१. प्रारम्भ
कृष्ण बजगाई धरान, सुनसरीका होनहार युवकले देश छोडेर गए पनि यस देशको माटो छोडे पनि बाहिरी मुलुक विदेश बेलायत बस्दै देशको भाषा साहित्यको सेवा गरेको अवस्था छ । बजगाई प्रतिभाशाली युवक देखिएको प्रमाणमा उनका नियात्रा, बालकथा, कथा लघुकथा र नवसिर्जनाले प्रमाणित गरेका छन् । बजगाईको चेतना विदेशी भूमिमा बसेर गरिएको नेपाली साहित्यका सेवातिर अभिमुख रहेको छ, त्यसो त बजगाई नेपाली भूमितिर फर्किएर बेलायतमा बसेका हुँदा कतिपयले माटो बिर्सिझैं यिनी गर्दैनन् ।
२. विषय सन्दर्भ
‘काजगको मन्त्री’ (२०८०) भुँडी पुराण प्रकाशनले प्रकाशन गरेको लधुकथाको पुस्तकमा बाउन्न वटा लघुकथा छन् , तिनमा सुरुको कथाबाट पुस्तकको नाम उठेको छ । मन्त्रीलाई घोचपेच गर्ने यस्तो कथाले जीवनभरि चित्र बनाएर बसेका पात्रलाई घरबाट निकालेको सन्दर्भ उपस्थित हुन्छ । जनताले चुनाउमा भोट दिने, भाषणमा साथ दिने, लौरो टेकेर हिँडिदिने, सभाषद् बनाउने, मन्त्री बनाउने काम गरेको प्रतिकात्मक विवरणका साथ साथै मन्त्रीले गर्ने धाकर वाफमा कथाको समापन हुन्छ । यसैले कृतध्न मान्यजन, ठूलो मात्र हुने र असल मान्छे हुन नजान्ने नेतालाई घोच्छ ।
यस विषयमा डा. ध्रुवचन्द्र गौतमले ‘तथाकथित’ उपन्यास लेखेका छन् ।
यस प्रथम लघुकथामा प्राक्कल्पना–स्वैरकल्पनाका उपायहरू प्रयोगमा छन् । चित्रकार र चित्र कुरा गर्छन, यो स्वभाविकै छ, लैनसिंह बाङ्गदेल महान् चित्रकार धेरै समयसम्म मौन बसेर एक थोपा एक डट ट्याक्क लगाउनु हुन्थ्यो । त्यसपछि खिसिक्क हाँस्नु हुन्थ्यो, त्यसै चित्रसँग मौन होस् वा सस्वर होस्–आपसी संवाद हुन्थ्यो । बजगाईको कथामा पनि त्यही क्रम छ । रङ थप्दै जाँदा अर्कै अर्को स्वरूप देखिन थाल्छ । समय भव्यसभ्य छ, उनको उन्नति गराइन्छ । त्यस विषयको सम्वाद रोचक र घोचक छ । जनताले जस्तै चित्रकारले घर बनाइदिएको समाचार सकिन्छ पनि घरबाट निस्कने आदेश पनि यथावतै परिभाषित भइरहन्छ । ‘अब मेरो घरबाट निस्कन्छस् कि गार्ड लगाएर निकालौं ।’ चित्रले धम्की दियो अथवा पदमा पुगेको प्रशासनले थर्काएर बर्बरताको शैली अँगाल्यो ।
समसामयिक युगसँग सुमधुर नातामा जोडिने रचना लघुकथा धेरै छन् जसमा ‘आमा’ पनि पर्छ । समयले सताएका, बेरोजगारीले घपाएका, आमाबाबुलाई यस भूमिमा छोडेर हराएका, पलायन भएका देशले पाल्न नसकेका पात्रले आमाको सम्झना एक वर्षमा एक दिन गर्ने क्षणसँग आवद्ध ‘आमा’ ले आज हाम्रो भूमिमाथि भएको श्रमिकको मरुभूमिकरण, वास्तल्य परित्याग र सामान्य परिवारका बाध्यतालाई अँगालेको छ । आमाको आश्रमको वासमा छोराले दिएको शुभकामना, पारिबाट शब्दसम्मानमा श्रद्धाञ्जली लेखिदिने परिचितहरुको के दोष रहन्छ र † यस्ता छोराहरू अहिले बेलायत, अमेरिका र अष्ट्रलियामा छन्, आमाहरू पशुपति आश्रममा रुन्छन् ।
आजको हावापानी र खानपिनले दिमाग बिग्रने क्रम बढेर गएको छ । मनोरोग पनि बढ्ने एक कारण यही हो । संसारमा अरूको धन आर्जन देखेर दिमाग भरी हुने रोगीहरु धेरै छौँ । त्यस प्रकारको एक रोगी युवक मानसिक अस्पतालमा पीडा भोगिरहेको भनि देखाउने कथा ‘शंका’ लघुकथा हो । यस लघुकथामा पात्र बर्बराउँछ, साथै सपना र सम्झना आएको बुझिदिने वाक्कय बोल्न थाल्छ । अत्यन्त कलिसित मनकी धनी महिलाले तिनलाई सौता हुने ठानिन् र कडा शब्दमा को हुन भन्दै प्रश्नहरु गरिरहिन । त्यस रोगीसँगको उपचारमा संलग्न चिकित्साकर्मीले प्रश्नउत्तर नगर्ने आग्रह गर्दा गर्दै पुरुषले अन्तिम तुक खोल्यो–ती अघि प्रश्न सोध्ने महिलाहरूको हुन् भनेर बिट मारिएको कथामा घरको कचकचले पुरुष पागल भएको बुझिन आएको छ । यस प्रसङ्गबाट बुझिन्छ, रोग झनै बल्झिएको छ, रोग निको भएकै छैन ।
‘सम्बन्ध’ लघुकथा दुर्घटनासित जोडिन्छ । स–साना घटनाहरू नै पनि विशाल इतिहासका स्रोत हुन्छन् , नेपाल, भारत जस्ता देशबाट खाडी मुलुकतिर पसेका युवकहरू ध्यान पु¥याएर काम गर्दा भवनको माथ्लो तलाबाट झर्न सक्छन्, यी घटना दिनदिनै समाचारमा आएका छन् । त्यहाँको व्यवस्थापन, कर्मयोगी युवा पुस्ताका लागि मानिस तलाबाट झर्नु भनेको नट बोल्ट भर्नु जस्तो समान्य कुरा हो । यस कथाको विषयसँग मिल्ने घटना राजेश्वर देवकोटाको ‘आवर्तन’ बौद्धिक , उपन्यासमा झन्झमाउँछ अझै समय सापेक्ष देखिन्छ । अहिले नेता भएर देश हाँक्नेहरु नदी बेच्ने सुन तस्करी गर्ने, घुसखोरी गर्नेहरु सबै नाङ्गै भएका छन् । तिनका फोटाहरु भित्तामा टाँस्नेहरु र अरब देशमा जानेहरुमा यी अकर्मव्य नेताको प्रभाव घृणाजन्य छ । फोटाहरु टाँसेर कोठा सजाउने अमुक पात्रले सम्मानको सट्टा जुत्ताले दिनदिनै फोटामा हिर्काउने गरेको हेर्नेहरूले सत्यकुरा पत्ता लगाए । यस्तो निष्कर्ष भएको कथामा त्यति धेरै अपमान पाउने अवस्थाको पृष्ठभूमि रहन्छ ।
लघुकथा अलिकति हास्यको रमरमबाट अनुप्राणित छ । कुनै समयमा अंश माग्ने छोरो पुरानो दिन सम्झन्छ र नयाँ समयमा बोल्छ । बाबु र छोरा दुवै वृद्धाश्रममा आश्रित छन् तर धन, सम्पत्ति, अंशवण्डा, भोकरोग, अहिले भन्दा चालिस पचास वर्ष पुराना कुरा सम्झनामा लिएर सम्वाद गर्छन् । उनीहरूलाई अस्पतालको खर्च तिर्ने नातिसित आस्था छ, भरोसा छ तर उनीहरुको स्मरणशक्ति बिग्रिएकै हो, किनकि ती बाबा छोरा अस्पतालबाट हटाइएर वृद्धाआश्रममा जीवनका अन्तिम समयको भुक्तभोगमा छन् । यहाँ समयको चिनारी सुन्दर ढङ्गमा हुन्छ ।
बिचौलियाका विषयमा लेखिएको लघुकथा एक प्रतिनिधि रचना हो । यस दलालको समिति गठन बारेमा जुन तरिका अवलम्बन गरिएको छ, त्यही उपाय वा विधि राजनीति, सामाजिक संगठन र शैक्षिक सांस्कृतिक समितिमा पनि हुबहु लागु भएको छ । टाठाबाठाले आफुु खुसी समिति गठन गर्दै प्रतिनिधि पदमा आफ्नो स्वार्थ पूर्ण गरेपछि अरूको आवाजलाई दवाएर फाटफुट्ट अभिव्यक्ति दिएर उभो लाग्ने समितिहरू देश विदेशभरि व्याप्त छन् । नेपालमा पार्टी वा दलमा यसको नीतिले महान् भूमिका निर्वाह गरेको समावेशी भन्ने तर समावेशी भन्ने ठानिएकाहरू माथि पाइतालाले कुल्चिने धर्म चलनमा छ । राजनीतिको रूपरङ्ग माथि लेखिएका धेरै रचना छन् । यसमा ‘नाङ्गेझार’ एक विचारणीय लघुकथा हो । नेपालका नेतामा भएको चरित्र उदाङ्गो गराउने, आफ्नै सालादेखि पत्नी, मामाको छोरो, मामाकी नातिनीलाई वरिपरि राखेर रजाइ गर्नेहरु हाल नाङ्गेझार हुनुपर्दै छ । यसै विषयको समय चेतका आधारमा रचित उक्त लघुकथामा घडी, ल्यापटप, मोवाइल दिने व्यक्ति भेटघाटमा आउँछ, तर नातामा पर्ने निजी सचिवले भेटघाट पुर्जी नदिएर महान् कार्य गरेको देखाइएको छ । अझैं भिनाजुको अपमान हुने त्रासमा सालो सचेत छ ।
समयचेतको सुहाउने उपमा ‘आशंका’ लघुकथामा पढ्न सकिन्छ । पे्रममा अल्मलिनेहरू जानी नजानी उन्मादमा हराउँछन् । पे्रमको पनि सुन्दर रूप हुन्छ तर विकृत रूप भनेको पे्रम, विवाह र पारपाचुके तिर मोडिने युगको उपयोग नेपालको पहरी विवरणमा व्याप्त हुँदै छ । खुसीले जोडिने कति वर्ष सँगै बस्ने र कति समय पछि पत्नीलाई पतिले त्याग्ने वा पत्नीले पति त्याग्ने समयमा न्यायाधीश गुहार्ने युग तितो लाग्छ । मिलनमा आफु खुसी, वियोगमा न्यायाधीश साक्षीको चलन बढेर गएको समय वि.स. २०६० पछिकै समय हो । प्रसिद्ध हास्य कलाकारलाई पत्नीले लत्याएको लगभग एक वर्ष भयो । मनोरोगी माथि निगाह राखे र लेखिएको प्रतीक्षा कथा र विरामी महिला र उनका पतिको नाजुक अवस्थामा केन्द्रित छ । महिलालाई मनोरोग छ । उही पे्रमी स्मरणमा आउने व्यथाले सताएको छ । डाक्टरहरू फेरेर जँचाउँदै जाँदा महिलाको पे्रमी पनि डाक्टर भएर आएको बुभिन्छ । उसले युवती हुँदा ती नारीसँग पे्रमको नाटक खेलेकै हो, पछि उनीहरुको क्लिनिकको भेटले आपसमा पुरानो समयतिर संस्मरणलाई फर्काइदियो । संवादहरु उनका विवाहित पतिले सुन्न सकेनन्, बाहिरतिर फुत्त उफ्रिए । यहाँ युगको चेतना छ, किनभने समयमा बिहे हुँदैन, प्रेम अर्कैसित र बिहे अर्कैसित हुन्छ । डा.ध्रुवचन्द्र गौतमको ‘उपसंहार अर्थात् चौथो अन्त्य’मा लक्ष्मी पात्रसँग यस्ता घटना छन् । यो एक उपन्यास हो ।
चरित्रसँग जोडिएको ‘सेवा’ लघुकथामा रूपसी र नेताको संवादमात्र छ । व्यापारीले जनताको सेवा गरेको भाषण सुनाउँछ, पुजारीदेखि कर्मचारीसम्मको भनाइमा सेवाको सापेक्ष अर्थ रहेको संसाद सुन्दै आएकी रूपसीले नेतालाई कटाक्ष गर्दै पैसाकै खेलबाट जनताको सेवा गरेको भाषण गर्न पाइने देशमा आफ्नो सेवा शुल्क पनि बढाएर मागिन् । रूपसीको आग्रहमा व्याजस्तुति स्पष्ट झाँगिएको छ । नेताहरुको नैतिकताको सन्दर्भ छ, कृष्णबहादुर महरादेखि न्यायाधीश ओमप्रसाद सुवेदीसम्मका घटनामा यही चरित्र दोहोरिएको छ ।
‘निन्दा’ अर्को लघुकथामा निन्दापुर राज्यको बिम्ब कोरिएको छ । त्यहाँ एक पर्यटकले सात दिनमा निन्दाका क्षेत्रहरू पत्ता लगाएका रहेछन् । निन्दाको राज्यमा भाषण, साहित्य, कलाभित्र निन्दाको फल भएको तितो यथार्थ पर्यटकले डायरीमा टिपेपछि भव्यताका साथमा आफ्नो अनुभूति सञ्चयन गर्ने निन्दा र तिनको क्षेत्रमाथि टिपोट गरेको डायरी झोलामा लिएर फर्किएका छन् । यसले राम्रो प्रकृति र सुन्दर हिमालहरू भएको देशमा गाली, आक्षेप र आरोपको नराम्रो खेती हामी गर्दैछौँ भनी बुझिन्छ ।
‘गालीको सङ्कट’ व्याजस्तुतिमा आधारित रचना, भएकाले गालीमाथिको प्रशंसा गरेझैँ, कसैको आलोचना पटक पटक भइरहेपछि व्यवस्थाको आलोचना, नेता र मन्त्रीको आलोचना भएपछि हुँदा हुँदा पानीको घैला भरिएझैँ हुने देखिन थाल्छ, त्यसैलाई सङ्कट भनेर भनिएको हुन्छ । मानवलाई आधार बनाइन्छ, त्यसमा दोष पक्षको खोजी गरिन्छ, साँचो सत्य दोष धेरै छ, आइएनजिओ हरू पनि फँसेका छन्, त्यसैले पनि आलोचनाको अर्थप्रशंसा हुन्छ ।
नेपालमा चोरी, बलत्कारजस्ता अपराध बढेका छन्, त्यसको कारण नेताले फटाहालाई दिने दण्डको ठाउँमा माफीको नीति नै दोषी हो । ‘तितो सत्य’ यसैको प्रतिलिपि हो । विश्वासको सङ्कट छ, नेपाल, भारत, बेलायत, अमेरिका आदि देशमा लोग्नेले पत्नीमा विश्वास गर्दैन, ऊसन्चो नभएको कारण औषधीको खर्च जुटाउन पत्नी ओभर ड्युटी गर्छिन् । पतिवेद ठान्दै छन्,, पत्नीले स्वेच्छाचारी भएर मलाई समय दिइनन्, यस्तो सङ्कट हाम्रो सहरमा पस्दै छ, खबरदार नपसोस् भन्ने कामना यस ‘पखेटा’ रचनामा गरिएको छ । आर्जित अनुभूतिकै आधारमा यो रचना रच्न सकिन्छ ।
सहरमा सुरक्षा छैन, हमला भए सहरमा हुन्छ, कतै चिहानघारी खोजेर लुक्न सकिने सम्भावनाको खोजीमा ‘सुरक्षा’ शीर्षक उपस्थित गराइन्छ ।
भविष्यको चिन्ताहीन युवकहरू सडकको पेटीमा बसेर युवती आउने र जिस्क्याउने आशाको बारेमा प्रश्न गरिएको छ । पुर्खाले गरेका कर्महरू, हामीले आज गरेका कर्महरू र भोलिको भविष्य माथिको चिन्तन मिसाएर हेर्न सकिने भएको छैन । त्यो हेर्न सकियो त्यो नै पासो ठहर्छ ।
पश्चिमाहरूले नेपाल माथि हमला गरेर सुगौली सन्धिमा सोह्र जिल्ला लुटेका थिए । आज हाम्रो धर्म र संस्कार लुट्न र स्वच्छाचारी बन्न सिकाउने क्रिस्तान बनाएर केही गुलियो चटाउने र विस वर्ष पछि भरिया बनाउने पक्का पक्की छ । सँगै बस्ने तर विवाह नगर्ने लिभिङ्ग टुगेदर एक विकृति हो । सोही विकृतिकै विषय ‘लाज’ शीर्षक हो । सोम सानुको ‘थोपै थोपा’ उपन्यास यस विषयको एक प्रमाण हो ।
एकान्तसँगको ध्यान, व्रत, अनुष्ठानका विषयमा एकान्त शीर्षक उभिन्छ । पात्रले मनै मन कुरा गरेको स्थिति छ । जीवनमा कसैलाई केही नदिने व्यापारीका विषयमा एक थप शीर्षक दान उपस्थित हुन्छ । उनी पैसा नलिई कसैलाई केही दिँदैनथे । मर्ने समयमा डाक्टरले आँखा दान गर्नुहोस् भने प्रश्न उनले प्रतिवाद गरे । उनी हिजो राति अबेर परलोक गमनको तयारी गर्दागर्दै गएछन् । विडम्बना के छ भने महादानी व्यापारीको निधनबाट सिङ्गो समाज पीडामा भन्ने ठूला अक्षरमा भव्य पत्रिकाले खबर छाप्छ । यो विपरीतता हो ।
३. सीमा र सर्त
राजनीतिसित आबद्ध रचना धेरै छन् । यसमा ‘कागजको मन्त्री’, ‘घृणा’, ‘संकट’, ‘वादी’, ‘दलाल’, ‘चुनाव’ (स्वतन्त्र उम्मेदवार सित मिल्ने) हुन् भने फरक सामाजिक क्षेत्रबाट विषय टिपिएका शीर्षक धेरै छन् । लुकी लुकी शारीरिक सम्पर्कको स्वाद लिनेको शीर्षक ‘सेवा’ सपनाका जीवनको शीर्षक ‘सदृश’ लोग्ने र स्वानीको पारपाचुकेको शीर्षक ‘प्रतिनिधि’ नेपालको सम्पूर्ण अवस्थाको शीर्षक ‘उद्योग’ नेपालका जनताको घटनालाई ‘पुतला’ शीर्षक चयन भएका छन् । नेपालमा भ्रष्ट चरित्रधारीका लागि एक शीर्षक ‘भ्रष्ट’, धर्मले छोएको विषय ‘मुर्दा शान्ति’, स्वतन्त्र उम्मेदवारी र चुनावमा विजयको अर्को शीर्षक ‘चुनाव’ घरभित्रको कथाको शीर्षक ‘किचेन क्याविनेट’, मनोरोगीका विषयको शीर्षक ‘शंका’, ‘भ्रम’ र ‘विस्मृति’ , सृंगारलाई सुहाउने शीर्षक ‘ईष्र्या’ वैदेशिक रोजगारको विषयका निम्ति ‘सम्बन्ध’ र ‘आमा’ एवम् ‘कागज’ शीर्षक जुराइएका छन् । परिवर्तन साइवर अपराधका विषयको कथा हो । यी कथामा कतिपयमा छोप्दै लगिएको विषय र अन्त्यको घटनामा भिन्नता हुने अर्थ सुहाउँछ भने कतिमा त्यो तुक पाइँदैन । तुक मिलेका कथामा ‘परिवर्तन’ र शंका हुन् । ‘यात्रा’ शीषर्क अलिक लामो छ । दुई यात्री र तिनको क्षणिक झगडा आफैँ सित परिवर्तन गर्न इच्छुक रहेका भएपनि अन्त्यमा मिलेर यात्रा गर्ने यात्रीको चरित्र एकै दलकी वेश्या र उही दलको दलाल भएको बुझेपछि हवाइजहाज कालो बादलमा हरायो । नेपालबाट रोजगारीका सिलसिलामा बाहिर गएपछि गरिने काममा सम्मान छ । शिक्षित र अशिक्षितमा भेद नगरी एउटै तहबाट काम दिइन्छ भन्ने विषयको शीर्षकमा ‘शिक्षा’ चयन भएको छ । गुरु र चेला एउटै काम गर्न लागिरहन्छन । पैसाको दुःखले छोडदैन । भक्ति नै भक्ति तलुवा चाट्ने भक्तिमा ‘संक्रमण’ रचिएको छ ।
अर्को शीर्षक ‘निन्दा’ आलोचनाका शैलीको पाठ, ‘हरियाली’ शीर्षकको रचना वन मन्त्रालयका कर्मचारीको लाचार र दायित्वहीन कार्यतर्फ मोडिने, पे्रम एउटा सित, विवाह अर्केसँगका बारेको ‘नयाँ पे्रम’ महिला माथि हुने शोषणको सूत्र ‘मूर्ख’ शीर्षक रोचक छन् । साइवर ह्याकरका स्वदेशीको कथा ‘ई–क्रान्ति’ महँगीको विरुद्धमा भाषण गर्ने, महँगी देवीको मन्दिर बनाउने र द्रव्य लुट्नेको विषयलाई ‘महँगी देवी’ शीर्षकले छोएको पाइएकाले शीर्षक र पाठमा तालमेल रहन्छ ।
महिलाका विषयमा पनि कलम चलेको छ । अहिलेका महिलाले पुरुषलाई मुद्दा हाल्ने, अंश झार्ने, पारपाचुके गर्ने शक्ति पाएको शीर्षक ‘हतियार’ हो । पकेट वा गोजीमा धेरै कुरा अटाउँछन् । मन्त्री, सांसद, नेता, युवती आदिले भरिभराउ ‘गोजी’ शीर्षकले मरेपछि गोजीमा केही नभएको तर भ्रमको खेती भएको जनाउँछ । नेपालजस्ता देशमा भगवान्को भक्ति भन्दा नेताको भक्तिठूलो देखिएको विषयलाई व्याजस्तुति मार्फत ‘नव अवतार’ शीर्षक रचिएको छ । यसमा संस्थाहरू जो कोही बैठक बस्ने, कुरा छलफलमा ल्याउने तथा निष्कर्ष भए पनि नभए पनि हुने चलन छ ।
पत्रिका चलाउने पत्रकारको विषयको कथा ‘दान’, मन्त्रीलाई उडाउने शीर्षक ‘नाङ्गेझार’, पश्चिमी सभ्यताको लोग्नेको परित्याग बारेको कथा ‘आशंका’ तथा र ‘संयोग’, ‘योग’का विषयको कथा ‘एकान्त’ जनयुद्धपछिको कष्टबारेको शीर्षक ‘प्रतीक्षा’ कथाका विषयमा प्रतिबिम्बले विषयको बोध हुन्छ । प्रत्येक कथामा अलिकति संवाद हुन्छ, अलिकति समाख्यान हुन्छ । तर अन्त्यको लुकेर छिप्पिदैं आउने तुक परिणाम वा विषयको अन्तर बस्तु भने सबै कथामा निर्वाह भएको छैन । मन्त्री बन्न पैसा तिरेर मात्र पाइन्छ भन्ने देश नेपाल हो । मोटो रकम तिरेर विना विभागयि मन्त्री भएपछि त्यो रकम उठाउने उपाय नहुँदा आत्महत्या बराबरको राजीनामा दिएछन् । त्यसलाई ‘आत्महत्या’ शीर्षकले पुष्टि गर्छ । पतिपत्निमा अविश्वासको अर्काकी पत्नीमा लोभिन्छ, चोरीको हाम्रो समाज झ्याप्पै प्रहरीबाट समातिन्छ तर त्यो सपना हुन्छ भनी ‘पैचो’ शीर्षकमा विपानाको कुरो सपना बनाएर प्रकाश गरिएको छ जस्ता सपना–बिपना छुट्याउन कठिन स्थिति अरू कथामा पनि छ ।
‘हल्ला’ शीर्षक भित्र शान्ति र अशान्तिको भीड छ । शान्ति आए हल्लाले हमला गर्छ हल्ला छ सहरमा अर्थ केही फरक छ । पुरूष नारी सम्बन्ध बनिन्छ र विग्रन्छ पनि । बनिने र बिग्रने क्रम बढेपछि प्रहरी चौकीमा पस्नु सामान्य कुरा हो । हिजो त्यस्तो थिएन ‘पासो’ कथामा यस विषयको सजिव रुप पाउन सकिन्छ । युवकले युवतीलाई होटेलतिर तान्यो, बाहिर आएपछि युवतीले युवकलाई प्रहरी चौकीतिर तानेर लगी के भयो बुझियो । दल र दलका कार्यकर्तामा समन्वय छैन । कार्यकर्ताको मन जित्न सक्ने नेता आज छैनन् ‘बन्धन’, ‘शोकतन्त्र’ कथाको पठनपाठन पूर्ण रूपमा नेपाल, प्रजातन्त्र र गणतन्त्रको विषय माथि केन्द्रित छ । नेपालले सोखले होइन, करले यी क्षणसँग भिडन्त गर्दै छ । सांसदहरूको मनमा धनको उपार्जनका सूत्र मात्र छन् जनताको कष्टमा सोच नै छैन । बैठकमा भने झगडा भए जस्तो लाग्छ । खानपिनमा सम्झौता छ । नितान्त राजनीतिको विषय अटाइएको शीर्षक ‘शोकतन्त्र’ पनि हो । यस्ता रचनामा छोप्दै छोप्दै लगिएको रहस्य भने उस्तो समयोचित सन्दर्भ व्युत्पन्न नभएको ठहर हुन्छ ।
युद्धको समयमा बच्न कठिन छ, माथिबाट बम खस्छन् । मानिस मार्नु र झिँगो मार्नु एकै कुरा हो । त्यसैले युद्धबाट त्रसित पात्र चिहान केन्द्रमा, मसान घाटमा लुकेर बाँच्ने आशा राख्ने पात्रको कथा चिहानघारीको मूल्यमाथि सम्मान गर्दै ‘सुरक्षा’ शीर्षकमा उपस्थित छ । पतिले महिलालाई सधैं शंका गरेको यर्थाथ सत्य हो । प्रेमीले पे्रमिकालाई पनि शंकाको क्षेत्रमा उभ्याउँछ । त्यसकारण महिलाले महिलासँग नै बिहे गर्ने युग आएको छ । नेपाली उपन्यासमा मोहनराज शर्माले ‘सलिजो’ उपन्यास लेखेको इतिहास छ । ‘सलिजो’ माने समलिङ्गि जोडी हो । यो कृति विश्वव्यापीकरणको चरणमा लेखिएको हो । त्यसै विषयले ठाउँ पाएको लघुकथा ‘पखेटा’ एक पनि हो । नेपालमा चोर फटाहा, डाका र ज्यानमारालाई प्रहरी चौकीबाट छुटाउने नेताहरू छन् । प्रहरीलाई आफ्नो काम गर्न नदिएर हैरान छ । त्यसरी अपराधी छुटाउने नेताहरू कांगे्रस, एमाले, माओवादी , राप्रपा, मधेसी पार्टीहरू सबै सबैमा पाइन्छन् । यहाँ ‘तितो सत्य’ यसै विषयको लघुकथा हो । बेलायत, अमेरिका जस्ता देशमा त्यस्तो छ कि छैन भन्ने प्रश्न जीवित छ । व्याजस्तुतिकै विषयले अति आलोचना नै प्रशंसा हो भन्ने अर्थ लिन्छ । वैष्णवहरू ‘कृष्ण काले नक्कलेले मनै उठायो’ भनी गीत गाउँछन् । यहाँ ‘गालीको संकट’ यही विषयमा आवद्ध शीर्षक हो । यी कथाहरू सबैमा एउटा समस्या रहेकै छ, तर त्यहाँ विषयान्तर हुने तुकबन्दी घटना भने कति कथामा छैन ।
४. निष्कर्ष
यी लघुकथाले समयको सजीव चित्र उतारेका छन् । हाम्रै गाउँ ठाउँमा घटना घटेका झैं लाग्छन । यी लघुकथामा मुहूर्त भने निश्चित छ र वि.स. २०६० पछिका धेरै विषय यो सामाजिक धरातलमा यस्तै छन् । राजनीतिमा लाग्ने मान्यजन, पतिपत्नी भएर आफूमा विश्वास हराउने दम्पती ढाँटको व्यापार गर्ने व्यापारी, झुटो समाचार लेख्ने पत्रकार, अरूतिरको रूपरङ रुचाउने पुरुष, आफ्नै पतिलाई ढिलो गरी परित्याग गर्ने गृहणी, मनोरोगी, चिकित्सक युद्ध, दल भित्रको असन्तोष र दिवास्वप्नका घटनाले प्राथमिकता पाएका विषय र शीर्षक रोचक घोचक छन् । लघुकथामा हुनुपर्ने मान्यताहरू पुरै निर्वाह नभएका लघुकथा पनि छन् । त्यो यी रचनाको सीमा हो ।