17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आमाको पुकार

कृति/समीक्षा सदानन्द अभागी January 13, 2024, 12:59 pm
सदानन्द अभागी
सदानन्द अभागी

यस कृतिकी कृतिकार हुनुहुन्छ मीना शाक्य । उहाँ आमा कृष्णमाया शाक्य र बुबा ज्योतिमान शाक्यकी सुपुत्री हुनुहुन्छ । वि. सं. २०१२ मा चैनपुर –२, संखुवासभामा जन्म स्थल भए पनि उहाँको कर्म स्थल पर्वत कुश्मा हुन पुग्यो । हाल उहाँ अल्र्यान्डो, अमेरिका हुँदै नेब्रास्का, ओमाहामा बसोबास गर्नु हुन्छ । नर्सीङ तथा मानवशास्त्रमा स्नातकोत्तर शैक्षिक योग्यता हाँसिल गर्नु भएकी मीना वरिष्ठ कवि पनि हुनुहुन्छ । उहाँका आत्मा बोल्छ (कवितासंग्रह, वि.सं.२०३५), आमाको पुकार (कवितासंग्रह वि.स २०६९ साल)ं. र गठेमङ्गल ( कवितासंग्रह वि.सं. २०७४) बजारमा आइसकेका छन् । उहाँ कविमात्र नभएर कुशल समाज सेवी, शिक्षाप्रेमी, स्वास्थसेवी (उपप्रध्यापक नर्सिङ क्याम्पस महाराजगन्ज) हुनुहुन्छ । थुप्रै सामाजिक संस्थाहरूमा उहाँको सम्लग्नता छ । उहाँ भूतपूर्व अध्यक्ष नेपाल नर्सिङ संघ,आजीवन सदस्य नेपाल नर्सिङ संघ, सल्लाहकार सोसाइटी फर अमेरिकन नेप्लिज नर्सेस,आजीवन सदस्य अनेसास, सदस्य अमेरिकन रेडक्रस सोसाइटी प्mलोरिडा ,अध्यक्ष अन्तराष्ट्रिय नेपाली साहित्य समाज, प्mलोरिडा च्याप्टर, हाल अनेसास नेब्रेस्काकी सल्लाहकार हुनुहहुन्छ ।
कृतिको संरचना – आवरण पृष्ठ बाहेक १५६ (२४+१३२)पृष्ठमा संरचित यस कृतिको प्रकाशन सुजिता शाक्य काठमाडौले गर्नु भएको छ । यसको मूल्य व्यक्तिगत रु १५०, संस्थागत रु ३०० रुपियाँ र विदेशमा १० डलर राखिएको छ । यसको सम्पादन हरिॐप्रधानले गर्नु भएको छ । कभर÷लेआउट केदार अधिकारीले गर्नुभएको छ । मुद्रण आवृत्ति छापाखाना बागबजार काठमाडौले गरेको छ । यो कृति स्व.पिता ज्योतिमान शाक्य र स्व.माता कृष्ण माया शाक्यमा सादर समर्पण गरिएको छ ।
साहित्यकारको धारण–
मार्मिक पनि सार्थक पनि शीर्षकमा राष्ट्रबकवि माधव घिमिरे लेख्नुहुन्छ –“वर्तमानमा नेपालीले भोग्न परेको नियति देखेर एक संवेदनशील नारीको हृदयको धुकधुकी आमाको पुकार कविता संग्रहमा परेको सुनिन्छ । र यसरी क्षोभका व्यङ्गहरू पनि यसमा सुनिन्छन् ।”
आमाको पुकारलाई शुभ कामना शीर्षकमा वरिष्ठ साहित्यकार श्यामप्रसाद श्रेक्ष्ठ लेख्नुहुन्छ –“नेपालको भूगोल, राष्ट्रियता, नेपाली संस्कृति, सभ्यता, परम्परा,र शैलीकोको वयान तथा त्यसको रक्षाका लागि उहाँका कविताहरूले आवाज दिएका छन् । ”
आमाको पुकारमा मार्मिक उद्गार शीर्षकमा यस कृतिको चिरफार गर्दे डा.जीवेन्द्र देव गिरी लेख्नुहुन्छ– “समग्रका दृष्टिले शाक्यको भावना असल र चोखो छ अनि सामाजिक मुक्ति र राष्ट्रियताका दृष्टिले उँचो छ ।”
मीनाजीका धारणा यस कवितासङ्ग्रहकी कवयित्री मीनाजीका जति कृति पढे पनि सारभाव प्रदेशका आत्मा स्वदेशको मायामा तडपीरहेको हुन्छ । यस कृतिमा पनि कवियित्रीले यसरी आफ्ना धारणालाई पस्केकी छन् –“तन जहाँ भए पनि मन त मेरो नेपाली हो भन्ने भावना प्रवासिएका लाखौलाख नेपालीको जीवनको यथार्थ हो । नेपाल भन्दा निकै टाढा अमेरिका रहँदा पनि नेपालबाट आउने सुख दुखको खवरहरूले म जस्ता प्रवासिएका नेपालीहरूको मनलाई निकै उद्वेलित गरि रहन्छ ।”
प्रकाशक सुजिता शाकयको धारणा यस प्रकार आएको् छ –“उहाँमा रहेको अविचलित सिर्जनात्मक सोच , समाजमा महिलाहरूप्रति भइरहेको हिंसा र शोषण प्रति सधै प्ररिरोध गर्ने जुझारू भावना , परिश्रम गरी आफ्नो लक्ष हाँसिल गरिछाड्ने हिम्मतको प्रतिफलको उत्तम नमुना हो भन्ने लागेको छ यो पुस्तक प्रकाशन ।”
कविताको भावसार –साहित्यकार, स्वयम् लेखकका् धारणा, प्रकाशकको धारणा केलाउँदा कृतिले पस्केका भावनाहरूलाई प्रतिबिम्बित गरेको छ भन्न सकिन्छ ता पनि समग्रमा हरेक कविताको सारभाव पस्कनु अझै कविताले भन्न खोजेका भावजनालाई अझै प्रष्ट पार्न सकिन्छ कि भनी त्यतातिर लाग्ने अनुमति चाहान्छु ।
आमाको पुकार – यस कवितामा कवियित्रीले मङ्गला चरणको रूपमा आफ्ना धारणा राखेको भन्न सकिन्छ । देशमा भएका विविध खाले युद्ध , हत्या हिंसा आदिलाई समाउँदै युद्धमा जाँदा धेरै जना घाइते भएका मारिएका हुँदा लडाइबाट थकाइमार्न र शोक मनाउनको लागि आग्रह गरिएको छ । युद्धमात्र नभएर रोग, भोक,गरिबीबाट मुक्त भै भोक मेट्न दिनु पर्न,े अन्तराष्ट्रिय क्षेत्रमा दरिद्र देशको विल्ला लागेको हुँदा दासता जीवनबाट मुक्त पाउनको लागि देशले इमान्दारी देखाउनु पर्ने भएको धारणा, वीर सन्तान हुँदाहुँदै पनि बलात्कृत हुन परेको हुँदा लज्जा छोप्न राष्ट्रियता दिनु पर्ने, शान्तिको बास माग्दा माग्दै देश नै बन्धकी बन्ने देखिएकोले शिर उठाउने ठाउँको माग, टल्कने हिमाल हेर्नेे रहर हुँदाहुँद तुँवालोले ढाकेको हुँदा स्वयम्भूको आँखा मागिएको र उच्च हिमाल चढ्ने आँटमा पनि पहिरोले पछ्याउन थालेको हुँदा सबै नेपाली सजग हुनु पर्ने र पशुपतिको घण्ट बजाउन पर्ने धाराणा आएको छ कवितामा । अन्तमा कवियित्री विम्बकारूपमा यसरी प्रस्तुत हुनु भएकोछ ।
म आमा हुँ राष्ट्रको
वगेको रगत हेर्न सक्दिन सन्तानको
अब शान्तिको बिगुल फुक्नदेऊ
म रक्षक हुँ मातृभूमिको
चोखो नेपाली माया देऊ।
पृष्ठ २
देशभित्र हराइ रहेको देश –नक्सामा सानो देपखिए पनि संसारको सबै भन्दा अग्लो सगरमाथा जस्तै शिर बनेको यो देश साम्राज्यवादका अघि कहिल्यै झुकेन अनि दासत्व स्वीकारेन । शान्तिप्रिय देशमा आज आक्रान्तछ, जातीयताको भाइरस लागेको, ढुसी लाग्न थालेको आदि कारणले गर्दा मुर्दा बन्न लागेकोले अब ड्याकुलाहरू व्याक्टेरियाहरू, गङ्गटाहरू,फ्याउराहरूले लुछ्न छाड्नु पर्ने अवस्थामा पु¥याउन पर्नेएको छ । एकपटक पृथ्वीनारायण शाहलाई सम्झनु पर्ने अवस्था आएको छ । वीरताले चिनिएका गोर्खालीमा आँच आउन थालेको, चन्द्रसूर्य अंकित झण्डा नै भसाउन खोजीएको, अन्यौल नै अन्यौलको भूमरीमा परेका नेपाली र मेची र महाकाली नै हराउन अवस्था आउन लागेको नेपाललाई बचाउन पर्ने भएको धाराणाले भरिएको छ कविता ।
विचित्रको इतिहास–यस कवितामा कवियित्रीले गौरवपूर्ण इतिहास बोकेको नेपालीका सन्तानहरू आज मरूभूमिमा तड्पन परेको छ । नुनखाएका कुखुरासरी झोक्राइ रहेका छन् । अनिश्चित भविष्य देखेर तर्सिरहेका छन् ।इन्टरनेट खोलेर देशको अवस्थालाई नियाली रहेका र देशको गिर्दो अवस्थालाई हेरेर रगत उम्लदोछ । देशलाई यो अवस्थामा पु¥याउने कपुतप्रति हान्न मन लाग्छ । नयनबाट पानी वर्षन्छन् जस्ता धारणा राख्दै आजका नेतृत्व वर्गले कस्तो इतिहास सिर्जना गरिरहेका छन् भन्ने धारणा यसरी पस्कनु भएको छ–
यो कस्तो विचित्रको इतिहास रचिरहेछन्
पढ्नै नसकिने, हेर्नै नसकिने, बुझ्नै नसकिने
यो कस्तो विचित्रको चित्र कोरी रहेछन्
अथ्र्याउनै नसकिने , टुङ्ग्याउनै न सकिने रेखाहरू
धन्य नेपाल
पृष्ठ ७
मझेरीमा छोडिएको झण्डा –गन्तव्यविनाको यात्रामाकुन स्थानमा पुगिन्छ थाहा हुँदैन । यात्रामा पथप्रदर्शकको आवश्यक्ता हुन्छ । अन्यौलै अन्यौलको यात्राकमा कतै गोधूली पनि पर्न सक्छ । दोवाटोमा हराइने डर हुन सक्छ । पहिचानको लागि राष्ट्रिय झण्डा बोक्न पर्नेमा त्यो पनि मझौरीमा नै छाडिए छ तर देशको द्वन्द्वका कारणले नचेतिओस् अर्थात द्वन्द्वको कारणले चन्द्रसूर्य अस्ताउन हुँदैन सुरक्षित रहनुपर्छ भन्नेधारणा आएको छ कवितामा ।
नेता–आज देशमा नेतृत्ववर्गको कामको लेखाजोखा गर्दै कविले यहाँ नेताले भाषण र नारा एकता हुनुपर्ने भन्छन् तर काम भने जातीय विभाजन गराउने खालका गर्दछन् । देशलाई अखण्ड राख्छौं भने पनि पहाडी मदेशे भनेर जनतालाई फुटाउने काम गरिहेका छन् । सत्ताका लालची, काम नगरी भत्ता पचाउने प्र
वृत्ति, भूमिगत हुँदा जनताका भकारी, घर, गोठ रित्त्याएकै हुन् । छद्मभेषी शासन सञ्चालनकर्ता, आदि नेतृत्ववर्गले गर्दै आएको विकृतिलाई प्रष्ट्याउँदै बकवियित्री भन्नु हुन्छ –
कति मिठो लाग्थ्यो त्यो लामो भाषण
झुटा भएर निस्के ती आश्वासन
केवल होडबाजीमा चलाउँथ्यौ शासन
याद रहोस् तिमीलाई जनताबाट उठाएको रासन ।
पृष्ठ ११
धितोमा नपरोस् देश– आजको परिस्थितिमा विदेश(अमेरिका) जानेलाई भाग्यमानी ठानिने तर विदेशमा गएर स्वदेशको चिन्तन, स्वाभिमान, र अभिमान, बचाउन कठिन हुँदा पनि सन्तानलाई परदेशमा लगेर राष्ट्रियताको पाठ सिकाउन थाल्नु, विदेशमा बसेर स्वदेशको झण्डा बोक्न नछाड्नु कर्म गरिरहदा देशमा भने नेताले देश विकास गर्नुको साटोे अंशाबण्डाको राजनीतिले गर्दा विकास प्रेमी जनता नरुन , नहाँस्न, नझुक्न,नरोक्न सकिने अवस्थामा पु¥याएको छ । राष्ट्रलाई धुजा धुजा पारेको अवस्थामा कही यिनले देश धितोमा त राख्छन्की भनि संका उठ्न थाल्यो । देशको यो अवस्था देखेर उठ्न ठिलो भएको कि भन्ने प्रश्न राखिएको छ ।
चेलीको बिन्ति –परदेशिएका चेलीले भोग्न परेका यथार्थ घटनालाई समेट्दै देशको प्रगतिको कामना साथ, कविताले यस्तो धारणा प्रस्तुत गरेको छ ।–
पराइको थिचोमिचो सहूँ अझै कति
हटाई घृणा फर्काऊ तिमीले दिएको श्राप सती
बसोस् देशभित्र नै इमान्दार पौरखी सन्तति
हँसाउन स्वदेशको मुहार गर्दै छ चेली तिमीलाई विन्ति ।
पृष्ठ १४
अस्तित्व बोध–विदेशमा रहे पनि देशप्रतिको मायाममता रही रहन्छ भन्दै कवियित्रीले आफ्नो धारणा यसरी पस्कनु भएको छ –
देश छटपटाउँदा ज्वालामुखी झँै फुट्न खोज्छ
हामी जनता हौं त्यसैले त हृदय धुरूधुरू रुन्छ
मरूभूमिको प्राणि जस्तै कति यति धेरै प्यास लाग्छ
विवशताले टाढा बसे पनि मातृभूमि काखमै रहेको भान हुन्छ
जो जहाँ भए पनि अस्तित्वको अधिकार पाउनै पर्छ ।
पृष्ठ १६
मुग्लान पसे सन्तान –यस कविताले आजको नेपालको यथार्थतालाई पस्केको छ ।देशका युवा युवती मुग्लान पसेका छन् । घरमा बृद्धबृद्धाले आगन कुरेका छन् । कहिले फर्कन्छन् सन्तति भनेर आँसुझारेका छन् । यिनै कारुणिक यथार्थतालाई कवियित्रीले मार्मिक शब्दमा पस्केकी छन् । असारे १५को दही चिउरा मुछेर पर्खेर बसेको, जनै पूर्णिमा तागो, नाग पञ्चमीमा नाग टास्ने, क्वाँटी पकाउनु, गाइजात्रा, जमरे आँंसीमा जमरा राख्नु, दशैंमा कुर्नु, तिहार, माघे सङ्क्रान्तिमा घिउचाकु, तरुल फुलौरा, खिचडी पकाइयो, फागुपूर्णिमाको रंग खेलाई, शिवरात्रीको धुनी जगाई, चैते दशैंको पर्खाई , विश्केट जात्रा आदिमा मुग्लान पसेका सन्तानको पर्खाइमा बृद्ध आमाको सन्तान देख्ने रहर पुग्न सकेन
। यी कारुणिक भावनालाई पस्कदै यी सबैका कारक तत्वहरू भनेको यस समयको राजनीति र राजनैतिक नेत्यृत्वको असक्षमता हो भन्दै कवियित्रीले लेख्नु हुन्छ –
जात र प्रान्त फलाक्दै यिनले पारे है टुक्रा नि
देशको इज्जत पोलेर भस्म बनाए खरानी
तैपनि मैले शिर उँचो राखेँ फुलाएँ कपाल
कहिले होला यो देश मेरो समृद्ध नेपाल
पृष्ठ २०
कार्टुन हेरी हाँस्न सकिएन – कार्टुन व्यङ्गात्मक सन्देश हो । कवियित्रीले पहिला पहिला कार्टुन देखेर रमाउने, काटेर संकलन गर्ने गर्नु, कार्टुनिष्टले भ्रष्ट नेताहरूको सुधारको लागि कार्र्टुन बनाए पनि नेता सुध्रन अवस्था देखिएन बरु भृकुटी वेचिएकी , सीता बलात्कृत भएकी , आफ्नै बृद्ध आमा बलात्कृत भएको, बाबुलाई छिया छिया गरी प्रहार गरेको, दाजुलाई वेइमान बनाएको, पौरखी भाइलाई लखेटेर भतुवा बनाएको,चेलीको अस्तित्व विदेशमा बेचिएको आदि कर्ममा कसरी सहन सकिन्छ ? यस्तो अवस्थामा यो देशमा बुद्ध जन्मेका, जनकले शासन गरेको, ऋषिहरूको तपोभूमि हो भनि कसरी भन्ने जस्ता गहन प्रश्न यहाँ आएका छन् र कवियित्रीले भन्नु हुन्छ –
अब कसरी टालूँ जताततै प्वालै प्वाल परेको !
कसरी हाँसू अब म कार्टुन हेरी आफ्नो देश जलेको !
पृष्ठ २३
अब अति भो–
तिमीलाई भोट दिनु हाम्रो भुल हो भने
हामीलाई माफ गर
तिम्रो नेतृत्व चाहिएन
कम्तिमा इमानदार भएर बस ।
पृष्ठ २४
आजको नेतृत्व वर्गको कार्य शैलीलाई हेरी जनताको उज्यालो हेर्ने चाहनालाई गल्ती ठान्ने त निरीह प्राणी हो, समृद्ध राष्ट्र बनाउने भावनालाई कसैले तृष्णा सम्झन्छ भने त्यस्ताले फोस्रो भाषण नगरी मूकदर्शक भएर बस्न राम्रो हुन्छ । सुन्दर शान्त नेपाल हेर्ने इच्छालाई कसैले भुल ठान्छ भने त्यस्ताले झुटो आश्वासन नदिइ लगामको घोडा भएर बस्नु राम्रो हुन्छ । स्वाधीन नेपाल माग्दा गल्ती ठानिन्छ भने मुठभेड हैन पाले भएर बस्नु राम्रो हुन्छ । दासतन्त्र पौरखमा बाँच्न खोजिन्छ भने गल्ती मान्नको साटो लुटतन्त्र छाड्न र गाइजात्रे नेता नबन्न राम्रो हुन्छ । नयाँ नेपालको सपना देख्नलाई गल्ती ठानिन्छ भने अतिरञ्जित नारा नदिई दलाल नभएर बस्न राम्रो हुन्छ । लोकतन्त्र ल्याउने हाम्रो भुल ठान्छौ भने अद्यावधिक किन चाहियो कम्तीमा जिउँदो लास भएर बाँच भन्दै आज देशले भोग्न परेको नेतृत्व वर्गको क्रियाकलापलाई समेटेको छ कविताले ।
तिमी आउनु पर्छ –आजको व्यस्त सवारी साधन, ट्राफिकले दुर्घटनाबाट बचाउन गरेको प्रयास, जीवन धान्न धौधौ परेका महत्त्वाकान्छाहरूलाई दुर्घटना कसरी र कहाँ हुन्छ भन्ने सोच्ने मौका नै कहाँ छ र, अस्ताउन लागेकालाई यसको के पर्वाह, भोको पेट नाङ्गो शरीर मुजा परिसकेका निधार आदि अवस्थालाई हेर्दा कवियित्रीलाई एसीवाला कारमा बस्दा पनि भतभत पोलेको अनुभूति हुन्छ र यी सबै बाट मुक्तहुनको लागि कवियित्रीले शक्षमव्यक्तिलाई ‘देशको कालो मैलो हटाउन आउनु पर्छ भन्दै आह्वान गरेकी छन् ।
श्रद्धाञ्जली कवि शिरोमणीप्रति –यस कवितामा कवि शिरोमणीलाई श्रद्धाञ्जली अपर्णण गर्दै कवियित्रीले देशको मार्मि यथार्थता पस्केकी पिञ्जडाको सुगा र पिञ्जडाको खियालागेको अवस्थालाई समाउँदै आजको राजनीतिमा कानुन, धर्म र इज्जतको पालना नगरिएको कुर्सीको लागि लुकामारी र हानाहान र बन्दुकको साटासाट , जनताको रगतकमा होली खेल्ने, विदेश पठाइएका माता पिताबको मृत्युमा अन्त्येष्टिमा सहभागी हुन सक्दैनन् । देश हेर्ने सपना चकनाचुर बन्दै गएका छन् ।पिञ्जडा पनि विदेशबाटै आयत हुन थालेको नैतिकता सिकाउन सकुनी पनि विदेशबाटै आयत भएका, कौरवहरूलाई भेटी चढाउने यतैकाले गर्ने गरेको आज देशमा केही पनि बाँकी नरहेको हुँदा तिमी जस्तै सपुत जन्माउने गर्भ देऊ भन्ने धारणा आएका छन् ।
सलाम भानुभक्त –भाानुभक्तकाले नेपाली साहित्यमा गरेको योगदान, रामयाण लेखेका कुरा,घाँसीबाट शिक्षा लिएका कुरा आदि वर्णन गर्दै भनिएको छ –“हे भानुभक्त, तिमी जीवितै छौ उर्जा दिएर नेपाली भाषालाई अनन्त, अनन्त, अनन्त ।”
भलायो –
कोशीको पानीले विदेश सपारो
नेपाललाई अन्धकार बनायो
नेपालको मनसुनले बाली मात्र विगा¥यो
दिल्लीको भनसुनले देशलाई हल्लायो
पृष्ठ ३२
यस कविताले विदेशी हस्तक्षेपलाई समाएको छ , नारायण हिटीमा मौरी र अरिङ्गालको गुँड भएको र त्यो पनि चालबाजीमै भक्तिएको मौरी हराएर अरिङ्गाले मानिसलाई चिल्न सम्म चिलेका , नयाँ नेपालका कल्पबृक्ष वर पिपल उदाए तर पार्टी जति छद्मभेषी हुँदै भलायो भै पलाए । कवियित्री अचम्मित हुन्छिन् । भन्छिन् आमाले त बारीका कान्लामा भलायो रोपेका थिएनन् । यो कसरी पलायो हली खेतला, गोठाला, मालिक सबैलाई चिलायो , वाँकी राखेन कसैलाई खुवै पो सतायो । ”
स्वागत सरस्वती पुत्रलाई– यस कवितामा कवियित्रीले ओरल्याण्डबासीहरूको तर्फबाट महाकावि लक्ष्मीप्रसाद देवकोटाको एकसयदुईऔं शतबार्षिकीमा कोटी कोटी प्रणाम समर्पण गरिएको छ । यस कवितामा महाकविलाई नेपाली साहित्यका अथाह सागर भएको, सम्मेलनमा डट् शीर्षकमा कविताको अविरल व्याख्या गरी देशको छवि राखेको र “उद्देश्य के लिनु उडी छुनु चन्द्र एक ” जस्ता उनका महान कार्यको वर्णन गरिएको छ ।
घुम्न कता जाम– विदेशबाट स्वदेशमा घुम्न आउँदा नयाँ नेपालको नाम सुनिए पनि नयाँ प्रगति केही नभएको । कार्यालयमा कामगराउन गए मोटो खाम खोज्ने, देशभित्र परदेशी अनुभूति हुने, तेलको अभावमा सवारी साधनको जाम, मायोवादी खाओवादी सबै राजधानी केन्द्रित भएका, महङ्गी चुलिइ सकेको, जनताले विकास चाहेको तर भोट दिएर पठाएकाले भत्ता खाएर लडेका छन् भन्ने धारणा आएको छ कवितामा ।
धन्यवाद दिवस –यो कवितामा विदेशिनु बाध्यता रहेको, विरानो ठाउँमा आफन्तको खोजी हुनु, बोलाएको समयमा जान नसक्नु, देशका हरेक कार्यक्रमको याद, टर्कीको धँन्यवाद दिवस, शुख शान्ति वैभव खोज्नलाई आएको तर यतै कतै नहराऔं आदि धारणा सहित कवियित्री भन्नुहुन्छ –
सन्तानलाई चम्किला तारा बनाउने सपना
कतै औंसीको रातमा उल्केतारा झै नझरुन्
डिस्कोको भिलिमिलीलाई प’र्नेको रात नसझिउन्
दिनभरी चारा खोज्न उडे पनि गोधूलीमा सँगै बसी पर्व मनाऔं
पृष्ठ ३९
मैनका घोडा – यस कवितामा कपवियित्रीले मैनका घोडामा चढी नेताहरू कान्तिपुरी नगरी घुमी रहेका छन् । विकासको नाममा हेर्दा भानुले देखेका २२ धारा सुकेका छन् । ६०१ ज्ना मैनका घोडा चढीरहेका छन्, जथाभावी कुदी रहेका छन् । भ्रष्टचार भै रहेको छ भ्रष्टचारी घुमी रहेका छन् । सदन थर्काइ रहेबका छन्, तबेला रित्याइ रहेका छन् । यी चिजबाट आजित भएर कवियित्रीले लेख्नु हुन्छ –
हे भानु कहाँ छ तिम्रो छडी ?
बिति सक्यो परीक्षणको घडी
कति हेनुनिर्दोृ नेपाली मरेको तड्पी तड्पी
हान्ने पर्ने भो कोर्रा घोडसवारहरूबाटै हड्पी ।
पृष्ठ ४१
निर्दाेश पर्खाल–कवियित्रीले पर्खाललाई बिम्ब बनाएर देशको विकासको क्रमलाई प्रष्ट्याउने प्रयास गरिएको छ । नेपालमा कुनै पनि काम सञ्चालन गर्नको लागि कार्यालय प्रमुखदेखि मन्त्रिमण्डल परिवर्तन हुँदासम्मको प्रभावलाई प्रष्ट पार्न खोजीएको देखिन्छ ।
आमा छोरी संवाद – नेपाल देश हो कि उपनिवेश जस्ता छोरीले आमासँग सोधनी गर्नु । नेपाल सार्वभौमदेश हुँदा हुँदै पनि नेपालका शासक वर्ग नेतृत्व वर्गको कारणले गर्दा सीमा मिचिएका छन् , कसैले भत्ता खाएर मस्ती गरिरहेका छन् ।पासा गुडाई रहेका छन् । ताल न वेताल देश हाँकी रहेका छन् । देश कङ्गाल बनाइ रहेका छन् । देश अति कङ्गाल भै रहेको छ कि जन्ती जान जन छैनन् । लास बोक्न मलामी छैनन् भन्दै देशको यथार्थ स्थितिलाई प्रष्ट्याइएको छ ।
आशाहरू पालि रहें– सङ्खुवासभामा जन्मेर सगरमाथा हेर्ने रहर पुगेन आशाहरू पाली रहें भन्ने धारणा आएको छ
बनी द्वारपाल –यस कवितामा कवियित्रीले प्राकृतिक सौन्दर्यलाई वर्णन गर्दै यस देश आज किन बन्यो जर्जर,देश आफ्नो हुँदा हुँदै पनि भागवण्डा किन? लुछाचँुडी किन, देश सती जान नपरोस् भन्ने धारणा आएको छ ।
राँको बाली – यस कवितामा पनि देशमा नेतृत्व वर्गप्रति लक्षित गर्र्दै कवियित्रीले लेख्नु हुन्छ –
भुस्याहा कुकुरहरू छाडेनन् भुक्न अनेक तरह
छद्मभेषी लुटाहाहरू घुम्म थाले चारैतिर
बिराएर बाटो पालेहरू हिड्नेछन् अनकन्टार
यति मात्र नभएर कवियित्रीले नेपाली आकाश ढाकी उड्ने त्रूmर गिद्धहरूलाई धपाउन पाइने या नपाइने जस्ता धारणा राख्दै कवियित्रीले भन्नुहुन्छ –
ओर्ल अव वीर वीराङ्गना , राँको लिएर हातमा
अनकन्टार पुगेकालाई बाटो देखाउन साथमा
सहिदको आलो रगतले सिँचिएको यस माटामा
गरौं न खेती धपक्क बल्ने प्रजातन्त्र ज्योति
यही अमर भूमिमा ।
पृष्ठ ५३
मान्छे –स्वार्थी र निस्वार्थी मानिसलाई तुलना गरिएको छ कवितामा । स्वार्थी मानिस इच्छा विपरित भए आफैभित्र नअटाउन सक्छ तर निस्वार्थी मानिस सृष्टिको विलक्षण प्रतिभाहो र उसले आफ्ना रहरहरूलाई खाल्टामा पुरेर अर्काका रहर पुरा गर्न सक्छ भनिएको छ ।
नेताको नियति –यस कवितामा देशको मन्त्रि मण्डल निर्माणमा भारतीय प्रभावलाई नेपालीले निम्त्याउने आशय देखाइएको छ ।
युरोप यात्रा – यस कवितामा युरो रेलमा यात्रा गर्दा सुविधा युक्त सिट , हरियाली फाँटको अवलोकन, सिँचाइको सुविधा, मलबोक्ने,खेत जोज्ने, रोप्न,े काट्ने आदि सबै मेशिनबाटै, चिटिक्क परेका घर, मनमोहक आकृतिलाई क्यामेरामा कैद गर्र्दै, यो देश र नेपालको तुलना गर्दै, छोरीले यो आनन्ददायी यात्रा मिलाएकोमा धन्यवाद दिइएको छ ।
मन –यस कवितामा मनको बहुरूपी स्वरूपको वर्णन गरिएको छ । मन तन भित्र ,सुन्दर रूपमा, चारैतिर डुल्दै, जोख्न र नाप्न नसकिने, मनै शकुन मनै दुर्गुण, कठोर अभिमान निकाल्ने, स्वाभिमान सिकाउने, क्षणमै भगवान बनाउन सक्ने, हसाउन सक्ने, रुवाउन सक्ने, स्वर्गमा, नर्कमा पु¥याउन सक्ने, शूलीमा चढाउन सक्ने,पत्तै नदिएर चिहानमा पु¥यादिन्छ मनले भनिएको छ ।
खोटो माया – यस कवितामा खोटो मायाले पार्ने असर बरेमा प्रष्ट्याइएको छ । मुटुमा घाउ बनाउनु, यो घाउलाई बाहिरबाट कसैले देख्दैन, चिरेर पनि देखाउन सकिदैन, यस्तो काम गर्ने आफन्त नै पर्ने , झापट पनि दिन नसकिने, मायाबाट सम्झाउँदै भविष्य चौपट पार्न हुँदैन भन्दै गर्दा र उनको भलाइ गर्दा आफैलाई गाल परेको धारणा आएको छ ।
क्याक्टसको जिन्दगी – क्याक्टस भनेको नेपालीमा सिउँडी हो तर यसका धेरै जात हुन्छन् । सुखा जमिनमा(मरुभूमिमा) हुने काँडाले भरिएका विरुवो प्राय गमलामा सुन्दरताको लागि रोपिन्छ । कवियित्रीले जिन्दगीलाई क्याक्टससँग तुलना गर्दै कविता लेख्नु भएको छ । जिन्दगीमा सुख दुःख, हाँसो रोदन,आदिलाई मानिसले भोग्दै आएको छ । यिनै भोग्दै गर्दा निधारमा मुजा पर्न थाल्छन्। सपनाहरू धुजा धुजा पर्न थाल्छन् । यिनै जिन्दगीका भावनाहरूलाई कवियित्रीले यसरी पस्केकी छन् –
कति कष्टले उब्जाएका भावनाहरू
मुटुभित्र साँच्दा साँच्दै
छरपस्ट भइ सकेछन् मरूभूमिको बालुवासँग
प्यास मेट्ने प्रतीक्षामा छटपटाउँदै
क्याक्टस झैं फुलि सकेछ जिन्दगी ।
पृष्ठ ६४
दुई ध्रुव तारा –यस कवितामा दुई धु्रवताराको नाम उल्लेख नगरी तानाशाही दाह्रा झार्न र देश मुक्तिको लागि लागिपरेका प्रखर वक्ता, आडम्वर नभएका, प्रभावशाली नेता,राष्ट्रले भोगी रहेका व्यथा, आर्तनादका कथा, पढाउँदै गरेका गहन सृजनायुक्त पाठ, जनसत्ता दिलाउन मिलाउँदै परिपाठ, व्वाँसोको हुलबाट तिम्रो हत्या भयो । यसको परिणति “कलिलो प्रजातन्त्रकओ जहाज पल्ट्यो । सत्रुको समस्या सुल्ट्यो । राष्ट्रको व्यथा उल्ट्यो । धपकप्पै निभ्यो राँकाको पुल्ठो ।” कवियित्रीले इतिहास पढेर युवा चाँडै उठेर, सहिद लडाकुले धावा बोलोस्, निभेको बत्ति पुन बलोस् र ‘खसेको ध्रु्रवतारा जन्मेर अनन्त अनन्त चम्कि रहोस् ’ भन्ने धारणा पस्केकी छन् ।
कमली – कमलीको व्यथालाई यसमा समेटिएको छ । ऊ पात्र बोल्छ सुनेर पनि उसको मुख थुन्न सक्दिन, उसले अगाल्दा हात भएर पनि छेक्न नसक्नु, फकाउँदा इन्कार गर्न नसक्नु, उसले मूल्य तोक्दा आँसु खसाउनु, लानेले लान्छ विना स्वीकृति नै । ऊ सम्पन्न उनी विपन्न परिवार पाल्ने जिम्मा भएकोले उनी जिउँदो लास हुनु र गिद्धहरूले हाना लुछी गर्नु आदि धारणा साथ कवियित्रीले लेख्नुहुन्छ – “सिङ्गो स्वाभिमान बोकेको मुटु थियो उनीसँग तर विद्रोह हुन सकेन किन ? महिला मुक्तिका नाममा बुझ्न र बुझाउन अझ धेरै बाँकी छ ।”
पर्खाइ–प्रेममा आधारित कवितामा मन धुनु, आँखा रसाउनु, तर बगेको खोला फर्कन सम्भव होला तर निर्मोही माया फर्कने कहिले होला कि नहोला ? भगवानलाई पुजेसरी पुजे पनि, धैर्यगरी पर्खे पनि नआउने सन्देश पाएपछि मनमा फुलाउने बेली र चम्पालाई मर्न नदिने, मनमा बेली र चम्पा फुलाएरै छाड्ने र जिन्दगीलाई बेवफा बन्न नदिने प्रण गरेको धारणा आएको छ ।
खेल खेलौं – खेल खेलौं मित्रताको साथमा, जाल झेल रहित, सिर्जनाका गीत गाउँ, बाजे बजुका उपदेश सुनौ, नराम्रा कुरा नसुनौ, कोपिलाबाट हावाहुरी सहँदै पूmल फुल्छ गमलामा राखे पनि सुवास छर्छ भन्ने धारणा आएका छन् कवितामा ।
पूmलमाला चढाउनु छ – यस कवितामा मानिस जिन्दगी जिउँदा साना ठूला दुर्घटनाबाट पनि जोगिनु पर्छ । जिवन जिउनु भनेको संघर्ष गर्नु हो । त्यो पनि गरियो । बाल्यकाल सहज थियो , रोइदिए पुग्थ्यो । यौवनकाल हाँसी दिए पुग्थ्यो । तव पनि जिन्दगी कहिले पूmल, कहिले शूल,कहिले क्याक्टस कहिले शिरीष बनेर वित्यो आदि धारणा राख्दै कवियित्रीले समर्, धर्म र कर्म सिकाउने जन्मदाता, हुर्काइ संसार देखाउने धर्तीमातासँग यस दुनियामा अझै रमाउनको लागि,अर्ती र साथको आवश्यक्ता छ । पूmलमाला र धूप तिम्रो नाममा देउरालीमा चढाउन बाँकी छ भन्ने धारणा आएको छ कवितामा ।
पौरखी हातहरू –जान्दिन भनेर सधैंभरी कसको भर पर्ने र आश गर्ने । पौरखी हात लिएर आफ्नै देशमा इलम हेर्नु पर्ने, स्रोत र साधनको प्रयोग गर्नु पर्ने, विदेशतिर किन लाग्ने, छोटो जिन्गीमा समयको सदुपयोग गरेर देशलाई माथी उठाउँ र सुनौलो इतिहास कोरौं भन्ने धारणा आएको छ ।
शुभ कामना –यस कवितामा नयाँ वर्षले आउँदाको उमङ्ग र शुभकामना आदान प्रदान, नयाँ योजनाको निर्माण गर्न र पुराना गल्तीलाई होस गर्न पाठ सिकायो । नयाँ वर्ष स्वदेशमा मात्र नभएर विदेशमा पनि नयाँ वर्ष आएको र सुख दुःख विर्षाएर वनभोज खाएर शान्ति सुख समृउद्धिको सन्देश आदान प्रदान गरेर नयाँवर्ष मनाएको धारणा आएकोछ ।
सन्तानको माया –यस कवितामा कवियित्रीले नानी बाबुहरूप्रति बावा आमाको अटुट मायाममताबाट हुकार्उने कुराहरू वर्णन गर्दै सन्तानबाट के आसा भरोसा रहन्छ त भन्ने धारणा कवियित्रीले यसरी राख्नु भएको छ –
मुना त पक्रेर पूmल भएको पत्तै भएन
छातीमा गद्गद् हर्षको सीमै रहेन
किनारा पुगेको जिन्दगीको तिमी हाम्रो आशा
धैयै गर सत्य बोल हामी गर्छौ तिम्रो भरोसा ।
पेष्ठ ७७
झिनो आशा –जीवनमा मानिसका असंख्य आशा हुन्छन् । ती आशालाई पुरा गर्ने प्रयास गर्दा पनि पूर्णतामा जान सकेन भने जीवनको कुनै अर्थ हुँदैन र बाँच्न नै व्यर्थ भएको अनुभूति हुन्छ । कसैको रक्तिम किरणसँग उदाएने मन हुन सक्छ, तर तुवाँलोले ढाकिदिन सक्छ । चराहरूसँग गाउने ,नील गगनमा उड्ने बिचार वगैंचामा पूmल बनी सुवास छर्ने बिचार गोधुलीमा बास दिने बाचा थियो । मातृत्वको छाती बोकी ममता बाँड्ने बिचार हुँदा हुँदै यिनलाई पुरा गर्न नसकेपछि जीवनको कुनै अर्थ रहँदैन र बाँचेको वेकार लाग्छ भनने धारणा आएको छ कवितामा ।
जम्काभेट –
लाली गुराँस लेकैभरि वनै घमाइलो
तिम्रो माया पाएपछि मनै रमाइलो
चौतारीको गफ हाम्रो बसिवियाँलो
भन्ज्याङ्को लुकामारी हाँसो मिलायो ।
पृष्ठ ८०
रमाइलो प्राकृतिक वर्णन, प्रेम र जीवनको विवरणलाई लिएर कविताले जीवनलाई पूmलजस्तै फुलाउने कल्पना, प्रेममा मुनामादनको कल्पना, आकाशबाट जुनतारा झार्ने अठोट, सपनामा आउने तरङ्ग, विपनीमा भने डरले थरङ्ग,आदि भावना पोख्दै कवियित्रीले भन्नुहुन्छ–
तिम्रो मेरो जम्काभेटले भाग्यरेखा कोरियो
ठट्टैठट्टामा मनको कुरा सबै पोखियो
द्योहोरी गाउँदा गाउँदै तिमीलाई जोखियो
मयाप्रीति पाउने मृगतृष्णा मेटियो ।
पृष्ठ ८१
प्रीतको अङ्कुर–यस कवितामा प्रेमको वीज जब रोपिन्छ त्यसपछि अङ्कुरण हुन्छ, अङ्कुरण भएपछि पलाउँदै जान्छ,प्रेम पलाएपछि प्रेमी प्रेमिका बीचम निद्रा हराउँछ,त्यतिमात्र कहाँ हो र दुबै एक अर्कामा हराउँछन् दुवै आपसमा विलाउँछन् । सपनामा मदहोस हुँदै मध्युप्याला पिएको भान हुन्छ । प्रेमको पोखरीमा डुबुल्की मारेको, हिउँदमा चिसो मुटु पग्लने मनमा आगो बलेको जस्ता आभास मिल्नु, छोटो मिलनमा नै आँखाको नानीले तस्विर खिच्नु,हृदय साटिइ सक्नु, लुकेको बदनभित्र स्पन्दनले बास माग्नु जस्ता धारणा आएको छ कवितामा ।
जिन्दगी –यस कवितामा कवियित्रीले जिन्दगी र प्रेमको सवलताको चाहना, हिमालको उच्चता, पहाडको अडिगता, विश्वासको अथाहता, नदीको बहावता, पूmलझै ढकमक्क फुलाइ, लटरम्म फलाइ होस् भन्न चाहना कवितामा प्रस्तुत गरिएको छ ।
खवरदार –यस कवितामा पनि कवियित्रीले देश दुखेको कुरा, शान्ति छाउन नसकेको, दिन दिनै नेपालको इज्जत लुटिएको, नेताको नाङ्गो नृत्यबाट भएको बेइज्जत, आपैmमा दलिन गएको कालोमोसो, विदेशी सँग सहाराको माग, छिमेकको राष्ट्रघाती भावना जान्दा जान्दै खुट्टा समाउन पुग्ने प्रवृत्तिप्रति कटाक्ष गरेकी छन् ।
माइती बचाऔँ – नेपाल कवियित्रीको मात्र माइति नभएर भृकुटीको र सीताको पनि भएकोमा भृकुटी देश बचाउन तिब्बत पुगिन । सीतालाई रावणले हरण गर्दा पनि आफ्नो सतीत्व बचाएर राष्ष्ट्रको अस्तित्व जोगाइन् । नेपाल बुद्धको जन्म भूमि हो । राष्ट्रको सुखभोग त्यागेर, बुद्धत्व प्राप्त गरी संसारमा नेपाललाई चिनाए । जनकले हलो जोते, आदर्श सिकाए र ज्ञानी दानी पराक्रमी भएको यश फैलाए । अमरसिंह, बलभद्र,र सहिदहरूले लडेर देश बचाए तर आज देशको वेथिति देखेर कवियित्रीले देश सबैको हो त्यसो हुँदा–
“झेला जुवाडे जस्तै च्याखे थाप्न पाइन्न ।
पासा गुडाउन राष्ट्रिय ढुकुटी रित्याउन दिइन्न
स्वच्छ उच्च हिमाललाई झुकाउन पाइन्न
इमानदारी र वीरताको इतिहासमा कालो पोत्न पाइन्न
सत्यम शिवम् सुन्दरम्को गरिमामयी नेपाललाई
आँच पु¥याउन पाइन्न” भनिएको छ
पृष्ठ ८७
माया –यस कवितामा कवियित्रीले मायाको राम्रो व्यख्या गर्र्नु भएको छ । “माया भन्नु गुन्द्रुक जस्तो पकाउन सजिलो स्वाद अमिलो ।” यो खान पनि मिठो तर पचाउन असजिलो । मया लगाउन सजिलो भए पनि फुकाउन असजिलो हुन्छ । माया हतारमा लगाउने पनि होइन,रूपको रूपमा बेच्ने पनि होइन,नारित्व जोगाउनु पर्छ, मानवीय वरदानको रूपमा लिन पनि हुंँदैन । जिन्दगी विग्रन सक्छ । अधिकार भए पनि जिर्णोद्वार गर्नेगरी माया लगाउन हुँदैन । लगाऊ माया परिवार हँसाउन
स्वर्ग सरि धरवार जमाउन
नलाऊ माया दुनियाँ हँसाउन
लगाऊ माया इज्जत कमाउन
तिमी पनि सँगसँगै रमाउन ।
पृष्ठ ८९
पागल पन्छी –कवियित्रीले एउटा पागल पंन्छीको क्रियाकलापलाई यसरी वर्णन गर्नु भएको छ –
विछ्याउन खोज्छ जताततै मायाको जाल
अधरमा मुस्कान ल्याई मिलाउँछ बाल
पागल प्रेमी नमुना स्वरूप बनाउँछ यो हाल
डुबिने र फुट्ने थाहा छैन मलाई यो गहिरो ताल
पृष्ठ ९०
मयाको धङधङी –मानव जन्मन्छ ।बालक बाट युवा बन्दै जान्छ । जवानीको हावा चल्न थाल्छ । निद्रा विझाउन लाग्छ, पिरतीको राप रन्कन थाल्छ । तनमन जलाउन थाल्छ । मात लाग्न सक्छ ।बात पनि लाग्न सक्छ । यसमा कसरी छुट्कारा पाइएला भन्ने प्रश्न कवियित्रीले उठाउनु भएको छ –
बत पनि लाग्यो चोट पनि लाग्यो तर्न खोज्दा प्रीतिको जँघार
कसरी तरूँ कहाँ बाट सरूँ थाहा छैन मलाई
डुब्ने हो कि प्रेमको डुङ्गा नपाई मझदार
फुकाउन प्रीति लिएर तरबार को आउला मलाई ?
पृष्ठ ९१
विवसतामा हाँसि रह्यौ–यस कवितामा मानिसले कसरी मानिसलाई विवस बनाउँछ भन्ने धारणा पोखिएको छ । देवताझै पूजा गर्दा ढुङ्गा निस्किनु , सीता बन्दा रावण बनी झस्काउनु, यस्तो अवस्थामा कवियित्री विवस हुँदै लेख्नु हुन्छ –
न राक्षस भन्दै नकार्न सकें
न भगवान भनी मान्न सकें
न वेदना लुकाउन सकें
न साथीभाइलाई फुकाउन सकें
पृष्ठ ९२
यो विवसतामा प्रेमी विवसतामा हाँसछ । झुटा बाचा लगाएर अन्त्यै माया साट्छ । साँचो बन्धन फुकाउँछ । नक्कली मायाल गाएर दुनिया हसाउँछ । दन्त्य कथा सुनाउँछ । बालुवाको घर बनाउँछ । माइतीको कन्यादन अपवित्र बनाउँछ, विवाह बन्धन असफल बनाएर निर्मल नारीत्वको कडा परीक्षा लिन्छ भन्ने धारणा आएको छ कवितामा ।
सिम्ले वारि सिम्ले पारि–यो कविता पनि प्रेममा आधारित छ । प्रेममा विविध पक्षलाई समेट्दै कवियित्रीले भन्नुहुन्छ – फक्रोस माया मन मोहक बनेर पूmल
नबनोस् माया कतै धिक्कारको भूल
सुवास छर्दै बगैंचामा झुले झै पूmल
नउडोस् माया बनेर तुच्छ धूल
पृष्ठ ९४
आँसु बनेर नझर्नू –
सुन्दर संसार हेर्न सिक निश्चय नयनले
आँसु बनेर कहिल्यै नझर्नू
झर्न परे मोती बनेर झर्नू
उज्यालो संसा।र बनाउन सिक ।
नामर्द बनेर मर्न हुँदैन मर्न परे सहिद भएर मर्नु पर्छ । तलाउ सान्त भए पनि लहरले गर्दा चलाए मान हुन्छ । प्रकृतिको विशाल क्षेत्र छ, जे चाहे पनि आपूर्ति गर्छ । झर्नाले सङ्गीत दिन्छ, जर्जर भूमि उर्वरक बनाउँछ । आदि धारणा सहित कवियित्रीले भन्नु हुन्छ–
लहर बनेर आऊ जीवनमा
धेरै गर्न बाँकी रह्यो फाँटमा
आकाश बनेर फैलनू जीवनमा
बादल हटाउन बाँकी छ यस पाटोमा
पृष्ठ ९६
यस माटोमा धेरै उमार्न बाँकी छ र चन्द्रमा भएर अन्धकार हटाउनु छ भन्ने धारणा आएको छ कवितामा ।
लामो प्रतीक्षा–यो पनि प्रेममा आधारित कविता हो । प्रेममा विविध कर्महरू हुन्छन् । यस कवितामा कवियित्रीले एउटा प्रेमिकाले प्रेमिसँग यस्तो उद्गार पोखेकी छन् –
सक्छौ भने तिमी बाँच लिई मेरो जिन्दगी पनि
हाँस्छौ भने तिमी हाँस लिई अधर मेरो बनी
दिन्छौ भने वाचा अरूलाई मसँगको यात्रा भनी
विताउँछु दिन यादमा तिमीसँगको साथ गनी गनी
पृष्ठ ९८
रित्तो बोत्तल– रक्सी तीन तरिकाबाट प्रस्तुत भएको छ । पहिलो भट्टी पसलमा सजिदा महगो रूपमा दर्शिने, टेवुलमा आएपछि अरूको दर्द मेटाउन सक्ने महान अस्तित्वको रूपमा उभिने, प्यालामा खस्दै गर्दा मोतीका थोपा जस्तै लाग्ने मूल्यवान तरल पदार्थ जस्को सेवन गर्दा दरिद्रले पनि महल बनाउन सक्ने । दोस्रो अभिव्यक्तिमा रक्सी सेवनले धोकाखाएकाले पनि कथाव्यथा भुलिदिन्छन् । कसैलाई धोका दिएर आएका छन् भने पिएर रमाइलो मनाउँछन् । यति बेलासम्म रक्सी,सकिन्छ र रित्ता बोत्लमा पुग्छ यति वेला स्वार्थी मानिसले लात्तले गुडाउँछन् भन्ने धारणा आएको छ कवितामा ।
बेताल जिन्दगी – जिन्दगीको वेताललाई यसकविताले यसरी प्रस्तुत गरेको छ । मनमा विरहले स्थाान लिन्छ लुकाएर राखेकोमा मनमा आगो जल्छ, यसलाई कसैलाई सुनाएको अवस्थामा हलुको महसुस हुन्छ । मुक्तको रुपमा सुनाए हाँसोमा उडाउने कविताको रूपमा उडाए बौलाहको संज्ञा दिन्छन् । गीत बनाएर गाउन खोजे सारङ्गी नै रोइदिने मादल बजाएर ताल दिंदा मादलमै प्याल पर्ने । नाटकबनाएर मञ्चन गराउन खोजे थरी थरीका पात्र भेटिने र आफैनै उदाङ्गो बनिने, स्वार्थी दर्शकले अण्ज्ञढज्ञको वेदनामा मजा लुटि दिन्छन् । अर्को दृश्य पर्खदा पर्दा नै खसिदिन्छ भन्ने धारण आएको छ । जिन्दगी वेलताल भएको खण्डमा मानिसले आफ्नो जीवनको तालमेल मिलाउन सक्दैन ।
रित्तो डुङ्गा– मानिसको जीवनलाई नदी किनारमा उभिएको रित्तो डुङ्गासँग दाजिएको छ । माझि र यात्रीहरू भएनै पार लाग्छ ।यसरी रित्तो डुङ्गा हुनुमा, कसैको यदाले तड्नु, कसैको प्रेमपीडाको अनुभूतिपाउनु र सपनीमा भए पनि कसैको छायाँ पाएको, बादलुको संसारमा उडाइ लाने मन, अवासनमा ह।राइ जाने तन, याद भित्र लुकाइ राख्न अद्वितीय धन प्राप्त गरे पनि यथार्थता उनले केही प्राप्त गर्न सकेकी छैनन् । त्यसो हुँदा उनी निरास छन् । जीवनमा बसन्त डाक्न कोयली डाक्नु तर कोइलीको कुहुकुहुसँगै आफै हराउनु औंसीको जिन्दगीमा उज्यालो छर्न जूनलाई बोलाएको तर विषको प्याला रित्याउन परेको धारणा आएबको छ कवितामा ।
बैगुनी माया – यसमा पनि कवियित्रीले बैगुनी माया लाई गुनीमा परिणत गर्न धेरै प्रयास गर्दा पनि “अधमरो भएर पिँधिन्छ कि बलीदान मायाको चेप्टिएर भित्र निर्दयी जाँतो” भन्ने आशंकामा छिन् कवियित्री ।
रानीवन– यस कवितामा प्रेमीको गुलावी आँचलभित्र लुक्दै ,पवनको हल्का छालसँग झुल्दै, रानीवन घुमेको अब त अति भै सकेको भए पनि कवियित्रीले भन्छिन्–
सुकोमल बाहुले मलाई अँगालो हाल्दै
चन्द्रमा जस्तो मुहारमा मुस्कान छर्दै
गरेको बाँचा तिम्रो सत्य मान्दै
हराएँ कि त्यस वेला तिम्रो भावनामा बहकिँदै ।
पृष्पठ १०६
यति घनिष्टता हुँदा हुँदै पनि प्रेम सफल हुन सकेन । प्रेमिका कुटिल प्रेमको चितामा जली बाँच्न परेको अवस्थामा पनि ‘ फुलि रहनू तिमी प्रीतको पूmलबारीमा प्रेम पारखी बन्दै, बिदा माग्दछु अविश्वासका बाचासँग वितेका अनुभूतिहरू कल्पदै ’ जस्ता कारूणिक धारणामा शुभ इच्छा प्रकट गरिएको छ ।
बाडुल्की –विदेशीएको पतिलाई पत्नीले विदेशमा काम गर्दाको कष्टलाई खानपान भए नएको सम्झेर बाडुल्की लागे नलागेको आदि भावना केलाउँदै घर आउने आग्रह यसरी गरेकी छन् –
मुनाले जस्तै बिन्ति गर्छु आऊ भनी फर्केर
मदन जस्तै नपर्नु बिमार परदेशमा भड्केर
गाउँबेसी गर्दै सिर्जना फलाउँला आपसमा मिलेर
बाँचौला हामी विश्वास भरी मायालाई साटेर र ।
पृष्ठ १०७
बुद्धिमान भमरा –यो बाल कविता हो । यस कवितामा भमरा बुद्धिमान छ । पूmलमा बस्छ रस चुस्छ । बालकहरू आकाशमा उठेको जहाज देखेर सडकमा कुद्दै छन् । बालकले जहाज उडाउन चाहे धेरै पढ्नु पर्छ भन्दै बालबालिकालाई कवियित्रीले यसरी सन्देश दिएकी छन् –
खराब सङ्गत छाडेर असल साथी रोज्नु छ
स्कुलको नियमलाई पालन गर्नु छ
आमा बाबु पुजेर आशीर्वाद लिनु छ
आदर गरी गुरूको पाठ सबै नै सिक्नु छ ।
पृष्ठ १०८
सिमाना –नेपालको प्राकृतिक वर्ण गर्दै सीमा अति क्रमण सम्बन्धमा कवियित्रीले यसरी धारणा राखेकी छन् –
दूरबिन राखी सगरमाथा बाटै सिमाना नापूँ कि?
मिचेको जमिन पाउनलाई खम्बा नै बनूँ कि ?
बुद्धलाई साक्षी राखेर बरू दक्षिण झाँकूँ कि ?
आमाको आँसु पुछ्नलाई आँफै रुमाल बनूँ कि ?
पृष्ठ १०९
काँडासँग सिकौं–यस कवितामा काँडा र गुलाबको सम्वादको रूपमा प्रस्तुत गरिएको छ । गुलाबले भन्छिन् काँडा यसरी निष्ठुर नबन तर काँडा भन्छ तिमी मेरी भएकीले तिम्रो रक्षा गर्नु मेरो कर्तव्य हो । सही मनसायले तिमीलाई मलजल गर्न आए बारबेर गर्न आए सहि दिन्छु तर टिप्न आए भलासरी रोपि दिन्छु । यहाँ कवियित्रीले पूmललाई देश र काँडालाई यसका संरक्षण कर्ताको रूपमा दर्शाएकी छन् । बगैंचा भूपरिवेष्ठित भएको हुँदा संरक्षण कर्ता राम्रो नभएमा कोपिलामै मारिन्छु कि भन्ने धारणा आएको छ कवितामा ।
कस्तो जीवन –सोह्र बर्से जवानी साउनको भेल जस्तो हुन्छ । यसको ख्याल नगरे बगाउन सक्छ । प्रेमलापमा पनि इष्र्याले जो कोहीलाई पनि खरानी पार्न सक्छ । उदाउँदो पे्रमको विहानी कस्तो थियो भन्दा रक्तिम किरणको लालिमाले सजाएर स्वर्णिम हिमाल बनाए जस्तो स्वर्णिम थियो । अन्त्यमा केटाले सोधनी गर्छ ‘कस्तो थियो हाम्रो सुनहरा जिन्दगानी ? केटीले भन्छिन्–
‘सुनौलो अक्षरले लेखिएको छ हाम्रो जीवनी
जे कोही युगल जोडीले पढ्ने छन् हाम्रो अमर कहानी ।
पृष्ठ ११२
अदृश्य पीडा –नारी पीडालाई समेट्ने प्रयास गरेको यस कवितामा यसरी प्रस्तुत भएको छ –
नावालक छँदा मेरो पीडामा
छर्लंग रात काटी सुमसुम्याउने आमा
यति खेर
म तिम्रो दनदनी बली रहेको शरीर हेरी रहेको छु
घरेलु हिंसाका भागीदारहरू
यतै चुड्छन् यतै कोपर्छन्
जताततै चिथोर्छन्
नील डाम र घाउको प्रकृति
वर्ण गर्न सकिन्न
पतिको हत्या भएको थाहै छैन । यस्तो पीडित अवस्थालाई कवियित्रीले यसरी वलर्णन गरेकी छन् । पीडित रोगी, कुपोषित, बालबालिकाबिच
कंसले निर्घात तिम्रो अस्मितामा गाँजी रहेको वेला
शिथिल तिम्रा औंलाहरू
च्यातिएको चौबन्दीका तुना खोजी रहेछौं
फाटेक पेटीकोटले
घुँडा छोप्ने चेष्टा गरि रहेका छौं ।
मर्मिक छ कविता । दुर्गन्धित राजनीतिले गर्दा मङ्गल सूत्र डाका डालिएको छ । उत्तेजित भिडका नाइकेले तिमीलाई कुल्चदै पदासीन भएका छन् । हृदय विदारक तिम्रा चित्कार लत्त्याएर अपवित्र गठबन्धन बनाएर दुर्गन्धित कोढी हातहरू छातीमा राखेर शपथ खाइरहेका छन् र मिथ्या बोली बोलीरहेका छन् । असम्भव आश्वासन बाँडिरहेका कुराहरू यहाँ आएका छन् । यतिसम्म कि पिल्सीएका शरीरका हरेक अंगप्रत्यंग समेत काटेर छोइला, कचिला, बनाएर भोज खाने तयारीमा छन् कंसहरूले । तिम्रो स्तनपान गराउन पुतना पठाएका कुरा, आमाले सहन नसेका कुरालाई हामी अब बालिग भै सकेका छौं , हामी सपुत भै सकेकाले दूधको भारा तिर्न प्रण गरौं भन्ने जस्ता राष्ट्रियताले भरिएका गहन धारणा आएका छन् ।
थोत्रो छाता– थोत्रो छाता किने पछि छातामा प्याल पर्नु स्वभाविक हो । छाताको डण्डीमा खिया लाग्नु पनि स्वभाविक हो । पानी थेग्न पनि नसक्नु धेरै करङको छाता खोज्दा वाङ्गा टिङ्गा करङ बन्न पुग्नु, स्वभाविक हो । कवियित्रीको धारणा छ कि समय अनुकुलको छाता किन्न पर्छ र नत्र गिद्धको विष्टा शीरमा पर्न सक्छ भन्ने धारणा छ ।
बादल –यस कवितामा बादलको गुनगान गाउँदै कवियित्रीको धारणा यसरी आएको छ –
विजुली चम्काउँदै तिमी रिसाएको देखे
सयौं भोल्टले ब्रह्माण्ड सजाएको भेटें
तिमीलाई मत्थर पार्न वैज्ञानिकले उपाय खोजे
तिम्रै प्रेरणाले आविस्कारमा जुटे
पृष्ठ ११९
तलाउ – तलाउको सुन्दरता कमल फुलाउन सकिने, हरियो निलो रङ्ग देखिने, लहरसँग रमाउने, रुखबाट पात झर्ने, चराहरू चिरविर गर्ने, माछा खुसी भएर बुर्कुसी मार्ने यस्तो प्रकृतिको सौन्दर्यतामा जाल हानी माछा मार्न मन लाग्दैन जस्ता धारणा राख्दै बरु कवियित्रीले तलाउ सँग ज्ञान सिक्न आग्रह गर्दछिन् । –
हतारमा स्थिर हुन तलाउसँग सिकौं
अधैर्यमा पनि तलाउ जस्तै धैर्य बटुलौं
आलस्यतामा पनि छाल जस्तै चञ्चल बन्न सिकौं
पौडिनेहरूलाई शान्त बन्दै किनारा दिलाऔं
पृष्ठ १२०
जिन्दगीको लहर – बास्तवमा जिन्दगी सम्बन्धी धेरै कविताहरू यस कृतिमा समावेश भएका छन् । धाम पानी, सुख दुःख, जन्म अनि मृत्यु, खुसी अनि रहर, तृष्णा अनि अहङ्कार आदि भोगिए । समयले वितें भनेर तार पठाउँदैन त्यसो हुँदा जिन्दगी हार मानेर विताउनु हुँदैन । बालक कालमा डर हुँदैन, रुन्छ कराउँछ, भोक लागे माग्नु खानु, अबोध बालकको स्वभावले घर संसार रमाउँछ । यी सबै नै आमाको सानो उपहार हो भन्ने धारणा आएको छ कवितामा ।
वनचरीको माया –वनचरीको बिम्बको रूपमा विदेशीएका महिलाको नेपालप्रतिको राष्ट्र प्रेमलाई दर्शाइएको छ । विदेशीए पनि देशप्रतिको माया अटुट भएकोले नेपालमा भएका हरेक क्रियाकलापले मन छुनु स्वभाविक हो । देशलाई सवल बनाउन स्वदे्श विदेशका भएका सबै जुट्नु पार्ने आदि धारणा सहित कवियित्रीले लेख्नु हुन्छ –
मेरो देश विग्¥यो भने म यहाँ रुन्छु
देश त्यहाँ जल्यो भने खरानी म हुन्छु
लाली गुराँस टिप्न यहाँ सपनीमा डुल्छु
डाँफे मुनालसँग उडी नेपाललाई चुम्छु
नेपाल दुख्दा घर चरीलाई नदुखे पनि वनचरीलाई दुख्छ भनिएको छ । राष्ट्रियता भरिएको छ कविता ।
नेपाली चेली –यस कवितामा प्राकृतिकको सुन्दर चित्रण गरिएको छ । हेरौ केही श्लोक –
दमाहा र पञ्चेवाजा रन्की रन्की बज्छन्
न्याउली कोइली भाखा फेरी फर्क फर्क भन्छन्
मारुनीलाई फकाई फकाई गाइने दाइ नाच्छन्
मेची काली बाहु फैलाई अङ्गालो हाल्छु भन्छन्
पृष्ठ १२३
नेपाअमेरी बच्चा – यस कथामा बच्चा विविध प्रकारका क्रियाकलाप गर्दछन् । बच्चामा कच्चा पनि हुन्छन् । बच्चालाई समयमा सच्चा बनाउनु पर्छ । यो ख्याल गर्नु पर्छ कि माछो माछो भ्याकुतो हातमा पार्न हुन्न । भ्याकुताले पोखरी पनि मेरै अनि जमिन पनि मेरै भन्छ, पुतली पाए निल्दै जान्छ । सागर भेंटै भन्दै माछो पानी माथि उफ्रदा बकुल्लाले निल्न सक्छ । आदि विविध प्रतिकृया जनाउँदै कवियित्रीले समयानुकुल सही मार्गमा हिड्नु पर्छ र माता पिताको रित्तो काख बनाएर विदेशमा बस्न हुँदैन भन्ने धारणा आएको छ कवितामा ।
जितको सिँढी –
विरहमा नरोईकन जस्ले हिम्मत गर्छ
पक्कै एकदिन उसले नै हाँस्ने मौका पाउँछ
हारलाई नै हार भनी जसले स्वीकार गर्छ
पक्कै एक दिन उसैले नै जितको सिँढी चढ्छ
पृष्ठ १२६,
जित हात पार्ने कडीलाई कवियित्रीले यसरी लिएकी छन् । मौका आउँदा मौका गुमाउनु हुन्न । चौकाको दाउ हान्न पनि नियमलाई जान्नु पछ । जालझेल गरे झेल परेर दुःख भोग्नु पर्छ । स्वार्थी बन्नु भनेको अन्धकारलाई निम्त्याउनु हो र अन्धकार हटाउन ज्योति बाल्नु पर्ने हुन्छ । ज्योति बालेर मात्र हुँदैन तेल थपीराख्नु पर्छ, नत्र भने ज्योति निभछ र अन्धकार नै बन्छ । हावा लाग्न सक्छ हावालाई छेक्नु पर्छ र मात्र अन्धकार हटाउन सकिन्छ । यसरी नै कवियित्रीको भनाइ छ कि “भाग्यमा भर नपरेर कर्म गर्नु पर्छ अनि मात्र सफलताले मनुष्यलाई चुम्छ ।”
आदि कवि र सुलसुले – रविमा किरण भएर मात्र रवि भएका हुन् र कविता लेखेर मात्र कवि बन्दछन् । यी आफ्ना स्थानमा कसैसँग दवेर बस्दैनन् । आजको डिम्बना भनेको त्यस्तो छैन । आफैले आफैमा बढी जान्ने र आकाश टुने प्रवृति देखिन थालेको छ । राजनीतिले साहित्यलाई बटारेको छ । गाली गलौज गर्ने भएकाले सुलसुलेको संज्ञा पाए । त्यसो हुँदा आदि कविलाई सुलसुले मार्न रविको रूप लिएर उदाउनु प¥यो र साहित्यलाई धमिलिन दिनु भएन भन्ने धारणा आएको छ कवितामा ।
ज्ञ। लपाने –गौरव मय इतिहास बोकेको देश नेपाल आज लपाने बनाउन पुगियो । आज विदेशमा पौरख गर्ने नेपाली हेपेर बहादुरको नाममा बोलाइँदा शीर नै झुक्छ ।गर्व विथोलिएको छ । कसरी लपाने नामलाई सपार्लान् भने धारणा आएका छन् ।
दसैं कि दशा – नेपालको गरिबीको एक झलक –
भदौमा भाँचे मकै
साहुकै घर भित्रै सबै
जति नै गरे नि दुःखै
सुत्नु पर्छ पविार भोकभोकै
यसरी गरिबीको कारण घरको छानो चुहेर सुत्न नसकिने, साहुले चुहिने घर पनि हत्याउने प्रयास गर्नु, दशैं नजिकै आउनु गरिबीको कारणले गला रेट्नु, अरुको घर सजाउन रातोमाटो बोकेर साहुलाई दशैं टार्न गोडामा ढोग्नु र दशैं नसकिदै परदेश धाउनु परेको धारणा आएको छ कवितामा
यस कृति भित्र भएका ७३ कविताहरूको भावसार पस्कने प्रयास गरें ।कितावले दिन चाहेका सबै धारण, भावना, आदिलाई हामीले भावसार बाट बुझ्न सकिन्छ । सबै कवितामा राष्ट्रप्रेम र राष्ट्रियताका भावनाहरू छता छुल्ल भएका छन् । देशमा राष्«िटय एकताको चाहना देशमा देखिएका राजनीतिक विकृतिले विखण्डित हुन्छ कि भन्ने त्रास, विदेशमा भए पनि स्वदेशको चिन्ता निकै मार्मिकताको साथमा उठाइएका छन् । नेपाललाई एकिकरण गर्ने पृथ्वी नारायण शाह महाकवी लक्ष्मी प्रसाद देवकोटा, आदिकवि भानुभक्त , कविशोरोमणी, महाकावी लक्ष्मी प्रसाद देवकोटाको योगदान र स्मरण । राष्ट्र, भाषा साहित्यको समृद्धिको लागि यिनको देशमा पुन आगमन हुनु पर्ने धारणा आएका छन् ।कवियित्री शान्ति चाहान्छिन् । नेपाली आमाको मुहार सधैं उज्वल देख्न चाहान्छिन् । नेतृत्व वर्गको कार्यशैली, विदेशी हस्तक्षेपका कुराहरू, युवा युवतीहरू विदेशिन बाध्यता, तिन्ले भोगेक कष्ट तिनले गरेको देश प्रतिको आर्थिक लगानी, र देशप्रतिको माया आदिलाई कवितामा कवियित्रीले प्रष्टसँग दर्शाएकी छन् । नेपाली विदेशिए पनि नेपाली संस्कृतिलाई भुलेका छैनन् । कवियित्रीमा पनि नेपालका भाषा साहित्य साँस्कृतिप्रति अगाध माया छ । जीवनजगत प्रति उनी निके संवेदनशील छन् यस । कवितासङ्ग्रहमा
थोत्रो छाता– थोत्रो छाता किने पछि छातामा प्याल पर्नु स्वभाविक हो । छाताको डण्डीमा खिया लाग्नु पनि स्वभाविक हो । पानी थेग्न पनि नसक्नु धेरै करङको छाता खोज्दा वाङ्गा टिङ्गा करङ बन्न पुग्नु, स्वभाविक हो । कवियित्रीको धारणा छ कि समय अनुकुलको किन्न पर्छ र नत्र गिद्धको विष्टा शीरमा पर्न सक्छ भन्ने धारणा छ ।
बादल –यस कवितामा बादलको गुनगान गाउँदै कवियित्रीको धारणा यसरी आएको छ –
विजुली चम्काउँदै तिमी रिसाएको देखे
सयौं भोल्टले ब्रह्माण्ड सजाएको भेटें
तिमीलाई मत्थर पार्न वैज्ञानिकले उपाय खोजे
तिम्रै प्रेरणाले आविस्कारमा जुटे
पृष्ठ ११९
तलाउ – तलाउको सुन्दरता कमल पुलाउन सकिने, हरियो निलो रङ्ग देखिने, लहरसँग रमाउने, रुखबाट पात झर्ने, चराहरू चि रविर गर्ने, माछा खुसी भएर बुर्कुसी मानेृ यस्तो सौन्दर्यतामा जाल हान्न मन नलाग्ने आदि धारणा राख्दै कवियित्रीले तलाउ सँग ज्ञान सिक्न आग्रह गर्दै लेख्नु हुन्छ –
हतारमा स्थिर हुन तलाउसँग सिकौं
अधैर्यमा पनि तलाउ जस्तै धैर्य बटुलौं
आलस्यतामा पनि छाल जस्तै चञ्चल बन्न सिकौं
पौडिने हरूलाई शान्त बन्दै किनारा दिलाऔं
पृष्ठ १२०
जिन्दगीको लहर – बास्तवमा जिन्दगी सम्बन्धी धेरै कविताहरू यस कृतिमा समावेश भएका छन् । धाम पानी, सुख दुःख, जन्म अनि मृत्यु, खुसी अनि रहर, तृष्णा अनि अहङ्कार समयले विते भनेर तार पठाउँदैन त्यसो हुँदा जिन्दगी हार मानेर विताउनु हुँदैन बालक कालमा डर हुँदैन, रुन्छ कराउँछ, भोक लागे माग्नु खानु, अबोध बालकको स्वभावले घर संसार रमाउँछ । यी सबै नै आमाको सानो उपहार भन्ने धारणा आएको छ ।
वनचरीको माया –वनचरीको बिम्बको रूपमा विदेशीएका महिलाको नेपाल प्रतिको राष्ट्र प्रेमलाई दर्शाइएको छ । विदेशीए पनि देशप्रतिको माया अटुट भएकोले नेपालमा भएका देशभित्र उठेदेखि विदेशमा भएका जुट्ने आदि धारणा सहित कवियित्रीले लेख्नु हुन्छ
मेरो देश विग््रो भने म यहाँ रुन्छु
देश त्यहाँ जल्यो भने खरानी म हुन्छु
लाली गुराँस टिप्न यहाँ सपनीमा डुल्छु
डाँफे मुनालसँग उडीनेपाललाई चुम्छु
नेपाल दुख्दा घर चरीलाई नदुखे पनि वनचरीलाई दुख्छ भनिएको छ ।
नेपाली चेली –यस कवितामा प्राकृतिकको सुन्दर चित्रण गरिएको छ । हेरौ केही श्लोक –
दमाहा र पञ्चेवाजा रन्की रन्की बज्छन्
न्याउली कोइली भाखा फेरी फर्क फर्क भन्छन्
मारुनीलाई फकाई फकाई गाइने दाइ नाच्छन्
मेची काली बाहु फैलाई अ,ङ्गालो हाल्छु भन्छन्
पृष्ठ १२३
नेपाअमेरी बच्चा – यस कथामा बच्चा विविध प्रकारका क्रियाकलाप गर्दछन् । बच्चामा कच्चा पनि हुन्छन् । बच्चालाई समयमा सच्चा बनाउनु पर्छ । यो ख्याल गर्नु पर्छ , माछो माछो भ्याकुतो हातमा पार्न हुन्न । भ्याकुताले पोखरी पनि मेरै अनि जमिन पनि मेरै भन्नु, पुतली पाए निल्दै जानु, सागर भेंटै भन्दै माछो पानी माथि उफ्रदा बकुल्लाले निल्यो आदि विविध प्रतिकृया जनाउँदै कवियित्रीले समय अनुकुल सही मार्गमा हिड्नु पर्ने माता पिताको रित्तो काख बनाएर विदेशमा हुँदैन भन्ने धारणा आएको छ कवितामा ।
जितको सिँढी –
विरहमा नरोईकन जस्ले हिम्मत गर्छ
पक्कै एकदिन उसले नै हाँस्ने मौका पाउँछ
हारलाई नै हार भनी जसले स्वीकार गर्छ
पक्कै एक दिन उसैले नै जितको सिँढी चढ्छ
जित हात पार्ने कडीलाई कवियित्रीले यसरी लिँदै मौका आउँदा मौका गुमाउनु हुन्न, चौकाको दाउ हान्न पनि नियमलाई जान्नु पर्छ जालझेल गरे झेल परेर दुःख भोग्नु पर्छ । स्वार्थी बन्नु भनेको अन्धकारलाई निम्त्याउनु हो र अन्धकार हटाउन ज्योति बाल्नु पर्ने हुन्छ ज्योति बालेर मात्र हुँदैन तेल थपीराख्नु पर्छ, नत्र भने ज्योति निभछ र अन्धकार नै बन्छ । हावा लाग्न सक्छ हावालाई छेक्नु पर्छ र मात्र अन्धकार हटाउन सकिन्छ । यसरी नै कवियित्रीको भनाइ छ कि “भाग्यमा भर नपरेर कर्म गर्नु पर्छ अनि मात्र सफलताले मनुष्यलाई चुम्छ ।”
आदि कवि र सुलसुले – रविमा किरण भएर मात्र रवि भएका हुन् र कविता लेखेर मात्र कवि बन्दछन् । यी आफ्ना स्थानमा कसैसँग दवेर बस्दैनन् । आजको डिम्बना भनेको त्यस्तो छैन । आफैले आफैमा बढी जान्ने र आकाश छुने प्रवृति देखिन थालेको छ । राजनीतिले साहित्यलाई बटारेको छ । गाली गलौज गर्ने भएकाले सुलसुलेको संज्ञा पाए । त्यसो हुँदा आदि कविलाई सुलसुले मार्न रविको रूप लिएर उदाउनु प¥यो र साहित्यलाई धमिलिन दिनु भएन भन्ने धारणा आएको छ कवितामा ।
लपाने –गौरव मय इतिहास बोकेको देश नेपाल आज लपाने बनाउन पुगियो । आज विदेशमा पौरख गर्ने नेपाली हेपेर बहादुरको नाममा बोलाइँदा शीर नै झुक्छ ।गर्व विथोलिएको छ । कसरी लपाने देश नामलाई सपार्लान भने धारणा आएका छन् ।
दसैं कि दशा – नेपालको गरिबीको एक झलक –
भदौमा भाँचे मकै
साहुकै घर भित्रै सबै
जति नै गरे नि दुःखै
सुत्नु पर्छ पविार भोकभोकै
यसरी गरिबीको कारण घरको छानो चुहेर सुत्न नसकिने, साहुले चुहिने घर पनि हत्याउने प्रयास गर्नु, दशैं नजिकै आउनु गरिबीको कारणले गला रेट्नु, अरुको घर सजाउन रातोमाटो बोकेर साहुलाई दशैं टार्न गोडामा ढोग्नु र दशैं नभसकिदै परदेश धाउनु परेको धारणा आएको छ कवितामा ।
यस कृति भित्र भएका ७३ कविताहरूको भावसार पस्कने प्रयास गरें ।कितावले दिन चाहेका सबै धारण, भावना, आदिलाई हामीले भावसार बाट बुझ्न सकिन्छ । सबै कवितामा राष्ट्रप्रेम र राष्ट्रियताका भावनाहरू छता छुल्ल का छन् । देशमा राष्«िटय एकताको चाहना देशमा देखिएका राजनीतिक विकृतिले विखण्डित हुन्छ कि भन्ने त्रास, विदेशमा भए पनि स्वदेशको चिन्ता निकै मार्मिकताको साथमा उठाइएका छन् । नेपाललाई एकिकरण गर्ने पृथ्वी नारायण शाह महाकवी लक्ष्मी प्रसाद देवकोटा, आदिकवि भानुभक्त, कविशोरोमणी, महाकावी लक्ष्मी प्रसाद देवकोटाको योगदान र स्मरण । राष्ट्र, भाषा साहित्यको समृद्धिको लागि यिनको देशमा पुन आगमन हुनु पर्ने धारणा आएका छन् ।कवियित्री शान्ति चाहान्छिन् । नेपाली आमाको मुहार सधैं उज्वल देख्न चाहान्छिन् । नेतृत्व वर्गको कार्यशैली, विदेशी हस्तक्षेपका कुराहरू, युवा युवतीहरू विदेशिन बाध्यता, तिन्ले भोगेक कष्ट तिनले गरेको देश प्रतिको आर्थिक लगानी, र देशप्रतिको माया आदिलाई कवितामा कवियित्रीले प्रष्टसँग दर्शाएकी छन् । नेपाली विदेशिए पनि नेपाली संस्कृतिलाई भुलेका छैनन् । कवियित्रीमा पनि नेपालका भाषा साहित्य साँस्कृतिप्रति अगाध माया छ । जीवनजगतप्रति उनी निके संवेदनशील छन् । देशले भोग्न परेको आर्थिक अभाव , गरिबी, आतङ्क, आपसमा विभाजन, विदेशी हस्तक्षेप आदि विविध पक्षमा कवियित्री निकै चिन्तित देखिन्छिन् । कवितामा प्राकृतिक सौन्दर्यलाई प्राथमिकताको साथमा उठाईएको छ । जस्ले कवितालाई रसिलो र आकर्षक तुल्याएको छ । कवियित्रीले आफ्ना धारणा राख्न कतै पनि हिचकिचाएको पाइँदैन । भनिन्छ दुधको दुध पानीको पानी भन्ने युक्तिलाई उना कविताले चरितार्थ गरेका छन् ।उनका कविता स्वच्छन्द रूपमा बगेका छन् ।
शीर्षकी करणा – यस कृतिको नाम आमाको पुकार राखिएको छ । यसभित्रका कवितालाई अध्ययन गर्दा यथा नाम तथा गुण भन्न सकिन्छ । यस कवितामा समावेश गरिएका कविताले नेपाली आमाको मयाप्रति आमले सन्तानप्रति दिने माया ममता, मार्गदर्शन, राष्ट्र, राष्ट्रियताप्रति लक्ष राखी लेखिएका छन् । उनका कवितामा नेपालको भूगोल, राष्ट्र, राष्ट्रियता, संस्कृति तथा देशका चाडपर्व, संस्कार आदि बोल्दछन् त्यसो हुँदा शीर्षक सार्थक छ ।
भाषाशैली–भाषा सरल छ । आधुनिक शैलीमा मात्र नभएर लयात्मकरूपमा कविताहरू लेखिएका छन् ।कतै गीत छन् । कतै लोकलयमा कविता कोरिएका छन् । उखानहरू पनि ठाउँ ठाउँमा समावेस गरेको पाइन्छन् जस्तै “लथालिङ्ग देशको भताभुङ्ग चाला जता जता जाला जोगी उतै उतै खाला ”,“भाइ फुटे गवार लुटे,” आदि ।
अन्त्यमा– हुन त लेखकको लेखनशैली आफ्नै आफ्नै किसिमको हुन्छ । यसमा यो सुधार त्यो सुधार भन्नेवालाका पनि अर्काको नजरमा, बुझाईमा कमी कमजोडी हुन सक्छन् । सबै चीजमा पूर्ण कोही हुँदैन । मीनाजीका भावना सारगर्भित छन् । राष्ट्रप्रतिको माया देश विकासका भावना, प्राकृतिक सौन्दर्यताका वर्णन अति मिठा र उच्च देखिन्छन् ।उनका लेखनमा अर्थात एउटै कवितामा पनि धेरै विषयको उठान भएको पाइने र भावसार बुझ्न त्यति सहज नदेखिने भएको हुँदा एउटै विषयमा ध्यानकेन्द्रि हुँदा सुनमा सुगन्ध थपिने थियो कि भन्ने लाग्छ ।
प्रदेशमा बस्दा आफ्नै समस्याले सताएको हुन्छ । त्यसमा पनि अमेरिका जस्तो अति व्यस्त र कमाएर आफ्नो जीविका चलाउन पर्ने देशमा बसेर नेपालको विकासको चिन्ता लिनु, समाजमा देखिएका विकृतिलाई गहिरिएर हेर्नु, राजनीतिले निम्त्याएको आजको विकराल स्थितिलाई केलाउनु, नेपालबाट युवायुवतीहरू कोही अध्ययनको लागि कोही रोजगारीको लागि विदेश पलायन हुनु, गाउँ सहर युवा रहित हुनु, खेती योग्य जमिन बाँझिदै जानु, नारी अस्मिता बेचिनु, देशको आर्थिक अवस्था विग्रदै जानु, विदेशमा पाइने कष्ट, हेपाई आदिलाई समेटेर समग्रमा एउटा उच्चतम दस्तावेज तयार गर्नु एउटा गहन कार्य हो । यस्तो अनुकरणीय कविता ङ्ग्रह तयार पार्नु भएकोमा मीना जी धन्यवादकी पात्र हुनुहुन्छ ।

हाल कावासोती नवलपुर, नेपाल

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।