तिम्रो रीत छ साह्रै अनौठो
म हुँदा तिमी हराउने
म हराउँदा तिमी आउने
तिम्रो रीत साह्रै अनौठो !
तिम्रो सङ्गीत छ साह्रै अनौठो
मनको हल्लामा हराउने
मौनतामा घन्किँदै आउने
तिम्रो सङ्गीत साह्रै अनौठो !
तिम्रो प्रीत छ साह्रै अनौठो
मेरो रूपलाई हरण गरिदिने
आफ्नो रूपले भरिदिने
तिम्रो प्रीत साह्रै अनौठो !
तिमी मीत छौ साह्रै अनौठो
दुईजना भई बस्न नदिने
मलाई आफूमै मिलाइदिने
तिमी मीत साह्रै अनौठो !
अमेरिका