17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सपनाकी उनी

कविता भीम बिष्ट January 1, 2024, 2:31 pm
भीम बिष्ट
भीम बिष्ट

तिमी आउँथ्यौ,
त्यो मन, मुटु, धड्नकन
आदि इत्यादि कुराहरु सबै आउँथे ।
मेरो मुटु भित्रबाट डगमगाए जसरी
एक साँझ, एक बिहान हुँदा हुँदै
के अचम्म मान्नु,
यसरी अचानक आउनेहरूको
म मस्किएर नित्य कर्म गर्दा
तिमी तर्पणका लागि
यथार्थ कुराहरु लिई आउन थाल्यौं
म मन्द गतिको ढिपी रेल झैँ,
छुक छुक् गर्दै आएका पाङ्ग्रा
पहिलो घुम्तिको उकालो सँगै ढुक ढुक गरी
घोटिएर चच.… गर्दै कुदिरहेछु ।

मतलब खास कुरो तिमी होइनौं,
यसरी कटकिएर हिँडेको त
मेरो मन हो,
म मात्तिएर मस्की मस्की हिँडे भने
म भित्रकी साहस सकिएर, सल्किएर ।
तिम्रो विश्वासको डोरीमा बाँधिएर
हलचल मच्चाएको
तिम्रो स्वप्न मन
अलग विश्वासका साथ
कोलाहलका बाबजुद
मुटुको कम्पन
बिहानीको प्रभाती प्रहारमा यसरी
हलचल मच्चाउदै गरेकी सपनाकी सविता
सामप्यता देखाउँदै झल्की रहन्छिन् ।

कैलाली, धनगढी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।