19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सडक पहरा

कविता अशेष अधिकारी February 26, 2024, 3:42 pm
अशेष अधिकारी
अशेष अधिकारी

हामी अदृश्य छौँ, अलिप्त छौँ,
अतृप्त छौँ, अभागी छौँ,
जोस र होस बेपत्ता छ,
विक्षिप्त छौँ, मनलागी छौँ

हामी रहेका छौँ सडक किनार,
अज्ञानी छौँ, विभाज्य छौँ,
सरेको छ सबै बिमार,
कृपा रहाेस्, स्वीकार्य हौँ

हामी डुबेका छौँ नदीभित्र,
जो विशाल छ, विचित्र छ,
उठाउनेको हातमा,
त्यो भ्रष्ट जाे नीतिज्ञ छ

हामी मरेका छौँ पटक पटक,
तडकभडकको माझमा,
सरेको छ बसाईँ यो,
विशाल दानवको राजमा

हामी जसो तसो घस्रेका छौँ,
लडेका छौँ, गलेका छौँ,
आशा छ सरकारलाई,
ठेगानको आस भरेका छौँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।