17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

परित्याग

कथा सञ्जु बजगाईं November 5, 2008, 9:53 am
सञ्जु बजगाईं
सञ्जु बजगाईं

अव्यक्त भावमा खडा छ ऊ धेरै दिनदेखि । भित्ताभरि, शान्त बुद्धका टाँगिएका थाङ्का

जस्तै । तर आज यो मृत चित्रले बोल्नु छ । पोखिएका रङ्गहरुले ब्युझँनु छ । र्ब्यर्थ टाँगिनुको अर्थ छैन ।

म छोड्छु ....... मेरो भन्नेलाई । अन्ततः ऊ बोली । भित्ताहरुमा प्रतिध्वनि फैलियो । रङ्गहरु एकपटक फेरी ब्यँतिए ।

आध्यात्मिक संगीतको गुञ्जनभित्र उसका वाक्यका अर्थ रवीन्द्रले बुझेन ।

निर्जन वनको सुर्साई जस्तो एकोहोरो भजन मात्र गुञ्जीरह्यो ।

मानसिक सीमारेखाहरु भत्किएर आकारहीन भएका छन् । कसले जोड्ने यी रेखाहरु ? यो त ज्यामितिय समस्या भैसकेको छ । आफ्नो अस्तित्वको प्रतिरक्षा गर्ने सामर्थ्य छैन । बन्द छन् स्नेहका द्वारहरु । किन? केका लागि? र कसका लागि चोईटिरहनु उसले अरु ?

यो हिमपात, यी लत्याईरहने छालहरु अनि बेमौसमी बर्षात र मुटु कठयाङ्गिरने चिसो स्याँठबाट मेरा पाईलाहरु बाहिरिदै छन् । निर्णय भन्छे उसले ।

घण्टी बज्नु पर्ने पूजाको । उषाकालीन समय उठ्न नपाउँदै धुपबत्तिको बासना छरिनु पर्ने सधै झै । तर त्यसो नभएर केही अन्यथा भैरहेछ । अप्रत्यासित...ऊ बिल्कुलै अप्रत्यासित उद्घोषको जवाफ मागिरहिछे । जवाफ कहाँ खोज्ने?

उतार-चढाब थियो केही समयदेखि । छाल उठेका थिए । तर्सथ हुत्तिएर आफसेआफ किनारा लागे विकारहरु भन्ने कुरामा रवीन्द्र निश्चिन्तप्रायः थियो । संवाद थिएन र कहिल्यै भएन पनि । संवाद गर्न धैर्यता चाहिने, खुला मन चाहिने । यी सब उसमा कहाँ हुनु? त्यसैले संवादको औचित्य ऊ नजान्दो थियो । संवाद त सचिवालयहरुमा हुन्छन्, राष्ट्रिय-अर्न्तराष्ट्रिय सभाहरुमा हुन्छन् । कुनै व्यक्तिको घरमा संवाद कसरी हुन्छ? घरभित्र त आदेश चल्छ जुन बर्षौदेखि चलिआएको छ ।

जा न काँ जानु छ । उसले अर्को आदेश छोड्यो ।

हातको पत्रिका हुत्याएर एकटक भयो अनि छेवैको दराजमा एक मुक्का बजार्यो । बिचित्र चरित्र हेरिरहेछ । अपमानित भैरहेछ । एउटी बैंश काटिसकेकी आईमाई लोग्ने, जीन्दगीको आधार नै तोडेर जाँदैछु भन्दैछे । फेरी ऊ भाग्दै छैन । पुरापुर घोषित छ ।

यो मेरो झोला । मेरा कपडाहरु छन् । मेरो नागरिकता । मेरो बाल्यकालको यो सानो तस्वीर र बाँकी अगाडी उभिएकी म । लोग्नेको चेकपोष्ट अगाडी उसले आफुलाई आवश्यक तैयारीका साथ उभ्याएकी छ ।

यो घर र दराजका चाबी ।चाबीको झुत्तो समेत थमाईसकी ।

साँच्चै यो त जोगिनी पो हुन लागि कि क्या हो ! चाबीसँग झस्किन्छ ऊ ।

आईमाईको जात धन, सम्पत्ति, बिलासितामा लिप्त हुने भन्ने धारणा राख्ने उसलाई यो एउटा मिठो थप्पड थियो ।

यत्तिका बर्षम्म निस्तेज रहेको आरतीको शान्त चरित्र यसरी ब्रि्रोहीले बोकेको नाल जस्तो बिस्फोट किन भयो ? हतास प्रश्न गर्छ आफैसँग । के गरोस्? भित्तामा झुण्ड्याएको बन्दुक तेर्स्याउँ भने प्रभात छ । चारैतिर शंखध्वनि गुञ्जिरहेछ । उता छिमेकमा दुलही भित्रयाउनेको भिड छ । कसरी हुनसक्छ यस्तो ?

उत्तेजित हातहरुले नाल स्वास्निको कञ्चटमा तेर्स्याउने हिम्मत बटुल्न सकेनन् । कहाँ गयो उसको त्यो पुरुषत्व, ऊभित्रको त्यो राप, ताप? यो प्रसङ्ग एकाएक कसरी निस्कियो, किन निस्कियो ? अनुत्तरीत प्रश्नका जवाफ कसलाई माग्ने ? हुनत अन्तिम निर्णयलिएर उभिएकी सावित्रिलाई उसको ताप र रापको कुनै प्रभाव पर्नेवाला छैन । उसले त्यही रात भनेकी थिई अब अन्तिम निर्णइ गर्नेछे । रवीन्द्रले भन्यो - 'तेरो अन्तिम निर्णयबिहानै उठेर भात पकाउने नत्र मैले छोड्ने गोलीको खोका खाने । पेशाको हिसाबले ऊ ठुलो पदको मान्छे । त्यसैले भाषा पनि ऊ ठुलै बोल्छ ।

खलबलिएको थियो केही समय यता । सरकारी जागिर छोडेर एन.जि.ओ.कै पछि किन लाग्नु ? र्घर्ुछ । बिचारीन्छ अनि सशंकित आँखा घुमाउँछ । मानौ ऊ जुवाको खालमा बसेको छ र उसले पूर्व अनुमान र्सतर्कतापूर्वक लगाउनु पर्छ ।

आईमाईको घमण्ड र घोडाको हिनहिनाहट उस्तै हो । म फरक देख्दिन । ढोका एकपटक बन्द भएपछि खोलिने छैन । यो तात्विक ढोका हो ।एकपटक धम्कीकै भाषा बोल्छ ऊ ।

यो ढोका मेरा हातले बनाएको, वास्तर्ुकर्म पुरा गरेर मेरै हातले ठड्याएको र यसलाई आत्मैदेखि म बन्द गर्दैछु । त्यसैले तिमी जे भन्दैछौ त्यो तिम्रो भ्रम हो । ऊ थप्छे -म तिमीलाई छोड्दैछु आजैदेखि

आज ऊ थामिएकी छैन सधै झैं । थामिनुको सीमा हुन्छ ।

साँझदेखि तिम्रो घरको चुल्हो चिसै रहने छ । अरु चिस्याउँछे ।

अनि भोलिदेखि म मृत्युशैयामा छटपर्टाईरहेको हुनेछु । रवीन्द्र थप्छ ।

तिम्रो अस्तित्व अवश्य पनि आर्यघाटमा पुग्नेछ । ऊ रोकिन्न ।

तँ उत्सव मनाईरहेकी हुनेछेस् । ऊ अलि बढी नै झोकिन्छ ।

उत्सव र शोक दर्ुइ विपरीत ध्रुव । उत्सव मनाउन हितैषी चाहिने । शोक त्यसै शोक नै हो । उसलाई उत्सव चाहिएको होईन । बेइमान मनले तराजु तौलिएको मौन भई हेर्ने धर्यता रहेन अरु ।

निस्कनु अगाडी म त्रि्रा आँखाहरु नियाल्न चाहन्छु । रजतबर्षमनाएको हाम्रो दाम्पत्य जीवनभर हेर्ने नसकेका त्रि्रा आँखाहरु.... लोग्नेको भष्मासुर चरित्रमाथिको कटाक्ष ।

बोल्दैन केही ऊ । साबित्रीसँग प्रतिवाद गर्ने सामर्थ्य भेटिरहेको छैन रवीन्द्र । के भनोस् ? आजसम्म आफ्नै आदेश सर्वोच्च थियो । अब कसरी भनोस् मलाई नछोड ।सोध्न सकिरहेका छैनौ एक पटक, किन छोड्छेस् भनेर? मै भन्छु ...... सावित्रीलाई मन खोलेर छताछुल्ल पार्नुछ ।तेरो त्यो जर्जको एन.जि.ओ..........भाँडमा जाओस् । तँ उसैकी केमिकल प्रोड्युक्सन । च्याँठिन्छ ऊ ।

तिमी झुठो प्रतिवाद गर्दैछौ । कारण र कारक पत्ता लगाउन तिमी चाहिरहेका छैनौ । कारण जर्ज होईन । त्यो तिम्रो आक्षेप हो । साबित्री सहमत हुन्न ।

तिम्रो जैविक प्रोडक्सनमा थाहा छ मेरो ब्राण्ड लेबल के थियो ? जुठा भाँडाको थुप्रो, मैल्याएर छरेका लुगाहरु, कसिङ्गरले भरिएको घर, थप जागिरे जीवन र सन्तानको स्याहार चाकर....... तैपनि म खुशी थिएँ । आज म एन.जि.ओ. को केमिकल प्रोड्युक्सन नभएर नयाँ प्रयोग अर्थात फ्युजन हु । ऊ भन्छे ।

रवीन्द्रलाई न फ्युजन मन पर्छ न त फिक्सन । ऊ प्रयोगवादी मान्छे होईन । त्उसैले त ऊ सधै प्रो. पाण्डेसँग प्रयोगबादको प्रतिवाद गर्छ । उसलाई परम्परा मन पर्छ । तर साबित्रीले परम्परामा परिवर्तन खोजि जुन संभव छैन । सावित्रीमा परिवर्तन आएका छन् । आत्मविश्वास भरिएको छ उसमा । ऊ आफू र आफ्नोभित्रको परिभाषा खोज्न थालेकी छ । यदि सम्पुर्ण जिम्मेवारी नजानिदो हिसाबले पुरा गरिरहेकी छ भने किन उसले आफ्नो अस्तित्वको वकालत गर्न नपाउने ? साबित्रीको आफ्नै तर्क छ ।

तर रवीन्द्र स्वास्निको यो परिवर्तनलाई मान्न तैयार छैन । उही खवटेपन, उही निन्याउरोपनमा नारीशुलभता खोज्नु र भेट्नु उसको दैनिकी हो । भान्साको चुल्हो स्वास्निले नै जलाउनु पर्छ भन्नेमा रवीन्द्र अडीग छ । यो उसको संस्कार हो । ऊ हर्ुर्किएको परिवेशको उपज हो अनि उसको समाजले सिकाएको पाठ हो । यो उमेरमा आएर यी सबै मान्यताहरु एकाएक कसरी हटेर जान सक्छन् ?

पर्सनालिटी क्लास ...... रवीन्द्रको बिश्लेषण ।

ग्लानी भैरहेछ उसलाई । आत्माग्लानी भैरहेछ । आजसम्म बन्द कोठामा बन्द भैरहेका दर्ुइ दाम्पत्य चरित्रको खुलासा हुँदा यो समाजले आफुलाई कस्तो मुल्याङ्कन गर्ला ? अदृष्य डरले पछयाईरहेछ रवीन्द्रलाई । हरेक साँझ अगाडीको चौकमा भेला हुने नेता,अभिनेता,समाजसेवी प्रोफेसर, डाक्टरबिच बैचारिक बहस कुन हैसियतले गरुँला ? अर्की स्वास्नि ल्याए पनि पहिलेकी स्वास्निले छोडेर अर्कीसँग घर गरेको भनिहाल्छ यो समाज । अझ त्यो चियापसले मतिराजले के भन्ला ? सधै मेरासामु जोडिने उसका हातहरु भरेपनि उसैगरी जोडिएलान् ? के थाहा स्वास्निले छोडेको घटिया ठानी लोप्पा पो ख्वाउने हो कि ? घर अगाडी लम्पसार परेको यो सडक, कार्यालयका समकक्षी, चप्रासी सबैले उसरी नै स्वागत गर्लान् ? पक्कै पनि त्यो चप्रासी........! सबै भन्छन् उसले आफ्नी स्वास्निलाई पुलपुल्याएर राखेको छ । तलब लिन कस्ती पुतली जस्ति भएर आउँछे । दृष्यहरु तँछाड-मछाड गर्छन् उसका आँखा अगाडि ।

मरिमरी काम गरेर कमाएको तलब स्वास्निले थाप्ने ? कस्तो नामर्द चप्रासी रहेछ भन्ने लाग्थ्यो उसलाई । चप्रासी भन्थ्यो- 'सर मेरी रामकुमारीले घर साह्रै राम्ररी सम्हालेकी छ । छोराछोरीको स्याहारचाकर, सरसफाई, खानेलाउने, जोडजाम गर्ने, भैपरीलाई जगेडा गर्ने सबैसबै । यत्तिका भाँति म कहाँ पुर्याउँथे । पैसो त हातको मैलो । तलब उसैका हातमा जाहोस् । म खुशी छु । मति भ्रष्ट हुनलागे कसको के लाग्छ ? लोग्नेस्वास्नि भनेकै विश्वास, माया र एकअर्काप्रतिको आत्मसम्मान न हो ।

ओहो त्यो चप्रासीले बोलेको एक वाक्यांशको किन मैले उपहास गरे ? अर्ती त र्घर्तीको पनि मान्नु भन्ने पाकाको भनाई किन ममा लागु भएन ? शायद यो पहिलो आत्मा समीक्षा हुँदो हो रवीन्द्रको ।

त्रि्रा प्रेमपत्रका कलेक्सन फायल चाहिएमा मेरै दाईजोको दराजभित्र खोज्नु । साबित्रीले अत्यन्तै महत्वपूर्ण कुरो छुटे झै गरी स्वर चर्काउँछे ।

कत्रो सौख थियो तिम्रो प्रेमपत्र कलेक्सन गर्ने ! त्रि्रा सरस्वति, पार्वती, उर्मिला, शर्मिलाका प्रेमयुक्त भावहरु.....उफ् ! मलाई भलै तिमीले तिम्रो बल्छिको चारोमा अल्झ्यिएको माछा संझिएका हुँदा हौ । यहीनेर त तिमी चुकिसकेका थियौ । के गर्र्छौ बिरालोको घाँटीमा घण्टी बाँधिईसकेको थियो । त्यसैले त मैले म्याउँ-म्याउँकै जीन्दगी स्वीकारे । मन पोल्छ

सावित्रिको ।

गाडी आईसकेको छैन साबित्रीको । बाँकी छ केही समय ।

पल्लो घरमा निम्ता मान्न नबिर्सनु । छिमेकी तिमीलाई आवश्यक पर्छन् ।रवीन्द्र पहिले यस्तै आदेशहरु दिने गथ्र्यो । शायद नोस्टाल्जि हुनेछ अब ।

भित्ताको घडीले बिहानको नौ बजायो ।

मलाई लाग्छ मैले मेरो हिस्सार् इमान्दारीतासँग निर्वाह गरे । तर तिमी नै स्थिर रहन सकेनौ । आफैमा विरोधास्पद छौ तिमी । मलाई सारीचोलो अनि सिउँदो फर्काएर चुल्ठो बाटेर जागिरे दिनचर्यामा पठायौ । मैले नितान्त पुरा गरे । फेरी जर्ज तिम्रो साथी भेटियो । नारीको आत्मासम्मानको संवाहक बनेर आएको त्यो खैरेले उसको एन.जि.ओ.मा मलाई स्थान दिने भयो झट्पट् मेरो सरकारी नोकरी तिमीले नै छोडायौ । फाईदा त तिमीले नै लियौ । छोराछोरी पाश्चात्य मुलुकमा उतार्यौ । आर्थिक उन्नति पनि राम्रै भयो । समग्रमा सबै राम्रै थियो केवल तिमीमा तरलताको हावी भैरह्यो । उसको स्पष्टिकरण ।ऊ बोल्न चाहिरहेको छैन अगाडी । आँखाहरु भ्यालका सेताम्मे पर्दाहरु छेडेर कहीं अडिएका छन् एकटक । यहाँ सिनेमाको अन्त्य जस्तो मिलनको संभावना छैन । किनकी यथार्थ जीवनको ऊ लोग्ने मान्छे हो । ऊ सिनेमाको पेशेवर पात्र होईन ।

ऊ आफुमा मनुजबाबु मिश्रको पुरुष बिश्लेषण लागू भएको मन पराउँछ । कान र नाकका प्वालहरुमा झयाप-झयाप्ति पलाएका रौंहरुले ढाकिएको भड्खालो, कपाल लहलहाएर लम्बिएको र खर्ुइलिएको तालु, बाहिरको अनुहार गुरिल्लाको जस्तो,अनि भित्रको अनुहार ह्रि्रक पशुको जस्तो बास्तवमा पुरुष हुनुका सांकेतिक गुणहरु यिनै हुन् जुन उसमा निहीत छन् र त्यसैलाई लम्याई रहन चाहन्छ ।

मुख अझै खोलिएन । लोग्नेमान्छेभित्रको साँगुरो मानसिकता तोडेर स्वास्नी सामु स्वीकारोक्तिको नयाँ बाटो खोल्न सकेन रवीन्द्रले ।

मौनता साबित्री तोड्छे ।

म आफूलाई पूर्ण नारी संझेर निस्कदैछु । मलाई लाग्छ तिमी त्रि्रा गल्तिहरुप्रति अनभिज्ञ पक्कै छैनौ । त्रि्रा ती पछिल्ला आक्षेप र हस्तक्षेपहरु मानव स्वरुपले स्वीकार्न सक्ने छदैछैनन् । म त्यसलाई खोल्न चाहन्न । किनकी भोलि तिमीले यही सडकमा हिड्नु छ । बाँकी जर्जसँगको तिम्रो अन्धो व्रि्रोह । उफ् ! तिमी जानाजान आफ्नो वौद्धिक कदलाई छोट्याउँदैछौ । जर्ज आफै सवास्निले छोडेपछिको एक्लो जीवन जीउँदै छ । उसले त आईमाईको जातको कट्टर बिरोध गर्नुपर्ने हो । तर......फरक छ ऊ कहिल्यै आफुलाई छोडेकी स्वास्निको अपव्याख्या गर्दैन अझ थप त कुनै पनि आईमाईलाई हर्ेर्ने उसको दृष्टिकोण नकारात्मक छैन । बिडम्वना ! तिमी जर्ज हुन सकेनौ । अब म एकाएक तिमीलाई के भयो जान्न चाहन्न । मेरो केवल ठहर्याई छ तिमी स्वार्थी र ढोङ्गी हौ । सावित्री ठोकुवा गर्छे ।

मैले त तिमीलाई छोड्ने बेला भैसक्यो । मेरो गाडीले हर्न बजायो । म सम्बन्धबिच्छेद माग्दिन । मेरो बिच्छेदन तिमीसँग होईन, तिम्रो बैचारीक चरित्रसँग हो । यदि तिमीलाई चाहिए मेरो आध्यात्मिक बाटोभित्र कागजका पानाहरु लिएर तिमी कुनैबेला आउन सक्छौ । बाँकी सम्पत्तिका कागजपत्रहरु त्रि्रै नाउँमा छन् । म केवल बाँच्न सक्ने हिम्मत मभित्र लिएर जाँदैछु । मैले तिम्रो चारीत्रिक हत्या कसैसँग गरेकी छैन । म हिजो जस्तै अदृष्य-अदृष्यै छु आजपनि ।

सावित्री निस्किई । रित्तोरित्तै तर भरिएको मन लिएर । रवीन्द्रले पर पुगेसम्म सुनिरह्यो गाडीको र्घर्ररर्र भित्रभित्रै धस्रिएको पोल्ने मन लिएर । आँगनमा फूलहरु लहरिरहेका थिए ।

ब्रसेल्स, बेल्जियम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।