलको तुलना गर्छ । सबै चिज हुँदाहुँदै पनि आमाको माया टाढा हुँदा, उसलाई सबै छ तर केही छैन भन्ने अनुभूति हुन्छ र उसले आमालाई यसरी पुकार गर्दछ –
हे आमा ....
मलाई फेरि बोलाऊ एकचोटी,
फुकेर बाँसुरीको धुनबाट
अर्को आशीर्वादको पाँच औंलो फिजेको हातले
भरिओस् नसा नसामा
मायाको आदिप्य ज्योति
पर्खेर बसेको छु यही आशामा
तिम्रै पोल्टामा बाँच्न र बचाउन
तिम्रै छातीमा म अटाउन
पृष्ठ ६३
कमलरी र सिन्दुर – कमलरी प्रथा पश्चिम नेपालको तराइमा रहेको बँधुवा मजदुरी प्रथा थियो । यस प्रथामाा बाबु आमाले केही रकम लिएर छोराछोरीलाई साहुको घरमा काम गर्न पठाइन्थ्यो । साहूले आफ्नो पैसा असुल नहुन्देर कमलरीलाई काममा लगाएर राख्न पाउँथ्यो । कमलरी मुक्त घोषण वि.सं.२०७० साल श्रावण तीन गते भए पनि यो एउटा जटिल समस्याको रूपमा रहेको छ । मानवलाई मानवले पैसा लिएर किनिने गरिनु एउटा दुष्कर काम हो । यस विषयमा हरिजीले कमलरी र सिन्दुर शीर्षक दिएर कमलरीको पीडालाई यहाँ प्रस्तुत गर्नु भएको छ । हेरौ कमलरीप्रति कविको धारणा –
अब ऊ भालेको बोलीमा रात पर्खेर बस्छे
सुरु गर्छे आफ्नो दैनिकी
मानौं ऊ सिन्दूरसँग किनिएकी छे
शाब्दिकतामा भन्दा, ऊ बेचिएकी छे
पृष्ठ ६५
ऊ, स्वतन्त्र छैन । ऊ बाँधिएकी छे । उसलाई कानुनले आश्रय दिन्छ आदि उसका एक एक घटनाक्रमलाई केलाउँदै कविले कानुन÷ समाजका ठेकेदारहरूलाई यसरी प्रश्न राख्छन् –
हे समाजका ठेकेदारहरू हो
तिम्रो कानुन कहाँ छ ?
कमलरीको पीडामात्रले
अर्की नारीको पीडा समेट्छ ?
कमलरी मात्र नारीको परिभाष भित्र पर्छे ?
मात्र ऊ पीडित हो ?
पृष्ठपृष्ठ ६७
यथार्थता केलाउँदा सबै नारीको अवस्था पीडादाई छ । कविले सुस्केरामा रात बिताउने नारीलाई अन्तस्करणबाट हेरिन पर्ने हुन्छ भन्छन् । यो पनि भुल्न हुँदैन कि घरबाट सुरु भएको चिरागले गाउँ सहर हुँदै देश डढाउँछ । यथार्थ हो यो । तिनीहरूलाई पनि कानुनको उज्यालो किरणले पछ्रयायोस् तथा कानुन सबैले पाउनु पर्छ झिनो र मलिनो अनुहारको भाषालाई बुझ्न सक्नुपर्छ साथै मैलो सारीको घुम्ट्यो भित्रको वेदनालाई पनि बुझ्नुपर्छ भन्ने धारणा कविले प्रष्ट्याएका छन् ।
झोलुङ्गे पुल– यस कवितामा कविले निर्जीव झोलुङ्गे पूलको मर्मलाई प्रस्तुत गर्ने प्रयास गर्नु भएको छ । पुलको काम हो दूई भिन्न किनारालाई जोडेर सहजता प्रदान गर्नु । पुल निर्जीव हुन्छ । कविको धारणा यसरी आएकोछ । पुलको आत्मा छ तर प्राण छैन । वेदना भए पनि चेतना छैन । उसको निर्माण जाली र तताएर पिटिएका फलाम बाट लत्रिने गरि भएको छ । पुलले पाएको यातनालाई कविले यसरी खोल्छन् –
राणाको अत्याचारको कथा सुनेको थिएँ
हिटलर र मुसोलिनीको व्यभिचार सुनेको थिएँ
अब त लातै लातलाई बुझेको छु
दिन र रात दुवै सँग सुतेको छु
दिनको पिचास र रातको नरकले सँगै हुर्केको छु
तव पनि तन्किएकै छु , हल्लिएकै छु
पृष्ठ ६९
उपरोक्त अभिव्यक्तिलाई विश्लेषण गर्दा पुलले हिजोको सामाजिक यथार्थतालाई आजको सामाजिक यथार्थसँग जोड्ने काम गरेकोछ । हिजोकाहरूले अत्याचार र व्यभिचारले दिएको कष्टलाई त सुनेको मात्र थियो पुलले तर आज लातै लातलाई व्यहोरेको छ । तव पनि ऊ हरेस खाँदैन । ऊ अझै आशावादी छ । हो झोलुङ्गे पुलको रूपमा हल्लिरहेको यो मानव जीवन केही प्राप्तीको आशामा बाँची रहेको छ । बिम्बको रूपमा कवि यसरी प्रस्तुत हुन्छन् –
हरेक रात सक्किएर मिर्मिरे बैंसको पर्खाइमा
केही लालीलाई
गुम्सिएको अनुहारभित्र प्रस्फुटन गर्न पाउँछु कि भनेर
टुट्न र फुट्न नसकेकर
झिनो एक आशामा
बाँची रहेकै छु, बाँची रहेकै छु, ।
पृष्ठ ६९
गरिब–यस कवितामा कविले घुमाउरे घरको सानो आगनको घरको छेउमा फाटेको चकटीमा गुरुर गुरुर आवजको साथमा नाच्दै गरेका थरीथरीका जोडी, बाजाको स्वर अनि आवाजभित्र डुवी रहेको म पात्रको कलिलो मन, नाचहेर्ने कलिला नयन, मुस्कानले भरिएको मुख, चुलिएका असंख्य दृश्यहरू, मौलाएर छरिएका नग्न स्वरूपहरू, भत्किएका लोभालु आँखाहरू, बाटो हिड्ने वैंशालुहरूका छड्के नजरले छरिदिने पापी नजरहरू, रङ्गीविरङ्गीले भरिएको पृथ्वी र एक्लो दर्शकको म पात्र आदि विवरणत्मक भावनात्मक लामो परिवेशलाई केलाउँदै कवि प्रश्न वाची हुन्छन् र भन्छन् । के छैन सबै त छ , दिन, रात, गीत , वेदना, हाँसो, आँसु, खुसी आदिले भरिएको सिंगो थाल छ । अनि कविले नभएको कुरा पनि केलाउँछन् । महसुस गर्छन र भन्छन् – आधुनिकता, कोरा ढर्रा छैन । उनी पुन भन्छन् –
कलिलो वैंशले छरेको सुगन्धभित्र
भू भू गरेर घुमिरहने महको मिठास छ
कल कल गरेर सुन्दर तापोवनको
अँगालोमा बाँधिरहेका
थोपा थोपाले जेलिएर जोडिएका
सिंगो स्वरूपहरू
नशा नशामा बैंस छर्दै
लठ्याइएका मनभित्र गाँसिएको पवित्रतामा अंकित गरिबता
पृष्ठ ७२
कवि गरिबी भित्रै रमाउन चाहान्छन् । त्यहाँ महको मिठास छ , तपोवनको अँगालोमा बाँधिएको सिंगो स्वरूप छ । तपोवनजस्तै देवस्थल र प्राकृतिक सुन्दरता छ । नठग, नछुट्याऊ, शान्त ढुकढुकीसँग कोही मीतेरी लाउन नआऊ, मुनासँग जोडिएको मेरो ४ आना भित्र रमाउन देऊ, नउछिट्याउ, नलगार किनकी यहीं छ सबै, यहीं बाट प्रस्फुटन भएर र्आएो उपहार जस्ता गहन भावना र धारणा पस्कदै गरिबी भित्र रहेको मानव जीवनलाई यसरी प्रस्तुत गरेका छन् कविले –
चाँहिदैन खोटो धनीको उपहार
लोभसँग पर बसेको म गरिब
पर्याप्त छ यही संज्ञा मेरो लागि
भो मलाई यही गरिबीको परिधिमा
रंगिएको सुगन्धसँग जीइरहनदेऊ
गरिबीको संज्ञासँग हराउन देऊ ।
पृष्ठ ७२
भाउजुको होटल – यस कवितामा कविले होटेलको वातावरणलाई सजाउँदै ,होटेलमा बासबस्नेहरूको धारणालाई केलाउँदै , बास बस्न पाइन्छ भन्ने प्रश्न राख्दै गर्दा उनले मुक भाषा केही भनिरहेको संकेतलाई बुझ्दै रात गुज्रिन्छ । भोली पल्टको घटना क्रमलाई कविले यसरी पस्कन्छन् –
जाने वेला तिनी हेरिरहिन् र भनिरहिन्
तिमी पनि ऊ जस्तै त हो नि
तिनको एकोहोरो हेराइको भाषाले
मलाई पोलिरह्यो ।
हिसाव कितावका कुरागर्दा पनि भन्न चाहेका कुराहरू लटपटिएर आए पछि हिसाव जोडेर केही नोटहरू टेवुलमा छाडेर भाजुको मौनता बोकेर गन्तव्यतिर लागेको धारणा आएको छ बास बस्नेको । कविताले प्रष्ट नभने पनि लाहुरे र होटेलवाली बीचको बासबस्दा हुने सम्बन्धलाई प्रष्ट्याउने प्रयास गरेको छ ।
मन –बास्तवमा मन अति चलायमान हुन्छ । यो के हो त भन्दा सहज उत्तर छैन । यहाँ कविले एक वैवाहिक जोडीको धारणालाई प्रस्तुत गरेका छन् । हेरौ कविको थालनी कै अभिव्यक्ति –
सिउँदोमा सिन्दुर भरेर पनि
अपनत्व पाएको भए
मन किन बहकिन्थ्यो होला र ?
यहाँ त मन पनि रहेन
दिल पनि हाँसेन
पृष्ठ ७६
अपनत्व दिने वालाले अपनत्व पाउनेवालालाई अपनत्व दिनु पर्ने हुन्छ । साझा सम्पत्तिको रूपमा रहेको अपनत्वबाट विमुख भएपछि कसरी मन रहनु र कसरी दिल हाँस्नु ? यसो हुँदा पनि दुई बीचमा भएका सम्वादमा चौपारी चिनियो वर र पिपल पनि भइयो । अनि चौपारी भत्काउने भएपछि मायालु बतास बग्ने कुरा कसरी सम्भव हुन्छ ? यहाँ महत्वपूर्ण कुरा के भने जन्मघरको दियोलाई बुझाएर कर्म घरको दियो बाल्न आएकी दुलहीप्रति विश्वास नै नदिलाएपछि तेल सकिनु र दियो निभ्नु पनि स्वभाविक हो । तर पनि मन भित्र आँधीवेरी चले पनि, भूकम्पले हल्लाए पनि जग थाम्ने प्रयास गर्दा गर्दै आशाको भुल्का नउम्रेपछि मन भाँचिन जान्छ जस्ता गहन भाानालाई पस्कदै कविले धारणा यसरी राख्छन्–
अब म कोसित सोधुँ ?
म मनसित टाँसिएको छु
वा मन मसित
यही मनको कथा सँगसँगै
म बगिरहेको छु
आपूmलाई हराइ रहेको छु ।
पृष्ठ ७७
मेरो खले गह्रो – यस कवितामा पहिलाको खलेगह्रोको छेउबाट निस्केको चिसो पानी, सानो दह, दहमा सानातीन गडेरा माछा बाँसको घारी खलेगह्रो को सुन्दरता थियो तर पछि गएर हेर्दा एक रङ्गी पञ्चरङ्गी हुनु, मूल सुक्नु, मूल सुकेपछि गडेरा माछा पनि हुने कुरै भएन । यसरी परिवर्तन आयो । परिवर्तन आएपछि को भन्दा को कम भन्ने प्रतिस्पर्धा चल्यो, खलेगह्रामा पनि जोत्दा ठूला ठूला डल्ला आउनु डल्ला फुटाउने टापु नै भाँचिनु सूर्यको किरण पनि उल्टो फर्कनु, म भन्ने पात्र पछि पछि लाग्नु, हल गोरुपनि विलाउनु, सबै जना साधु बन्नु, साधु बन्दा हातमा कमण्डलु बाहेक केही नहुनु जस्ता धाारणा कविले पस्केका छन् । यी बिम्बमा प्रस्तुत भएका शब्दको धेरै कुरामा विश्लेषण गर्न सकिन्छ । परिवर्तन भएपछि देशमा विकास निर्माण हुनु भन्दा भएका विकासकर्महरू पनि सुक्दै गएका छन् । भएका बस्तुहरू पनि हराउँदै गएका छन् । अहम् भावना बढी रहेको छ । हुनै नसक्ने कर्म तथा असमभव पनि ( सूर्य उल्टो दिसा फर्कनु) सम्भव भन्ने धारणा आउनु, उत्पादनका साधन (हलगोरु), टापु पनि नासिनु, देश गरिबीको चरमसीमामा पुग्नु जस्ता यथार्थतालाई यस कविताले समेटेको छ भन्न सकिन्छ ।
ऊ कहिल्यै फर्किन्न– यो यस कवितासङ्ग्रहको अन्तिम कविता हो । १४÷१५ वर्षकी सुन्तली पँधेराबाट हराएकीलाई दसवर्षे जनयुद्धमा बुट बजारदै अनन्ततिर लागि । दशवर्ष नाधेर पनि धेरै अघि गयो । केश फुलेकी आमाले छोरी कहिले आँउँछे भनेर आँगन कुरेर बसेको बसेकै छन् । यस युद्धले समाजमा आर्थिक समाजिक भौतिक क्षती ठूलो पु¥यायो । यस परिवेशमा समाजमा पु¥याएको कष्टदायी अवस्थाको कविले सुन्तलीकी आमाको कारुणिकता मार्फत त्यस वेलाका घटनाको प्रतिनिधित्व हुने गरी धारणा यसरी पस्केका छन् –
केश फुलेकी बुढी आमासँग समाउने लट्ठी छैन
स्वर निकालेर पुकार सुनाउने कण्ठ छैन
बुढी आमाले एक सन्तती गुमाइन्
तर देशले सजीव सन्तती गुमायो ।
पृष्ठ ८२
कवि यत्तिकैमा सन्तुष्ट छैनन् । यस युद्धले निम्त्याएको कहालीलाग्दो अवस्थामा जनधनको क्षतीलाई कविले विश्लेषण गर्दै भछन् –
यस आहुतीको दुःखदायी खेलमा
सबै जितका भागीदार बुने अनि रमे
हार त केवल बुढी आमालाई भो
नेपाल आमालाई भो ।
पृष्ठ ८२
भाषा शैली –उनको कविता प्रस्तुत गर्ने शैली पनि मिठासपूर्ण छ । एउटै शीर्षकको कवितामा पनि विविध पक्षलाई समेट्ने प्रयास गरिएको पाइन्छ । स्वच्छन्दवादी प्रवृतिमा ढालेर उनले कविता लेख्छन् । भाषा सरल छ । डायोसपरामा प्रयोग गर्न मिल्ने भनियाका शब्द पनि उनले प्रयोग गरेका छैनन् । केही ग्रामिण परिवेशका शब्दहरू भने पाइन्छन् । ,यिनले कवितामा मिठास भरेका छन् । यिनको भाषा सरल सुवोध भएकोले कृति सबै तहका पाठकको लागि पठनीय छ ।
अन्त्यमा यस कवितासङ्ग्रहमा प्रस्त’त गरिएका सबै पक्षलाई समेट्ने प्रयास त मैले माथि नै गरिसकेको छु तर पनि केही धारणा यहाँ प्रस्तुत गर्न चाहान्छु । कवि नेपालबाट प्रवास पसेको धेरै वर्ष भयो तर उनको हृदयमा नेपाल आमाप्रतिको माया, देशको उन्नतीको प्रगाढ चाहना, ती ओराली उकाली, ती भञ्ज्याङ्ग चौतारी, त्यो सालैजो, ती चौतारीका वरपिपल, तिनको छाया, ती लालुपाते, ती लक्ष्मीप्रसाद, ती भानुभक्त, सुन्दरताका पूmल, बगैंचा आदि उनका रक्त संचार नलीमा बगिरहेका छन् । जो मैले मथि नै विश्लेषण गर्दा समावेश गरेको छु ।
उनका हरेक कविता प्रकृतिक वर्णनले सजिएका छन् । लाग्छ उनी प्रकृतिका पुजारी नै हुन् । कविताहरूको सिर्जना प्राकृतिक सौन्दर्यको साथमा उत्थान भएको पाइन्छ । उनका कविता सौम्य र शालिन प्रेमले सिङ्गारिएका छन् । आफ्नो सांस्कृतप्रति आस्था छ ,समाजिक यथार्थता झल्किन्छ, जीवनको वोध छ, गरिबीका चित्रण छन् , स्वपहिचानका धारणा छन् , द्वन्द्वको नाममा आएका विकृति विसङ्गगतिप्रति कटाक्ष छ । यिनका कवितामा अध्यात्मिक चिन्तन पाइन्छन् । कतै कतै दार्शनिक झलक पनि भेटिन्छन् ।
कुरा उठ्न सक्छ कृतिमा केही कमी कमजोडी छैनन् । अवश्य पूर्ण कोही हुँदैन ।पूर्णतातिरको प्रयासरत छ कि छैन भन्ने मात्र हो ।एउटा कुरा मलाई भन्न के छ भने कविले एउटै शीर्षकमा धेरै कुराको उठान गरेका छन् । त्यसबाट पाठकलाई बुझ्न सहज हुँदैन जस्तो लाग्छ । एउटै शीर्षमा धेरै विषयको उत्थान गर्नुभन्दा अलग विषयमा अलग कविता सिर्जना गर्न सकिन्छ । समग्रमा कविको प्रयास प्रशंसनीय छ । स्वच्छन्दरूपमा उनका कविताले अग्रणी भूमिका खेलेका छन् । यस्ता गहन कृतिका कृतिकारको भावी जीवन उज्ज्वल होस् , नेपाली साहित्यले अझै सवल कृति प्राप्त गर्न सकोस् भन्दै विदा चाहान्छु ।
डिसेम्बर ७, नेब्रैस्का, अमेरिका