साहित्यका पनि धेरै विधाहरू छन् यी विधाहरूका आ आफनै महत्व र मान्यता रहेको पाइन्छ। साहित्यमा लेख्ने भन्दा साहित्यमा लेखेका कृतिहरू पढ़ने र उनीहरूले गरेका कामहरूको मूल्याङ्कन गर्ने सर्जक पाउन कठिन पर्छ। अनिकालको तिते फापर झैं राङभाङ भेल्लीमा विमला प्रधान जोशीको प्रशंसनीय काम देखेर हर्ष लाग्यो। यस भेल्ली भित्रका साहित्यकारहरूलाई ऐनामा हेरे झैं प्रतिभाहरू छलङ्ग देखाउन सक्नु ठूलो काम हो। चाहेर पनि गर्न सक्दैनन्। विमला प्रधान जोशीको कथक प्रयासका कारण धेरै साहित्यकारहरूका बारेमा जान्ने एउटा दस्तावेज सरह कृति प्रकाशित गर्नु भएको छ। यहाँबाट ती प्रतिभाहरूले गरेका प्रशंसनीय योगदानको सही - मूल्याङकन भएको देखिन्छ। ऐनाभित्र जिन्दगीको रङग कविता सङग्रह पछि अर्को कृति अझ राम्रो ऐतिहासिक तथ्यहरू बोकेको राङभाङ भेल्लीका सर्जक र सिर्जना व्यक्तित्व-कृतित्वपरक लेखहरूको सँगालो लेखक प्रकाशक स्वयम रहेर २०२३मा प्रकाशित गरेको छ। आवरण चित्र पोख्रेबुङबाट भास्कर राईले आफ्नो कलाको परिचय दिनु भएको छ। कृतिसँग मिल्ने आवरण छ। लेआउट एवम् आवरण सज्जा प्रदीप रसाइलीले गर्नु भएको रहेछ। ग्राफिक प्रिन्टर्स, ढुर्गागढी सिलगढीबाट मुद्रण भएको हो। आइसवीएन नम्वर लागेको छ। पृष्ठ सख्या दुई सय पाँच छ भने मूल्य तीन सय छ। पेपर तथा छपाई र यस कृतिको महत्व हेर्दा दाम कम्ती लाग्छ। यस कृतिले इतिहास बोकेको छ। समर्पणमा आमा बाबा तथा परिवारप्रति यो कृति समर्पित छ। पारसमणि प्रधानका सन्तानहरूको सम्झना अर्पण छ। यी शब्दहरूले उहाँ सन्तान नै हुनु हुँदो रहेछ भन्ने बुझिन्छ। विमला प्रधान जोशीकृत ‘राङभाङ भेल्लीका सर्जक र सिर्जना’ को पहिलो पाठक डा. सुकराज दियालीको मलिलो कलमले भूमिकामा स्थान पाएछ। वरिष्ठ साहित्यकार डा. सुकराज दियालीका भूमिकाबाट विमला प्रधान जोशीको र यस कृतिको बारेमा राम्रो लेख्नु भएको छ। व्यक्तित्व र कृतित्व बारे धेरै जान्न सकिन्छ।
सुख र दुःख जिन्दगीका दुई पाङग्रा हुन। यहाँ भर्खरै एउटा अपूरणीय क्षति भयो। दिलीप जोशीको ठूलो योगदान थियो। नामी गिटारिस्ट सङगीतकार आदि क्षेत्रमा समाजमा गरेका योगदानहरूको मूल्याङ्कन गरेर सकिदैन। उहाँको निधनले साहित्यकार विमला प्रधान जोशीलाई शोकमय बनाएको छ। दिलीप जोशीमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। उहाँको परिवार विमला प्रधान जोशीमा यो दुःखको घडीमा सहनगर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछु।
वरिष्ठ साहित्यकार पारसमणि प्रधानकी सन्तान भएर होला विमला प्रधान जोशीलाई ढिलै भएपनि प्रतिभा झयाँङिएर आज समाजमा एउटा छुट्टै स्थान राख्न सफल भएको देखिन्छ। विमला प्रधान जोशीले अथक परिश्रम गर्नु भएको छ। कथा व्यथा मानवमा आई पर्ने समस्याहरू प्रशस्तै रहेछन्। मन्तव्य/आभार प्रकटबाट लेखका विचारहरू फराकिलो पाइन्छ। धेरै संघ/सस्थाहरूमा रहेर समाजउपयोगी काम गर्नु भएको छ। राष्ट्रियदेखि अन्तराष्ट्रियतहसम्म आफ्नो प्रतिभाको लहरोमा थाङग्रो लाउन सफल हुनु भएको छ। विमला प्रधान जोशीले राङभाङ भेल्लीका सर्जक र सिर्जना कृतिमा त्रिसठ्ठी जना साहित्यिक स्रष्टाहरूको जीवनीलाई प्रकाश पारेको छ। यहाँ (६०) साठी वर्षमाथिका सर्जकहरूको बारेमा कलम चलाएको छ भने साठी भन्दा कम्ती उमेरका सर्जकहरूको संक्षिप्त परिचय प्रस्तुत गरेको रहेछ। यहाँ भएका साहित्यकारहरूको बारेमा मनन चिन्तन गरेर संक्षिप्तमा समीक्षा गर्ने छु तर भाग भाग गरेर। अब विषय वस्तुतिर लाग्छु।
‘प्रतिष्ठित साहित्यकार अर्जुन प्रधान’ साहित्यकारहरू अमर रहन्छ आफ्ना सिर्जनाहरू। भर्खरै उहाँको निधन भएको दुखद खबर सुनें। साहित्यलाई अँगालेर ल्याउनु भएको थियो। उहाँलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साहित्यमा अपूरणीय क्षति भएको छ। उहाँका प्रकाशित कृतिहरू यस प्रकार रहेछ।
० सिरूपात (कविता सङग्रह १९८२)
० सन्ध्याराग (कविता सङग्रह १९९०)
० मुनाहरू अनि फूलहरू (संयुक्त कविता सङग्रह १९९०)
० गढीदेखी मन्दिरसम्म, अध्ययन १९९०
० एप्रिल लिली, (लेख सङग्रह २००१)
० जुनेली पाखा (संस्मरण २००२)
० स्नेहराग (लेख सङग्रह २००५)
० सिर्जनाको सेरोफेरो (समालोचना २००७)
० जीवनका केही पृष्ठ - केही परिच्छेद (संस्मरण २०११)
० विमर्शन समालोचना २०१२
० अनिदो पहर, लेख सङग्रह २००१
० निशानीका रेखाहरू (कविता सङग्रह २०१३)
० सन्धान नामा (समालोचना २०१४)
० आरव्यान कोण (समालोचना २०१५)
० अन्तर्ढृष्ट (समालोचना २०१६)
० चिन्तनपथ (समालोचना २०१७)
० मनमार्ग (समालोचना २०१८)
० परखपृष्ठ (समालोचना २०१९)
० निष्कर्ष (समालोचना २०२०)
यति बेसी काम गर्नु भएका बहुप्रतिभाशाली व्यक्तित्वको बारेमा जानकारी गराउनु भएको छ। उहाँको सबै पक्षलाई समेटेर स्मृति ग्रन्थ प्रकाशित गर्नु पर्ने आवश्यकता देखिन्छ। साहित्यकार विमला प्रधान जोशी भन्नु हुन्छ राङभाङ भेल्ली नागरी फार्मको साहित्यिक इतिहासमा स्वर्णिम अक्षरहरूले लेखिनु पर्ने एक साहित्यिक हस्ताक्षर हुन् कवि/समालोचक अर्जुन प्रधान। शिक्षक भएर छात्र छात्राहरूलाई महत्वपूर्ण शिक्षा दिनु हुँदै यसरी साहित्यमा धेरै काम गर्नु भएको रहेछ। साहित्यिक पत्र पत्रिकाहरू पनि सम्पादन गर्नु भएको थिएछ।
० सगुन साहित्यिक पत्रिका १९७०
० राष्टबोध साहित्यिक पत्रिका १९८४
० एस. के. घोष स्मृति ग्रन्थ २००१
० हिमचुली विध्यालय पत्रिका २००४
सत्तरीको दर्शकमा प्रकाशित गरेको सगुन साहित्यिक पत्रिकाले धेरै साहित्यकारहरूलाई स्थान प्राप्त गराएको इतिहासमा पाइन्छ।
अर्जुन प्रधानको कविता म त्यसरी आउने छु एक पद कविता रसपान गरौ।
अघाएकाहरूबाट केही मात्र झिकेर
भोकाएकाहरूलाई दिन म आउँछु
न्यानोहरूकोबाट केही तातो लिएर
नाङ्गाहरूलाई तताउन म आउँछु।
कति उच्चस्तरीय कविता छ। यसरी न्याय गर्न सक्ने मूधर्न्य साहित्यकारका शब्द शब्दहरूले समाजमा राम्रो सन्देश बोकेको छ। उदय सुब्बा ‘बियोगी’- कृत अहर्निश प्रतीक्षा काव्यकृतिको अध्ययन उदय सुब्बा ‘बियोगी’ले सन् १९६८ देखि नै साहित्यामा लागि परेर धेरै योगदानहरू दिनु भएको छ। राङभाङ भेल्ली नागरी फारममा जन्मनु भएपनि धेरै वर्ष सिक्किमलाई कर्मथलो बनाएको रहेछ। उहाँका कृतिहरू साहित्यको धरातलमा महत्वपूर्ण रहेको देखिन्छ। यहा कृतिका विषयमा पनि धेरै उल्लेख गरिएको पाइन्छ।‘सङघात तीन दिलको पुस्तकबाट’ कविता रसपान गरौ।
उदय सुब्बा ‘वियोगी’ कविता यसरी लेख्नु हुन्छ।
मेरो कविता पढेर भन्छन् साथीहरू
लु उदय पनि कवि भो
मैले गुनगुनाएको सुनेर फेरि भन्छन्
त्यो पनि गायक भो
तर...मेरो गाँस खोसिएको बेला
भन्दैनन् कोही
उदय अब भोकै भो...।
यहाँबाट धेरै उच्च विचार बुझ्न सकिन्छ। कवि, गायक के के हो के के प्रतिभाले झुकेका व्यक्ति आफ्नो कथा व्यथाहरू नबुझने साथीहरू प्रति यसरी व्यङ्ग्य प्रहार गर्नु भएको छ। यहाँ अर्को कविता पाठकसम राख्दछु।
चाउरिएका गालाहरू
घाम र पानीमा डुबाएर
चियाको मुन्टा टिप्ने
ती बुढी बजैको
पोल्टा भरिएको पीर र वेदना
यर्थाथमा आधारित कविताले धेरैको मन छुन सक्छ। कति यस्ता समस्याहरूले घेरेर राखेको मानव जीवनमा कसले बोलीदिने। देखेका भोगेका ती घटनाहरू कवितामा सजिएर पाठकको दिलमा पुगेको छ। उदय सुब्बा वियोगी को प्रतिभालाई सक्षिप्तमा राखे। समयमा ‘राङभाङ भेल्लीका सर्जक र सिर्जना’ को बारेमा प्रकाश पार्नेछु।
साङ-छलमथाङ