देवादिदेव हे महादेव !
तिमी सत्य छौ, शिव छौ, सुन्दर पनि छौ
किन भने तिमी नग्न छौ।
तिम्रो नग्नतामा समानता छ
नग्न भए पछि मात्र
सबैसङ्ग समान हुने हो
वश्त्रमा विभेद हुन्छ
महँगा वश्त्र, आभूषण
विभेदका श्रोत हुन्
यो जानेर नै तिमी निर्वश्त्र भएका हौ।
हे महान चिन्तक ! विचारक !
हे समानताका पक्षधर !
न त तिम्रो दरबार छ
न त धन दौलतको संसार छ
छ केवल नग्न रुप
समानताको प्रतिरूप!
तिम्रो नग्नता पूज्य छ
स्तुत्य छ, वन्दनीय छ
त्यसैले तिमी जहाँ पनि छौ
मनमा छौ, मन्दिरमा छौ
यहाँ छौ त्यहाँ छौ।
तिम्रो लिंग सर्वत्र पूज्य छ
किनभने यो निर्वश्त्र छ
हे देवादिदेव महादेव !
अमेरिका