18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

फूल जस्तै तिमी

कविता अनिश घिमिरे January 22, 2024, 3:59 pm
अनिश घिमिरे
अनिश घिमिरे

सम्झिएर तिमीलाई फूल जस्तै
सजाएर तिमीलाई फूल जस्तै
यदाकदा तिमीलाई
हृदयमा राखेर
हिडिरहेकाे थिएँ
बाेकेर यादकाे अग्लाे चाङ।।

तर अहँ,
बुझ्दै बुझिन,
फूलकाे पनि फूल्ने आ-आफ्नै समय हुन्छ
साेच्दै साेचिन,
सबै फूलकाे एउटै रंङ्ग हुदैन
सुंघ्दै सुगिन,
फूलकाे पनि आ-आफ्नै अत्तर हुन्छ
देख्दै देखिन,
फूलकाे पनि जिउने आ-आफ्नै संसार हुन्छ
छुट्याउँदै छुट्याईन,
फूलकाे पनि प्रकृति हुन्छ ।

साँच्चै,
हाे रहेछ,
बल्ल आज,
कुनै फूल दिलमा राखेपछि थाहा पाएँ
फूलमा पनि काँडा हुन्छ !!

खाेटाङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।