मानिसको जीवनलाई हरेक दृष्टिकोणबाट नियाल्न सकिन्छ । जीवनबारे धारणा बनाउन र बाँच्ने हरेकलाई स्वतन्त्रता छ । सबैले जीवन पाउन स-साना कीट-पतंगदेखि लिएर रूख-झारपात, जनावर साथै मानव हरेकको उत्पत्ति हुन्छ । निश्चित समय चक्र पुरा गरेर समाप्त हुन्छ । फरक यति हो कोही जिउँदै छँदा मरे समान हुन्छन् त कोही पार्थिव शरीर नहुँदा पनि सबैका मानसपटलमा अमर रहिरहन्छन् । त्यस्तै हजारौं मानिसको भीड़मा एउटा नाम हो श्री बाबुराम श्रेष्ठ 'वर्षा' ।
श्री बाबुराम श्रेष्ठ वर्षा सर्वप्रथम त एक वरिष्ठ साहित्यकार हुन् साथसाथै कुशल यात्री हुन् । उहाँको जन्म नेपालको ताप्लेजुङ जिल्लामा भएको हो । उहाँले समाजको छहारी बनेर शीतलता प्रदान गरिरहनु भएको छ ।
श्री वर्षाले नेपाली साहित्यको फूलबारीमा विभिन्न विधाका फूलहरू फूलाई सक्नु भएको छ, जस्ले गर्दा नेपाली भाषा साहित्यको बाटिका ढकमक्क फूलेर रमणीय बनाएका छन् ।
श्री बाबुराम श्रेष्ठ 'वर्षा' का कृतिहरू -
• बाबा भजन संग्रह २०६४
• वर्षाको थोपा कविता संग्रह - २०६४
वर्षाको संकलित लेख संग्रह - २०६५
• प्रत्येक पलको कतिवा संग्रह - २०६५
• प्रहरीमा ३२ बर्ष लेख संग्रह - २०६७
धार्मिक यात्रा एक अनुभूति - २०६८
• खेवाङ डायरी - २०६६
• वंशावली अनन्त गोत्रीय सिमरासे श्रेष्ठ - २०७१
• वर्षाको ताप्लेजुङ डायरी - २०७३
• समयको हुरी कविता संग्रह - २०७३
• नारीको उदय एक चर्चा डायरी - २०७६
• धार्मिक र सांस्कृतिक यात्रा - २०७७
• कोरोना कालिन कविता - २०७८
• खप्तड भ्रमणमा बझाडको चिरफारको लेख - २०७६
समाजमा सबैलाई अवगत भएको कुरा हो, यो भागदौड़ पूर्ण जिन्दगीमा जति कमाइ गरिन्छ, त्यो कुनै पनि आफूसित जाँदैन । तर यति जान्दा जान्दै पनि किन अज्ञान हुन खोज्छ मान्छे ? भनिन्छ यो संसार मायाको खेल र खेल हेर्न, नाटक गर्न आएका मान्छे खेल सकिन्छ, नाटकको पर्दा खस्छ ।
यस्तै खेल हेर्ने क्रममा आएको सयम अभिनयको केही अंश जो समाजमा उपयोगी हुन्छ सोहीमात्र आफ्नो चिन्हारी स्वरूप रहिरहन्छ । जो इतिहास बनेर हाम्रो समाजमा रहन्छ, मरणोप्रान्त पनि अमेट रहन्छ र सबैले उदाहरण लिनेगर्छन् । कृतिको गुणगाण सदैव भइ रहन्छ ।
यसै खेलको सन्दर्भरमा आजसम्म कयौं मानिसहरू आए, गए तर सबैले आफ्नो उपस्थितिको छाप छोड़न सकेनन् र सक्दैनन् पनि । यस्तै क्रममा आएका एक होनाहार व्यक्तित्व श्री बाबुराम श्रेष्ठ 'वर्षा', जस्ले हाम्रो समाजलाई युग-युगसम्म पनि तिरेर नसक्ने ऋण लगाउनु भएको छ । श्री वर्षाले आफ्नो १४ औं कृति 'खप्तड भ्रमणमा बझाडको चिरफार लेख सन् २०७६'मा प्रकाशित गरेका छन् ।
साहित्यका विविध विधाहरू मध्येमा नियात्रा पनि एक हो । श्रत्य साहित्यको वर्गीकरण गर्दा गध्य र पध्य आउँछन् । गध्यलाई आख्यानात्मक गध्य र आख्यानेतर गध्य गरि दुईवर्गमा विभाजन गरिन्छ । आख्यानात्मक गध्यमा कथा पर्दछ भ Iने आख्यानेतर गध्यमा निबन्ध विधा पर्दछ । घटना वा कथावस्तुको वर्णन कथाको मूलभूत चिनारी हो । यात्राका क्रममा भएका घटना, पात्र, परिवेश आदि प्रतिको वर्णन पनि हुने हुनाले नियात्रा कथाको नजिक देखिन्छ भने यात्राका क्रममा भएका हरेक कुरा प्रतिको लेखकिय दृष्टिकोण र विषय वस्तुको ताकिर्क विश्लेषण पनि हुने गर्दछ । यसरी नै यात्रा साहित्य र संस्मरणलाई जोडेर हेर्ने कुरालाई श्री भिक्टर प्रधानले स्पष्ट रूपमा सम्बोधन गरि यात्रागत गतिमयताविना यात्राकालको कुनै कुराको स्मरण संस्मरण हो भन्ने कुरा स्पष्ट पारेका छन् । “खप्तड भ्रमणमा बझाङको चिरफार" लेखक स्वंयको यात्राको वर्णन यस कृतिभित्र पाइन्छ । उहाँले आफ्नो भ्रमणको मिठास पूर्ण शब्द शैलीमा चिनीको झोल बनाएर पाठक माझमा पस्किन सफल भएका छन् । उहाँले उक्त भ्रमणलाई १४ वटा भागमा विभाजन गरि प्रत्येक ठाउँको शुद्ध अवलोकन गरेका छन् । 'खप्तड' मा रहेको ठाउँहरू नामहरू यस प्रकारले कृतिमा राख्नु भएको छ । यहाँ खप्तडमा १, उग्रतारा मन्दिर छ, २ स्थानको दुरी देखाइएको छ, ३ खप्तड बाबा आश्रम छ, ४ त्रिवेणी छ, ५ सीता पाइला छ, ६ खप्तड दह छ, ७ शहस्त्र शिव लिंग छ, ८ भ्यूउ टावर छ, ६ रैना चरो छ, १० तातो पानी छ, ११ सुदुर पश्चिमांचल विश्वविद्यालय छ, १२ वर्तमान प्रहरी र पूर्व प्रहरीको भेटघाट, १३ सुरमादेवी मन्दिर समेत अन्य केही ।
यसरी सौन्दर्यको आफ्नै कसीका रूपमा उभिएका पहाड़हरू, डाँड़ा-पाखा, नदी-नाला अनि हिमफेदीतिरबाट बटुलिएका अनुभवहरू नै यस "खप्तड भ्रमणमा बझाडको चिरफार" मा समेटिएका छन् ।
जिन्दगीको एउटा सुखद पक्ष हो यात्रा। यदि मन असन्तुलित र उदास भए अथवा समस्याहरूले थिचोमिचो गर्न थाले केही दिनका लागि यात्रा गर्नुपर्छ । यात्राले हाम्रो मनलाई नियन्त्रणमा राख्छ । यात्राका सुखद घटना र मनोरम हृदयहरूले हामीभित्र आत्मविश्वास जगाउँछन् । यसरी यात्राले कथा जन्माउँछ, यात्राले कविता फुस्याउँछ, यात्राले निरोगी बनाउँछ ।
श्री बाबुराम श्रेष्ठ 'बर्षा' एक सक्षम आख्यानकारको रूपमा नेपाली भाषा साहित्यमा स्थापित भइसकेका छन् । उहाँ साहित्यका एक गम्भीर अध्येता हुन् । उहाँका जीवनका अधिकांश भागले साहित्यका विभिन्न पक्षमा सेवा गरेका छन् । उहाँ साहित्यका स्रष्टा र दृष्टा दुवै हुन् ।
अन्तमा यस अभिनन्दन ग्रन्थले साहित्यकार बाबुराम श्रेष्टको जीवनभरिनै हरियाली छाउनेछन् अनि गरिमामय साहित्य प्रतिको योगदानलाई सँधैभरि कदर गरिनेछन् भन्दै धेरै धेरै शुभकामनासहित सुस्वास्थ्य अनि दीघार्युको कामना गर्दछु ।।
नागरी फार्म चियाबारी, दार्जीलिङ ।