तिम्रो दिलभित्र के छ जान्न सकिएन
माया गरी आफूतिर तान्न सकिएन ।
कैले बन्छौ औँसी जस्तै कैले पूर्णीमा झैँ
गुन बैगुन केलाएर छान्न सकिएन ।
मैले देख्छु आफू जस्तै तिम्ले कस्तो देख्छौ?
किन किन आफन्त झैँ ठान्न सकिएन ।
हिजो माया लाउँछु भन्थ्यौ आज हराउँछौ
भोलि के गरौला भर मान्न सकिएन ।
सस्तो माया नलगाउ भो जिन्दगीलाई बोझ !
कच्चा डोरी चुड्नै आँट्यो धान्न सकिएन ।
गुल्मी