19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जन्मभूमिको सम्झना

कविता केशव पुडासैनी January 1, 2024, 6:10 am
केशव पुडासैनी
केशव पुडासैनी

तल तिर बग्छिन ती बुढी गंगा, माथी त टारीफॉट ।
जहॉ टेक्छु पाईला जीवन सधै, मनमा त ऊही वॉस।।
हत्केला जस्तै त्यो गोलो बेसी, गंगाको काखमा।
संम्झना मनमा आईरहन्छ अति, फर्किने आशमा।।

उतरका हिमाल अटल आसन, मुस्कुराऊछ हॉसेर।
वालक कृडा बात्सल्य माया, को बॉच्ला खै भुलेर।।
शीतल हावा त्यो डॉडा माथी, गंगाको सुसेली।।
बॉच्नुको सार के रह्यो हेर, जन्मघर भुलेसी।।

तान्द्रांग पारी धावाको वारी, सिमाना बुर्लुंग ।
खेलेर पौडी मारेर माछी, मन हुन्थ्यो फुर्लुंग।।
फॉटको बस्ती ढुंगेको कुलो, खेतीमा रमाई।
थन्काउथ्ये बाली हिउद-बर्ष, एकनास कमाई।।

डॉडाको बेसी टारीफॉट माथी, सॉझसम्म घाम लाग्नी ।
सम्थर कस्तो तराई हो जस्तो, मैथुमको बिसौनी ।।
पहाडी गाऊघर पातलो बस्ती, नयॉलाई लोभ्याउनी ।
जहॉजाउ हेर संसारै चाहर, मन ऊही गैहाल्नी ।।

मैथुम बस्ती थानीको मुनी, भुलाऊथ्यो स्वर्गलाई ।
झुल्किदै घाम कलिलै लाग्ने, प्यारोथ्यो जाडोलाई ।।
चार दिशा देख्नी मैदान पाटा,संम्झना सागर छ।
बृच्क्षथल जस्तो त्यो मैथुम घर, चुम्नलाई बाकि छ।।

क्या झुल्छ फसल देखिन्छ पौरख, मंसिर लागेसी ।
मुठीमा दिई मुरीमा लिन्छौऊ, गौरव हुन किसानी ।।
बर्षाको कहल बिर्सिन्छन पलपल, चाडवाड लागेसी।
सुस्ताऊछन किसान दुईचार महिना, भकारी भरेसी।।

पुर्वमा बग्छिन ती बुढी गंगा, लक्ष्य चाही सागरको।
कलर्स यात्रा एकनास उनको, जन्मघर हिमालको ।।
कलग-कुलुंग बातचीत गर्छिन, खवर गाउँ-घरको ।
झरना-खोला छिनछिनै मिल्छन, कथा त टोल-टोलको ।।

लन्डन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।