17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नयाँ वर्ष: शुभकामना

निबन्ध केशव पुडासैनी January 4, 2024, 1:15 pm
केशव पुडासैनी
केशव पुडासैनी

नयाँ वर्ष २०२४ तिमीलाई स्वागत छ । तिम्रो स्वागत गर्न हिजैदेखी ब्यस्त छु । हरेक रात पछिको बिहान भन्दा भिन्न बिहान भएर तिमी उदायौ आज । केवल भिन्न बिहानी बनि । यो ख़ुशीको क्षण म कसरी बयान गरुं हेर!

तिमीलाई हेर्न मैले ति कठोर ३६४ कालरात्रीलाई बिताएकी छु । कति लामा-लामा रातहरु पनि । एका विहानै ति तिम्रा सुकोमोल मुहारलाई पुलुक्क हेरुम्ला, चुम्बन गरुम्ला, अंगालोमो कसुम्ला भनि कयौ महिना-हप्ता-दिन कुरी रहे आजकै प्रतिक्षाका लागि।

बाटो भरी तिम्रा पाईलालाई हेरी रहें । रातको मध्यपछि तिमीलाई पाउछु भनि भोको सिंह जस्तै कुरी रहें। तिमीलाई के थाहा? तिम्रो बाटो हेर्दा हेर्दा मेरा आखॉ पट्टाएका।
के तिमीले कुर्नुको मुल्य चुकाएका छौ कहिल्यै?निर्दयी !
न त खवर गर्छ्यौ, एकाएक सुटुक्क झुल्किने बानी, सुनेको छु, आजभोली त तिमीलाई पनि काल अधेरीले सार्है सताऊछ रे । पुस-माघ महिनाका निस्पट काल रातहरुले पनि उस्तै।

हुन त अदम्म सहाय बोकेर कठोर यात्रामा निस्कएको यात्रीलाई यात्राको क्रममा आउने ऊल्जझनको के मतलब । मतलब छ त केबल यात्राको मज्जा, भरपूर आनन्द र थकानको । जस्तो, माहुरीलाँई फूलको रंग र बासनाले के फरक पार्छ, ऊस्को ध्याऊन्न मात्रै चुम्ने रसमा हुन्छ । त्यस्तै नै होऊँ तिमी पनि, एक नियात्र यात्री मात्रै ।

तिमी औजल्बी हौ, प्रचण्ड हौ, पराक्रमी हौ । तर, कायर पनि। किन कि तिम्रो गति ख़ाली गगनको मात्रै, ऊही एकोहोरो रेलगाडीको जस्तो । सैर्यमण्डलका परिवार; नौ भाई ग्रहहरु , हजारै भतिज ताराहरु, बहिनी; जुन हुदा पनि एक्लै एक्लै बस्छयौ । कुदी रहन्छ्यौ हाम्रै भृकुटीमण्डपमा कुद्ने छुपछुपे रेलसरी । एका विहानै पूर्व मेची-झापाबाट हिड्यो अनि बस्यो बास उही चाँदनी र दोधारामा । तिमी जहिल्यै पुर्वेली बाटो तय गर्छयौ ।, के सप्तकेशी तरेकी छ्यै? डुबुल्की मारेकीछ्यै । ऊकाली ओरालीको अनुभूति छ तिमीसित ? जति नै गतिमा कुदे पनि हाम्रा देवि- देउरालीमा नसुस्ताएको यात्री, चितवनको निकुन्जमा नरमाएको, सौराहका रिसोट रात नविताएको, गोरखाको बारपाक र मनासुलुमा नउक्लिएको व्यक्तीलाई के को यात्री भनुम म ।

नव वर्षको रथॉरोहण हेर्न एकाबिहानै ईलामको फिकक्ल डॉडामा कुरी राख्यौ। नयॉ वर्षको नयॉ किरण हेर्न हामीमात्रै हो र चिया बगानका मुनाहरु पनि पर्खिरहेथे । ईलामेली दिदीले पकाएको सुद्द नेपाली चियॉ खुवाऊन कुर्दा कुर्दै छिड्की हाली भागी हाल्यौ। बर्षौ देखिका पारखी हातले पकाएको अगुवा र अलौची हालेको मुना चियॉको स्वाद भुल्यौ । उता घरी घरी “वारी जमुना पारी जमुना, जमुनाको फेदैमा मनकामना” ह्यापी न्यू यार! ह्यापी न्यू यार! भनि ऊफिने तन्नेरी युवा युवतीको चित्कारलाई धनकुटाको भेडेटारमा सुनेनौ । रातैभरी तिम्रै गुणगाणमा बिताईदिए रातलाई उसैगरी पोहोर सालको झै । हामी पनि कम्ता सम्बृद्दी भाछै, कमाउच्छौ लाखौ लाख। एकै रातमा खर्चिन्छै हज़ार-हजार। के को फ़िक्री जोगाउनको। सरकार जस्तै निर्यातमा भन्दा आयतमै रमाउने । के को सुर्ता तन्नेरीलाई झै।

हेर, तिमीलाई केही कुरा हेक्का छ? सगरमाथा कन्चनजंगाका चिसो बतासले सिंचित फिक्कली चिया अमेरीकाका पसल पसलमा पाईन थालेका छन। न्यूयोर्क जाऊँ या वासिंटनमा चाहारा, वा बाल्टीमोरमा नै डुल । जो छन नेपाली त्यहॉ, मुना चिया कै स्वाद बसेको छ रे । नेपालीले पनि ऊतै मुनाको स्वाद बाडिरहेछन ।एकचुस्की मात्रै लिएको भएनी कम्ता स्वादमा पल्किन्थ्यौ, हरपल ताजा स्वाद “मुनाको”, भुल्यौ तिमीले।

अनि भन्नै भुलेछु। आजकल त वेलायतमा रहेको इलिंगको मन्टिज होस कि ओम्लीको गोरखा भ्याली, साउथ ह्यारोकै चौतारी, अल्लीपर मिडल्याण्डको गोरखा इन, वा केन्टको इभरेष्ट इन आदि जताततै मुनाकै स्वादमा नेपाली मात्रै नभएर वेलायती हुन वा भारती सबै लठ्ठै हुन थालेछन । आख़िर मेडइन नेपाल नै हो ।

यतिमात्रै हो र ? यूरोपका चिसा शहरमा त पाल्पाली-गुल्मेली कफिले बजारै क़ब्ज़ा गर्ला जस्तो छ। हिमालय जाभा होस कि नेप्लीज कफि नाममा ख्याती बढदैछन।

नव वर्ष तिमी नवजात सिशु हौ। सु-स्वास्थ्य र दीर्घायुका लागि जानकी मन्दिरमा पुजा आचर्ना, भजन र कृर्तन गरिरह्यौ। मैथली, भोजपुरी, अवधी आदि-आदि भाषामा धेरै कार्यक्रम गरिरह्यौ। ईलामबाट जारी यात्रा प्रदेश नं २ को राजधानी जनकपुरधाममा आएर बास बसाऊने उदेश्यले मुख्यमन्त्रीले बिशेष प्रस्ताव पास गर्नु भएको तिमीलाई थाहैहोला । हुनत तिमी यहॉ आएपछि सबै कुरा हाम्रा प्रदेश मन्त्री र सांसदले बेलिबिस्तार गर्लान नै ।
नव वर्ष, तिमीले यहॉ समृद्दी देऊ, स्थिरता देऊ, सदाचार देऊ, बिकास देऊ । निवेदित सबै देऊ। रात बस जानकीभूमीमा, पर्यटक बनि डुल सबै जनकपुरधाम भरी।
सॉझको कृतन कम्ति गुन्जायमान हुन्छ ? सुन न यहि आएर । तिमीलाई यहॉको मिठ्ठान भोजन गराऊला । तिम्रो आथीत्य र ख़ुशी साध्न नवरात्रामा पुजाआज, भाई टिका र तीहारमा रंगीचंगी बत्ती बालौला, यहॉकै ठूँलो पोखरी, नदिकिनारामा धुमधामसंग छट मनाऊला । समृद्दीको पाईला राख्नु चाहि नभुल है ।

उर्वर सम्थर जमिन, लहलह वाली फल्ने क्षेत्र, कृषीमा दख्ल पैरवी नागरिक यै आठ जिल्लाका उपहार हुन । एकै वर्ण र बिशेष भाषा बोल्ने, काला काला बर्णाकार अनुहारका मानिसहरु प्रदेशका रौथाने जातिहुन । तिमीलाई थाहा छ, यी खॉटी नेपाली हुन । मैथली बोल्छन, भोजपुरी बोल्छन र पनि नेपाली भन्दा हिन्दीलाई मनपराउछन । छुच्चा पहाडे भन्दा रुप र रंग मिल्ने, कर्म र धर्म मिल्ने भनि छिमेकी भाईलाई आफ्नै संबन्ध जोडेका छन । हुन त केहि छिमेकबाट बन्द-ब्यापार र संस्कृति र राजनितीक भेषमा आएर कति त धर्तीपुत्र नै कहली सके । बिचरा रैथाने कता के गर्दैछन सुन्नी?

समृद्धिको लागि बिरगन्ज अव्वलै छ। नेपालको पुरानो बजार । समग्र नेपालकै हाट बजार हो नि । रक्सौल पुगेसी भारतभरी जान सकिने छुकछुके रेलले मान्छे संगै सामान ल्याएको देखिन्छ । किनमेलको कुरा झण्डै एक तिहाई यहिबाट आउछ र त बाडिचुडी सबैलाई खुवाउछ यसैले ।

तर, “नव बर्ष”तिमी त आकाशबाट मात्रै पो यात्रा गर्छ्यौ हैन ?
त्यसैले पुष्प विमानबाट आउन तिमीलाई सजिलो होस भनि बाराको निजगडमा ठूलो बिमानस्थल बन्दैछ। अब तिमी आऊदा सानो टुईन्वटरमा आउनै पर्दैन त्यो पनि काठमाण्डू मै छोडेर ।
अब त समृद्दीको बोंईग ल्याऊ, हरेक बर्ष आऊँ ।सिधै यहि पार्क गर तिम्रो बोईंगलाई। भन त ७५७ वा कुन समृद्दीको विमान हो तिम्रो ? क़तारको कतार ए्यर जस्तो? कि थाईल्याण्डको थाई एयर जस्तो?
कि नेपालकै नेपाल एयरलाइन जस्तो।

तर नल्याऊ है नेपाल एयरलाईनको न्यारो बडी जस्तै समृद्दी भन्दा बिमृद्दी ल्याउने । उड़ने भन्दा बसिरहने ।
तिम्ले थाहा पायै? धनिमतका साथ प्रदेश सभाको पहिलो बैठकले तिम्रो विमानको पार्किंग र संचालन कर नलिने प्रस्ताव पास गरेछन नि ? उठ वा बस के को फिकिर तिमीलाई ।

हुन्डाई, फ़ोर्ड, वि एम डब्लू ,टोयोटा जस्तै तिम्रो पनि समृद्दीको कार छ नि हैन ? ए ! कस्तो चिल्लो कार होला हगी।
सेनाले बनाऊने फास ट्याकको चार लेनको हाईवोमा राजधानी हुईकिउलाउ नि त्यो तिम्रो समृदीको कारलाई? त्यसपछि त बाड्छ्यौ होला नि समृद्दीलाई भोकमरी राजधानी तिर पनि।

प्यारी २०२३ का अनमोल संझनाका पलहरु पल्टाऊदै, बाकि कुराहरु अर्को बर्षलाई बाकि राखुँ ल ।

हातहरु हल्लाऊदै सु-स्वागत नयॉ वर्षलाई ।

लन्डन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।