18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कोस्टारिकाः के छैनन र त्यहाँ ?

कविता नम्रता गुरागाईं December 28, 2023, 3:28 am
नम्रता गुरागाईं
नम्रता गुरागाईं

के छैनन् र त्यहाँ
प्रकृतिका अनुपम उपहार छन्
वनजंगल बाक्लो छ
जंगल बाक्लो बनाउन
मान्छेहरुको बाक्लै मन छ
रंगीविरंगी कलामा रमाएका रंगीविरंगी आँखाहरु छन्
चराचुरुंगीको उस्तै रमाइला भाका छन्
आहा, के छैन र त्यहाँ !
महासागर त्यहीँं, जमिन त्यहींँ
चिसोपानी, तातोपानी त्यहीां
एकैनासे मौसमको सदाबहार त्यहीां
मन त उतै गाँसौंजस्तो
टपक्क टिपेर सुन्दरता
आफनै आँखामा टाँसौजस्तो ।

तातोपानीको वाफसँगै उँढेको हुस्सु
मन लागे एकछिन फाटिदिन्छ
मन नलागे वाफसंग लुकामारी खेल्दै
त्यतै समय काटिदिन्छ
हुस्सु फाटेको बेला
नाकै बटार्ने सल्फरको गन्धको बेवास्ता गर्दै
मौका छोपेर
उम्लिरहेको पानीमै पुगुँझैं गर्ने मान्छेहरुको भींडमा
अटेजति आँखामा
नअटेको दृश्य क्यामरामा लुकाउन ब्यस्त छौं हामी
ओहो ! कसलाई फुर्सद छ र त्यहाँ
न प्रकृतिलाई, न मान्छेलाई ।

हुस्सुलाई उढाउँदै लैजाने
सिरेटोको शासन उस्तै कडा
आफना प्रत्येक झोंकाले लडाउन खोज्दा
खुट्टा दह्रो टेक्दै
अझै टाढाटाढासम्म नियाल्न पछि पर्दैनौं हामी
ओहो !
पहाडमा पहिरो जाँदा कहाा ढुंगामाटो मात्र झर्दोरहेछन र !
ज्वालामुखीको रापले खाएको पहाडबाट त
बलेका लाभाहरु झर्दारहेछन्
तिनै लाभाहरु निभेपछि अलकत्रजस्तो भित्तामा टाँसिएर बस्दारहेछन् ।
सोच्छु, वषौंअघि
ती लाभाहरु पहाडबाट बग्दैबग्दै उम्लिरहेको पानी झर्दा
कत्रो बिष्फोट सामना गरे होलान् मान्छेले हगि !

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।