18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नारी

कविता केशव पुडासैनी January 17, 2024, 1:39 pm
केशव पुडासैनी
केशव पुडासैनी

हर्ष छ जगतमा अघोरआज! पाईला तिमीले राख्दा ।
खुशी छन चरहरु यतिखेर! सृष्टी विधाता पाऊदा ।।
यस्ती तिमी! अतृप्त प्यारीकी, पुजिन्छौ सर्वाथ जहॉ।
तिम्रै चक्र घुम्छ जगतमा, चकित छन देवलोक वहॉ ।।
।।१।।

कस्तै कष्ठ लुकाई मनमा, एकलव्य चिन्तन हो कति ।
सन्तान सम्वृद्धी हरपल तनमा, भुलदिनौ कर्मलाई रति।।
अबोध ईच्छा मनमै राखि, बाडंछ्यौ शुखसयल जति।
के नै छ र जगतमा अरु यस्तो, श्रेष्ठतम अव्वल तिमी।।
।।२।।

अज्ञानी सदा कुदीरहन्छन मठहरु, नदेखि नारी मन्दिर ।
के नै फलत पाऊदो हो कठैबरा, पुजेरै पत्थर दिनदिन ।।
चिनौ आजै यस्ती देवीलाई, संघर्ष ऊनकै शक्ती हो ।
बर्षाऊ माया ममता ऊनैलाई, ऊघारी पर्दा भक्तीको ।।
।।३।।

लन्डन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।