अपराजित यात्राहरू कायमै छन
एक, दुई, तीन, गरी कयौँ पटक ।
उही अनुहार छ ।
उही विचार छ ।
उही प्रवृत्ति छ ।
उही परिवेश छ ।
उही कदम छ ।
जुन कदमहरू आफैँ रन्थनिए,
सेलाए, सकिए, शंकालु, संकीर्ण भए ।
न जुटे,
न बदलिए,
न सूहाएका छन ।
सुइँकुच्चा मार्दा मार्दै सकिएका छन् ।
हर पटक उही प्रवृत्ति छन् ।
गर्छु, बनाउँछु, देखाउँछु
मौका दिनुहोस भनी
पन्छिएका छन्
यसरी यात्राहरू ।
चलिरहेका छन्,
आफ्नै गतिमा कायम छन,
साथहरु,
सकिएका छैन अझैं,
एक्कासी रोकिएको,
रहरको भोगी सरह ।।
कैलाली